प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w12 ८/१५ p. ३०
  • के तपाईंलाई सम्झना छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईंलाई सम्झना छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • मिल्दोजुल्दो सामग्री
  • यहोवा परमेश्‍वरले सिमसोनलाई बल दिनुभयो
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • सबैभन्दा बलियो मान्छे
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • के तपाईंलाई आफ्नो केशको चिन्ता लाग्छ?
    ब्यूँझनुहोस्‌!—२००२
  • यहोवाको बल पाएर शिमशोन विजयी हुन्छन्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
w12 ८/१५ p. ३०

के तपाईंलाई सम्झना छ?

के तपाईंले प्रहरीधरहरा पत्रिकाका हालैका अङ्‌कहरू ध्यान दिएर पढ्‌नुभयो? उसोभए, तपाईं निम्न प्रश्‍नहरूको जवाफ दिन सक्नुहुन्छ कि:

के शिमशोनको बल तिनको कपालमा थियो?

शिमशोनको बल तिनको कपालमा थिएन। तिनको कपालले केवल नाजिरीको रूपमा परमेश्‍वरसित तिनको विशेष सम्बन्धको प्रतिनिधित्व गर्थ्यो। दलीलाले तिनको कपाल खौरन लगाएपछि परमेश्‍वरसितको तिनको सम्बन्धलाई असर गऱ्‍यो।–४/१५, पृष्ठ ९.

हाम्रो मुटुलाई जस्तै लाक्षणिक हृदयलाई स्वस्थ राख्ने तीनवटा कुरा के-के हुन्‌?

(१) पोषण। हाम्रो मुटुलाई पर्याप्त मात्रामा पोषण चाहिएजस्तै हाम्रो लाक्षणिक हृदयलाई पनि पर्याप्त मात्रामा स्वस्थकर आध्यात्मिक आहार चाहिन्छ। (२) व्यायाम। सेवाको काममा जोसिलो भई भाग लिएर हामी आफ्नो लाक्षणिक हृदयलाई स्वस्थ अवस्थामा राख्न सक्छौं। (३) वातावरण। हाम्रो साँचो चासो राख्ने सँगी विश्‍वासीहरूसित सङ्‌गत गरेर लाक्षणिक हृदयमा पर्ने भार कम गर्न सक्छौं।–४/१५, पृष्ठ १६.

कसैको अन्त्येष्टि भाषण दिंदा तिनलाई लागू गर्दै भजन ११६:१५ प्रयोग गर्नु किन उचित हुँदैन?

उक्‍त पदमा यसो भनिएको छ: “परमप्रभुको दृष्टिमा उहाँका भक्‍तहरूको मृत्यु अनमोल छ।” यसको अर्थ हो, आफ्ना सबै वफादार उपासकको जीवन यहोवाको नजरमा बहुमूल्य छ। यहोवाले आफ्ना जनहरूलाई समूहको रूपमा नामेट हुन दिनुहुनेछैन।–५/१५, पृष्ठ २२.

कल्पोर्टरहरू को थिए?

अहिलेका अग्रगामीहरूलाई बुझाउन सन्‌ १९३१ अघि “कल्पोर्टर” शब्द प्रयोग गरिन्थ्यो।–५/१५, पृष्ठ ३१.

दानियल २:४४ मा उल्लेख गरिएको “यी सबै राज्यहरू”-ले केलाई बुझाउँछ?

यसले मूर्तिको विभिन्‍न भागले चित्रण गर्ने राज्य अर्थात्‌ सरकारलाई बुझाउँछ।–६/१५, पृष्ठ १७.

एङ्‌ग्लो-अमेरिकी विश्‍वशक्‍ति बाइबल भविष्यवाणीको सातौं विश्‍वशक्‍तिको रूपमा कहिले देखापऱ्‍यो?

प्रथम विश्‍वयुद्धको दौडान बेलायत र अमेरिकाले विशेष सम्बन्ध गाँस्दा यो संयुक्‍त विश्‍वशक्‍तिको रूपमा देखापऱ्‍यो।—६/१५, पृष्ठ १९.

आरमागेडोनको युद्ध हुनुभन्दा ठीकअघि के-कस्ता घटना घट्‌नेछन्‌?

राष्ट्रहरूले “शान्ति र सुरक्षा”-को उल्लेखनीय घोषणा गर्नेछन्‌। (१ थिस्स. ५:३) सरकारहरू झूटो धर्ममाथि जाइलाग्नेछन्‌। (प्रका. १७:१५-१८) साँचो उपासकहरूमाथि आक्रमण हुनेछ। त्यसपछि अन्त हुनेछ।–७/१, पृष्ठ ९.

यहोवाले किन अब्राहामलाई आफ्नो प्यारो छोरा बलि चढाउन अह्राउनुभयो?

वास्तवमा परमेश्‍वरले अब्राहामलाई इसहाक बलि चढाउन दिनुभएन। आफ्नो छोरा येशूको बलिदानको लागि यहोवाले कत्ति ठूलो मोल चुकाउनुपर्नेछ भनेर यस घटनाले देखायो।–७/१, पृष्ठ २०.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने