प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lff lesson ३९ points १-५
  • रगतप्रति परमेश्‍वरको दृष्टिकोण

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • रगतप्रति परमेश्‍वरको दृष्टिकोण
  • सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • अझ खोतल्नुहोस्‌
  • सारांश
  • अझ धेरै जान्‍नुहोस्‌
  • रगतका सूक्ष्म तत्त्वहरू र शल्यक्रिया विधि
    “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • जीवित परमेश्‍वरको निर्देशन स्वीकार्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
थप हेर्नुहोस्
सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
lff lesson ३९ points १-५
पाठ ३९. सूक्ष्मदर्शक यन्त्रबाट हेर्दा देखिने रगतको दृश्‍य।

पाठ ३९

रगतप्रति परमेश्‍वरको दृष्टिकोण

छापिएको संस्करण
छापिएको संस्करण
छापिएको संस्करण

रगत एकदमै महत्त्वपूर्ण छ। रगतविना हामीमध्ये कोही पनि बाँच्न सक्दैनौँ। रगतको प्रयोग कसरी गर्नुपर्छ भनेर बताउने अधिकार परमेश्‍वरसित मात्र छ किनकि उहाँ हाम्रो सृष्टिकर्ता हुनुहुन्छ। उहाँले रगतबारे के भन्‍नुभएको छ? के यो खानु हुन्छ? के रगत लिनु वा दिनु उचित हो? साथै यस विषयमा तपाईँ कसरी सही निर्णय गर्न सक्नुहुन्छ?

१. रगतप्रति यहोवा कस्तो दृष्टिकोण राख्नुहुन्छ?

यहोवाले बाइबलकालीन समयका आफ्ना उपासकहरूलाई भन्‍नुभयो: “हरेक जीवजीवातको जीवन त्यसको रगतमा हुन्छ।” (लेवी १७:१४) यहोवाले रगतलाई जीवनसरह ठान्‍नुहुन्छ। परमेश्‍वरले उपहारस्वरूप दिनुभएको जीवन पवित्र भएकोले रगत पनि पवित्र छ।

२. परमेश्‍वरले रगतको कस्तो प्रयोगलाई निषेध गर्नुभएको छ?

यहोवाले जलप्रलयपछि नुह र तिनको परिवारलाई रगत नखानू भन्‍ने आज्ञा दिनुभएको थियो। पछि उहाँले यही आज्ञा प्राचीन इस्राएल राष्ट्रलाई पनि दिनुभयो। (उत्पत्ति ९:४ र लेवी १७:१० पढ्‌नुहोस्‌।) ख्रिष्टियन मण्डली स्थापना भएपछि यहोवाले यो आज्ञा दोहोऱ्‍याउनुभयो। परिचालक निकायले ख्रिष्टियनहरूलाई यस्तो निर्देशन दियो: ‘रगतबाट सधैँ अलग रहनुहोस्‌।’—प्रेषित १५:२८, २९ पढ्‌नुहोस्‌।

रगतबाट अलग रहनु भनेको के हो? यदि डाक्टरले तपाईँलाई रक्सीबाट अलग रहनुहोस्‌ भनेका छन्‌ भने तपाईँ रक्सी पिउनुहुन्‍न। तर के तपाईँ रक्सी मिसाइएको खानेकुरा खानुहुन्छ वा नसाबाट लिनुहुन्छ? पक्कै त्यसो गर्नुहुन्‍न। त्यसैगरि रगतबाट अलग रहनू भन्‍ने परमेश्‍वरको आज्ञामा रगत नपिउनु र रगत ननिथारिएको मासु नखानु समावेश छ। साथै हामीले रगत मिसाइएको कुनै पनि खानेकुरा खानु हुँदैन।

उपचारमा रगतको प्रयोगबारे के भन्‍न सकिन्छ? कुनै-कुनै उपचारविधि परमेश्‍वरको नियमसित सीधै बाझिन्छन्‌। यी उपचारविधिहरूमा रगत वा रगतका मूल तत्त्वहरू अर्थात्‌ रातो रक्‍तकोष, सेतो रक्‍तकोष, प्लेट्‌लेट्‌स र प्लाज्मा लिनु समावेश छ। अरू कतिपय उपचारविधि भने परमेश्‍वरको नियमसित सीधै नबाझिन सक्छ। उदाहरणको लागि, कुनै-कुनै उपचारविधिमा रगतको कुनै मूल तत्त्वका सूक्ष्म तत्त्वहरू प्रयोग हुन्छ। अर्कोतर्फ, आफ्नै रगत प्रयोग हुने उपचारविधिहरू पनि छन्‌। यीमध्ये कुन उपचारविधि अपनाउने भनेर हरेकले आफै निर्णय गर्नुपर्छ।a—गलाती ६:५.

अझ खोतल्नुहोस्‌

रगतको प्रयोग हुने उपचारको सन्दर्भमा तपाईँ कसरी सही निर्णय गर्न सक्नुहुन्छ, बुझ्नुहोस्‌।

३. यहोवाको दृष्टिकोणसित मेल खाने उपचारविधि रोजेर उहाँलाई खुसी बनाउनुहोस्‌

तपाईँ कसरी यहोवाको दृष्टिकोणसित मेल खाने उपचारविधि रोज्न सक्नुहुन्छ? भिडियो हेर्नुहोस्‌ अनि तल दिइएका कदमहरू चाल्नुको महत्त्वबारे छलफल गर्नुहोस्‌:

भिडियो: रगत प्रयोग हुने स्वास्थ्य सेवासम्बन्धी कसरी सही निर्णय गर्न सकिन्छ? (५:४७)

  • प्रार्थना गरेर बुद्धि माग्नुहोस्‌।—याकुब १:५.

  • बाइबलका सिद्धान्तहरू खोज्न र ती कसरी लागू हुन्छन्‌ भनेर जान्‍न अनुसन्धान गर्नुहोस्‌।—हितोपदेश १३:१६.

  • तपाईँ बस्ने ठाउँमा के-कस्ता उपचारविधि उपलब्ध छन्‌, पत्ता लगाउनुहोस्‌।

  • तपाईँ कुन-कुन उपचारविधि पटक्कै स्विकार्नुहुन्‍न, छुट्ट्याउनुहोस्‌।

  • तपाईँको निर्णयले अन्तस्करण सफा राखिरहन मदत गर्छ कि गर्दैन भनेर पक्का हुनुहोस्‌।—प्रेषित २४:१६.b

  • यो कुरा मनमा राख्नुहोस्‌: अन्तस्करण चलाएर गर्नुपर्ने निर्णय तपाईँ आफैले गर्नुपर्छ। तपाईँको पति, पत्नी, एल्डर वा बाइबल अध्ययन सञ्चालकले समेत तपाईँले कस्तो निर्णय गर्नुपर्छ भनेर बताउन मिल्दैन।—रोमी १४:१२.

  • आफ्नो निर्णय लेखेर राख्नुहोस्‌।

चित्रहरूको सँगालो: एक पुरुष कस्तो उपचारविधि अपनाउने भनेर निर्णय गर्दै छन्‌। १. तिनी प्रार्थना गर्छन्‌। २. तिनी बाइबल, बाइबलआधारित प्रकाशनहरू र ट्याबलेट चलाएर अनुसन्धान गर्छन्‌। ३. तिनी आफ्नो डाक्टरसित कुरा गर्छन्‌।

४. यहोवाका साक्षीहरू उत्कृष्ट स्वास्थ्य सेवा चाहन्छन्‌

रगतसम्बन्धी परमेश्‍वरको नियम पालन गर्दा पनि उत्कृष्ट स्वास्थ्य सेवा छान्‍न सकिन्छ। भिडियो हेर्नुहोस्‌।

भिडियो: प्राध्यापक डाक्टर मसिमो पि. फ्रान्कीको अन्तरवार्ता (१:३६)

तितस ३:२ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • हामीले किन डाक्टरहरूसित आदरपूर्वक र नम्र हुँदै कुरा गर्नुपर्छ?

एउटा टेस्ट ट्युबमा भएको रगतलाई क, ख, ग र घ गरी चार मूल तत्त्वमा छुट्ट्याइएको छ।

अस्वीकार्य

ख्रिष्टियनले निर्णय गर्नुपर्ने

क. प्लाज्मा

प्लाज्माका सूक्ष्म तत्त्वहरू

ख. सेतो रक्‍तकोष

सेतो रक्‍तकोषका सूक्ष्म तत्त्वहरू

ग. प्लेट्‌लेट्‌स

प्लेट्‌लेट्‌सका सूक्ष्म तत्त्वहरू

घ. रातो रक्‍तकोष

रातो रक्‍तकोषका सूक्ष्म तत्त्वहरू

५. उपचारमा रगतका सूक्ष्म तत्त्वहरूको प्रयोग

रगत चार मूल तत्त्व मिलेर बनेको हुन्छ। ती हुन्‌: रातो रक्‍तकोष, सेतो रक्‍तकोष, प्लेट्‌लेट्‌स र प्लाज्मा। यी तत्त्वहरू अझ साना तत्त्व मिलेर बनेका हुन्छन्‌ र तिनीहरूलाई सूक्ष्म तत्त्वहरू भनिन्छ।c केही सूक्ष्म तत्त्व रोगसँग लड्‌ने वा रक्‍तस्राव रोक्ने औषधी बनाउन प्रयोग गरिन्छ।

रगतका सूक्ष्म तत्त्वहरू लिने कि नलिने भनेर प्रत्येक ख्रिष्टियनले बाइबल प्रशिक्षित अन्तस्करण चलाएर आफैले निर्णय गर्नुपर्छ। कसै-कसैले रगतका सूक्ष्म तत्त्वहरू प्रयोग हुने स्वास्थ्य उपचार नअपनाउने निर्णय गर्न सक्छन्‌। अरू कतिपयले भने रगतका सूक्ष्म तत्त्वहरू स्विकार्न सक्छन्‌ किनभने तिनीहरूको अन्तस्करणले त्यसलाई गलत ठान्दैन।

तपाईँले निर्णय गर्दा यो प्रश्‍न विचार गर्नुहोस्‌:

  • रगतको कुनै-कुनै सूक्ष्म तत्त्व लिने वा नलिने निर्णय गरेको छु भने के म यसको कारण डाक्टरलाई बताउन सक्छु?

कसै-कसैले सोध्लान्‌: “रगत लिनुमा के नै खराबी छ र?”

  • तपाईँलाई कस्तो लाग्छ?

सारांश

यहोवा हामीले रगतको दुरुपयोग गरेको चाहनुहुन्‍न।

तपाईँले के सिक्नुभयो?

  • यहोवा रगतलाई किन पवित्र ठान्‍नुहुन्छ?

  • रगतबाट अलग रहनू भन्‍ने परमेश्‍वरको आज्ञा उपचारको लागि रगत लिने सन्दर्भमा पनि लागू हुन्छ भनेर हामी किन भन्‍न सक्छौँ?

  • रगतको प्रयोग हुने उपचारको सन्दर्भमा तपाईँ कसरी सही निर्णय गर्न सक्नुहुन्छ?

लक्ष्य

अझ धेरै जान्‍नुहोस्‌

आफ्नै रगत प्रयोग हुने उपचारविधि स्विकार्ने कि नस्विकार्ने भनेर निर्णय गर्नुअघि तपाईँले कस्ता कुरा विचार गर्नुपर्छ?

“पाठकहरूका प्रश्‍नहरू” (प्रहरीधरहरा, अक्टोबर १५, २०००)

रगतका सूक्ष्म तत्त्वहरू स्विकार्ने कि नस्विकार्ने भनेर निर्णय गर्नुअघि तपाईँले कस्ता कुरा विचार गर्नुपर्छ?

“पाठकहरूका प्रश्‍नहरू” (प्रहरीधरहरा, जून १५, २००४)

एक जना चिकित्सकलाई रगतसम्बन्धी परमेश्‍वरको दृष्टिकोण स्विकार्न कुन कुराले मदत गऱ्‍यो?

“मैले रगतसम्बन्धी परमेश्‍वरको दृष्टिकोणलाई स्वीकारें” (ब्यूँझनुहोस्‌!, जनवरी ८, २००४)

अस्पताल सम्पर्क समितिमा सेवा गर्ने एल्डरहरूले भाइबहिनीलाई कसरी मदत गर्छन्‌, थाह पाउनुहोस्‌।

यहोवा बिरामीहरूका लागि सहारा हुनुहुन्छ (१०:२३)

a “हामी कसरी सही निर्णय गर्न सक्छौँ?” शीर्षक भएको पाठ ३५ हेर्नुहोस्‌।

b “उपचारमा रगतका सूक्ष्म तत्त्वहरूको प्रयोग” शीर्षक भएको बुँदा ५ र “रगत प्रयोग हुने उपचारविधि” शीर्षक भएको नोट ३ हेर्नुहोस्‌।

c केही डाक्टरले रगतका चार मूल तत्त्वलाई सूक्ष्म तत्त्वकै रूपमा हेर्छन्‌। त्यसैले तपाईँले डाक्टरलाई रगत मात्र नभई रातो रक्‍तकोष, सेतो रक्‍तकोष, प्लेट्‌लेट्‌स र प्लाज्मामध्ये कुनै पनि नलिने आफ्नो निर्णयबारे तोकेरै बताउनुपर्ने हुन सक्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने