यहोवाले दिनु भएको अन्तरदृष्टि
“तर तिनीहरू मध्य अन्तरदृष्टिभएका मानिसहरूले, धेरैलाई समझ-शक्ति दिनेछन्।”—दानिएल ११:३३ (दी न्यु वर्ल्ड ट्रान्सलेसन)
१, २. (क) इस्राएलीहरूले परमेश्वरको प्रेमपूर्ण अनुग्रह अनुभव गरेको भएतापनि, तिनीहरू किन बागी भए? (ख) हामीले के गरेमा लाभदायक हुनेछ? (यर्मिया ५१:१०)
यहोवा एक मात्र सत्य परमेश्वर हुनुहुन्छ भनेर प्राचीन इस्राएलका मानिसहरूलाई थाह थियो। उहाँले तिनीहरूका पितापुर्खा सँग गर्नु भएको व्यवहार बारे सुनेका थिये र उहाँको प्रेम-पूर्ण दया तिनीहरूले स्वयं अनुभव गरेका थिये। तापनि धेरै चोटी तिनीहरूले गरेका काममा अन्तरदृष्टिको अभाव देखियो। तिनीहरूले यहोवा र उहाँका प्रतिनिधिहरूको “विरोध” गरे। किन? किनभने उहाँले तिनीहरूका निम्ति गर्नु भएको कार्यहरू तिनीहरूले “समझेनन्”। (भजन १०६:७, १३) तिनीहरूलाई यी कुराहरू थाह न भएको होइन; तिनीहरूले यी कुराहरूको मुल्याङ्कन गर्न सकेनन्। फलस्वरूप, तिनीहरू “खराब कुराको लालसागर्ने” मानिसहरू भए।—१ कोरिन्थी १०:६.
२ हाम्रा दिनमा, यहोवाले आफ्ना साक्षीहरूलाई उहाँको दृश्य सङ्गठन द्वारा अन्तरदृष्टि दिनु भएकोछ र यसरी उहाँले आफ्ना मानिसहरूलाई अरूहरूभन्दा बेग्लै पारेर राख्नु भएकोछ। यहोवाले दिनुभएको अन्तरदृष्टिका केहि उदाहरणहरूमा पुन: ध्यान दियौं भने, उहाँले अफ्ना मानिसहरूलाई अगुवाई गर्नु हुने ढङ्ग प्रति हाम्रो मुल्याङ्कन अझ बलियो हुनसक्नेछ। एउटा उदाहरण, हाम्रो विश्वासको मूल अर्थात् परमेश्वरको व्यक्तित्व बारे हो।
के परमेश्वर त्रिएक हुनुहुन्छ?
३. सय वर्ष भन्दा अघि नै यहोवाका सेवकहरूलाई, परमेश्वरको अस्तित्वको सत्यता स्पष्टसँग बुझ्न, केले मद्द गऱ्यो? (१ कोरिन्थी ८:५, ६)
३ त्रीएकमा विश्वास नगर्नेहरू जति धर्म-विरोधीहरू हुन् भनेर मसीहीजगतले दृढ़ता साथ प्रचार गर्दै आएकोछ। तर सत्य थाह लगाउने माध्यम पवित्र शास्त्र हो र ईश्वरीय प्रेरणा द्वारा नलेखिएका मानव परम्परा र शिक्षाहरू होइनन् भनेर, यहोवाका मानिसहरूले बुझेकाहुनाले, तिनीहरू मानव धम्कीहरू सँग डराउँदैनन्। यसैकारण, धेरै वर्ष अघि, सन् १८८२ मा, बाइबलका यी समर्पित् विद्यार्थीहरूले प्रहरीधररा पत्रिकामा स्पष्टता साथ एसो भने: “हाम्रा स्रोताहरूलाई राम्रो सँग थाह छ कि हामी यहोवा परमेश्वर र येशू, र पवित्र आत्मामा विश्वास गर्छौं तर यिनीहरू एउटै व्यक्तित्व भित्र भएका तीन वटा परमेश्वरहरू हुन् अथवा कसै कसैको भनाई अनुसार, तीन जना व्यक्तिमा भएको एउटा परमेश्वर हो भन्ने शिक्षा, शास्त्रमा पटक्कै आधारित् न भएको कारण, हामी त्यसलाई पूर्णतया इनकार गर्छौं।—यहून्ना ५:१९; १४:२८; २०:१७.
४. (क) तल सम्मै जाँच पड़ताल गरेर हेर्दा, त्रीएक शिक्षाको मूल आधार र यो शिक्षाको असर बारे, यहोवाका जनहरूले के थाहा लगाए? (ख) यहोवाले आफ्ना सेवकहरूलाई यस प्रकारको अन्तरदृष्टि किन दिनु भयो?
४ सच्चाई सित प्रेम गर्ने बाइबलका यी विद्यार्थीहरूले भित्र सम्म खनेर हेर्दा, यो त्रीएक शिक्षाको शुरूआत् गैर-मसीही धर्महरूमा भएको देखे। कोहि अनुवादकहरूले, कुनै कुनै पदहरूलाई त्रीएक शिक्षाको समर्थन गराएर, पक्षपाती ढ़ङ्गले अनुवाद गरेका छन् भन्ने कुरा, शास्त्रको गहिरो अध्ययन द्वारा यिनीहरूले बुझ्न सके। किनभने बाइबलका सबै भन्दा पुरानो र मौलिक हस्तलिपिहरूमा यी पदहरू त्यस प्रकार लेखिएका थिएनन् भन्ने कुरा जाहेर भएको छ। यो त्रीएकको शिक्षा द्वारा येशूको सम्मान भएको जस्तो देखिएला, तर यो शिक्षा उहाँको शिक्षाको विपरित् छ र यसले यहोवाको अनादर गर्दछ भनेर, ती बाइबलका विद्यार्थीहरूले मानी लिए। यसैले गर्दा, माथि चर्चा गरिएको प्रहरीधररको अङ्कमा एसो भनिएकोछ: “हामी सच्चाईका प्रेमीहरू, आफू सँग र हामीलाई बुद्धिमान बनाउने हाम्रा पिताको वचन सँग इमानदार हुनु पर्छ। यसकारण, भ्रष्ट सङ्गठनहरू र ईश्वरीय प्रेरणा न भएका मानिसहरूका परम्परा र शिक्षाहरूको वास्ता न गर्दै, हामी हाम्रा प्रभु र प्रेरित्हरू बाट आएका सत्य शिक्षाहरूमा अड़ेर बसौं।” तिनीहरूले सच्चाईलाई प्रेम गरेको हुनाले र बाइबलका एक दुइवटा आफूलाई मन परेका पदहरू मात्र नटिपेर, परमेश्वरको सम्पूर्ण वचनलाई ध्यान दिएको हुनाले, यहोवाले तिनीहरूलाई अन्तरदृष्टि दिनु भयो जसलेगर्दा तिनीहरू मसीहीजगत बाट बेग्लै भएकाछन्।—२ तिमोथी ३:१६, १७; न्यु वर्ल्ड ट्रान्सलेशन रेफरेन्स बाइबल हेर्नहोस्, पाना १५८०, ६बी सेकशन.
