प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w14 ९/१५ p. २२
  • पाठकहरूको प्रश्‍न

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूको प्रश्‍न
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • मिल्दोजुल्दो सामग्री
  • “यहोवाको खोजी गर्नेहरूलाई असल कुराको अभाव हुँदैन”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • यहोवा “मुक्‍ति दिने” परमेश्‍वर—बाइबल समयमा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • “तपाईंको इच्छाबमोजिम गर्न मलाई सिकाउनुहोस्‌”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • जीवनमा आउने परिवर्तनहरूको सामना गर्नुपर्दा परमेश्‍वरको आत्मामा भर पर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
w14 ९/१५ p. २२

पाठकहरूको प्रश्‍न

भजन ३७:२५ र मत्ती ६:३३ को अर्थ यहोवाले आफ्ना उपासकहरूलाई कहिल्यै खानेकुराको अभाव हुन दिनुहुनेछैन भन्‍ने हो?

दाऊदले “धर्मात्मा त्यागिएको, र तिनका सन्तानले भिक्षा मागेको मैले देखेको छैनँ” भने। तिनले त्यो कुरा अनुभव गरेका थिए। यहोवाले तिनको हेरचाह गर्नुभएको थियो। (भज. ३७:२५) तर दाऊदले परमेश्‍वरका उपासकहरूले कहिल्यै दुःख भोग्ने छैनन्‌ वा उनीहरूलाई कुनै अभाव हुनेछैन भन्‍न खोजिरहेका थिएनन्‌।

दाऊदले थुप्रै कठिन परिस्थितिको सामना गरेका थिए। एकपटक दाऊद शाऊलदेखि भाग्नुपरेको थियो। त्यतिबेला तिनीसित थोरै मात्र खानेकुरा थियो। त्यसैले तिनले आफू र आफ्ना मानिसहरूका लागि रोटी मागे। (१ शमू. २१:१-६) तर बाइबलमा तिनलाई कतै पनि भिखारी भनिएको छैन। त्यस्तो कठिन परिस्थितिमा पनि यहोवाले आफूलाई त्याग्नुभएको छैन भनेर तिनी ढुक्क थिए।

यहोवाले उहाँको स्तरबमोजिमको असल काम गर्नेहरूको खाँचो पूरा गरिदिनुहुन्छ भनेर येशूले आश्‍वासन दिनुभयो। यो कुरा मत्ती ६:३३ मा पाउँछौं। उहाँले यसो भन्‍नुभयो, “[यहोवाको] राज्यलाई र उहाँको स्तरबमोजिमको असल कामलाई पहिलो स्थान दिइरहो अनि यी सबै [खाने, पिउने र लगाउने] कुरा तिमीहरूलाई दिइनेछ।” तर सतावट आइपर्दा आफ्ना “भाइहरू”-लाई खानेकुराको अभाव हुनेछ भनेर पनि येशूले बताउनुभयो। (मत्ती २५:३५, ३७, ४०) प्रेषित पावलले पनि त्यस्तै अनुभव गरे। तिनले भोक अनि प्यास खप्नुपऱ्‍यो।—२ कोरि. ११:२७.

यातना शिविरमा भोकभोकै राखिएका मानिसहरू

हामीले विभिन्‍न किसिमका सतावट भोग्नुपर्नेछ भनेर यहोवाले बताउनुभएको छ। हामीले सैतानलाई मुखभरिको जवाफ दिन सकोस्‌ भनेर उहाँ हामीलाई अभावमा पर्न दिनुहुन्छ। (अय्यू. २:३-५) जस्तै, हाम्रा सङ्‌गी विश्‍वासीहरूलाई नाजी यातना शिविरमा हालियो। निष्ठा तोड्‌न उनीहरूलाई विभिन्‍न किसिमले यातना दिइयो। उनीहरूलाई भोकभोकै राखेर पनि यातना दिइयो। यहोवाले उनीहरूलाई परीक्षा भोग्न दिनुभयो। आज पनि ख्रीष्टियनहरूले विभिन्‍न किसिमका परीक्षा सहनुपर्छ। तर यहोवाको नामको खातिर दुःख भोग्नेहरूलाई उहाँ अवश्‍य मदत गर्नुहुन्छ। (१ कोरि. १०:१३) हामीले फिलिप्पी १:२९ मा लेखिएका यी शब्दहरू मनमा राख्नुपर्छ, “ख्रीष्टको खातिर तिमीहरूलाई यो सम्मान दिइयो, कि तिमीहरूले उहाँमाथि विश्‍वास राख्ने मात्र होइन तर उहाँको खातिर दुःख पनि भोग्नुपर्छ।”

यहोवाले आफ्ना मानिसहरूलाई मदत गर्ने प्रतिज्ञा गर्नुभएको छ। जस्तै, यशैया ५४:१७ मा यहोवाले यसो भन्‍नुभएको छ, “तेरो विरुद्धमा बनाइएको जुनसुकै हतियार पनि बेकामको हुनेछ।” यी लगायत बाइबलका अन्य प्रतिज्ञाहरूबाट यहोवा आफ्ना जनहरूलाई समूहको रूपमा सुरक्षा दिनुहुन्छ भनी स्पष्ट हुन्छ। तर व्यक्‍तिविशेषको रूपमा भने सबै ख्रीष्टियनले परीक्षा भोग्नुपर्ने हुन्छ; जीवनसमेत गुमाउनुपर्ने हुन सक्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने