प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यो हप्ता
डिसेम्बर २२-२८
जीवन र सेवा अभ्यास पुस्तिका—२०२५ | नोभेम्बर

डिसेम्बर २२-२८

यसैया ११-१३

गीत १४ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. मसीहबारे बाइबलमा कस्तो भविष्यवाणी गरिएको थियो?

(१० मि.)

तिनी यिसैको छोरा दाउदको वंशबाट आउने थिए (यसै ११:१; w११ १०/१ पृ. ४ अनु. ६)

तिनमा यहोवाको शक्‍ति बास गर्ने थियो र तिनले उहाँको भय मान्‍ने थिए (यसै ११:२, ३क; w१० १२/१ पृ. २४ अनु. ७-८; w२३.०६ पृ. १५ अनु. ५)

तिनले धार्मिकतालाई प्रेम गर्ने थिए र कृपालु भई इन्साफ गर्ने थिए (यसै ११:३ख-५; ip-1 पृ. १६० अनु. ९; पृ. १६१ अनु. ११)

येसु स्वर्गमा राजाको रूपमा शासन गर्दै हुनुहुन्छ र प्रमोदवनरूपी पृथ्वीमा हेर्दै हुनुहुन्छ।

मननका लागि: येसु किन कुनै पनि मानव शासकभन्दा उत्कृष्ट हुनुहुन्छ?

२. बहुमूल्य रत्न

(१० मि.)

  • यसै ११:९, १०—यस पदमा सङ्‌केत गरिएअनुसार बृहत्‌ शैक्षिक कार्यक्रम किन आयोजना गरिनेछ? (w२२.०९ पृ. २० अनु. २)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

(४ मि.) यसै ११:१-१२ (th बुँदा ११)

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(३ मि.) घरघरको साक्षीकार्य। (lmd पाठ २ बुँदा ५)

५. फेरि भेट्‌नुहोस्‌

(४ मि.) सार्वजनिक साक्षीकार्य। jw.org प्रयोग गरेर तिनले सोधेको प्रश्‍नको जवाफ दिनुहोस्‌। (lmd पाठ ८ बुँदा ३)

६. चेला बनाउनुहोस्‌

(५ मि.) घरघरको प्रचार कसरी गर्ने भनेर आफ्नो विद्यार्थीलाई सिकाउनुहोस्‌। (lmd पाठ ११ बुँदा ४)

ख्रिष्टियन जीवन

गीत ५७

७. के तपाईँ “ठीकसित न्याय” गर्नुहुन्छ?

(१५ मि.) छलफल।

दुई जना भाइ ट्याटु खोपेका एक पुरुषलाई प्रचार गर्दै छन्‌। जवान भाइले “बाइबल किन पढ्‌नुपर्छ?” भन्‍ने भिडियो देखाइरहेका छन्‌। ती पुरुषको भित्तामा हेभी मेटल ब्यान्डको पोस्टर झुन्ड्याइएको छ।

हामीले हरेक दिन अरू मानिसहरूको न्याय गरिरहेका हुन्छौँ। कहिलेकाहीँ त अनजानमै त्यसो गर्न पुग्छौँ। हामी अक्सर आफूले जे देख्छौँ, त्यसको आधारमा न्याय गर्ने गर्छौँ। तर येसुले भने त्यसरी न्याय गर्नुहुन्‍न। (यसै ११:३, ४) येसु मानिसको हृदयमा के छ, त्यो देख्न सक्नुहुन्छ। उहाँ मानिसको सोचाइ र मनसाय बुझ्न सक्नुहुन्छ। हामीसित भने त्यस्तो क्षमता छैन। तर हामी येसुको अनुकरण गर्न यथासक्दो गर्न सक्छौँ। उहाँले यसो भन्‍नुभयो: “बाहिरबाट देखिने कुराको आधारमा न्याय गर्न छोड बरु ठीकसित न्याय गर।”—युह ७:२४.

हामी आफूले देखेको कुराको आधारमा अरूको न्याय गर्छौँ भने त्यसले हाम्रो प्रचारकार्यमा असर गर्न सक्छ। हामी जोसिलो भई अनि प्रभावकारी तरिकामा सुसमाचार सुनाउन सक्दैनौँ। उदाहरणको लागि, के हामी कुनै खास जात वा धर्म मान्‍ने मानिसहरू बस्ने इलाकामा प्रचार गर्न हिचकिचाउँछौँ? धनी वा गरिब मानिसहरूलाई प्रचार गर्नेबारे नि? के हामी बाहिरी रूपको आधारमा कुनै व्यक्‍तिले सुसमाचार सुन्‍नेछैनन्‌ भनेर अड्‌कल काट्‌छौँ? परमेश्‍वर “सबै किसिमका मानिसले उद्धार पाऊन्‌ र सत्यको सही ज्ञान लिऊन्‌ भन्‍ने चाहनुहुन्छ।”—१ति २:४.

प्रहरीधरहरा—यसबाट सिक्न सकिने पाठहरू: बाहिरी रूप हेरेर न्याय नगर्नुहोस्‌ भिडियो देखाउनुहोस्‌। त्यसपछि श्रोतालाई सोध्नुहोस्‌:

  • भिडियोमा के-कस्ता पूर्वाग्रहबारे बताइएको छ?

  • भाइबहिनीहरूले पनि पूर्वाग्रही सोचाइ राख्न थाले भने मण्डलीमा कस्तो असर पुग्न सक्छ?

  • बाहिरी रूपको आधारमा न्याय नगर्न भिडियोमा देखाइएका भाइबहिनीहरूलाई केले मदत गऱ्‍यो?

  • प्रहरीधरहरा-को त्यस लेखबाट तपाईँले के सिक्नुभयो?

८. मण्डली बाइबल अध्ययन

(३० मि.) lfb पाठ ४६-४७

समापन टिप्पणी (३ मि.) | गीत १२ र प्रार्थना

विषयसूची
प्रहरीधरहरा (अध्ययन संस्करण)—२०२५ | अक्टोबर

अध्ययन लेख ४२: डिसेम्बर २२-२८, २०२५

१८ मन खोलेर प्रार्थना गर्नुहोस्‌

थप सामग्री

यस अङ्कका अन्य लेखहरू

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने