प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w12 ५/१५ p. २२
  • पाठकहरूको प्रश्‍न

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूको प्रश्‍न
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाको अटल प्रेमले तपाईँको लागि कस्तो अर्थ राख्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • यहोवा वफादार प्रेममा प्रशस्त हुनुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • सधैँ वफादार रहौँ!
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • यहोवाप्रति सधैं वफादार
    यहोवाको स्तुतिगान गाऔं
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
w12 ५/१५ p. २२

पाठकहरूको प्रश्‍न

“परमप्रभुको दृष्टिमा उहाँका भक्‍तहरूको मृत्यु” कसरी “अनमोल छ?”

▪ परमेश्‍वरको प्रेरणा पाएर भजनरचयिताले यस्तो गीत गाए: “परमप्रभुको दृष्टिमा उहाँका भक्‍तहरूको मृत्यु अनमोल छ।” (भज. ११६:१५) आफ्ना हरेक साँचो उपासकको जीवन यहोवाको नजरमा बहुमूल्य छ। तर भजन ११६ मा कुनै एक जना व्यक्‍तिको मृत्युबारे मात्र चर्चा गरिएको होइन।

मृत्युसम्मै यहोवाप्रति वफादार रहेका ख्रीष्टियनको अन्त्येष्टि भाषण दिंदासमेत तिनलाई लागू गर्दै भजन ११६:१५ प्रयोग गर्नु उचित हुँदैन। किन? किनभने भजनरचयिताको वाक्यले अझ विस्तृत अर्थ ढाक्छ। यसको अर्थ हो, यहोवाले आफ्ना वफादार जनहरूलाई समूहको रूपमा नामेट हुन दिनुहुनेछैन किनभने उहाँ आफ्ना हरेक जनलाई बहुमूल्य सम्झनुहुन्छ।—भज. ७२:१४; ११६:८ हेर्नुहोस्‌।

यहोवाले आफ्ना वफादार जनहरूलाई समूहको रूपमा यस पृथ्वीबाट नामेट हुन दिनुहुनेछैन भनी भजन ११६:१५ ले हामीलाई आश्‍वासन दिन्छ। वास्तवमा हामी साक्षीहरूले थुप्रै परीक्षा तथा खेदोहरू सहेको कुरा हाम्रो आधुनिक इतिहासले देखाउँछ। यसबाट यहोवाले आफ्ना जनहरूलाई नामेट हुन दिनुहुनेछैन भन्‍ने प्रमाण पाउँछौं।

यहोवा सबैभन्दा शक्‍तिशाली हुनुहुन्छ र उहाँको उद्देश्‍य निश्‍चय नै पूरा हुन्छ, त्यसकारण उहाँले हामीलाई समूहको रूपमा नामेट हुन दिनुहुनेछैन। यहोवाले आफ्ना सबै जनहरूलाई नामेट हुन दिएको भए उहाँका शत्रुहरू उहाँभन्दा शक्‍तिशाली छन्‌ जस्तो देखिनेथियो—त्यो त हुनै सक्दैन। अनि यहोवाप्रति वफादार मानिसहरूले पृथ्वी भर्ने उहाँको उद्देश्‍य पनि पूरा हुनेथिएन—यो पनि असम्भव कुरा हो। (यशै. ४५:१८; ५५:१०, ११) उहाँको महान्‌ आध्यात्मिक मन्दिरको पार्थिव चोकमा रहेर सेवा गर्ने कोही पनि मानिस नभएको भए यहोवालाई पवित्र सेवा चढाउने काम नै बन्द हुनेथियो! “नयाँ आकाश”-को अधीनमा रहेर सेवा गर्ने “नयाँ पृथ्वी” अर्थात्‌ परमेश्‍वरको स्तरबमोजिम चल्ने मानव समाजको आधार नै रहनेथिएन। (प्रका. २१:१) अनि पृथ्वीमा कोही पनि बाँकी नरहेको भए ख्रीष्टको हजार वर्षीय राज्य पनि वास्तविक हुने थिएन।—प्रका. २०:४, ५.

यहोवाले पृथ्वीमा रहेका आफ्ना जनहरूलाई शत्रुको हातबाट समूहगत रूपमा नामेट हुन दिएको भए उहाँको ओहदा र प्रतिष्ठामाथि नै प्रश्‍न चिन्ह खडा हुनेथियो। यस्तो हुन दिएको भए ब्रह्‍माण्डको सार्वभौमको रूपमा यहोवाको ओहदामाथि नै धब्बा लाग्नेथियो। साथै उहाँले आफ्नो र आफ्नो पवित्र नामको सम्मान गर्ने भएकोले पनि आफ्ना वफादार जनहरूलाई समूहको रूपमा नामेट हुन दिनुहुनेछैन। यो कुरा पनि विचार गर्नुहोस्‌: यहोवा “अधर्मविहीन” परमेश्‍वर हुनुभएकोले वफादार भई उहाँको सेवा गर्ने मानिसहरूलाई उहाँ समूहको रूपमा जोगाउन सक्नुहुन्छ। (व्यव. ३२:४; उत्प. १८:२५) साथै उहाँले आफ्ना सेवकहरूलाई समूहको रूपमा नामेट हुन दिनु भनेको परमेश्‍वरको यो वचन विपरीत हुनेथियो: “आफ्नो नाउँको खातिर परमप्रभुले तिमीहरूलाई त्याग्नुहुनेछैन।” (१ शमू. १२:२२) हो, “परमप्रभुले आफ्नो प्रजालाई फाल्नुहुनेछैन, नता उहाँले आफ्ना निज भागलाई त्याग्नुहुनेछ।”—भज. ९४:१४.

यहोवाका जनहरू पृथ्वीबाट कहिल्यै नामेट हुनेछैनन्‌ भनेर थाह पाउनु कत्ति सान्त्वनादायी कुरा! त्यसकारण परमेश्‍वरको यो प्रतिज्ञामा भरोसा गर्दै हरतरहले अनि सदैव आफूलाई उहाँप्रति भक्‍त अर्थात्‌ वफादार प्रमाणित गरिरहौं: “तेरो विरुद्धमा बनाइएको जुनसुकै हतियार पनि बेकामको हुनेछ, औ मामिलामा तेरो विरुद्धमा उठ्‌ने जोसुकैलाई पनि तैंले हराउनेछस्‌। योचाहिं परमप्रभुका दासहरूको अधिकार हो, र मद्वारानै तिनीहरूको न्याय स्थापित हुनेछ।”—यशै. ५४:१७.

[पृष्ठ २२-मा भएको ठूलो अक्षरको क्याप्सन]

परमेश्‍वरले आफ्ना जनहरूलाई कहिल्यै नामेट हुन दिनुहुनेछैन

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने