प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • jy अध्या. ३० पृ. ७४-पृ. ७५ अनु. ९
  • येसु परमेश्‍वरको छोरा हुनुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येसु परमेश्‍वरको छोरा हुनुहुन्छ
  • येसु—बाटो, सत्य र जीवन
  • मिल्दोजुल्दो सामग्री
  • अत्तो थाप्नेहरूलाई जवाफ
    सबैभन्दा महान्‌ पुरुष
  • ख्रीष्ट—भविष्यवाणीहरूको केन्द्रबिन्दु
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • युहन्‍ना येसुबाटै सुन्‍न चाहन्छन्‌
    येसु—बाटो, सत्य र जीवन
  • बुबासित एक हुनुहुन्छ तर उहाँ परमेश्‍वर हुनुहुन्‍न
    येसु—बाटो, सत्य र जीवन
थप हेर्नुहोस्
येसु—बाटो, सत्य र जीवन
jy अध्या. ३० पृ. ७४-पृ. ७५ अनु. ९
यहुदीहरू येसुलाई विश्रामदिनको नियम तोडेको आरोप लगाउँछन्‌

अध्याय ३०

येसु परमेश्‍वरको छोरा हुनुहुन्छ

युहन्‍ना ५:१७-४७

  • परमेश्‍वर येसुको बुबा हुनुहुन्छ

  • फेरि जीवित पारिने प्रतिज्ञा

बिरामीलाई निको पारेर विश्रामदिनको नियम तोडेको आरोप लगाउनेहरूलाई येसु यसो भन्‍नुहुन्छ: “मेरो बुबा अहिलेसम्म काम गर्दै हुनुहुन्छ र म पनि गर्दै छु।”—युहन्‍ना ५:१७.

येसुले व्यवस्थाविपरीत काम गर्नुभएको होइन। बरु प्रचार गरेर र बिरामीलाई निको पारेर उहाँ बुबाको अनुकरण गर्दै हुनुहुन्छ। त्यसैले येसु हरेक दिन असल काम गरिरहनुहुन्छ। तर उहाँमाथि आरोप लगाउनेहरू उहाँको जवाफ सुनेर झनै रिसाउँछन्‌ र उहाँलाई मार्न खोज्छन्‌। किन?

येसुले विश्रामदिनको नियम तोड्‌नुभएको छ भन्‍ने गलत धारणा राख्नुको अलावा उहाँले आफू परमेश्‍वरको छोरा हुँ भनेकोमा पनि तिनीहरू आपत्ति जनाउँछन्‌। येसुले परमेश्‍वरलाई बुबा भन्‍नु ईश्‍वरनिन्दा हो जस्तो तिनीहरूलाई लाग्छ। तिनीहरूको विचारमा येसुले आफू परमेश्‍वरबराबर हुँ भन्‍न खोज्दै हुनुहुन्छ। तर येसु परमेश्‍वरसितको आफ्नो विशेष सम्बन्धबारे नडराई अझ यसो भन्‍नुहुन्छ: “बुबाले छोरालाई माया गर्नुहुन्छ र आफूले गर्ने सबै कुरा उसलाई देखाउनुहुन्छ।”—युहन्‍ना ५:२०.

परमेश्‍वर जीवनदाता हुनुहुन्छ र उहाँले विगतमा केही पुरुषलाई मरेकाहरूलाई जीवित पार्ने शक्‍ति दिनुभएर यो कुरा प्रमाणित गरिसक्नुभएको छ। येसु अझै भन्‍नुहुन्छ: “जसरी बुबाले मरेकाहरूलाई ब्युँताएर जीवित पार्नुहुन्छ, त्यसरी नै छोराले पनि जसलाई इच्छा लाग्छ, उसलाई जीवित पार्छ।” (युहन्‍ना ५:२१) भविष्यको आशा दिने कत्ति अर्थपूर्ण अभिव्यक्‍ति! अहिले पनि छोराले आध्यात्मिक रूपमा मरेकाहरूलाई जीवित पार्दै हुनुहुन्छ। येसु भन्‍नुहुन्छ: “जसले मेरो वचन सुन्छ र मलाई पठाउनुहुनेलाई विश्‍वास गर्छ, उसले अनन्त जीवन पाउँछ अनि उसको न्याय गरिँदैन तर मृत्युलाई पार गरेर ऊ जीवनमा प्रवेश गर्छ।”—युहन्‍ना ५:२४.

हुनत यतिबेलासम्म येसुले मरेकाहरूलाई जीवित पार्नुभएको कुनै रेकर्ड छैन। तर येसु आफूमाथि आरोप लगाउनेहरूलाई मरेकाहरू साँच्चै जीवित हुनेछन्‌ भनेर बताउनुहुन्छ। उहाँ भन्‍नुहुन्छ: “बेला आउँदै छ, जब चिहानमा हुनेहरू सबैले उसको स्वर सुन्‍नेछन्‌ र बाहिर निस्किआउनेछन्‌।”—युहन्‍ना ५:२८, २९.

येसुको भूमिका ठूलो भए तापनि आफू बुबाको अधीनमा भएको कुरा स्विकार्दै उहाँ भन्‍नुहुन्छ: “म आफूखुसी केही पनि गर्न सक्दिनँ। . . . म आफ्नो होइन तर मलाई पठाउनुहुनेको इच्छा पूरा गर्न खोज्छु।” (युहन्‍ना ५:३०) उहाँले यतिबेलासम्म परमेश्‍वरको उद्देश्‍यमा आफ्नो भूमिकाबारे सार्वजनिक रूपमा बताउनुभएको छैन। तर उहाँमाथि आरोप लगाउनेहरूले यसबारे उहाँबाट मात्र साक्षी पाएका होइनन्‌। उहाँ तिनीहरूलाई यो कुरा सम्झाउनुहुन्छ: “तिमीहरूले [बप्तिस्मा गराउने] युहन्‍नाकहाँ मानिसहरू पठाएका छौ अनि तिनले सत्यको साक्षी दिएका छन्‌।”—युहन्‍ना ५:३३.

करिब दुई वर्षअघि युहन्‍नाले यहुदी धर्मगुरुहरूलाई आफूपछि आउनुहुने व्यक्‍तिबारे बताएका थिए, जसलाई उनले “भविष्यवक्‍ता” र “ख्रिष्ट” भनेका थिए। यो कुरा येसुमाथि आरोप लगाउनेहरूले पनि सुनेको हुनुपर्छ। (युहन्‍ना १:२०-२५) झ्यालखानामा भएका युहन्‍नालाई तिनीहरू पहिला कत्ति सम्मान गर्थे भन्‍ने कुरा सम्झाउँदै येसु भन्‍नुहुन्छ: “केही समयको लागि तिमीहरू तिनको ज्योतिमा असाध्यै रमाउन राजी थियौ।” (युहन्‍ना ५:३५) तर येसु तिनीहरूलाई बप्तिस्मा गराउने युहन्‍नाभन्दा ठूलो साक्षीबारे बताउनुहुन्छ।

येसु भन्‍नुहुन्छ: “बुबाले मलाई जुन कामहरू पूरा गर्न खटाउनुभयो, ती कामहरूले नै बुबाले मलाई पठाउनुभएको हो भनेर साक्षी दिन्छन्‌ र म अहिले ती कामहरू नै गर्दै छु [जसमा उहाँले भर्खरै गर्नुभएको निको पार्ने काम पनि पर्छ]।” येसु यसो पनि भन्‍नुहुन्छ: “मलाई पठाउनुहुने बुबा आफैले मेरो विषयमा साक्षी दिनुभएको छ।” (युहन्‍ना ५:३६, ३७) जस्तै, परमेश्‍वरले येसुको बप्तिस्माको बेला उहाँबारे साक्षी दिनुभएको थियो।—मत्ति ३:१७.

हो, येसुमाथि आरोप लगाउनेहरूसित उहाँलाई अस्वीकार गर्ने कुनै कारण छैन। तिनीहरू जुन धर्मशास्त्रलाई खोजतलास गरिरहेको दाबी गर्छन्‌, त्यसले नै उहाँबारे साक्षी दिन्छ। येसु अन्तमा भन्‍नुहुन्छ: “तिमीहरूले मोसालाई विश्‍वास गरेका भए मलाई पनि विश्‍वास गर्ने थियौ किनकि तिनले मेरै विषयमा लेखेका थिए। तर तिमीहरू तिनका लेखोटहरूलाई नै विश्‍वास गर्दैनौ भने मैले भनेका कुराहरू कसरी विश्‍वास गर्नेछौ?”—युहन्‍ना ५:४६, ४७.

  • येसुले विश्रामदिनमा असल कामहरू गरेर नियम तोड्‌नुभएको होइन भनेर किन भन्‍न सकिन्छ?

  • परमेश्‍वरको उद्देश्‍यमा आफ्नो महत्त्वपूर्ण भूमिकाबारे येसु कसरी बताउनुहुन्छ?

  • येसु परमेश्‍वरको छोरा हुनुहुन्छ भन्‍ने कुराको कस्ता साक्षीहरू छन्‌?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने