-
स्वर्गदूतहरूबारे साँचो कुरा के हो?सधैँभरि जीवनको आनन्द उठाउनुहोस्!—बाइबल अध्ययन सामग्री
-
-
५. प्रेतविद्याबाट अलग रहनुहोस्
सैतान र प्रेतहरू यहोवाका शत्रुहरू हुन्। तिनीहरू हाम्रा पनि शत्रुहरू हुन्। लुका ९:३८-४२ पढ्नुहोस् अनि यो प्रश्न छलफल गर्नुहोस्:
प्रेतहरूले मानिसहरूलाई के गर्छन्?
हामी प्रेतहरूको बहकाउमा पर्न चाहँदैनौँ। व्यवस्था १८:१०-१२ पढ्नुहोस् अनि यी प्रश्नहरू छलफल गर्नुहोस्:
प्रेतहरूले के-कस्ता तरिका चलाएर हामीलाई बहकाउन र हामीसित सम्पर्क गर्न खोज्छन्? तपाईँ बस्ने ठाउँमा प्रेतविद्यासित सम्बन्धित के-कस्ता चलन व्याप्त छन्?
के तपाईँको विचारमा परमेश्वरले हामीलाई प्रेतविद्यासित सम्बन्धित चलनहरूबाट अलग रहन दिनुभएको आज्ञा व्यावहारिक छ? किन?
भिडियो हेर्नुहोस् अनि तल दिइएका प्रश्नहरू छलफल गर्नुहोस्:
के तपाईँको विचारमा पलेसाकी छोरीको हातमा बाँधिएको जन्तर हानिकारक थियो? किन?
पलेसाले प्रेतहरूबाट बच्न के गर्नुपर्थ्यो?
साँचो ख्रिष्टियनहरूले सधैँ प्रेतहरूको विरोध गरेका छन्। प्रेषित १९:१९ र १ कोरिन्थी १०:२१ पढ्नुहोस् अनि यो प्रश्न छलफल गर्नुहोस्:
प्रेतविद्यासित सम्बन्धित चिजबिज तपाईँसित छन् भने ती नष्ट गर्नु किन जरुरी छ?
-
-
मरेपछि हामीलाई के हुन्छ?सधैँभरि जीवनको आनन्द उठाउनुहोस्!—बाइबल अध्ययन सामग्री
-
-
२. मृत्युबारे सत्य थाह पाउँदा हामीलाई कस्तो फाइदा हुन्छ?
धेरैजसो मानिस मृत्युदेखि डराउँछन्। त्यति मात्र होइन, तिनीहरू मरिसकेका मानिसहरूदेखि पनि डराउँछन्। तर बाइबलले मृत्युबारे बताएको कुराबाट तपाईँ सान्त्वना पाउन सक्नुहुन्छ। येसुले भन्नुभयो: “सत्यले तिमीहरूलाई स्वतन्त्र बनाउनेछ।” (युहन्ना ८:३२) कतिपय धर्मले मानिस मरेपछि पनि उसको कुनै अंश जीवित रहन्छ भनेर सिकाउँछन् तर बाइबलले त्यस्तो सिकाउँदैन। त्यसैले मरिसकेकाहरूले दुःखकष्ट भोग्दैनन्। साथै तिनीहरूलाई केही पनि थाह नहुने भएकोले तिनीहरूले हामीलाई हानि पुऱ्याउन सक्दैनन्। त्यसैले हामीले तिनीहरूलाई खुसी बनाउनु वा तिनीहरूको उपासना गर्नु पर्दैन। तिनीहरूको लागि प्रार्थना पनि गर्नु पर्दैन।
कसै-कसैले मरिसकेकाहरूसित कुराकानी गर्न सक्छु भनेर दाबी गर्छन्। तर मरिसकेकाहरूसित कुराकानी गर्न असम्भव छ। किनभने हामीले भर्खरै सिकेझैँ “मरेकाहरूलाई . . . केही पनि थाह हुँदैन।” आफूले माया गरेका व्यक्तिहरू जो मरिसकेका छन्, तिनीहरूसित कुराकानी गरेको ठान्नेहरूले वास्तवमा प्रेतहरूसित कुराकानी गरिरहेका हुन्छन्। ती प्रेतहरूले आफू मरिसकेका व्यक्तिहरू भएको भान पार्छन्। त्यसैले मरिसकेकाहरूको अवस्थाबारे सत्य थाह पाउँदा हामी प्रेतहरूबाट जोगिन सक्छौँ। यहोवाले हामीलाई मरिसकेकाहरूसित कुनै पनि तरिकामा कुराकानी गर्न नखोज्नू भनेर चेतावनी दिनुभएको छ किनभने त्यसो गर्दा प्रेतहरूले हामीलाई हानि पुऱ्याउँछन् भनेर उहाँलाई थाह छ।—व्यवस्था १८:१०-१२ पढ्नुहोस्।
-