परमेश्वरको नामको अधिकारपूर्ण स्थान
५. बाइबलका अनुवादहरूबाट परमेश्वरको नाउँ हटाउने अभियान पछाडि के छ? (प्रकाश २२:१८, १९)
५ एउटा अर्को उदाहरण हेर्नुहोस्: जब बढ़दो संख्यामा विभिन्न बाइबलका अनुवादहरूले परमेश्वरको व्यक्तिगत् नामलाई महत्व दिन छाड़े, अथवा सम्पूर्णरूपमा नामलाई बाइबलबाट हटाउन थाले, तब वाचटावर सोसाइटीले त्यो नामलाई अझ बढ़दो महत्व दियो। यहोवाको नाम हटाइयो भने सुसमाचार विश्वव्यापी स्तरमा स्वीकृत हुनेछ भन्ने तर्क मसीही जगतले पेश गरेतापनि, यसरी पवित्र शास्त्र बाट सबै भन्दा महत्वपूर्ण नाम मेटाउने षड़यन्त्रको पछाड़ि वास्तवमा को छ भन्ने कुरा यहोवाका अभिषिक्त सेवकहरूले बुझी हाले। (यर्मिया २३:२७ सँग तुलना गर्नुहोस्) मानव सम्झनाबाट साँचो परमेश्वरको नाम मेटाउन, शैतानको यो एउटा षड़यन्त्र हो भनेर परमेश्वरका मानिसहरूले चिन्हि हाले।
६. मसीही जगतले अपनाएको मार्गको ठीक विपरीत, परमेश्वरका साँचो सेवकहरूले उहाँको नाउँलाई अझ उच्च पार्न के गरे? (प्रेरित् १५:१४)
६ मसीहीजगतले अपनाएको बाटोको ठीक विपरित, प्रहरीधररा पत्रिकाले त्यसको प्रकाशनको प्रथम साल (१८७९) देखिन् नै परमेश्वरको नाम यहोवालाई विशेष महत्व दिने गरे। सन् १९२६ मा, यो पत्रिकामा “यहोवाको श्रद्धा कसले गर्नेछ?” भनेर लेख छापियो। (भजन १३५:२१) सन् १९३१ मा, बाइबलका यी विद्यार्थीहरूले आफ्नो निम्ति यहोवाका साक्षी नाम अपनाए। (यशैया ४३:१०-१२) साथै, तिनीहरूले यहोवाको नामलाई पवित्र पार्ने कामको ठूलो महत्व अझ राम्रो सँग बुझ्न सके। (यशैया १२:४, ५) सन् १९४४ मा तिनीहरूले अमेरिकन स्टेन्डर्ड भर्सन अफ दी बाइबल प्रकाश गर्न थाले किनभने यो बाइबल अनुवादमा यहोवाको नाम ६,८०० पटक प्रयोग गरिएकोछ। तर बाइबल प्रकाशन बारे, १९५० देखिन् न्यु वर्ल्ड ट्रान्सलेशनको प्रकाशन सबै भन्दा विशिष्ट घटना भएर आएकोछ। बाइबलको यो अनुवादले परमेश्वरको नामलाई, दुवै हिब्रू र मसीही ग्रीक शास्त्रमा, त्यसको अधिकारपूर्ण ठाउँ दिएकोछ।
७. परमेश्वरको नाउँ र त्यो सँग सम्बन्धित् सबै कुरामाथि दिइएको महत्व द्वारा, धेरै मानिसहरूले के लाभ उठाउन सकेकाछन्?
७ परमेश्वरको नामलाई यो महत्व दिएको देखेर, विश्व भरि, धार्मिक्ताका लाखौं प्रेमीहरू रमाएका छन्। यसबाट तिनीहरूले साँचो परमेश्वरलाई व्यक्तिगतरूपमा चिन्ने मदद पाएका छन्। तिनीहरूले जसै उहाँका मार्गहरू थाह पाउँदै गएकाछन्, तिनीहरू उतिनै अन्तरदृष्टि अथवा बुद्धि सहित हिड़न सकेकाछन्।—मीका ४:२, ५.
के मानिसको प्राण अमर छ?
८. तिनीहरूका आधुनिक इतिहासको शुरूमै, यहोवाका साक्षीहरूले प्राण र मरेकाहरूको अवस्था बारे के सिके?
८ अब एउटा तेस्रो उदाहरण प्रस्तुत छ: यहोवाका सेवकहरूको आधुनिक इतिहासको शुरूमै, परमेश्वरको वचनलाई प्रेम गरेको हुनाकारण, अझ अन्य महत्वपूर्ण सत्यताहरू बुझ्न तिनीहरूको आखाँ खोलियो। एक शताब्दि भन्दा अघि नै, “विश्वासी र बुद्धिमान दासले” प्राण भन्ने कुरो, मानिस भित्र बास गर्ने कुनै बौद्धिक र छुट्टै पनि बस्न सक्ने आत्मा होइन रहेछ, तर प्राणको अर्थ मानव व्यक्ति नै हो भनेर सही समझ प्राप्त गरे। (मत्ती २४:४५-४७) सन् १८८० सालमा वाचटावरले बाइबलका मूल शब्द शिओल र हेडिसको अनुसन्धान गरे पछि, यी दुवै शब्दहरूको अर्थ चिहान रहेछ भन्ने निष्कर्षमा पुगे। यस बाहेक, गिहेन्नामा फालिएका मानिसहरूले सन्ताप होइन सर्वनाश अनुभव गर्नेछन् भन्ने कुरा पनि तिनीहरूले बुझे।—न्यु वर्ल्ड ट्रान्सलेसन रेफरेन्स बाइबल, पाना १५७३-५, पनि हेर्नुहोस्.
९. मानव प्राणमा अमरत्व छ भन्ने शिक्षाको उत्पत्ति बारे, सन् १८९४ मै, प्रहरीधरराले के भनेको थियो?
९ सन् १८९४ मा प्रहरीधरराले यो प्रश्न उठायो: “सबै मानिसहरूमा अमरत्व छ भन्ने यो लोकप्रिय शिक्षा आयो कहाँबाट?” अन्तरदृष्टि साथ, उसले फेरि यो उत्तर दियो: “इतिहासको पाना पल्टाएर हेर्दा, परमेश्वरका प्रेरित् साक्षीहरूले मानव प्राणको अमरत्वको शिक्षा न सिकाएको भएता पनि, सबै विधर्मीहरूको यो मूल शिक्षा रहेछ . . . सोक्रेटिस र प्लेटो, यो शिक्षाको प्रथम प्रचारकहरू थिएनन्: यी दुईले भन्दा धेरै नै अघि एक जना अझ योग्य गुरूले यो शिक्षाको प्रचार शुरू गरेको थियो। सोक्रेटिस र प्लेटोले ता यो शिक्षामाथि पालिस मात्र लगाएका हुन् . . . र यसमा आधारित् एउटा दर्शनको सृजना गरे र तिनीहरूको समय देखिन् आजको समय सम्मका मानिसहरूको नजरमा ग्रहणयोग्य र लोभलाग्दो पारेर प्रस्तुत गरे। यो झूटो शिक्षाको प्रथम रिकर्ड मानिसको सबै भन्दा पुरानो इतिहास—बाइबलमा पाइन्छ। झूटो शिक्षक थियो शैतान।”a
१०. प्राण र मरेका मानिसहरूको अवस्था बारे सिकाइएको धार्मिक झुटले गर्दा मानिसहरू माथि के खराब असर परेको छ तर विवेकशील मानिसहरूलाई सहायता दिनका लागि के गरियो?
१० सबै मानिसहरूमा एउटा अमर प्राण छ र दुष्टहरूले सधैं नरकको आगोमा सन्ताप भोग्नु पर्नेछ भन्ने झुटो शिक्षाको प्रचार गरेर, शैतानले परमेश्वरको झूटो वर्णन गरेर, उहँको नाउँलाई निन्दित पारेको छ। वाचटावरको प्रथम सम्पादक, सी. टी. रसलले यो कुरा छर्लङ्ग बुझ्नु भयो। शिक्षित मानिसहरूले यो अनन्त सन्तापको विचारलाई अस्वीकार गरेको उहाँले देख्नुभयो, तर दुःखको कुरा, यो बेमनासिब शिक्षाको मूल स्रोत बाइबल हो भनि ठानेर, तिनीहरूले बाइबललाई पनि अस्वीकार गरेको देख्नु भयो। अँध्यारो युगको (Dark Ages) धुवाँ मानिसहरूको मनबाट हटाउनकालागि, भाइ रसलले, “नरक देखिन् फिर्ता! त्यहाँ को को रहेछन्।” शिर्षक भएको प्रभावशाली भाषण दिनुभयो।
११. (क) प्रेतवाद प्रचलित् हुन थाल्दा, ‘विश्वासी दास’ वर्गकाहरूले के जनाउ घोषणा गरे? (ख) यो जनाउ बाट कस-कसले र कसरी लाभ उठाएकाछन्?
११ त्यस बेला प्रेतवाद निकै प्रचलित हुनलागेको थियो। तर मरीसकेका मानिसहरूको आत्मा भनि ठान्दै जुन आत्माहरू सित मानिसहरूले सम्पर्क राख्द थिए, त्यो वास्तवमा प्रेतहरू हुन् भन्ने कुरा “बुद्धिमान र विश्वासी दासले” परमेश्वरको वचन द्वारा पायेको अन्तरदृष्टिबाट बुझ्न सके। इमानदार हृदय भएका व्यक्तिहरूलाई प्रेतवादको जालमा फँसने खतरा बारे सचेत् गराउन, आम-भाषणहरू द्वारा शक्तिशाली शास्त्रीय तर्कहरू प्रस्तुत गरिये। (व्यवस्थाविवरण १८:१०-१२; यशैया ८:१९) यहोवाले आफ्ना सेवकहरूलाई दिनुभएको यो अन्तरदृष्टि द्वारा, विश्वभरिका हजारौं मानिसहरूले मरेकाहरूको त्रास, प्रेतवाद र प्रेतवाद सगँ सम्बन्धित् पतित कार्यकलापहरूबाट छुटकारा पाएकाछन्।
कलहकारी संसारमा मसीही चालचलन
१२, १३. (क) दानिएल ११:३२, ३३ को अर्थ के हो? (ख) बाइबलका केही मौलिक सत्यताहरू के हुन्, जसमा “अन्तरदृष्टि हुनेहरूले” दिएको शिक्षा आधारित् छ?
१२ दानियल अगमवक्ता अनुसार, परमेश्वरका मानिसहरूले अझ एउटा चौथो क्षेत्रमा पनि अन्तरदृष्टि प्रकट गर्नेछन् भनेर सङ्केत गर्नु भएको थियो। त्यो हो—तटस्थता। संसारका प्रमुख राजनैतिक शक्तिहरू बीचको सङ्घर्षको विस्तृत वर्णन गरे पछि, दानियलको पुस्तकको ११:३२, ३३ ले एसो भन्छ: “तिनले करार इनकार गर्नेहरूलाई झूटो प्रतिज्ञाहरू द्वारा आफ्नो तर्फमा लैजानेछन।” अर्थात्, उत्तरको निरङ्कुश शासनवादी राजाले, मसीही भनौदाहरूलाई धर्मत्यागको मार्ग तर्फ लैजान्छन् किनभने तिनीहरू संसार सित प्रेम गर्छन्, त्यसको अनुमोदन चाहन्छन् र सारा पृथ्वीमा येशूले राज्य गर्नुहुने एउटा राज्यकालागि यहोवाले गर्नु भएको करारलाई तिनीहरूले तुच्छ ठान्छन्। तर दानियलको बाँकी वाणी अनुसार, “आफ्ना परमेश्वरतिर विश्वासीहुने मानिसहरू दृढ़ बसेर तिनीसित लड़ाइँ गर्नेछन्। . . . ज्ञानी अगुवाहरूले [अन्तरदृष्टिहुनेहरूले, दी न्यु वर्ल्ड ट्रान्सलेसन] साधारण मानिसहरूलाई बाटो देखाउनेछन्।”
१३ धेरै जसो समय, अशान्त स्थितिले घेरिएको अवस्थामा बुद्धिमानीसाथ हिड़न, हामीलाई, बाइबलका मौलिक सिद्धान्तहरूको मुल्याङ्कनमा आधारित अन्तरदृष्टिको खाँचोछ। यहोवाको निर्देशन द्वारा, ‘विश्वासी दास’ वर्गकाहरूले यी सत्यताहरू स्पष्टसगँ छुट्याउन सकेकाछन्। ती मध्य यो सत्यता एउटा वास्तविकता हो, जसलाई येशूले, सङ्केत गर्नु भएको छ, अर्थात्, यो संसारको अदृश्य शासक शैतान हो। (लूका ४:५-८; यहून्ना १२:३१) यो सत्यता सित मेल राख्दै, १ यहून्ना ५:१९ मा एसो भनिएकोछ:“[एक खण्ड मात्र होइन], तर “सारा संसार [साँचो मसीही मण्डली बाहिरका जम्मै मानिसहरू] दुष्टको अधीनमा परेको छ।” (प्रकाश १२:९) येशूले उहाँका चेलाहरू “यो संसारका होइनन्” भन्नु भएको हुनाकारण, तिनीहरूले मसीही तटस्थाता पालन गर्नु आवश्यक छ।—यहून्ना १७:१६.
१४. (क) कुन उपयुक्त विषयहरूलाई, यहोवाका सेवकहरूले, सन् १९३९ र १९४१ मा ध्यान दिए? (ख) यस प्रकारको अन्तरदृष्टिले, यहोवाका साक्षीहरूलाई बुद्धिमानी साथ हिड़ने सहायता कसरी दिएकोछ?
१४ यसैकारण, ठीक समयमा, यूरोपमा दोस्रो विश्व-युद्धको मेघहरू गर्जन शुरूहुँदा, नवम्बर १, १९३९ को प्रहरीधररामा मसीही तटस्था बारे उठेको विवादको विशेष विवरण दिइयो। यही कुरा सँग सम्बन्धित एउटा अर्को सत्यता पनि छ र त्यो यो हो—विश्वव्यापी सार्वभौमिकताको प्रश्नको महत्व र यसको फैसलामा मसीही राज्यको भूमिका। समय अनुसार, १९४१ मा, सन्त लुवी, मिसूरी, यु. एस. ए. मा घटित यहोवाका साक्षीहरूको एउटा सम्मेलनमा र त्यस पछि अर्को वर्ष, दी न्यु वर्ल्ड भन्ने पुस्तकमा, यस बारे छलफल गरिएको थियो। विभाजित् र युद्धले ग्रस्त संसारमा यस प्रकारका इश्वरीय अर्न्तदृष्टिले यहोवाका सेवकहरूलाई, कत्रो सुरक्षा प्रदान गरिएकोछ! मसीहीजगतका धार्मिक सङ्गठनहरू, अन्तर्राष्ट्रीय झगड़ा र सरकारहरू पल्टाउने गोरिल्ला युद्धहरूमा भाग लिएकोहुनाकारण आपसमा टुक्रिएता पनि, सबै देशहरूमा यहोवाका साक्षीहरू एकत्रित भएर, मानिसजातिको एक मात्र आशा, परमेश्वरको राज्यको लगातार प्रचार गरिरहेकाछन्। यो जीवन बचाउने काममा तिनीहरू व्यस्त रहेकाछन्, जस बारे येशूले यस प्रकार अगमवाणी गर्नुभयेको थियो, “औ राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ, त्यस पछि अन्त हुनेछ।”—मत्ती २४:१४.
बाइबलका अगमवाणीहरूको पूर्ति
१५. यहोवाका सेवकहरूले अन्तरदृष्टि किन प्राप्त गर्न सकेकाछन्?
१५ यहोवाका सेवकहरूले यस प्रकारको अन्तरदृष्टि किन पाएकाछन्? किनभने परमेश्वरको लिखित् वचनमा तिनीहरू सम्पूर्णतया भरोसा गर्छन्, त्यसको पालन गछर्न् र यहोवाको आत्मा तिनीहरूमा छ। यसबाट तिनीहरूले बाइबलका अरू महत्वपूर्ण भविष्यवाणीहरू बूझने मदद पनि पाएकाछन् र यो हो हामीले ध्यान दिनु पर्ने, पाँचवाँ विषय।
१६, १७. (क) यहोवाका साक्षीहरूले प्रयोग गरेका मितिहरू सांसारिक एतिहासकारहरूले प्रस्तुत गरेका मितिहरूमा कुनै बेला किन भिन्नता हुन्छन्? (ख) आर्टाजर्जेसको २० वाँ साल र बेबिलनीहरूले यरूशलेमलाई नष्ट गरेको मितिले गर्दा, बाइबलमाथि यहोवाका साक्षीहरूको विश्वास कसरी अझ बलियो हुनगएको छ?
१६ सांसारिक इतिहासकारहरू, पुरातत्ववेत्ताहरूले खनेका ढुङ्गाका टुक्राहरूमा आफ्नो अर्थ लगाउँदै यो निष्कर्षमा पुगेकाछन्: आर्टजर्जेस लंगीमेनसको राज्यकालको प्रथम साल ४६४ ई. पु. हो र नबुकदनेसर दोस्रोको राज्यकालको प्रथम साल ६०४ ई. पु. हो। यी दुवै निष्कर्ष सत्य हुन् भने, आर्टजर्जेसको राज्यकालको २० वाँ वर्ष ४४५ ई. पु. मा शुरूहुने भयो र बेबिलनले यरूशलेमलाई नाश गरेको साल (नबुकदनेसरको राज्यकालको १८ वाँ साल) ५८७ ई. पु. हुने भयो। तर बाइबलका कुनै पनि विद्यार्थीले भविश्यद्वाणीको पूर्ति बारे हिसाबगर्दा यी तारिखको प्रयोग गरेमा, ऊ निश्चय नै अलमलमा पर्ने छ।
१७ पुरातत्वज्ञहरूले भेट्टाएका बाइबल सँग सम्बन्धित कुराहरूमा, यहोवाका साक्षीहरूले चासो लिने गरेकाछन्। तर, यी पत्तालगाएका कुराहरूको व्याखा र बाइबलमा स्पष्ट सँग उल्लेखित् वक्तव्यको बीच भिन्नता हुँदा, हामी, कालक्रम अथवा अन्य कुनै विषय बारे होस्, पवित्र शास्त्रमा उल्लेखित कुरामानै पुरा आस्था राख्छौं। फलःस्वरूप, यहोवाका सेवकहरूले धेरै वर्ष अघिनै, आर्टाजर्जेसको राज्यकालको २० वाँ साल ४५५ ई. पु. देखिन् शुरू भएको थियो भनेर स्वीकार्दछन्। तसर्थ दानियल ९:२४-२७ ले पनि येशू, मसीहको रूपमा, २९ ई. स. को शरद ऋतुमा अभिषेक हुनुहुनेछ भनेर, विश्वसनीयता साथ सङ्केत गरेको छ।b यसैकारण, दानियलको चौथां अध्यायमा पाईने “सातकालको” भविष्यद्वाणी, ई. पु. ६०७-६०६ देखिन् पुरा हुन थाले र यस अगमवाणी अनुसार, ई. स. १९१४ मा येशूको स्वर्गमा राज्याभिषेक भयो र उहाँ राजा हुनु भयो र त्यही साल देखिन् यो संसारको अन्तिम दिनहरूको आरम्भ भयो भनेर यहोवाका सेवकहरूले बुझेका छन्।c तर पवित्र शास्त्रको इश्वरीय प्रेरणामा तिनीहरूको विश्वास डगमगाएको भये, तिनीहरूले कदापि यी भविष्यद्वाणीहरूका रोमाञ्चकारी पूर्ति स्पष्टसँग देख्न सक्ने थिएनन। यसकारण, तिनीहरूले प्रदर्शन गरेको अन्तरदृष्टि, परमेश्वरको वचनमा तिनीहरूको आस्था सँग प्रत्यक्षरूपमा सम्बन्धित् छ।
१८. यहोवाका भक्त सेवकहरूको अध्यात्मिक अवस्था बारे यशैया ६५:१३, १४ मा के प्रतिज्ञा गरिएको छ?
१८ वर्तमान लोकप्रिय कुराको पक्ष लिदैं, परमेश्वरको वचनलाई चाहिं सजिलै सँग हेलागर्ने व्यक्तिहरूको तुलना, उहाँका भक्त सेवकहरूको आत्मिक स्थिति सँग गर्नुहुदैं, यहोवा एसो भन्नुहुन्छ: “हेर, मेरा दासहरूले खानेछन्, तर तिमीहरू भने भोकाउनेछौ। हेर, मेरा दासहरूले पिउनेछन्, तर तिमीहरू भने तिर्खाउनेछौ। हेर, मेरा दासहरूले हर्ष मनाउनेछन्, तर तिमीहरू चाहिं लाजमा पर्नेछौ। हेर, मेरा दासहरू हृदयमा आनन्द भएकोले गाउनेछन्, तर तिमीहरू चाहिं हृदयमा दुःख भएकोले चिच्याई चिच्याई रूनेछौ।”—यशैया ६५:१३, १४.
१९. (क) “विश्वासी र बुद्धिमान दासले” सर्वप्रथम, कुन माध्यम द्वारा शास्त्रको व्याखा दिनेगरेको छ? (ख) कुन प्रकारको अध्ययन कार्यक्रम द्वारा हामीले यो आत्मिक आहारबाट पूर्ण लाभ उठाउन सक्नेछौं?
१९ यो छोटो एतिहासिक समीक्षाबाट स्पष्ट देखिन्छ कि, प्रहरीधरराका पानाहरू द्वारा, यहोवाको “विश्वासी र बुद्धिमान दासले” महत्वपूर्ण शास्त्रीय सत्यताहरूको व्याखा हामीलाई दिदैं आएकोछ। आत्मिक आहारको वितरणगर्ने काममा, “प्रहरीधररा” दास वर्गको हातमा मुख्य हतियार भएकोछ। यस बाट के तपाईंले पूर्ण लाभ उठाउनु हुदैंछ? के तपाईंले यस पत्रिकाको प्रत्यक अङ्क पढ़ने र त्यहाँ, शास्त्रबाट उद्धृत गरिएका प्रत्यक पद, पढ़ने गर्नु हुन्छ? यस बाहेक, यसरी अध्ययन गर्नु भएका कुराहरूको मनन् गर्ने, बढ़दो मोल गर्ने र तिनीहरूले तपाईंका विचारधारा, अभिलाषा, दैनिक कार्य र जीवनका लक्ष्यहरूमा कसरी प्रभाव पार्नु पर्ने हो भन्ने विषयमा के तपाईंले मन लगाएर सोचने बानी बसाल्नु भएको छ? यसो गर्नु भयो भने, तपाईंका फैसलाहरू यहोवाले दिनु भएको अन्तरदृष्टिमा आधारित् हुन सक्नेछन्। (w89 3/15)
[फुटनोट]
a शैतानले हव्वालाई, शारीरिक रूपमा कहिले पनि मर्ने छैन भनेर विश्वास दिलायेको थियो। (उत्पत्ति ३:१-५) पछि गएर मात्र, त्यसले मानव शरीरको मृत्यु पश्चात् पनि जीवित रहि रहने मानिसमा एउटा अमर प्राण छ भन्ने झुटो शिक्षाको शुरूवात गऱ्यो।—सितम्बर १५, १९५७ को वाचटावर पत्रिका हेर्नुहोस, पाना ५७५.
b इनसाइट अन दी स्क्रीपचर्स, वल्युम २, पानाहरू ६१४-६१६, ८९९-९०१.
c “लेट योर किङ्गडम कम” पाना १८६-९.
तपाईंलाई के के याद छ?
◻ के परमेश्वर त्रीएक हुनुहन्छ, र तपाईं यस प्रकारको उत्तर किन दिनु हुन्छ?
◻ परमेश्वरको नाम कहाँ हुनु उचित छ?
◻ के मानव प्राण अमर छ?
◻ एउटा अशान्त संसारमा यहोवाले मसीही आचरण सम्बन्धी के अन्तरदृष्टि दिनु भएको छ?
◻ बाइबलका अगमवाणीहरूको पूर्ति बारे यहोवाका साक्षीहरूले के अन्तरदृष्टि पाएकाछन्?
[चित्र]
प्रहरीधरहरा द्वारा, “विश्वासी र बुद्धिमान दासले” शास्त्रको अर्थ र वर्तमान समयमा त्यस्को प्रयोग बारे हामीलाई अन्तरदृष्टि दिने गरेकोछ