प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • hf भाग ५ पृ. १५-१७
  • सासू-ससुरासितको सम्बन्धलाई कसरी राम्रो बनाइराख्ने?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सासू-ससुरासितको सम्बन्धलाई कसरी राम्रो बनाइराख्ने?
  • सुखी परिवार तर कसरी?
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • १ सासू-ससुराको आदर गर्नुहोस्‌
  • २ खुलस्त कुराकानी गर्नुहोस्‌
  • वफादार हुनुहोस्‌
    सुखी परिवार तर कसरी?
  • परिवार सुखी बनाउन मदत खोज्नुहोस्‌
    सुखी परिवार तर कसरी?
  • आफ्नो जोडीसित आदरपूर्वक व्यवहार गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • ११. सफल वैवाहिक जीवन
    परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
थप हेर्नुहोस्
सुखी परिवार तर कसरी?
hf भाग ५ पृ. १५-१७
सासू-आमाले बुहारीको खाना पकाउने तरिकामा आपत्ति जनाउँदै

अध्याय ५

सासू-ससुरासितको सम्बन्धलाई कसरी राम्रो बनाइराख्ने?

“दया, विनम्रता, कोमलता र धीरज धारण गर।”—कलस्सी ३:१२

विवाहपछि एउटा छुट्टै नयाँ परिवारको सुरुवात हुन्छ। तपाईं आमाबुबालाई धेरै माया अनि आदर गर्नुहुन्छ। तर अबदेखि भने तपाईंको लागि सबैभन्दा महत्त्वपूर्ण व्यक्‍ति श्रीमान्‌ अथवा श्रीमती हो। यो कुरा स्वीकार्न आमाबुबालाई गाह्रो हुन सक्छ। तपाईं आफ्नो आमाबुबा र सासू-ससुरासितको सम्बन्धलाई राम्रो बनाइराख्न चाहनुहुन्छ। यसो गर्न तपाईंलाई बाइबलमा दिइएका सल्लाहहरूले मदत गर्नेछ। यस अध्यायमा दिइएका सल्लाहहरू सासू-ससुराको सन्दर्भमा मात्र होइन, तपाईंको दाजुभाइ, दिदीबहिनी, सासू-ससुराको नजिकको आफन्त, काका-काकी, मामा-माइजू, हजुरबुबा, हजुरआमा अनि परिवारका अरू सदस्यहरूसित व्यवहार गर्दा पनि लागू हुन्छ।

१ सासू-ससुराको आदर गर्नुहोस्‌

श्रीमान्‌-श्रीमती आमाबुबासित घुमघाम गर्दै

बाइबल के भन्छ? “तिमीले आफ्नो बुबा र आमाको आदर गर्नू।” (एफिसी ६:२) तपाईं जतिसुकै ठूलो भए तापनि तपाईंले आमाबुबाको आदर गर्नुपर्छ। त्यसैगरि तपाईंको जीवनसाथी पनि कसैको छोरा वा छोरी हो। त्यसैले तिनले पनि आफ्नो आमाबुबाको आदर गर्नुपर्छ। बाइबल यसो भन्छ, “प्रेमले डाह गर्दैन।” त्यसैले तपाईंको जीवनसाथी तिनको आमाबुबासित घनिष्ठ हुँदैमा तपाईंहरूबीचको दूरी बढ्‌ने हो कि भनेर चिन्ता नगर्नुहोस्‌।—१ कोरिन्थी १३:४; गलाती ५:२६.

यसो गरेर हेर्नुहोस्‌:

  • यस्तो खालको कुरा नगर्नुहोस्‌, “तपाईंको ममी/ड्याडीले मलाई सधैं हेपेर कुरा गर्नुहुन्छ” अथवा “तपाईंको ममीलाई त मैले गरेको केही चित्तै बुझ्दैन।”

  • जीवनसाथीको ठाउँमा आफूलाई राखेर हेर्ने कोसिस गर्नुहोस्‌।

२ खुलस्त कुराकानी गर्नुहोस्‌

बाइबल के भन्छ? ‘मानिसले आफ्ना आमा-बाबुलाई छोड्‌छ र आफ्नी स्वास्नीसँग मिलिरहन्छ, तिनीहरू एउटै जीउ हुन्छन्‌।’ (उत्पत्ति २:२४) छोराछोरीलाई हुर्काउने-बढाउने दायित्व आमाबाबुको हो। त्यसैले विवाह भइसकेपछि पनि उहाँहरूलाई तपाईंको चिन्ता लाग्न सक्छ। त्यसैले तपाईंले मदत नमागे तापनि उहाँहरूले तपाईंको लागि निर्णय गरिदिने अनि सरसल्लाह दिने गर्न सक्छन्‌।

आमाबुबाले कस्तो मामिलामा हस्तक्षेप गरेको चाहनुहुन्‍न, श्रीमान्‌-श्रीमती आपसमा कुरा गर्नुहोस्‌ अनि उहाँहरूलाई आफ्नो कुरा खुलस्त बताउनुहोस्‌। यसरी कुरा गर्दा रूखो नहुनुहोस्‌। (हितोपदेश १५:१) विनम्र, कोमल अनि धीरजी हुनुभयो भने ‘प्रेम देखाउँदै एक-अर्कालाई सहिरहन’ र सासू-ससुरासितको सम्बन्ध न्यानो बनाइराख्न सक्नुहुन्छ।—एफिसी ४:२.

श्रीमान्‌ श्रीमती छलफल गर्दै; आमाबुबालाई उपहार दिंदै

यसो गरेर हेर्नुहोस्‌:

  • तपाईंले आमाबुबा वा सासू-ससुरासित मदत माग्नुभएको छैन। तैपनि उहाँहरू ‘यसो गर, उसो गर’ भन्‍नुहुन्छ भने त्यस विषयमा जीवनसाथीसित उपयुक्‍त समयमा कुरा गर्नुहोस्‌।

  • यस्तो समस्या समाधान गर्ने उपाय निकालेपछि दुवै जनाले त्यसैअनुसार गर्नुहोस्‌।

भावना बुझ्नुहोस्‌

आमाबाबुको भावना बुझ्नु महत्त्वपूर्ण छ। केही सरसल्लाह दिंदा त्यसले तपाईंहरूको वैवाहिक सम्बन्धमा कुनै हानि गर्दैन भन्‍ने उहाँहरूलाई लाग्न सक्छ। उहाँहरू तपाईंहरूको धेरै ख्याल राख्नुहुन्छ। आमाबुबालाई तपाईंहरू अझै आलोकाँचो हुनुहुन्छ अनि पारिवारिक समस्या आफै सुल्झाउन सक्नुहुन्‍न जस्तो लाग्न सक्छ। तपाईंको विवाहपछि उहाँहरूलाई तपाईंहरूले केही वास्ता नगरेको र कुनै सम्बन्ध राख्न नचाहेको जस्तो पनि लाग्न सक्छ। तर तपाईंहरूले बाइबलको सल्लाह लागू गर्नुभयो र आमाबुबासित खुलस्त कुराकानी गर्नुभयो भने उहाँहरूको अनादर हुनेछैन र तपाईंहरूको वैवाहिक सम्बन्धमा पनि कुनै असर पर्नेछैन।

आफैलाई सोध्नुहोस्‌ . . .

  • सासू-ससुराले हाम्रो ख्याल राख्नु किन स्वाभाविक हो?

  • म आफ्नो श्रीमान्‌/श्रीमतीको ख्याल राख्दै छु अनि आमाबुबालाई बेवास्ता गरेको पनि छैन भनेर कसरी देखाउन सक्छु?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने