प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यहोवाका भेडाहरूको हेरचाह गर्न “पुरुषहरूमध्ये वरदान”
    प्रहरीधरहरा—१९९९ | जून १
    • १०. अरूलाई छाँटकाँट गर्नुमा के समावेश छ?

      १० यहोवाले हाम्रो छाँटकाँटको निम्ति “पुरुषहरूमध्ये वरदान” प्रबन्ध गर्नुहुँदा प्राचीनहरू आध्यात्मिक तवरमा स्फूर्तिदायी र अनुकरणीय होस्‌ भन्‍ने चाहनुभएको थियो। (१ कोरिन्थी १६:१७, १८; फिलिप्पी ३:१७) अरूलाई सुधार्नुमा गलत मार्गमा लाग्नेहरूलाई सच्याउने मात्र होइन तर विश्‍वासीहरूलाई सही मार्गमा लागिरहन मदत गर्नु पनि समावेश छ।a आज अनेकन्‌ समस्याहरूले गर्दा मसीहीहरू निरुत्साहित हुन्छन्‌। त्यसैले दृढ भई लागिरहन प्रोत्साहनको जरुरी हुन्छ। कतिपय व्यक्‍तिहरूलाई आफ्नो सोचाइ परमेश्‍वरको इच्छाअनुरूप छाँटकाँट गर्न कृपालु मदतको आवश्‍यक परेको हुनसक्छ। उदाहरणका लागि, केही विश्‍वासी मसीहीहरू आफूलाई अयोग्य वा असक्षम महसुस गर्छन्‌। यसरी “हरेस” खाएकाहरूले यहोवाले तिनीहरूलाई कहिल्यै प्रेम गर्नु हुन्‍न र उहाँको सेवा गर्न जति नै प्रयास गरे तापनि उहाँले स्वीकार्नु हुन्‍न भन्ठानेका हुन्छन्‌। (१ थिस्सलोनिकी ५:१४) तर यस्तो विचारधारा परमेश्‍वरले आफ्ना उपासकहरूप्रति राख्नुहुने विचारधारासित मेल खाँदैन।

  • यहोवाका भेडाहरूको हेरचाह गर्न “पुरुषहरूमध्ये वरदान”
    प्रहरीधरहरा—१९९९ | जून १
    • a युनानी सेप्टुआजिन्ट संस्करणमा “सुधार्न[को]” निम्ति चलाइएको क्रियापद नै भजन १७[१६]:५ मा पनि प्रयोग गरिएको छ। त्यस पदमा विश्‍वासी दाऊदले आफ्नो पाइलाले उहाँको बाटोहरूमा दह्रोसँग टेकोस्‌ भनेर प्रार्थना गरेका छन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने