प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lff lesson २९
  • मरेपछि हामीलाई के हुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मरेपछि हामीलाई के हुन्छ?
  • सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • अझ खोतल्नुहोस्‌
  • ४. मृत्युबारे सत्य थाह पाउँदा हामीलाई फाइदा हुन्छ
  • सारांश
  • अझ धेरै जान्‍नुहोस्‌
  • मान्छे मरेपछि कहाँ जान्छ?
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • मरिसकेकाहरूको लागि कस्तो आशा छ?
    परमेश्‍वरबाट आएको सुसमाचार!
  • मानिस मरेपछि कहाँ जान्छ?
    बाइबलले हामीलाई के सिकाउँछ?
  • “मृत्यु विजयमा निलियो”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
थप हेर्नुहोस्
सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
lff lesson २९
पाठ २९. एक दम्पती चिहानको स्तम्भअगाडि प्रार्थना गर्छन्‌।

पाठ २९

मरेपछि हामीलाई के हुन्छ?

छापिएको संस्करण
छापिएको संस्करण
छापिएको संस्करण

के तपाईँले माया गर्नुभएको कुनै व्यक्‍तिको मृत्यु भएको छ? यस्तो पीडादायी अवस्थामा तपाईँको मनमा यस्ता प्रश्‍नहरू उठेका होलान्‌: ‘मरेपछि हामीलाई के हुन्छ? हामीले माया गरेका व्यक्‍तिहरू जो मरिसके, तिनीहरूलाई फेरि भेट्‌ने कुनै आशा छ?’ हामी यी प्रश्‍नहरूको बाइबलले दिने सान्त्वनादायी जवाफहरू यस पाठ र यसपछिको पाठमा पाउनेछौँ।

१. मरेपछि हामीलाई के हुन्छ?

येसुले मृत्युलाई गहिरो निद्रासित तुलना गर्नुभयो। गहिरो निद्रामा परेको व्यक्‍तिलाई आफूवरपर के भइरहेको छ भनेर थाह हुँदैन। मृत्यु र निद्राबीच कस्तो समानता छ? मरिसकेको व्यक्‍तिलाई कुनै पीडा अथवा दुःखकष्ट हुँदैन। बाइबलले “मरेकाहरूलाई . . . केही पनि थाह हुँदैन” भनेर बताउँछ।—उपदेशक ९:५ पढ्‌नुहोस्‌।

२. मृत्युबारे सत्य थाह पाउँदा हामीलाई कस्तो फाइदा हुन्छ?

धेरैजसो मानिस मृत्युदेखि डराउँछन्‌। त्यति मात्र होइन, तिनीहरू मरिसकेका मानिसहरूदेखि पनि डराउँछन्‌। तर बाइबलले मृत्युबारे बताएको कुराबाट तपाईँ सान्त्वना पाउन सक्नुहुन्छ। येसुले भन्‍नुभयो: “सत्यले तिमीहरूलाई स्वतन्त्र बनाउनेछ।” (युहन्‍ना ८:३२) कतिपय धर्मले मानिस मरेपछि पनि उसको कुनै अंश जीवित रहन्छ भनेर सिकाउँछन्‌ तर बाइबलले त्यस्तो सिकाउँदैन। त्यसैले मरिसकेकाहरूले दुःखकष्ट भोग्दैनन्‌। साथै तिनीहरूलाई केही पनि थाह नहुने भएकोले तिनीहरूले हामीलाई हानि पुऱ्‍याउन सक्दैनन्‌। त्यसैले हामीले तिनीहरूलाई खुसी बनाउनु वा तिनीहरूको उपासना गर्नु पर्दैन। तिनीहरूको लागि प्रार्थना पनि गर्नु पर्दैन।

कसै-कसैले मरिसकेकाहरूसित कुराकानी गर्न सक्छु भनेर दाबी गर्छन्‌। तर मरिसकेकाहरूसित कुराकानी गर्न असम्भव छ। किनभने हामीले भर्खरै सिकेझैँ “मरेकाहरूलाई . . . केही पनि थाह हुँदैन।” आफूले माया गरेका व्यक्‍तिहरू जो मरिसकेका छन्‌, तिनीहरूसित कुराकानी गरेको ठान्‍नेहरूले वास्तवमा प्रेतहरूसित कुराकानी गरिरहेका हुन्छन्‌। ती प्रेतहरूले आफू मरिसकेका व्यक्‍तिहरू भएको भान पार्छन्‌। त्यसैले मरिसकेकाहरूको अवस्थाबारे सत्य थाह पाउँदा हामी प्रेतहरूबाट जोगिन सक्छौँ। यहोवाले हामीलाई मरिसकेकाहरूसित कुनै पनि तरिकामा कुराकानी गर्न नखोज्नू भनेर चेतावनी दिनुभएको छ किनभने त्यसो गर्दा प्रेतहरूले हामीलाई हानि पुऱ्‍याउँछन्‌ भनेर उहाँलाई थाह छ।—व्यवस्था १८:१०-१२ पढ्‌नुहोस्‌।

अझ खोतल्नुहोस्‌

मृत्युबारे बाइबलले अरू के सिकाउँछ, थाह पाउनुहोस्‌। मायालु परमेश्‍वरमाथि आफ्नो विश्‍वास बलियो बनाउँदै लैजानुहोस्‌, जसले मरिसकेकाहरूलाई सास्ती दिनुहुन्‍न।

एउटी स्त्रीको मृत्युपछि तिनका पति र दुई साना छोराछोरी अन्त्येष्टिको बेला एउटा बेन्चमा बसिरहेका छन्‌। साथीभाइ र परिवार तिनीहरूलाई सान्त्वना र साथ दिन भेला भएका छन्‌।

३. मरिसकेका मानिसहरूको अवस्थाबारे सत्य बुझ्नुहोस्‌

मरेपछि हामीलाई के हुन्छ भन्‍ने विषयमा मानिसहरूको आ-आफ्नै धारणा छ। तर के ती सबै धारणा सत्य हुन सक्छन्‌ र?

  • तपाईँको टोलछिमेकमा मरिसकेकाहरूको अवस्थाबारे के-कस्ता धारणा व्याप्त छन्‌?

मरिसकेकाहरूको अवस्थाबारे बाइबलले के सिकाउँछ भनेर थाह पाउन भिडियो हेर्नुहोस्‌।

भिडियो: मरिसकेकाहरूको अवस्था कस्तो छ?—सानो अंश (१:१९)

चित्रहरूको सँगालो: ‘मरिसकेकाहरूको अवस्था कस्तो छ?—सानो अंश’ भिडियोका दृश्‍यहरू। १. अस्पतालको शय्यामा शव छ। २. एक जना पुरुष रेलमा यात्रा गर्दा दुई जना यात्रीको बीचमा निदाइरहेका छन्‌।

उपदेशक ३:२० पढ्‌नुहोस्‌ अनि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  • यस पदअनुसार मानिस मरेपछि के हुन्छ?

  • के मरिसकेकाहरूको कुनै अंश जीवित रहन्छ?

बाइबलले येसुका घनिष्ठ साथी लाजरसको मृत्युबारे बताउँछ। युहन्‍ना ११:११-१४ पढ्‌नुहोस्‌ अनि येसुले मरिसकेका लाजरसको अवस्थाबारे के भन्‍नुभयो, याद गर्नुहोस्‌। त्यसपछि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  • येसुले मृत्युलाई केसित तुलना गर्नुभयो?

  • यस्तो तुलनाबाट मरिसकेकाहरूको अवस्थाबारे हामी के थाह पाउन सक्छौँ?

  • के तपाईँलाई मृत्युबारे बाइबलले बताएको कुरा चित्तबुझ्दो लाग्यो?

४. मृत्युबारे सत्य थाह पाउँदा हामीलाई फाइदा हुन्छ

मृत्युबारे सत्य थाह पाएपछि हामी मरिसकेका मानिसहरूदेखि डराउँदैनौँ। उपदेशक ९:१० पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • के मरिसकेकाहरूले हामीलाई हानि पुऱ्‍याउन सक्छन्‌?

बाइबलको सत्यले हामीलाई मरिसकेका मानिसहरूलाई खुसी बनाउनुपर्छ वा तिनीहरूको उपासना गर्नुपर्छ भन्‍ने झूटबाट स्वतन्त्रता दिन्छ। यसैया ८:१९ र प्रकाश ४:११ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • तपाईँको विचारमा मरिसकेको मानिसको उपासना गर्ने वा उसको मदत खोज्ने मानिस यहोवालाई कस्तो लाग्छ?

चित्रहरूको सँगालो: मरिसकेकाहरूको सम्मानमा गरिने रीतिथिति। १. एक जना मानिस चिहानको अगाडि खानेकुरा चढाउँदै घुँडा टेकेर प्रार्थना गरिरहेका छन्‌। २. तीन जना आदिवासी आफ्नो भेषभूषामा नाचिरहेका छन्‌। ३. खप्परजस्तो देखिने मखुन्डो लगाएर र कङ्‌कालको ठूलो आकृति बोकेर मानिसहरू ऱ्‍यालीमा हिँडिरहेका छन्‌।

मृत्युबारे सत्य बुझेपछि हामी यहोवालाई मन नपर्ने रीतिथितिबाट स्वतन्त्र हुन्छौँ

५. मृत्युबारे सत्य थाह पाउँदा हामीले सान्त्वना पाउँछौँ

धेरैजसो मानिसलाई तिनीहरूले खराब काम गरेका छन्‌ भने मृत्युपछि त्यसको सजाय पाउँछन्‌ भनेर सिकाइन्छ। तर असाध्यै खराब काम गर्ने मानिसहरूले समेत मृत्युपछि सजाय पाउँदैनन्‌ भन्‍ने कुरा थाह पाउँदा हामी सान्त्वना पाउँछौँ। रोमी ६:७ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • बाइबलमा बताइएझैँ यदि मानिस मरेपछि ऊ पापबाट मुक्‍त हुन्छ भने के तपाईँको विचारमा उसले विगतमा गरेको खराब कामको सजाय मरेपछि भोग्छ?

हामीले यहोवालाई जत्ति राम्ररी चिन्दै जान्छौँ, उहाँले मरिसकेकाहरूलाई कहिल्यै सजाय दिनुहुन्‍न भन्‍ने कुरा त्यत्ति नै राम्ररी बुझ्न सक्छौँ। व्यवस्था ३२:४ र १ युहन्‍ना ४:८ पढ्‌नुहोस्‌ अनि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  • के यी पदहरूमा बताइएका गुणहरू भएको परमेश्‍वरले मरिसकेकाहरूलाई सजाय दिने कुरालाई कहिल्यै समर्थन गर्नुहोला?

  • के तपाईँले मृत्युबारे सत्य थाह पाउँदा सान्त्वना पाउनुभयो? किन?

कोही-कोही भन्छन्‌: “मरेपछि मलाई के हुने होला भनेर डर लाग्छ।”

  • तपाईँ तिनलाई बाइबलबाट कुन-कुन पद देखाएर सान्त्वना दिन सक्नुहुन्छ?

सारांश

मानिस मरेपछि उसको जीवनको अन्त्य हुन्छ। मरिसकेकाहरूले दुःखकष्ट भोग्दैनन्‌ अनि जिउँदाहरूलाई हानि पुऱ्‍याउन पनि सक्दैनन्‌।

तपाईँले के सिक्नुभयो?

  • मरेपछि हामीलाई के हुन्छ?

  • मृत्युबारे सत्य थाह पाउँदा हामीलाई कस्तो फाइदा हुन्छ?

  • मृत्युबारे सत्य थाह पाउँदा हामीले कस्तो सान्त्वना पाउँछौँ?

लक्ष्य

अझ धेरै जान्‍नुहोस्‌

मानिस मरेपछि उसको कुनै अंश जीवित रहन्छ कि रहँदैन भन्‍ने विषयमा बाइबलले के सिकाउँछ, पढ्‌नुहोस्‌।

“के मानिस मरेपछि उसको कुनै अंश जीवित रहन्छ?” (jw.org को लेख)

के नरक परमेश्‍वरले दुष्टहरूलाई सजाय दिनुहुने ठाउँ हो?

के नरक सास्ती दिइने वास्तविक ठाउँ हो? (३:०७)

के हामी मरिसकेका मानिसहरूदेखि डराउनुपर्छ?

मानिस मरेपछि के कुनै अस्तित्व बाँकी रहन्छ? के हामीलाई केही गर्न सक्छ? (पुस्तिका)

मरेपछि हामीलाई के हुन्छ भन्‍ने विषयमा एक जना पुरुषले सत्य बुझेपछि कस्तो सान्त्वना पाए, पढ्‌नुहोस्‌।

“बाइबलको स्पष्ट जवाफले मेरो चित्त बुझ्यो” (प्रहरीधरहरा, फेब्रुअरी १, २०१५)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने