प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • तिनले परमेश्‍वरबाट सान्त्वना पाए
    प्रहरीधरहरा—२०१२ | जनवरी १
    • यहोवाले एलियाको डर र चिन्ता हटाउन के गर्नुभयो? स्वर्गदूतले एलियालाई ओडारको मुखमा उभिन भने। स्वर्गदूतले भनेअनुसारै तिनले गरे तर के हुनेवाला छ भनेर तिनलाई थाह थिएन। ठूलो बतास चल्यो! यो चर्को गर्जनजस्तो सुनिएको हुनुपर्छ किनभने यो प्रचण्ड बतासले पहाडहरू फुटायो र चटानहरू चिऱ्‍यो। तेज बतास चल्दा एलियाले आँखा जोगाउन खोजेको अनि रौंले बनेको आफ्नो लुगा हावाले उडाउला भनेर च्याप्प च्यापेको दृश्‍य कल्पना गर्नुहोस्‌। तिनलाई नधरमराई दह्रोसित उभिन गाह्रो भयो किनभने भुइँचालो आयो र जमिन हल्लिन थाल्यो! जसोतसो उभिरहेको बेला आगो दन्किन थाल्यो। यो आगोको रापबाट जोगिन तिनी फेरि ओडारभित्र पसे।—१ राजा १९:११, १२.

      प्रत्येक अवस्थामा प्राकृतिक शक्‍ति वैभवशाली ढङ्‌गमा प्रकट हुँदा यहोवा त्यसमा हुनुहुन्‍नथ्यो भनी विवरण बताउँछ। एलियालाई यहोवा बालजस्तो कुनै काल्पनिक प्रकृति देव होइन भनेर थाह थियो। बालका उपासकहरू आफ्नो देवतालाई “बादलमा चढ्‌ने,” अर्थात्‌ पानी पार्ने देवको रूपमा झूटो विश्‍वास गर्थे। प्रकृतिमा पाइने भयानक शक्‍तिको साँचो स्रोत यहोवा हुनुहुन्छ तर आफूले बनाएको कुनै पनि कुराभन्दा उहाँ कता हो कता महान्‌ हुनुहुन्छ। स्वर्गमा समेत उहाँ अटाउनुहुन्‍न! (१ राजा ८:२७) तर यी कुराहरूले एलियालाई कसरी मदत गऱ्‍यो? तिनी डराउनुको कारण सम्झनुहोस्‌ त। यहोवाजस्तो परमेश्‍वर आफ्नो साथमा हुनुहुन्छ अनि उहाँ विस्मयकारी शक्‍तिको स्रोत हुनुहुन्छ भनी थाह भएपछि एलिया आहाब र ईजेबेलसित डराउनुपर्ने कुनै कारण थिएन।—भजन ११८:६.

      आगो गएपछि सन्‍नाटा छायो अनि एलियाले “एक सानो मधुर आवाज” सुने। त्यो आवाजले एलियालाई तिनको भावना फेरि व्यक्‍त गर्न भन्यो। तिनले दोस्रो पटक पनि आफ्नो मनको बह पोखे।b सायद त्यसले गर्दा तिनले अझ हलुका महसुस गरे होलान्‌। तर त्यो “सानो मधुर आवाज”-ले त्यसपछि भनेको कुराद्वारा एलियाले अझ बढी सान्त्वना पाए भन्‍ने कुरामा कुनै शङ्‌का छैन। यहोवाले एलियालाई तिनी बेकारको मान्छे होइनन्‌ भन्‍ने आश्‍वासन दिनुभयो। कसरी? इस्राएलमा बाल उपासनाविरुद्धको लडाइँसम्बन्धी आफ्नो भावी उद्देश्‍यबारे परमेश्‍वरले धेरै कुरा बताउनुभयो। स्पष्ट छ, एलियाको काम बेकार गएको थिएन किनभने परमेश्‍वरको उद्देश्‍य जोडतोडले अघि बढिरहेको थियो। साथै, त्यस उद्देश्‍यमा एलियाको भूमिका थियो किनभने यहोवाले तिनलाई केही खास निर्देशन दिएर थप जिम्मेवारी पूरा गर्न अह्राउनुभयो।—१ राजा १९:१२-१७.

  • तिनले परमेश्‍वरबाट सान्त्वना पाए
    प्रहरीधरहरा—२०१२ | जनवरी १
    • b “सानो मधुर आवाज”-को स्रोत र १ राजा १९:९ मा उल्लिखित यहोवाको “वचन” सुनाउने दूत दुवै एउटै हुनुपर्छ। उजाडस्थानमा इस्राएललाई डोऱ्‍याउन यहोवाले चलाउनुभएको दूतबारे हामीलाई सम्झना छ होला, जसबारे परमेश्‍वरले भन्‍नुभयो: “तिनैमा मेरो नाउँ छ।” (प्रस्थान २३:२१) हामी पूरै यकिनका साथ त भन्‍न सक्दैनौं तर येशू स्वर्गमा छँदा यहोवाका सेवकहरूको लागि विशेष प्रवक्‍ता भएर “वचन”-को रूपमा उहाँले पूरा गर्नुभएको भूमिका उल्लेखनीय छ।—यूहन्‍ना १:१.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने