प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w13 ४/१ p. ४
  • मोशा—विश्‍वासको उदाहरण

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मोशा—विश्‍वासको उदाहरण
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • मिल्दोजुल्दो सामग्री
  • मोशाको विश्‍वास अनुकरण गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • के तपाईं “अदृश्‍य परमेश्‍वरलाई” देख्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • यहोवाको मार्ग सिक्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • मोशा—प्रेमको उदाहरण
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
w13 ४/१ p. ४

मोशा—विश्‍वासको उदाहरण

विश्‍वास के हो?

बाइबलमा बताइएअनुसार “विश्‍वास” भनेको नदेखिएका कुराहरू पक्कै हुनेछन्‌ भन्‍ने कुराको आधार हो। परमेश्‍वरलाई विश्‍वास गर्ने व्यक्‍ति उहाँका प्रतिज्ञाहरू पूरा हुन्छन्‌ भनेर विश्‍वस्त हुन्छ।

मोशाले कसरी विश्‍वास देखाए?

मोशाले जीवनभर परमेश्‍वरका प्रतिज्ञाहरूमा भरोसा गरे। (उत्पत्ति २२:१५-१८) तिनीसित पुरातन इजिप्टको सुखसयलमा आरामदायी जीवन बिताउने अवसर थियो तर त्यसलाई इन्कार गरेर तिनले “पापको क्षणिक सुखभोग गर्नभन्दा परमेश्‍वरका जनहरूसित दुर्व्यवहार भोग्न रोजे।” (हिब्रू ११:२५) के त्यो हतारमा गरिएको निर्णय थियो जसले गर्दा तिनी पछि पछुताउनेथिए? अहँ थिएन, मोशा “अदृश्‍य परमेश्‍वरलाई देखेझैं गरी . . . अटल रहिरहे” भनेर बाइबल बताउँछ। (हिब्रू ११:२७) विश्‍वासको आधारमा आफूले गरेका निर्णयहरूमा मोशा कहिल्यै पछुताएनन्‌।

मोशाले अरूको विश्‍वासलाई बलियो बनाउन प्रयास गरे। उदाहरणको लागि, फिरऊन राजाका सिपाहीहरू अनि लाल समुद्रबीच इस्राएलीहरू फसेजस्तो अवस्था आइपर्दा के भयो, विचार गर्नुहोस्‌। सङ्‌कट आउनै लागेको देखेर एकदमै डराएका इस्राएलीहरूले यहोवा र मोशालाई बिन्ती गर्न थाले। तब मोशाले के गरे?

यहोवाले लाल समुद्रलाई दुई भाग पारेर इस्राएलीहरूको लागि उम्कने बाटो खोलिदिनुहुनेछ भनेर मोशालाई थाह थिएन होला। तर यहोवाले आफ्ना जनहरूलाई बचाउन केही न केही त पक्कै गर्नुहुनेछ भनेर मोशा विश्‍वस्त थिए। अनि सङ्‌गी इस्राएलीहरूले पनि त्यस्तै विश्‍वास राखेको तिनी चाहन्थे। हामी यस्तो लेखिएको पाउँछौं: “मोशाले मानिसहरूलाई भने, ‘तिमीहरू नडराओ, परमप्रभुले आज तिमीहरूलाई दिनुहुने उद्धारलाई स्थिर भएर हेर।’” (प्रस्थान १४:१३) आफ्ना सङ्‌गी इस्राएलीहरूको विश्‍वास बलियो बनाउन मोशा सफल भए? तिनी सफल भए किनभने बाइबलमा मोशाबारे मात्र नभई सबै इस्राएलीबारे यसरी बताइएको छ: ‘विश्‍वासैले गर्दा तिनीहरू सुक्खा भूमिमा हिंडे।’ (हिब्रू ११:२९) मोशाले जस्तै यहोवालाई विश्‍वास गर्दा सबैले लाभ उठाए।

हामी के सिक्न सक्छौं?

हामीले जीवनभर यहोवाका प्रतिज्ञाहरूमा भरोसा गरेर मोशाको अनुकरण गर्न सक्छौं। उदाहरणको लागि, यहोवाको उपासनालाई जीवनमा प्रथम स्थान दियौं भने उहाँले हाम्रो भौतिक आवश्‍यकताहरू पूरा गर्ने प्रतिज्ञा गर्नुभएको छ। (मत्ती ६:३३) आज थुप्रै मानिस भौतिक चिजबीजलाई नै सबै थोक ठान्छन्‌। त्यसैले यस्तो प्रभावबाट जोगिनु चुनौतीपूर्ण हुन सक्छ। तर आफ्नो जीवन सरल बनाउन र यहोवाको उपासनामा ध्यान केन्द्रित गर्न सक्दो प्रयास गर्दा उहाँले हामीलाई चाहिने सम्पूर्ण कुराको प्रबन्ध गर्नुहुन्छ भनेर ढुक्क हुन सक्छौं। उहाँले यस्तो आश्‍वासन दिनुभएको छ: “म तिमीलाई कुनै हालतमा छोड्‌नेछैन, न त कहिल्यै त्याग्ने नै छु।”—हिब्रू १३:५.

हामी पनि अरूको विश्‍वासलाई बलियो बनाउन सक्दो प्रयास गर्छौं। उदाहरणको लागि, बुद्धिमान्‌ आमाबाबुहरूले आफ्ना बच्चाहरूलाई परमेश्‍वरमाथि विश्‍वास खेती गर्न मदत गर्छन्‌। तिनीहरू यसलाई ठूलो सुअवसर ठान्छन्‌। बच्चाहरू हुर्कंदै जाँदा उनीहरूलाई थप महत्त्वपूर्ण ज्ञान सिकाउनुपर्छ, जस्तै: परमेश्‍वर हुनुहुन्छ र उहाँले सही र गलतको स्तर दिनुभएको छ। साथै परमेश्‍वरको स्तरअनुसार जिउनु नै जीवनको सर्वोत्तम मार्ग हो भनेर उनीहरू विश्‍वस्त हुनुपर्छ। (यशैया ४८:१७, १८) ‘परमेश्‍वर सत्य हुनुहुन्छ र जसले साँचोसित उहाँलाई पाउन चाहन्छ ती मानिसहरूलाई परमेश्‍वरले पुरस्कृत गर्नुहुन्छ’ भनेर बच्चाहरूलाई विश्‍वास गर्न मदत दिनु भनेको उनीहरूलाई उपहार दिनुसरह हो।—हिब्रू ११:६, पवित्र बाइबल—पढ्‌न सजिलो संस्करण। (w13-E 02/01)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने