प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • pe chap. ८ pp. ७६-८०
  • मृतावस्था हुँदा के हुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मृतावस्था हुँदा के हुन्छ?
  • पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • प्राण मर्दछ
  • लाजरस—चार दिन सम्म मरेको एउटा मानिस
  • मरेपछि हामीलाई के हुन्छ?
    महान्‌ शिक्षकबाट सिकौं
  • के आशा छ मरिगएका प्रिय जनहरूको निम्ति?
    के आशा छ मरिगएका प्रिय जनहरूको निम्ति?
  • मृत्युपछिको जीवन—त्यसबारे बाइबलले के बताउँछ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • हाम्रा प्रिय मृतजनहरूलाई के हुन्छ?
    ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ
थप हेर्नुहोस्
पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
pe chap. ८ pp. ७६-८०

अध्याय ८

मृतावस्था हुँदा के हुन्छ?

१. मृतकहरू वारे मानिसहरू अक्सर के प्रश्‍नहरू सोध्‌छन्‌?

एउटा प्रिय जनको मृत्यु हुँदा आफूमा उत्पन्‍न हुने शून्य भावना को अनुभव तपाईंलाई भएको होला। आफू कति दुःखी र असहाय भइन्छ! त्यस्तो बेलामा यो सोधनु स्वभाविकै हो: मरे पछि त्यस व्यक्‍तिलाई के हुन्छ? के उ कुनै अन्य ठाउँमा अझै वाँचिरहेको छ? वाँचिरहेकाहरूले मरिसकेकाहरूसँग यस पृथ्वीमा फेरि आनन्दमय सङ्‌गत गर्न सक्लान्‌?

२. मरणोपरान्त प्रथम मानव, आदमलाई के भयो?

२ यस्ता प्रश्‍नहरूको उत्तर पाउँनकालागि, आदम मर्दा उसलाई के भयो भनेर बुझ्नाले मदद मिल्ने छ। उसले पाप गरे पछि, परमेश्‍वरले उसलाई एसो भन्‍नुभयो: “तँ माटैमा फर्किजानेछस्‌, किनकि माटैबाट तँ निकालिएको थिइस्‌। तँ माटै होस्‌ र माटैमा फर्किजानेछस्‌।” (उत्पत्ति ३:१९) यसको के अर्थ होला, एसो सोंच्नुहोस्‌। आदमलाई माटोबाट परमेश्‍वरले सृष्टि नगरे सम्म, आदम कहीं थिएन। उसको अस्तित्वनै थिएन। त्यसकारण, मरे पछि, आदम फेरि उही अस्तित्वहीन अवस्थामा फर्केर गयो।

३. (क) मृत्यु के हो? (ख) मृतकहरूको स्थितिवारे उपदेशक ९:५, १० ले के भन्दछ?

३ सङ्‌क्षिप्तमा भन्‍ने हो भने, मृत्यु जीवनको विपरीत हो। बाइबल यस तथ्यलाई उपदेशक ९:५, १० मा देखाउँछ। अथोराइज्ड अथवा किंग जेम्स भर्सन अनुसार: “जिउँदाहरूले हामी मर्नेछौं भनी जान्दछन्‌; तर मरेकाहरू ता केही पनि जान्दैनन्‌, तिनीहरूका निम्ति केही प्रतिफल हुँदैन; तिनीहरू बिल्कुलै बिर्सिजानेछन्‌। तेरो हाथमा जे काम छ त्यो पूरा शक्‍तिले गर, किनभने मृत्युमा, जहाँ तँ जानैपर्छ, त्यहाँ नता केही गर्ने, न विचार गर्ने, न समझ-शक्‍ति, न बुद्धिनै हुन्छ।”

४. (क) मृत्यु पछि मानिसको सोंच-विचार गर्नसक्ने योग्यता के हुन्छ? (ख) मृत्यु पछि मानिसको सबै इन्द्रियहरू निष्क्रिय किन हुन्छन्‌?

४ यसको अर्थ हो, मृत व्यक्‍तिले केही काम गर्न सक्दैन नता केही अनुभवनै गर्न सक्दछ। तिनीहरूमा अब कल्पना गर्न सक्ने शक्‍ति नै हुँदैन भनेर बाइबलमा यस प्रकार उल्लेखित गरिएकोछ: “राजाहरूमाथि तँ भरोसा नगर्‌, मानिसहरूमाथि पनि नगर्‌, तिनीहरूबाट केही सहायता हुँदैन। त्यसको सास निस्किहाल्छ, औ त्यो माटैमा मिलिहाल्छ; त्यहि दिन त्यसका युक्‍तिहरू नष्ट भइहाल्छन्‌।” (भजन संग्रह १४६:३, ४) मृत्यु भएपछि मानिसको आत्मा अथवा सास द्वारा कायम रहने उसको जीवन-शक्‍ति, “निस्कि जान्छ।” त्यसको अस्तित्व नै रहदैन। त्यसकारण, सोंच-विचार गर्नसक्ने शक्‍तिमा आधारित उसको सुनने, देख्ने, छुने, सुँघने र चाखने सबै क्रियाहरूले कामगर्न छाड़ि दिन्छन्‌। बाइबल अनुसार, मरेकाहरू पूर्ण अचेत अवस्थामा हुन्छन्‌।

५. (क) मरेका मानिसहरू र पशुहरूको अवस्था एकै प्रकारको हुन्छ भनेर बाइबलले कसरी देखाउँछ? (ख) मानिसहरू र पशुहरू दुवैलाई जीवित राख्ने “आत्मा” के हो?

५ मरे पछि, दुवै मानिस र पशुहरू त्यही एउटै अचेत अवस्थामा हुन्छन्‌। यस विषयमा बाइबलले के भन्दछ हेर्नुहोस्‌: “किनभने मानिस मौकावादी हुन्छ औ पशु पनि मौकावादी हुन्छ, औ ती दुवैको एउटै दुर्दशा हुन्छ—अर्थात ती दुवैमाथि मृत्यु आइपर्दछ। ती दुवैको एउटै सास छ। किनभने सबै माटैले बनिएका हुन्‌, औ सबै माटैमा मिल्नेछन्‌।” (उपदेशक ३:१९, २०) पशुहरूलाई र मानिसहरूलाई जीवित राख्ने “आत्मा” एउटै हो। यो “आत्मा”, अर्थात अदृश्‍य जीवन-शक्‍ति, निस्किए पछि दुवै मानिस र पशु माटैमा जान्छन्‌ जस्‌बाट तिनीहरू बनाइएका हुन्‌।

प्राण मर्दछ

६. पशुहरू पनि प्राणी हुन्‌ भनेर बाइबलले कसरी दर्शाएको छ?

६ कसै कसैको भनाइ अनुसार, मानिस पशुहरू भन्दा भिन्‍नछ किनभने मानिसमा प्राण हुन्छ। तथापि, उत्पत्ति १:२० र ३० ले भन्दछ, परमेश्‍वरले पानीमा बस्न “जीवित प्राणीहरू” सृष्टि गर्नुभयो, र पशुहरूको “प्राणमा जीवन छ।” यी पदहरूमा कुनै कुनै बाइबलहरूले “प्राणको” सट्टा “जीवात” र “जीवन” शब्दहरूको प्रयोग गरेकाछन्‌, तर मूलभाषामा चाहिं “प्राण” भन्‍ने शब्दनै छ भनेर ती बाइबल-अनुवादहरूका पानाको पुछारमा लेखेर स्वीकारेकाछन्‌। बाइबलमा पशुहरूलाई पनि प्राणीहरू भनी उल्लेख गरेको गन्ती ३१:२८ मा पाउँछौं। त्यहाँ भनिएकोछ “मानिसहरू, गाई-गोरु, गधा, भेड़ा बाख्रामध्येबाट पाँचसयमा एक एकवटा गरी।”

७. पशु र मनुष्य दुवैको प्राण मर्दछ भन्‍ने प्रमाण बाइबल कसरी दिन्छ?

७ पशुहरू पनि प्राणी भएका हुनाले, तिनीहरू मर्दा तिनीहरूको प्राण पनि मर्दछ। बाइबलले भने अनुसार: “औ समुद्रमा भएका सबै जीवित प्राणीहरू मरे।” (प्रकाश १६:३) मानव प्राणलाई के हुन्छ? हामीहरूले अगाड़िको अध्यायबाट सिकेकाछौं कि परमेश्‍वरले मानिसलाई एउटा प्राण दिएर सृष्टि गर्नु भएको होइन। मानिस स्वयंनै एउटा प्राणी हो। त्यसकारण, मानिस मर्दा, उसको प्राण पनि मर्दछ भन्‍ने अपेक्षा हामी गर्न सक्दछौं। यो सत्य हो भनेर बारम्वार बाइबलले भन्दछ। प्राण अमरणशील छ अथवा यो मर्न सक्दैन भनेर बाइबलमा कहीं पनि भनेको छैन। “धूलोमा मिलेर जाने जत्ति सबैले, र आफ्ना आफ्ना प्राण रक्षागर्न नसक्ने पनि उहाँको सामने घोप्टो पर्नेछ,” भनेर भजन संग्रह २२:२९ले भन्दछ। “जुन प्राणीले पाप गर्छ त्यही मर्छ,” इजकिएल १८:४ र २० मा वर्णन गरिएको छ। यहोशू १०:२८-३९ लाई पल्टाउनु भयोभने, त्यहाँ सात ठाउँमा प्राण मारिएको अथवा नाश गरिएको कुरा लेखिएको पाउँनु हुनेछ।

८. मानव प्राणी, येशू ख्रीष्ट, मर्नु भयो भनेर हामीहरू कसरी जान्दछौं?

८ येशू ख्रीष्टवारे गरिएको एउटा भविष्यवाणीमा, बाइबल भन्दछ: “उसले आफ्नो जीवन-रक्‍त खन्याएर प्राण दियो . . . र उसले धेरैको पाप बोक्यो।” (यशैया ५३:१२) छुटकाराको लागि मोल तिर्ने शिक्षाले पनि एउटा प्राणले (आदम) पाप गरेको कुरा प्रमाणित गर्दछ, र मानिसहरूलाई छुटकारा दिलाउनकालागि सोही अनुरूप एउटा प्राणको (एउटा मानिस) बलिदान दिनु पर्ने आवश्‍यकता थियो। ख्रीष्टले, ‘आफ्नो जीवन-रक्‍त खनाएर प्राण दिनु भएर’ छुटकाराको मोल चुकाउनु भयो। येशू, जो मानव प्राण हुनुहुन्‌थियो, मर्नु भयो।

९. ‘आत्मा दिने परमेश्‍वरकहाँ आत्मा फर्केर जान्छ’, भनेको अर्थ के हो?

९ हामीले बुझि सक्यौं, “आत्मा” हाम्रो प्राण भन्दा अरूनै भिन्‍न कुरा हो। आत्मा हाम्रो जीवन-शक्‍ति हो। यो जीवन-शक्‍ति मनुष्य तथा पशु दुवैको शरीरका कोशिकामा पाइन्छ। यो, श्‍वास प्रक्रिया द्वारा कायम अथवा जीवित रहन्छ। त्यसो भए, मरे पछि “माटो माटैमा मिल्न जान्छ . . . र आत्मा आफै परमेश्‍वर कहाँ” फर्केर जान्छ। (उपदेशक १२:७) बाइबलमा भनेको वचनको के अर्थ हो? मरे पछि, जीवन-शक्‍ति समयमा शरीरका कोशिकाहरूलाई छाड़न थाल्छन्‌ र शरीर कुहुनु थाल्छ। तर त्यसको अर्थ हाम्रो जीवन-शक्‍ति अक्षरश: पृथ्वी छाड़ेर अन्तरिक्ष हुँदै परमेश्‍वर कहाँ पुग्दछ भनेको होइन। आत्मा परमेश्‍वर कहाँ फर्किन्छ भन्‍नुको अर्थ हो, भविष्यमा हाम्रो जीवनको आशा पूर्णरूपले परमेश्‍वरमानै निर्भर गर्दछ। परमेश्‍वरको शक्‍ति द्वारा मात्र आत्मा, अर्थात जीवन-शक्‍ति वापिस पाएर, हामीहरू भविष्यमा जीवन पाउँन सक्नेछौं।—भजन संग्रह १०४:२९, ३०.

लाजरस—चार दिन सम्म मरेको एउटा मानिस

१०. लाजरस मरिसकेता पनि, उसको स्थितिवारे येशूले के भन्‍नुभयो?

१० चार दिनसम्म मरिसकेको मानिसलाई के भयो भन्‍ने कुरा बुझ्नाले, मरेकाहरूको स्थितिवारे जान्‍न मदद मिल्नेछ। येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभएको थियो: “हाम्रा मित्र लाजरस निद्रामा परेका छन्‌, तर म तिनलाई निद्राबाट बिउँझाउनलाई जाँदैछु।” यसकारण, चेलाहरूले उहाँलाई भने: “हे प्रभु, तिनी निद्रामा परेका छन्‌ भने ता बाँच्छन्‌ होला।” अनि, येशूले तिनीहरूलाई सफासँग भनिदिनुभयो: “लाजरस मरेका छन्‌।” वास्तवमा लाजरसको मृत्यु भइसक्दा पनि लाजरस निद्रामा छन्‌ भनेर येशूले किन भन्‍नुभयो? आउनु होस्‌ विचार गरौं।

११. मरिसकेको लाजरसलाई येशूले के गर्नुभयो?

११ येशू लाजरस बसेको गाउँ नजिक पुग्दा, लाजरसकी बहिनी, मार्थासँग उहाँको भेट भयो। चाँड़-चाँड़ै उहाँहरू, अरूहरूकासाथै, लाजरसलाई राखेको चिहानको नजिक पुग्नु भयो। त्यो एउटा ओढ़ार थियो, र त्यसको मुखमा एउटा ढुङ्‌गो राखिएको थियो। येशूले भन्‍नुभयो: “ढुङ्‌गो हटाओ।” लाजरस मरेको चार दिन भइ सकेको हुनाले, मार्थाले विरोध गर्दै भनिन्‌: “हे प्रभु, यस बेलासम्म ता त्यो गन्हाउन लागिसक्यो होला।” तर त्यो ढुङ्‌गा हटाइयो, र येशू ठूलो सोरले कराउनुभयो: “लाजरस, बाहिर निस्की आऊ!” र त्यो निस्की आयो! हाथखुट्टा बाँधिएको कात्रो सहित उ जिउँदै बाहिर निस्की आयो। येशूले भन्‍नुभयो: “तिनलाई फुकाइदेऊ, र जानदेऊ।”—यूहन्‍ना ११:११-४४.

१२, १३. (क) मृतक अवस्थामा लाजरस अचेतन थियो भनेर हामी कसरी विश्‍वस्त हुनसक्छौं? (ख) लाजरस वास्तवमा मरेको भएता पनि, उ निद्रामा परेको छ भनेर येशूले किन भन्‍नुभयो?

१२ अब यसवारे सोंच्नु होस्‌: मरेको चार दिनसम्म लाजरसको के स्थिति थियो? के उ स्वर्गमा थियो? उ एउटा असल मानिस थियो। तापनि, स्वर्गमा थियो भनेर लाजरसले ता केही भनेन। स्वर्ग गएको भए निश्‍चय पनि उसले भन्‍ने थियो। होइन, येशूले भने जस्तै लाजरस वास्तवमा मरेको थियो। उसो भए येशूले आफ्ना चेलाहरूलाई लाजरस सुतेको छ भनेर पहिले किन भन्‍नु भयो?

१३ मृत लाजरस अचेत अवस्थामा छ भन्‍ने कुरा येशूलाई थाहा थियो, किनभने बाइबलमा एसो भनिएको छ: “मरेकाहरू ता केही पनि जान्दैनन्‌” (उपदेशक ९:५) तर एउटा जिउँदो मानिसलाई गहिरो निद्राबाट जसरी जगाउँन सकिन्छ, त्यसरी नै परमेश्‍वरले उहाँलाई दिनु भएको शक्‍ति द्वारा उहाँले आफ्नो मित्र लाजरसलाई मृत्युबाट जगाउँन सक्नु हुन्छ भनेर येशू देखाउन चाहनु हुन्‌थियो।

१४. मरेकाहरूलाई बिउँताउन सक्ने शक्‍ति ख्रीष्टमा छ भन्‍ने कुराको ज्ञानले हामीहरूमा के गर्ने प्रेरणा जागृत पार्नु पर्छ?

१४ गहिरो निद्रामा सुतेको मानिसलाई कुनै कुराको पनि याद रहदैन। मरेकाहरू पनि त्यस्तै हुन्‌। तिनीहरूमा पनि कुनै भावना हुँदैन। तिनीहरूको कुनै अस्तित्व रहदैन। तर, परमेश्‍वरको आफ्नो समयमा, परमेश्‍वर द्वारा छुटकारा पाएका मृतकहरू जीवन पाएर उठेर आउनेछन्‌। (यूहन्‍ना ५:२८) निश्‍चयनै यो ज्ञानले परमेश्‍वरको अनुग्रह प्राप्तगर्ने इच्छा हामीमा जागृत गराउनु पर्ने हो। यदि हामीहरूले परमेश्‍वरको अनुग्रह जितने प्रयास गऱ्‍यौं भने, मरेर गएता पनि, परमेश्‍वरले हामीहरूलाई सम्झनामा राख्नु भएर फेरि जीवित्‌ पार्नु हुनेछ।—१ थिस्सलोनिकी ४:१३, १४.

[पृष्ठ ७६-मा भएको चित्र]

आदम—माटोबाट बनाइएको . . . माटोमानै फर्केर गयो

[पृष्ठ ७८-मा भएको चित्र]

येशूले लाजरसलाई विउँताउनु भन्दा पहिले उसको के स्थिति थियो?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने