प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w24 फेब्रुअरी pp. २६-२७
  • आनन्दित हुँदै यहोवालाई पर्खनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आनन्दित हुँदै यहोवालाई पर्खनुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यहोवा हामीले किन पर्खेको चाहनुहुन्छ?
  • पर्खँदै गर्दा कसरी आनन्दित हुन सक्छौँ?
  • के तपाईं धैर्य गर्दै पर्खन इच्छुक हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • कसरी पर्खने के तपाईंलाई थाह छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • के तपाईँ यहोवालाई पर्खन इच्छुक हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • पर्खने मनोवृत्ति प्रकट गर्नुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
w24 फेब्रुअरी pp. २६-२७

आनन्दित हुँदै यहोवालाई पर्खनुहोस्‌

राजा दाउद व्यग्रतासाथ महलको झ्यालबाट बाहिर हेरिरहेका छन्‌।

के तपाईँ यहोवाले सबै दुष्टता हटाउनुहुने र सबै थोक नयाँ बनाउनुहुने समय पर्खँदै हुनुहुन्छ? (प्रका. २१:१-५) पक्कै पर्खँदै हुनुहुन्छ। तर विशेषगरि गाह्रो अवस्थाको सामना गर्नुपर्दा धैर्य गर्दै यहोवालाई पर्खन सजिलो नहुन सक्छ। हामीले आशा गरेको कुरा छिट्टै पूरा नहुँदा मन मर्न सक्छ।​—हितो. १३:१२.

तर यहोवाले तोक्नुभएको समय हामीले धैर्य गर्दै पर्खेको उहाँ चाहनुहुन्छ। उहाँ किन त्यस्तो चाहनुहुन्छ? पर्खँदै गर्दा आनन्दित हुन हामीलाई कुन कुराले मदत गर्न सक्छ?

यहोवा हामीले किन पर्खेको चाहनुहुन्छ?

बाइबल यसो भन्छ: “यहोवा तिमीहरूलाई दया देखाउन धैर्य गरेर पर्खँदै हुनुहुन्छ। उहाँ तिमीहरूलाई कृपा गर्न उठ्‌नुहुनेछ। किनकि यहोवा न्यायी परमेश्‍वर हुनुहुन्छ। आनन्दित हुन्‌ ती सबै, जसले उहाँमा आशा राख्छन्‌।” (यसै. ३०:१८) यसैया अध्याय ३० का शब्दहरू खासगरि हठी यहुदीहरूको लागि लेखिएको थियो। (यसै. ३०:१) तर पद १८ हेऱ्‍यौँ भने त्यहाँ भएका केही वफादार यहुदीको लागि आशाको सन्देश पाउँछौँ। ती शब्दहरूले आज यहोवाका वफादार उपासकहरूलाई पनि आशा दिन्छ।

हामीले धीरजी हुँदै पर्खनुपर्छ किनकि यहोवा धैर्य गरेर पर्खँदै हुनुहुन्छ। उहाँले यस युगको अन्त गर्ने समय तोकिसक्नुभएको छ अनि उहाँ त्यस दिन र समयको प्रतीक्षा गर्दै हुनुहुन्छ। (मत्ति २४:३६) दियाबलले यहोवा र उहाँको सेवा गर्नेहरूमाथि लगाएका आरोपहरू झूटा हुन्‌ भनेर त्यतिबेला प्रमाणित हुनेछ। अनि उहाँले सैतान र त्यसको पक्ष लिनेहरूलाई नाश गर्नुहुनेछ तर हामीलाई भने “कृपा” देखाउनुहुनेछ।

त्यतिन्जेल हामीले विभिन्‍न परीक्षा भोगिरहनुपर्ने हुन सक्छ। तर यहोवाको दिन पर्खँदै गर्दा हामी आनन्दित हुन सक्छौँ भनेर उहाँले आश्‍वासन दिनुभएको छ। यसैयाले बताएझैँ कुनै कुरा राम्रो हुने समय व्यग्रतासाथ पर्खँदा हामी आनन्दित पनि हुन सक्छौँ। (यसै. ३०:१८, फुटनोट) कसरी? आउनुहोस्‌, हामीले गर्न सक्ने चार वटा कुराबारे विचार गरौँ।

पर्खँदै गर्दा कसरी आनन्दित हुन सक्छौँ?

सकारात्मक कुरामा ध्यान दिनुहोस्‌। राजा दाउदले आफ्नो जीवनमा थुप्रै नराम्रा कुरा देखेका थिए। (भज. ३७:३५) तैपनि तिनले यस्तो लेखे: “यहोवासामु चुपचाप बस अनि व्यग्रतासाथ उहाँको बाटो हेर। आफ्नो चालमा सफल भएको मानिसलाई देखेर तिमी निराश नहोऊ।” (भज. ३७:७) दाउद आफैले पनि यहोवाले उद्धार गर्नुहुने कुरामा ध्यान केन्द्रित गरेर यो सल्लाह पालन गरे। तिनले यहोवाबाट पाएको प्रत्येक आशिष्‌मा ध्यान दिए। (भज. ४०:५) हामीले पनि आफ्नो जीवनमा भइरहेका नकारात्मक कुराहरूमा होइन, सकारात्मक कुराहरूमा ध्यान दिनुपर्छ। यसो गऱ्‍यौँ भने पर्खन अझै सजिलो हुनेछ।

यहोवाको प्रशंसा गर्ने हरेक मौकाको सदुपयोग गर्नुहोस्‌। भजन ७१ अध्यायका सम्भावित लेखक दाउदले यहोवालाई यसो भने: “म भने तपाईँको प्रतीक्षा गरिरहनेछु; म तपाईँको अझ धेरै प्रशंसा गर्नेछु।” (भज. ७१:१४) तिनले कसरी यहोवाको प्रशंसा गर्ने थिए? यहोवाबारे अरूलाई बताएर र उहाँको स्तुतिगान गाएर। (भज. ७१:१६, २३) दाउदजस्तै हामी पनि यहोवालाई पर्खँदै गर्दा आनन्दित हुन सक्छौँ। हामीले साक्षीकार्यमा भाग लिँदा, उहाँबारे परिवार र साथीभाइसित कुराकानी गर्दा अनि स्तुतिगान गाउँदा उहाँको प्रशंसा गर्न सक्छौँ। अर्को चोटि राज्यगीत गाउँदा त्यसको प्रोत्साहनदायी सन्देशमा ध्यान दिनुभए कसो होला?

भाइबहिनीबाट प्रोत्साहन पाउनुहोस्‌। चुनौतीहरूको सामना गर्नुपर्दा दाउदले यहोवालाई यसो भने: “तपाईँका वफादार जनहरूको सामुन्‍ने म तपाईँको नाममा आशा राख्नेछु।” (भज. ५२:९) हामीले पनि सभा र साक्षीकार्यबाट मात्र होइन, वफादार भाइबहिनीसितको जमघटबाट पनि प्रोत्साहन पाउन सक्छौँ।—रोमी १:११, १२.

आफ्नो आशालाई बलियो बनाउनुहोस्‌। भजन ६२:५ भन्छ: “म भने चुपचाप परमेश्‍वरको बाटो हेर्छु किनकि उहाँले नै मलाई आशा दिनुहुन्छ।” हामीसित बलियो आशा हुनु जरुरी छ। किनकि आफूले सोचेभन्दा अन्त आउन एकदमै ढिला भएको जस्तो लाग्दा बलियो आशाले हामीलाई धीरजी हुन मदत गर्छ। जत्ति नै लामो समय पर्खनुपरे तापनि यहोवाका प्रतिज्ञाहरू पूरा हुनेछन्‌ भन्‍ने कुरामा हामी विश्‍वस्त हुनुपर्छ। हामी परमेश्‍वरको वचन अध्ययन गरेर आफ्नो आशालाई बलियो बनाउन सक्छौँ। जस्तै: हामी बाइबलका भविष्यवाणीहरू कसरी पूरा भए, बाइबलमा लेखिएका कुराहरू आपसमा किन बाझिँदैनन्‌ र यहोवाले आफूबारे कस्ता कुराहरू प्रकट गर्नुभएको छ, त्यसबारे अध्ययन गर्न सक्छौँ। (भज. १:२, ३) साथै यहोवाले गर्नुभएको अनन्त जीवनको प्रतिज्ञा पूरा नहोउन्जेल हामीले “पवित्र शक्‍तिको डोऱ्‍याइअनुसार प्रार्थना” गरिरहनुपर्छ। (यहु. २०, २१) यसो गऱ्‍यौँ भने उहाँसितको सम्बन्धलाई बलियो बनाइराख्न सक्नेछौँ।

तस्बिरहरूको सँगालो: एक पाको दिदी बाइबल पढ्‌दै मनन गर्दै छिन्‌। तिनको छेउमा थुप्रै औषधी छन्‌। १. तिनी व्हिलचेयरमा बसेर ट्रली साक्षीकार्यमा एक महिलासित कुरा गर्दै छिन्‌। २. तिनी अरू भाइबहिनीसित जमघटमा रमाइलो गर्दै छिन्‌। ३. तिनी प्रार्थना गर्दै छिन्‌।

यहोवाको बाटो हेर्नेहरूमाथि उहाँको नजर रहिरहन्छ र उहाँ तिनीहरूलाई अटल प्रेम देखाउनुहुन्छ भन्‍ने कुरामा राजा दाउदजस्तै विश्‍वस्त हुनुहोस्‌। (भज. ३३:१८, २२) सकारात्मक कुराहरूमा ध्यान दिएर, उहाँको प्रशंसा गरेर, भाइबहिनीबाट प्रोत्साहन पाएर र आफ्नो बहुमूल्य आशालाई बलियो बनाएर आनन्दित हुँदै यहोवालाई पर्खिरहनुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने