प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lff lesson ३३ points १-५
  • परमेश्‍वरको राज्यले के गर्नेछ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वरको राज्यले के गर्नेछ?
  • सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • अझ खोतल्नुहोस्‌
  • ६. परमेश्‍वरको राज्यले सुन्दर भविष्य दिनेछ
  • सारांश
  • अझ धेरै जान्‍नुहोस्‌
  • परमेश्‍वरको राज्य के हो?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • परमेश्‍वरको राज्य के हो?
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • परमेश्‍वरको राज्य के हो?
    बाइबलले हामीलाई के सिकाउँछ?
  • ईश्‍वरको राज्यले के गर्नेछ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२०
थप हेर्नुहोस्
सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
lff lesson ३३ points १-५
पाठ ३३. मानिसहरू सुन्दर बगैँचा बनाइएको पृथ्वीमा जीवन बिताउँछन्‌।

पाठ ३३

परमेश्‍वरको राज्यले के गर्नेछ?

छापिएको संस्करण
छापिएको संस्करण
छापिएको संस्करण

परमेश्‍वरको राज्यले शासन गर्न थालिसकेको छ। चाँडै यसले पृथ्वीमा ठूलठूला परिवर्तनहरू गर्नेछ। आउनुहोस्‌, परमेश्‍वरको राज्यले पृथ्वीमा शासन गर्न थाल्दा तपाईँले अनुभव गर्न सक्ने केही राम्रा कुराहरूबारे छलफल गरौँ।

१. परमेश्‍वरको राज्यले पृथ्वीमा शान्ति र न्याय कसरी ल्याउनेछ?

परमेश्‍वरको राज्यको राजा येसुले आरमागेडोनको युद्धमा दुष्ट मानिसहरू र सरकारहरूलाई नाश गर्नुहुनेछ। (प्रकाश १६:१४, १६) त्यतिबेला बाइबलको यो प्रतिज्ञा पूरा हुनेछ: “अब केही बेरपछि नै दुष्टहरूको नामोनिसान मेटिनेछ।” (भजन ३७:१०) येसुले त्यस राज्यमार्फत पूरै पृथ्वीमा शान्ति र न्याय ल्याउनुहुनेछ।—यसैया ११:४ पढ्‌नुहोस्‌।

२. परमेश्‍वरको इच्छा पृथ्वीमा पूरा हुँदा हाम्रो जीवन कस्तो हुनेछ?

परमेश्‍वरको राज्यको शासनमा “धर्मीहरूले पृथ्वी अधिकार गर्नेछन्‌ र तिनीहरू त्यहाँ सधैँभरि रहनेछन्‌।” (भजन ३७:२९) धर्मी मानिसहरू मात्र हुने र सबैले एकअर्कालाई प्रेम गर्ने संसारमा जीवन कस्तो होला, कल्पना गर्नुहोस्‌ त! कोही पनि बिरामी हुनेछैन र सबै जना सधैँभरि बाँच्नेछन्‌।

३. दुष्टहरू नाश भएपछि परमेश्‍वरको राज्यले के गर्नेछ?

दुष्टहरू नाश भएपछि येसुले राजाको रूपमा एक हजार वर्ष शासन गर्नुहुनेछ। त्यस दौडान उहाँ र उहाँका १ लाख ४४ हजार सहशासकले पृथ्वीका मानिसहरूलाई त्रुटिरहित र पापरहित हुन मदत गर्नुहुनेछ। हजार वर्षको अन्तमा पूरै पृथ्वी सुन्दर बगैँचा बनाइसकिएको हुनेछ। साथै सबै मानिसले नियमकानुन पालन गर्ने भएकोले तिनीहरू खुसी हुनेछन्‌। त्यसपछि येसुले त्यो राज्य आफ्नो बुबा यहोवालाई सुम्पनुहुनेछ। त्यतिबेला पहिला कहिल्यै नभएको तरिकामा यहोवाको “नाम पवित्र [पारिनेछ]।” (मत्ति ६:९, १०) साथै यहोवा आफ्नो प्रजाको ख्याल राख्नुहुने असल शासक हुनुहुन्छ भनेर प्रमाणित भइसकेको हुनेछ। त्यसपछि यहोवाले सैतान, प्रेतहरू र उहाँको शासनविरुद्ध खडा हुन छनौट गर्नेजति सबैलाई नाश गर्नुहुनेछ। (प्रकाश २०:७-१०) परमेश्‍वरको राज्यले गर्ने यी सबै असल काम सधैँभरि रहनेछन्‌।

अझ खोतल्नुहोस्‌

भविष्यको लागि बाइबलमा गरिएका सबै प्रतिज्ञा परमेश्‍वरले आफ्नो राज्यमार्फत पूरा गर्नुहुनेछ भनेर हामी किन विश्‍वास गर्न सक्छौँ, विचार गर्नुहोस्‌।

४. परमेश्‍वरको राज्यले मानव सरकारहरूलाई हटाउनेछ

“एउटाले अर्कोलाई दबाएर मानिसले आफैलाई हानि पुऱ्‍याइरहेको” छ। (उपदेशक ८:९) यस्तो अन्यायले गर्दा भएको हानिलाई यहोवाले आफ्नो राज्यमार्फत सच्याउनुहुनेछ।

दानिएल २:४४ र २ थिस्सलोनिकी १:६-८ पढ्‌नुहोस्‌ अनि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  • यहोवा र उहाँको छोरा येसुले मानव सरकारहरू र तिनीहरूका समर्थकहरूलाई के गर्नुहुनेछ?

  • तपाईँले यहोवा र येसुबारे सिकेको कुराबाट उहाँहरूका कामहरू न्यायी र निष्पक्ष हुनेछन्‌ भनेर किन पक्का हुन सक्नुहुन्छ?

येसुले राजाको रूपमा स्वर्गबाट सुन्दर बगैँचा बनाइएको पृथ्वीमाथि शासन गर्नुहुन्छ।

५. येसु सबैभन्दा उत्कृष्ट राजा हुनुहुन्छ

परमेश्‍वरको राज्यको राजाको रूपमा येसुले पृथ्वीका मानिसहरूलाई थुप्रै तरिकामा मदत गर्नुहुनेछ। येसुसित मानिसहरूलाई मदत गर्ने इच्छा र परमेश्‍वरबाट पाएको शक्‍ति छ भनेर उहाँले कसरी देखाइसक्नुभएको छ? यसको जवाफ पाउन भिडियो हेर्नुहोस्‌।

भिडियो: परमेश्‍वरको राज्यले के गर्नेछ भनेर येसुले देखाउनुभयो (१:१३)

परमेश्‍वरको राज्यले के गर्नेछ भन्‍ने कुराको नमुना येसुले पृथ्वीमा हुनुहुँदा देखाउनुभयो। यहाँ दिइएका प्रतिज्ञाहरूमध्ये तपाईँ कुनचाहिँ पूरा भएको हेर्न तीव्र इच्छा गर्दै हुनुहुन्छ? यी प्रतिज्ञाहरूबारे बताउने बाइबल पदहरू पढ्‌नुहोस्‌:

येसुले पृथ्वीमा हुनुहुँदा . . .

येसुले स्वर्गबाट . . .

  • मौसमलाई नियन्त्रणमा राख्नुभयो।—मर्कुस ४:३६-४१.

  • पृथ्वीको वातावरणसम्बन्धी समस्याहरू समाधान गर्नुहुनेछ।—यसैया ३५:१, २.

  • चमत्कार गरेर हजारौँलाई खुवाउनुभयो।—मत्ति १४:१७-२१.

  • पृथ्वीबाट भोकमरी हटाउनुहुनेछ।—भजन ७२:१६.

  • थुप्रै बिरामीलाई निको पार्नुभयो।—लुका १८:३५-४३.

  • सबैलाई सुस्वास्थ्य दिनुहुनेछ।—यसैया ३३:२४.

  • मरेका मानिसहरूलाई जीवित पार्नुभयो। —लुका ८:४९-५५.

  • मरेका मानिसहरूलाई ब्युँताउनुहुनेछ र मृत्युलाई नामेट पार्नुहुनेछ। —प्रकाश २१:३, ४.

६. परमेश्‍वरको राज्यले सुन्दर भविष्य दिनेछ

यहोवाले मानिसहरूको लागि राख्नुभएको सुरुको उद्देश्‍य उहाँको राज्यले पूरा गर्नेछ। पूरै पृथ्वी सुन्दर बगैँचा बनाइनेछ र मानिसहरू त्यहाँ सधैँभरि बाँच्नेछन्‌। यहोवाले आफ्नो छोरा येसुमार्फत कसरी आफ्नो उद्देश्‍य पूरा गरिरहनुभएको छ? यसको जवाफ पाउन भिडियो हेर्नुहोस्‌।

भिडियो: सुन्दर भविष्यको एक झलक (४:३८)

भजन १४५:१६ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • यहोवाले “सबै जीवको इच्छा पूरा गरिदिनुहुन्छ” भनेर थाह पाउँदा तपाईँलाई कस्तो लाग्यो?

कोही-कोही भन्छन्‌: “हामी एकजुट भयौँ भने संसारका समस्याहरू समाधान गर्न सक्छौँ।”

  • मानव सरकारहरूले समाधान गर्न नसकेका कस्ता समस्याहरू परमेश्‍वरको राज्यले समाधान गर्नेछ?

सारांश

यहोवाको राज्यले उहाँको उद्देश्‍य पूरा गर्नेछ। यसले पूरै पृथ्वीलाई सुन्दर बगैँचा बनाउनेछ। त्यहाँ असल मानिसहरू बस्नेछन्‌, जसले सधैँभरि यहोवाको उपासना गर्नेछन्‌।

तपाईँले के सिक्नुभयो?

  • परमेश्‍वरको राज्यले कसरी यहोवाको नामलाई पवित्र पार्नेछ?

  • बाइबलमा गरिएका प्रतिज्ञाहरू परमेश्‍वरको राज्यले पूरा गर्नेछ भनेर हामी किन विश्‍वास गर्न सक्छौँ?

  • परमेश्‍वरको राज्यले कुनचाहिँ प्रतिज्ञा पूरा गरेको हेर्न तपाईँ तीव्र इच्छा गर्दै हुनुहुन्छ?

लक्ष्य

अझ धेरै जान्‍नुहोस्‌

आरमागेडोन के हो, थाह पाउनुहोस्‌।

“आरमागेडोनको युद्ध भनेको के हो?” (jw.org को लेख)

येसुले बताउनुभएको “महासङ्‌कष्ट”-को दौडान र त्यसको अन्तमा के-के हुनेछ, बुझ्नुहोस्‌।—मत्ति २४:२१

“महासङ्‌कष्ट भनेको के हो?” (jw.org को लेख)

परमेश्‍वरको राज्यले भविष्यमा ल्याउने आशिष्‌हरूबाट तपाईँको पूरै परिवारले लाभ उठाएको कल्पना गर्नुहोस्‌।

प्रमोदवनमा भएको कल्पना गर (१:५०)

आफ्नो देशको सरकारको विद्रोह गर्ने एक जना व्यक्‍तिले कसरी मनमा उब्जिएका प्रश्‍नहरूको जवाफ पाए भनेर थाह पाउन “मेरो मनमा थुप्रै प्रश्‍न खेलिरहेका थिए” लेख पढ्‌नुहोस्‌।

“बाइबलले जीवनलाई नयाँ मोड दिन्छ” (प्रहरीधरहरा, जनवरी १, २०१२)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने