प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w05 २/१५ p. २७
  • पाठकहरूका प्रश्‍नहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रश्‍नहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • मिल्दोजुल्दो सामग्री
  • जीवनमा आउने परिवर्तनहरूको सामना गर्नुपर्दा परमेश्‍वरको आत्मामा भर पर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • दोस्रो शमूएलको पुस्तकका विशेषताहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • अम्मोनीहरू दयाको बदलामा वैमनस्य राख्ने मानिसहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • इस्राएलीहरू राजाको माग गर्छन्‌
    बाइबल—यसले दिने सन्देश के हो?
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
w05 २/१५ p. २७

पाठकहरूका प्रश्‍नहरू

दोस्रो शमूएल १२:३१ र १ इतिहास २०:३ पढेपछि कोही-कोही निष्कर्षमा पुगेजस्तै के परमेश्‍वरले रुचाउनुभएको मानिस दाऊदले आफूले बन्दी बनाएकाहरूसित क्रूर व्यवहार गरे?

अहँ, गरेनन्‌। दाऊदले केवल अम्मोनी युद्धबन्दीहरूलाई जबरजस्ती काममा लगाएका थिए। कुनै-कुनै बाइबल अनुवादहरूले यी पदहरू अनुवाद गरेको तरिकाको कारण दाऊदका कार्यहरूको गलत अर्थ लगाइएको छ।

अम्मोनीहरूप्रतिको व्यवहारबारे वर्णन गर्दै ती बाइबल संस्करणहरूले दाऊदलाई पाशविक र क्रूर व्यक्‍तिको रूपमा चित्रण गर्छन्‌। उदाहरणका लागि, किङ जेम्स भर्सन-अनुसार २ शमूएल १२:३१ यसो भन्छ: “तिनले त्यहाँका बासिन्दाहरूलाई लगेर आरा, फलामको दाँदे र फलामको बन्चरोले काटे र तिनीहरूलाई इँटाभट्टाहरूमा छिर्न लगाए। अम्मोनीहरूका सबै सहरहरूलाई तिनले यसै गरे।” पहिलो इतिहास २०:३ को विवरणलाई पनि यस्तै तरिकामा अनुवाद गरिएको छ।

तथापि, बाइबलविद्‌ स्यामुएल रोल्स ड्राइभरले बताएझैं यस्तो क्रूरता “दाऊदको स्वभाव र मिजासबारे हामीलाई जे जति थाह छ त्यससित पटक्कै मेल खाँदैन।” त्यसैले दि एङ्‌कर बाइबल-मा गरिएको एउटा टिप्पणी यसो भन्छ: “आफूले विजय हासिल गरेको इलाकाबाट आर्थिक फाइदा लिन दाऊदले युद्धबन्दीहरूलाई काममा लगाएका थिए र त्यतिबेला विजयी राजाहरूले यसै गर्ने चलन थियो भन्‍ने कुरा स्पष्ट छ।” एडम क्लार्क पनि यस्तै खालको टिप्पणी गर्छन्‌: “त्यसैले यसको अर्थ यो हो कि तिनले मानिसहरूलाई दास बनाए अनि तिनीहरूलाई आरामा काठहरू चिर्ने, फलामका दाँदेहरू बनाउने वा खानीमा काम गर्ने . . . र रूख काट्‌ने तथा इँटा बनाउने काममा लगाए। मानिसलाई चिरेर दुई फ्याक पार्ने, रेट्‌ने, चोक्टा-चोक्टा पार्ने र काट्‌नेबारे यस पदमा बताइएको छैन अनि अम्मोनीहरूप्रति दाऊदको व्यवहार पनि यस्तो पटक्कै थिएन।”

यो सही बुझाइको जस्तै भाव झल्काउँदै, थुप्रै आधुनिक अनुवादहरूले दाऊदलाई अमानवीय व्यवहार गरेको आरोप लगाउनु हुँदैन भन्‍ने कुरा स्पष्ट पार्छन्‌।a नेपाली भाषाको पवित्र बाइबल-को अनुवादलाई विचार गर्नुहोस्‌: “तिनले त्यहाँका बासिन्दाहरूलाई लगेर आरा, र अरू किसिमका फलामका हतियार, फाली, दाँदे बनाउन औ ईटाका भट्टीहरूमा पनि काम गर्न लगाए। दाऊदले अम्मोनीहरूका सबै शहरहरूमा यस्ता काम गर्न लगाए।” (२ शमूएल १२:३१) “तिनले त्यहाँका बासिन्दाहरूलाई आरा र अरू फलामका हतियारहरू, दाँदे र अङ्‌कुसे बनाउने काम गर्न लाए। दाऊदले अम्मोनीहरूका सबै शहरहरूमा यसरीनै गरे।” (१ इतिहास २०:३) न्यु वर्ल्ड ट्रान्सलेसन-को अनुवाद पनि हालका विद्वान्‌हरूको बुझाइसित मेल खान्छ: “तिनले त्यहाँका बासिन्दाहरूलाई लगेर ढुङ्‌गा काट्‌ने, फलामका तीखा औजारहरू तथा फलामका बन्चराहरू बनाउने र इँटा बनाउने काममा लगाए।” (२ शमूएल १२:३१) “तिनले त्यहाँका बासिन्दाहरूलाई लगेर ढुङ्‌गा काट्‌ने र फलामका तीखा औजारहरू तथा बन्चराहरू बनाउने काम दिए। दाऊदले अम्मोनीहरूका सबै सहरहरूमा यसै गर्न थाले।”—१ इतिहास २०:३.

आफूले परास्त गरेका अम्मोनीहरूलाई दाऊदले पाशविक यातना दिने र बीभत्स हत्या गर्ने काम गरेनन्‌। तिनले आफ्नो समयको निर्दयी र पाशविक युद्ध प्रचलनको नक्कल गरेनन्‌।

[फुटनोट]

a एउटा अक्षरको भिन्‍नताले उक्‍त हिब्रू पद “तिनले उनीहरूलाई काट्‌ने काममा लगाए” वा “तिनले उनीहरूलाई काटे” हुन सक्छ। साथै, “इँटाभट्टा” भन्‍ने अर्थ बुझाउनको लागि प्रयोग गरिने शब्दको अर्थ “इँटा बनाउने साँचो” पनि हुन्छ। यस्तो साँघुरो साँचोबाट पक्कै पनि कसैलाई छिराउन सकिंदैन।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने