प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • pe chap. ७ pp. ६९-७५
  • हामीहरू यहाँ किन छौं

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हामीहरू यहाँ किन छौं
  • पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • विकासवाद अथवा सृष्टिवाद?
  • परमेश्‍वरले मानवको सृष्टि कसरी गर्नुभयो
  • परमेश्‍वरले मनुष्यलाई यहाँ किन राख्नु भएको
  • हामी किन बूढ़ो हुन्छौं र अनि मर्छौं
  • येशूको मृत्यु र पुनर्जीवन—यसले हामीलाई कस्तो लाभ पुऱ्‍याउँछ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • तपाईं पार्थिव प्रमोदवनमा विश्‍वास गर्न सक्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • परमेश्‍वरले पहिलो पुरुष र स्त्री बनाउनुभयो
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • मानिसहरू बिरामी हुनुको कारण
    महान्‌ शिक्षकबाट सिकौं
थप हेर्नुहोस्
पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
pe chap. ७ pp. ६९-७५

अध्याय ७

हामीहरू यहाँ किन छौं

१. सोंची मानिसहरू के निष्कर्षमा पुगेकाछन्‌?

पृथ्वीमा हाम्रो जीवनको अर्थ के हो भनेर धेरै काल देखिन्‌ मानिसहरू सोंचदै आएकाछन्‌। तिनीहरू विशाल तारामय आकाशतर्फ हेर्दछन्‌। रङ्‌गीन सूर्यास्त र देहातको सुन्दरताको प्रशंसा गर्दछन्‌। विचारशील मानिसहरूले तर्क गरेकाछन्‌ कि यी सबै कुराहरूका पछि कुनै महान उद्देश्‍य हुनै पर्छ। तर ती जम्मै कुराहरू बीच आफ्नो स्थान कहाँ होला भनी तिनीहरू अकसर सोंचमा पर्दछन्‌।—भजनसंग्रह ८:३, ४.

२. मानिसहरू के प्रश्‍नहरू गर्दछन्‌?

२ जीवनमा कहिलेकाहीं धेरै मानिसहरूले यो सोध्‌छन्‌: के थोरैसमय सम्म बाँच्न, जीवनमा जे पाइन्छ सोही प्राप्त गर्न र मरेर जानको निम्ति मात्र हामीहरू यहाँ छौं? वास्तवमा हामीहरू कहाँ जाँदै छौं? के हामी जन्म, जीवन, र मृत्युको यो छोटो चक्र भन्दा बढ़ी कुराको प्रत्याशा गर्नसक्छौं र? (अय्यूब १४:१, २) यो कुरा बुझ्ने मदद हामीलाई यो प्रश्‍नको उत्तरले दिनेछ, अर्थात्‌: हामीहरू यहाँ कसरी आयौं?

विकासवाद अथवा सृष्टिवाद?

३. विकासवादी शिक्षा के हो?

३ कुनै ठाउँहरूमा साधरणतया यो शिक्षा दिइन्छ कि हामीले देख्ने जम्मै कुराहरू आफै नै अस्तित्वमा आएका हुन्‌, अर्थात ती कुनै घटना वा संयोगले हुनगएका हुन्‌। करोडौं वर्षहरूको दौडानमा, जीवन निम्नतम्‌ रूपबाट विकशित हुँदै अन्तमा मनुष्य रूपमा त्यसको अस्तित्व कायम हुनगयो भनिन्छ। पृथ्वीको धेरै भागहरूमा यो विकासवादको सिद्धान्तलाई एउटा तथ्य हो भनेर सिकाइन्छ। के करोडौं वर्ष अगाड़ि देखिन्‌ रहिरहेको बाँदर समानको पशुबाट हामीहरू उत्पन्‍न भएका हौं भन्‍ने कुरा सत्य हो ता? के यो विशाल विश्‍व कुनै संयोगले अस्तित्वमा आएको हो ता?

४. “परमेश्‍वरले आकाश र पृथ्वी बनाउनु भयो” भनेर हामी किन विश्‍वास गर्न सक्दछौं?

४ बाइबल भन्दछ: “आदिमा परमेश्‍वरले आकाश र पृथ्वी सृष्टि गर्नु भयो।” (उत्पत्ति १:१) आकाश, करोडौं तारागणहरू समेत र हाम्रो पृथ्वी को पनि एउटा सुरुआत थियो भन्‍ने कुरा सँग विज्ञानका तथ्यहरू मेल खान्छन्‌। तिनीहरूलाई सृष्टि गरिएको थियो। तारागणहरू र ग्रहहरूको गति यति नियमित छ कि वर्षौं अगाड़ि नै तिनको स्थिति अचूक ढङ्‌गले निश्‍चित गर्न सकिन्छ। तारागण र ग्रहहरू गणितका नियम र सिद्धान्त अनुरूप विश्‍वको परिक्रमा गर्दछन्‌। क्याम्‌ब्रिज विश्‍वविद्यालयका गणितका प्राध्यापक, पी. डिराकले साइन्टिफिक अमेरिकन भन्‍ने पत्रिकामा यसो भनेकाछन्‌: “परमेश्‍वर सर्वोच्च कोटिको गणितज्ञ हुनुहुन्छ, र विश्‍वको रचनामा अत्यधिक उन्‍नत किसिमको गणित प्रयोग गर्नु भएको छ भनेर यो स्थितिको वर्णन गर्न सकिन्छ।”

५. हामीहरू विकासवादको उपज नभएर सृष्टि भएका हौं भनेर हामीहरूको भौतिक शरीरले कसरी जनाउँछ?

५ बाइबल भन्दछ: “यहोवानै परमेश्‍वर हुनुहुन्छ भनी जान। उहाँलेनै हामीलाई बनाउनु भएको हो, र हामी वहाँकै हौं।” (भजनसंग्रह १००:३) हाम्रो शरीरको अद्‌भुत नमूना देखेर बाइबलका एउटा लेखकले परमेश्‍वरलाई यसरी विन्ती गर्न वाध्य भए: “म तपाईंलाई धन्यवाद दिनेछु किनकि म भयानक र आश्‍चर्यरीतिले बनिएको छु। . . . जब म गुप्तमा बनिएको थिएँ तब मेरा हड्डीहरू तपाईंबाट लुकेको थिएनन्‌ . . . मेरा सबै अङ्‌ग जो दिन दिन बनिंदै आएका थिए, ती नबनिंदै तपाईंका पुस्तकमा ती लेखिएका थिए।” (भजन संग्रह १३९:१४-१६) आमाको गर्भमा बड़ो अद्‌भुत्‌ ढङ्‌गले एउटा बच्चा बढ्‌दछ। न्युज वीक पत्रिकाले यसवारे यसो भनेको छ: “यो निश्‍चयनै एउटा चमत्कार हो।” अनि अगाड़ि भन्दछ: “कुनै पनि प्रबिधिद्वारा गर्भधारणको महत्वपूर्ण समयवारे निश्‍चित गर्न सकिंदैन। त्यो कुन आश्‍चर्यजनक शक्‍ति हो जसले मानव भ्रूणको अङ्‌ग र त्यसमा बिछ्याइएका असङ्‌ख्य नसाहरूको जालको विकास गर्दछ।”

६. विकासवादमा भन्दा सृष्टिमा विश्‍वास गर्नु हामीहरूकालागि किन अर्थपूर्ण छ?

६ हाम्रो विशाल विश्‍व, साथै हाम्रो आफ्नै शरीरको अद्‌भुत बनावट र नमूनावारे सोंच्नुहोस्‌। गहिरो तर्क अनुसार, यी सबै कुराहरू मात्र विकास द्वारा वा स्वयं आफै अस्तित्वमा आएका हुन सक्दैनन्‌। तिनको कुनै एउटा रचयिता, एउटा सृष्टिकर्ता हुनैपर्दछ। हामी आफ्नै चारैतिर देखिने कुराहरू तर्फ विचार गरौं। तपाईं आफ्नो घरमा हुँदा, आफैलाई सोध्नुहोस्‌: यो मेरो डेस्क, लैंप, पलङ्‌ग, कुर्सी, मेच, पर्खालहरू, अथवा घरै पनि के स्वयं विकशित भएका हुन्‌? वा तिनीहरूलाई एउटा कारीगरको आवश्‍यकता पऱ्‍यो? निश्‍चयनै बुद्धि सम्पन्‍न व्यक्‍तिहरूले तिनीहरूलाई बनाएका हुन्‌! यसकारण हाम्रो यो अझ जटिल विश्‍व र स्वयं हामीलाई बनाउन कुनै निर्माताको आवश्‍यकता परेन भनेर हामी कसरी दावा गर्न सक्दछौं? र यदि परमेश्‍वरले हामीहरूलाई यहाँ राख्नु भएको हो भने, निश्‍चयनै यसो गर्नुमा उहाँको कुनै उद्देश्‍य हुनु पर्छ।

७. (क) येशू सृष्टिमा विश्‍वास गर्नु हुन्‌थियो भनेर उहाँले कसरी जनाउँनु भयो? (ख) आदम एउटा वास्तविक मानिस थियो भन्‍ने अरू अतिरिक्‍त प्रमाण के छ?

७ प्रथम पुरूष र स्त्री वारे येशू ख्रीष्ट आफैले यसो भन्‍नुभएको छ: “उहाँले तिनलाई शुरूदेखिनै नर र नारी गरी बनाउनुभयो, र भन्‍नुभयो, ‘यही कारण मानिसले आफ्ना आमा-बाबुलाई छोड़ेर आफ्नो स्वास्नीसँग मिलिरहन्छ, ती दुई जना एक शरीर हुनेछन्‌।’” (मत्ती १९:४, ५) यहाँ येशू आदम र हव्वाको सृष्टिवारे उत्पत्ति १:२७ र २:२४ बाट उद्धृत गर्दै हुनुहुन्‌थियो। यसप्रकार उहाँ बाइबलको यो विवरण सत्य हो भन्‍ने कुरा तर्फ ध्यान आकर्षित गर्दै हुनुहुन्‌थियो। (यूहन्‍ना १७:१७) अझ, बाइबलमा हनोकलाई ‘आदमदेखि सात पुस्तामनिका’ भन्दछ। (यहूदा १४) आदम एउटा वास्तविक मानिस नहुँदोहो ता, बाइबलले यति बिशिष्ट रूपमा उसको परिचय दिने थिएन।—लूका ३:३७, ३८.

८. मनुष्यको प्रारम्भवारे कुन दृष्टिकोणको शिक्षा बाइबलले सिकाउँदैन?

८ केही मानिसहरू भन्दछन्‌, परमेश्‍वरले मानव सृष्टिगर्दा विकास-प्रक्रियालाई प्रयोग गर्नुभएको थियो। परमेश्‍वरले मानवलाई विकशित हुने अनुमति दिनु भयो भन्‍ने तिनीहरूको दावा छ, र एउटा निश्‍चित बिन्दुमा पुगेपछि उहाँले त्यस भित्र प्राण हालिदिनु भयो। तर यस प्रकारको विचार बाइबलमा कतैपनि पाइँदैन। बरू, वनस्पति र पशुहरूको “आफ्ना आफ्नै किसिम” अनुसार सृष्टि भयो भनेर बाइबल भन्दछ। (उत्पत्ति १:११, २१, २४) र एक प्रकारको वनस्पति वा पशु, समयको अन्तरालमा, अर्को किसिममा विकशित भएको तथ्यहरूले देखाएको छैन। हामीहरू विकास प्रक्रियाको उपज होइनौं भन्‍ने कुराको अझबढ़ी प्रमाण लाइफ—हाउ डिड इट गेट ह्‍यिर? बाइ एवलूषण अर बाइ क्रिएशन भन्‍ने पुस्तकमा पाउनेछौं।

परमेश्‍वरले मानवको सृष्टि कसरी गर्नुभयो

९. (क) मानव सृष्टिवारे बाइबलले कसरी वर्णन गर्दछ? (ख) परमेश्‍वरले मानिसको नाकमा “जीवनको सास” फुक्नु भए पछि के भयो?

९ परमेश्‍वरले मानिसलाई पृथ्वीमा बस्नका लागि पृथ्वीबाटै सृष्टि गर्नुभयो भनेर बाइबलले भन्दछ: “यहोवा परमेश्‍वरले भूमिको माटोबाट मानिस बनाउनु भयो र तिनको नाकमा जीवनको सास फुकिदिनु भयो र मानिस जीवित प्राणी भयो।” (उत्पत्ति २:७) यसबाट हामीहरू देख्न सक्दछौं कि मनुष्य परमेश्‍वरको प्रत्यक्ष सृष्टि हो। सृष्टिको एउटा विशिष्ट कार्य द्वारा परमेश्‍वरले मनुष्यलाई सम्पूर्ण रूपले, एउटा पूरा व्यक्‍ति बनाउनु भयो। परमेश्‍वरले मनुष्यको नाकको प्वालमा “जीवनको श्‍वास” फुक्नु भएपछि मनुष्यको फोक्सो हावाले भरियो। तर त्यो भन्दा पनि बढ़ी कुरा सम्पन्‍न भयो। परमेश्‍वरले मानव शरीरलाई जीवन दिनुभयो। यो जीवन शक्‍ति श्‍वास प्रक्रिया द्वारा कायम, अथवा जारी रहिरहन्छ।

१०. मानव प्राण के हो, र त्यसको सृष्टि कसरी भयो?

१० तथापि, यसमा ध्यान दिनुहोस्‌, परमेश्‍वरले मनुष्यलाई प्राण दिनुभयो भनेर बाइबल भन्दैन। बरू, यसले यो भन्दछ कि परमेश्‍वरले मनुष्यमा श्‍वास लिने प्रक्रिया शुरू गराए पछि “मानिस जीवित प्राणी भयो।” त्यसकारण, जसरी एउटा मानिस चिकित्सक भए पछि उनै चिकित्सक हुन्छ त्यसरीनै मानिस स्वयं एउटा प्राणी भयो। (१ कोरिन्थी १५:४५) “भूमिको माटो” जसबाट भौतिक देह बन्दछ, त्यो प्राण होइन। बाइबल अनुसार, नता “जीवनको श्‍वास” प्राण हो। तर बाइबल देखाउँदछ कि यी दुवै वस्तुहरूको सम्मिश्रणको परिणामस्वरूप ‘मनुष्य एउटा जीवित प्राणी हुनगयो।’

११. मानव प्राण, मानिसको शरीर भन्दा बाहिर रहने एउटा छाया रूपी वस्तु होइन भनेर बाइबलका कुन तथ्यहरूले जनाउँछ?

११ मानव प्राण स्वयं मनुष्यनै भएको हुनाले, त्यो शरीर भन्दा बाहिर रहने अथवा शरीरबाट निकलेर जाने छाया जस्तो कुनै वस्तु हुनसक्दैन। सङ्‌क्षिप्तमा भन्‍ने हो भने, तपाईंको प्राण तपाईं स्वयंनै हो भनेर बाइबल भन्दछ। उदाहरणकालागि, प्राणको भौतिक भोजन खाने इच्छावारे बाइबल भन्दछ: “तेरो प्राणले मासु खाने इच्छा गर्दछ।” (व्यवस्था १२:२०, न्यु.व.) साथै, प्राणहरूको नशाहरूमा रक्‍त पनि हुन्छ भन्‍ने कुरालाई सङ्‌केत गर्दै बाइबलले यसो भन्दछ “बेचारा निर्दोष हरूको प्राणहरूको रक्‍त चिन्ह।”—यर्मिया २:३४, न्यु.व.

परमेश्‍वरले मनुष्यलाई यहाँ किन राख्नु भएको

१२. मानिसहरूकालागि पृथ्वीमा परमेश्‍वरको के उद्देश्‍य थियो?

१२ आदम र हव्वा केही समय पश्‍चात मरुन्‌ र अन्य कुनै ठाउँमा गएर बसुन्‌ भन्‍ने उद्देश्‍य परमेश्‍वरको थिएन। तिनीहरूले यहीं बसेर पृथ्वी र त्यहाँ भएका सबै कुराहरूको देख-रेख गर्नु पर्ने थियो। बाइबल अनुसार: “परमेश्‍वरले तिनीहरूलाई आशिष दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो: ‘फल्दै-फुल्दै, वृद्धि हुँदै, पृथ्वीमा भरिंदै र त्यसलाई आफ्नो वशमा पार्दै जाओ। औ समुद्रका माछाहरू, आकाशका पक्षीहरू तथा पृथ्वीका सबै जीवित प्राणीहरूमाथि अधिकार गर।’” (उत्पत्ति १:२८; २:१५) आदम र हव्वा, साथै तिनका हुने सबै सन्तानहरू यस पृथ्वीमा सदाकालागि खुशीसाथ, परमेश्‍वरले चाहेको जस्तै काम गरेर, बस्न सक्‌थिए।

१३. (क) हामीहरू कसरी आनन्दित हुनसक्छौं? (ख) हामीहरूको जीवनमा वास्तविक अर्थ के ले दिनसक्छ?

१३ ध्यान दिनुहोस्‌, “परमेश्‍वरले तिनीहरूलाई आशिष दिनुभयो।” उहाँ आफ्ना पार्थिव छोरा-छोरीहरूको वास्तवमा चासो लिनु हुन्‌थियो। त्यसकारण एउटा मायालु पिताले झैं, उहाँले तिनीहरूकै भलाइकालागि तिनीहरूलाई उपदेशहरू दिनुभयो। तिनलाई पालन गरेमा तिनीहरू आनन्दित हुने थिए। येशूलाई यो थाह थियो र त्यसैकारण पछि उहाँले यसो भन्‍नुभयो: “बरू तिनीहरू पो धन्य हुन्‌, जसले परमेश्‍वरको वचन सुन्छन्‌ र पालन गर्छन्‌!” (लूका ११:२८) येशूले परमेश्‍वरको वचनलाई कायम राख्नु भयो। “म सधैं उहाँलाई मन पर्ने कुराहरू गर्दछु” उहाँले भन्‍नुभयो। (यूहन्‍ना ८:२९) हामीहरू यहाँ भएको मुख्य कारणनै त्यही हो। परमेश्‍वरको इच्छा अनुसार आफ्नो जीवनमा सामञ्जस्य ल्याउँदै, पूर्ण र सुखी जीवन बिताउने गर्नु हो। यस प्रकार यहोवाको सेवा गऱ्‍यौं भने, हाम्रो अहिलेको जीवन अर्थपूर्ण हुनेछ। र यसो गर्नाले पार्थिव प्रमोदबनमा सदाकालागि बाँच्नेहरू मध्य हामीले आफूलाई पार्नेछौं।—भजनसंग्रह ३७:११, २९.

हामी किन बूढ़ो हुन्छौं र अनि मर्छौं

१४. परमेश्‍वरको आज्ञा उल्लङ्‌घन गरेर, आदम र हव्वाले के गरे?

१४ तर अहिले हामी सबै बूढ़ो हुन्छौं अनि मर्छौं। किन? पहिलेको अध्यायमा भनिए अनुसार, यो आदम र हव्वाले गरेका विद्रोहले गर्दा भएको हो। तिनीहरू परमेश्‍वर प्रति आज्ञाकारी हुनुपर्ने आवश्‍यकता दर्साउन, यहोवाले तिनीहरूका सम्मुख एउटा जाँच राखिदिनु भएको थियो। उहाँले आदमलाई भन्‍नुभयो: “बगैंचाका सबै रूखका फल तैंले सङ्‌कोच नमानी खाए हुन्छ, तर असल र खराबको ज्ञान दिने रूखको फल चाहिं नखानू, किनभने जुन दिन तैंले त्यो खान्छस्‌ त्यसै दिन तँ मर्नेछस्‌।” (उत्पत्ति २:१६, १७) यस रूखको फल खाएपछि, आदम र हव्वाले आफ्ना स्वर्गीय पितालाई अटेर गरेर उहाँको मार्ग-निर्देशनलाई अस्वीकार गरिदिए। तिनीहरू अनाज्ञाकारी भए र आफ्नो हक नभएको चीज तिनीहरूले लिए। दरिद्रता र दु:ख बिना सदाकालागि तिनीहरू प्रसन्‍नतापूर्वक प्रमोदबनमा बस्न सक्‌थिए, तर, अब तिनीहरूले आफूमाथि पापको सजाय ल्याए। यो सजाय असिद्धता र मृत्यु हो।—रोमी ६:२३.

१५. हामीहरूले आदमबाट पाप कसरी पायौं?

१५ आदमबाट हामीहरूले पाप कसरी पायौं के तपाईंलाई थाह छ? आदम असिद्ध भएपछि, त्यो असिद्धता र मृत्यु उसबाट उसका सबै संतानहरूमा सर्न गयो। (अय्यूब १४:४; रोमी ५:१२) यस कुरालाई अझ बुझ्नकालागि यसो सोंच्नुहोस्‌, खोपिल्टो परेको तावामा रोटी पकाउनु भयो भने के हुन्छ? त्यस तावामा पकाइएका सबैनै रोटीमा त्यो खोपिल्टाको दाग देखिनेछ। आदम त्यस्तै प्रकारको तावा हुनगयो, र हामीहरू चाहिं त्यै रोटी सरह भयौं। परमेश्‍वरको नियम भङ्‌ग गरेपछि आदम असिद्ध भयो। एउटा खोपिल्टो अथवा एउटा खराब दाग उसले पाए जस्तै भयो। त्यसकारण, जब उसका संतान उत्पन्‍न भए, तब ती सबैलेनै पाप र असिद्धताको सोही दाग पाए।

१६, १७. पापको कारण मानव परिवारमा बिमारी आयो भन्‍ने कुरा, येशूका चमत्कारहरू मध्यको एउटा चमत्कारले कसरी प्रदर्शित गर्दछ?

१६ हामीहरू सबै नै, आदमबाट पाएको पापले गर्दा, बिरामी र बूढ़ो हुन्छौं। येशूले सम्पन्‍न गर्नु भएको एउटा चमत्कारले यस कुरालाई प्रदर्शित गर्दछ। आफू बस्नु भएको घरमा येशूले शिक्षा दिइरहेको बेला, एउटा ठूलो भीड़ जम्मा भएको हुनाले त्यस कोठामा अरू कोहि पनि पस्न सक्ने ठाउँ भएन। चारजनाले एउटा पक्षवातको बिरामीलाई खाटमा बोकेर ल्याउँदा, कोठा भित्र तिनीहरू पस्नै पाएनन्‌। त्यसकारण, तिनीहरूले छाना माथि गएर त्यहाँ एउटा दुलो बनाए, र त्यस दुलोबाट ठीक येशूको छेउमा पक्षवातको बिरामीको खाट पुग्ने गरी खसाले।

१७ तिनीहरूको त्यत्रो विश्‍वास देखेर, उहाँले पक्षवातको बिरामीलाई भन्‍नुभयो: “तिम्रा पाप क्षमा भए।” तर त्यहाँ उपस्थित कसै-कसैको विचारमा येशूले पापहरू क्षमा गर्न सक्नु हुँदैन थियो। त्यसकारण, येशूले भन्‍नुभयो: “‘मानिसका पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ भनी तिमीहरूले जान्‍न सक,’—पक्षवातीलाई उहाँले भन्‍नुभयो: ‘म तिमीलाई भन्दछु, उठ, तिम्रो खाट उठाएर हिड़, र तिम्रो घरमा हिंड़िहाल।’ औ त्यो उठ्यो, र तुरुन्तै खाट उठाएर सबैको सामनेबाट गइहाल्यो।”—मर्कूस २:१-१२.

१८. कुन प्रकारको भविष्यकालागि परमेश्‍वरका सेवकहरू प्रत्याशा गर्न सक्छन्‌?

१८ अलिकता सोंच्नु होस्‌, येशूको यो शक्‍तिको अर्थ हाम्रालागि के हुन सक्छ! परमेश्‍वरको राज्यको शासन कालमा, परमेश्‍वरलाई प्रेम गर्ने र उहाँलाईसेवा गर्ने सबैका पापलाई ख्रीष्टले क्षमा गर्न सक्नु हुनेछ। यसको अर्थ हो, सारा पीड़ाहरू, दु:ख र बिमारीहरू सब हटेर जानेछन्‌। फेरि कोई पनि बूढ़ो हुने छैनन्‌ र मर्ने पनि छैनन्‌! भविष्यकालागि यो कस्तो अद्‌भुत आशा हो! हो, जन्मनु, थोरै समयकालागि वाँच्नु, र अनि मरेर जानु भन्दा धेरैनै बढ़ी प्रत्याशा गर्न सक्दछौं। परमेश्‍वरको विषयमा निरन्तर ज्ञान हासिल गर्दै, उहाँको सेवामा लागिरहनाले, हामी वास्तवमा पार्थिव प्रमोदबनमा सदाकालागि बस्न सक्नेछौं।

[पृष्ठ ६९-मा भएको चित्र]

जीवनको अर्थ वारे धेरैले सोंच्नेगर्दछन्‌

[पृष्ठ ७०-मा भएको चित्र]

के यी वस्तुहरू विकास भएर आएका हुन्‌ वा तिनीहरू बनाइएका हुन्‌?

[पृष्ठ ७५-मा भएको चित्र]

आदमको पापले गर्दा मानिसहरू बिमारी हुन्छन्‌ भन्‍ने कुरा, येशूले पक्षवातको बिरामीलाई निको पार्नु भएको बाइबलमा वर्णित घटना द्वारा प्रदर्शित हुँदछ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने