गीत ५४
‘यही हो बाटो’
१. हो यो बाटो
शान्तिमा सबलाई पुऱ्याउने।
पैलेदेखिको बाटो
सिक्यौ तिमीले।
येसुले देखा’को बाटो
यही नै हो।
बाइबलमा पाइने,
बाटो हो यो शान्तिको।
(कोरस)
यै हो बाटो; हो जीवनको बाटो।
एकछिन नि तिमी नतर्किनू है!
यहोवा भन्छन्, ‘यै हो बाटो!
बढ अघि, यही नै हो बाटो।’
२. हो यो बाटो प्रेमको;
जो छ तिम्रै अघि।
हेर याह, देखाउँछन्
यो बाटो हाम्लाई।
प्रेम उनको कति भरपूर,
न्यानो र जाति।
हो यो बाटो प्रेमको;
डोऱ्याउँछ लौ साथी।
(कोरस)
यै हो बाटो; हो जीवनको बाटो।
एकछिन नि तिमी नतर्किनू है!
यहोवा भन्छन्, ‘यै हो बाटो!
बढ अघि, यही नै हो बाटो।’
३. हो यो बाटो
जीवनमा सबलाई पुऱ्याउने।
याहको बाटो,
अरू कहाँ छ यस्तो?
शान्ति र प्रेमतर्फ
पुऱ्याउने बाटो यो।
दिन्छ जीवन;
याह आभारी छौँ तिम्रो।
(कोरस)
यै हो बाटो; हो जीवनको बाटो।
एकछिन नि तिमी नतर्किनू है!
यहोवा भन्छन्, ‘यै हो बाटो!
बढ अघि, यही नै हो बाटो।’
(भज. ३२:८; १३९:२४; हितो. ६:२३ पनि हेर्नुहोस्)