प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ‘आफ्नो भाकल पूरा गर्नुहोस्‌’
    प्रहरीधरहरा (अध्ययन संस्करण)—२०१७ | अप्रिल
    • ७. (क) हन्‍नाले कस्तो भाकल गरिन्‌ र किन? नतिजा कस्तो भयो? (ख) हन्‍नाको भाकल पूरा गर्न शमूएलले के गर्नुपर्थ्यो? (फुटनोट हेर्नुहोस्‌)

      ७ हन्‍नाले पनि यहोवालाई गरेको भाकल पूरा गरिन्‌। आफू बाँझी भएकोले तिनी असाध्यै दुःखी थिइन्‌ अनि सौताले पनि दिनरात खसालेर कुरा गर्थिन्‌। (१ शमू. १:४-७, १०, १६) यस्तो अवस्थामा हन्‍नाले परमेश्‍वरलाई आफ्नो मनको बह पोख्दै यस्तो भाकल गरिन्‌: “हे सेनाहरूका परमप्रभु, यदि तपाईंले मेरो दुःख बुझेर ममाथि कृपा-दृष्टि गर्नुभयो र मलाई सम्झनुभयो, औ यदि तपाईंले मलाई भुल्नुभएन, र एउटा बालक दिनुभयो भने, म त्यस बालकलाई त्यसको जीवनपर्यन्त परमप्रभुमा समर्पण गर्नेछु, औ त्यसको कपालमा कहिल्यै छुरा लाग्नेछैन।”a (१ शमू. १:११) परमेश्‍वरले हन्‍नाको बिन्ती सुन्‍नुभयो र तिनले छोरा जन्माइन्‌। तब तिनी साह्रै खुसी भइन्‌! तर तिनले परमेश्‍वरलाई गरेको भाकल बिर्सिनन्‌। छोरा जन्मिएपछि तिनले यसो भनिन्‌: “मैले त्यसलाई परमप्रभुसँग मागेकी हुँ।”—१ शमू. १:२०.

  • ‘आफ्नो भाकल पूरा गर्नुहोस्‌’
    प्रहरीधरहरा (अध्ययन संस्करण)—२०१७ | अप्रिल
    • a हन्‍नाको भाकलअनुसार तिनको सन्तान आजीवन नाजिरी हुने थिए। नाजिरी हुनु भनेको यहोवाको पवित्र सेवाको लागि छानिनु, अलग्गै छुट्ट्याइनु र अर्पण गरिनु हो।—गन्ती ६:२, ५, ८.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने