प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lff lesson ४१ points १-५
  • बाइबलले यौनबारे के भन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बाइबलले यौनबारे के भन्छ?
  • सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • अझ खोतल्नुहोस्‌
  • सारांश
  • अझ धेरै जान्‍नुहोस्‌
  • ९. “अवैध यौनसम्बन्धदेखि भाग!”
    परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
  • “अवैध यौनसम्बन्धदेखि भाग”
    “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
  • विवाहपूर्व यौनसम्बन्ध
    ब्यूँझनुहोस्‌!—२०१३
  • के मुख-मैथुन गर्नु पनि यौनसम्बन्ध राख्नु हो?
    युवाहरू सोध्छन्‌
थप हेर्नुहोस्
सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
lff lesson ४१ points १-५
पाठ ४१. एक जना पुरुष र एक जना स्त्री हात समाउँछन्‌।

पाठ ४१

बाइबलले यौनबारे के भन्छ?

छापिएको संस्करण
छापिएको संस्करण
छापिएको संस्करण

धेरै मानिसलाई यौनबारे कुरा गर्न अप्ठेरो लाग्छ। अर्कोतर्फ, बाइबलमा यौनबारे खुलस्त तर मर्यादित तरिकामा बताइएको छ। यसमा बताइएका कुराहरू पालन गर्दा हाम्रै हित हुन्छ। यो छक्क मान्‍नुपर्ने कुरा होइन किनभने बाइबलमा पाइने कुराहरू यहोवाका हुन्‌ र उहाँ हाम्रो सृष्टिकर्ता हुनुहुन्छ। त्यसैले के गर्दा हाम्रो हित हुन्छ भनेर उहाँलाई थाह छ। हामीले उहाँलाई खुसी बनाउन र सधैँभरि जीवनको आनन्द उठाउन के गर्नुपर्छ भनेर उहाँले बताउनुभएको छ।

१. यहोवा यौनप्रति कस्तो दृष्टिकोण राख्नुहुन्छ?

यौन यहोवाले दिनुभएको उपहार हो। एकअर्कासित विवाह गरेका पुरुष र स्त्रीले यौनसम्बन्धबाट आनन्द उठाएको उहाँ चाहनुहुन्छ। यस उपहारले गर्दा विवाहित दम्पतीहरूले छोराछोरी जन्माउन सक्छन्‌। त्यति मात्र होइन, तिनीहरू स्वाभाविक तरिकामा एकअर्काप्रतिको प्रेम र स्नेह व्यक्‍त गरेर आनन्दित हुन सक्छन्‌। त्यसैकारण बाइबलले भन्छ: “तिमीले बैँसमा बिहे गरेको तिम्री पत्नीसित रमाऊ।” (हितोपदेश ५:१८, १९) यहोवाले विवाहित ख्रिष्टियनहरूलाई आफ्नो पति वा पत्नीप्रति वफादार रहनू भन्‍ने आज्ञा दिनुभएको छ किनभने एकअर्काप्रति वफादार रहँदा तिनीहरूले कहिल्यै व्यभिचार गर्नेछैनन्‌।—हिब्रू १३:४ पढ्‌नुहोस्‌।

२. अवैध यौनसम्बन्ध भनेको के हो?

बाइबलले भन्छ: “अवैध यौनसम्बन्ध राख्नेहरू . . . परमेश्‍वरको राज्यको हकदार हुनेछैनन्‌।” (१ कोरिन्थी ६:९, १०) बाइबलका लेखकहरूले ग्रीक भाषामा प्रयोग गरेको शब्द पोर्निया-ले अवैध यौनसम्बन्धलाई जनाउँछ। यसमा यी कुराहरू समावेश छन्‌: (१) एकअर्कासित विवाह नगरेका व्यक्‍तिहरूबीचको यौनसम्बन्ध,a (२) समलिङ्‌गी यौनसम्बन्ध र (३) पशु सम्भोग। ‘अवैध यौनसम्बन्धबाट अलग रहँदा’ हामी यहोवालाई खुसी बनाउँछौँ र हाम्रो हित हुन्छ।—१ थिस्सलोनिकी ४:३.

अझ खोतल्नुहोस्‌

तपाईँ कसरी अवैध यौनसम्बन्धबाट अलग रहन सक्नुहुन्छ, बुझ्नुहोस्‌। साथै नैतिक रूपमा स्वच्छ रहँदा कसरी तपाईँको हित हुन्छ, थाह पाउनुहोस्‌।

युसुफ पोतिफरकी पत्नीबाट भाग्दै छन्‌। पोतिफरकी पत्नीको हातमा युसुफको लुगा छ।

३. अवैध यौनसम्बन्धदेखि भाग्नुहोस्‌

युसुफ नाम गरेका वफादार पुरुषले नैतिक रूपमा स्वच्छ रहन निकै सङ्‌घर्ष गर्नुपऱ्‍यो। उत्पत्ति ३९:१-१२ पढ्‌नुहोस्‌ अनि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  • युसुफ किन पोतिफरकी पत्नीबाट भागे?—पद ९ हेर्नुहोस्‌।

  • के तपाईँलाई युसुफले सही निर्णय गरे जस्तो लाग्छ? किन?

अहिलेका युवाहरू कसरी युसुफको अनुकरण गर्दै अवैध यौनसम्बन्धदेखि भाग्न सक्छन्‌? भिडियो हेर्नुहोस्‌।

भिडियो: अवैध यौनसम्बन्धदेखि भाग्नुहोस्‌ (५:०६)

हामी सबैले अवैध यौनसम्बन्धलाई तिरस्कार गरेको यहोवा चाहनुहुन्छ। पहिलो कोरिन्थी ६:१८ पढ्‌नुहोस्‌ अनि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  • कस्ता अवस्थाले गर्दा मानिस अवैध यौनसम्बन्ध राख्ने हदसम्म पुग्न सक्छ?

  • तपाईँ कसरी अवैध यौनसम्बन्धदेखि भाग्न सक्नुहुन्छ?

४. तपाईँ प्रलोभनको प्रतिरोध गर्न सक्नुहुन्छ

के-कस्ता कारणले अवैध यौनसम्बन्ध राख्ने प्रलोभनको प्रतिरोध गर्न गाह्रो हुन सक्छ? भिडियो हेर्नुहोस्‌ अनि तल दिइएको प्रश्‍न छलफल गर्नुहोस्‌:

भिडियो: प्रलोभनको प्रतिरोध गर्न बाइबल पढाइबाट मदत पाउनुहोस्‌ (३:०२)

  • भिडियोमा देखाइएका भाइले आफ्नो सोचाइ र व्यवहारले पत्नीलाई धोका दिने हदसम्म पुऱ्‍याउन सक्छ भनेर बुझेपछि के गरे?

वफादार ख्रिष्टियनहरूले समेत आफ्नो सोचाइलाई स्वच्छ बनाइराख्न कहिलेकाहीँ सङ्‌घर्ष गर्नुपर्ने हुन्छ। तपाईँ अशुद्ध कुराहरू मनमा नखेलाउन के गर्न सक्नुहुन्छ? फिलिप्पी ४:८ पढ्‌नुहोस्‌ अनि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  • हामीले कस्ता कुरा सोच्नुपर्छ?

  • बाइबल पढ्‌दा र यहोवाको सेवामा व्यस्त रहँदा हामीले पाप गर्ने प्रलोभनको प्रतिरोध गर्न कस्तो मदत पाउन सक्छौँ?

५. यहोवाका स्तरहरू पालन गर्दा हाम्रो हित हुन्छ

के गर्दा हाम्रो हित हुन्छ, यहोवालाई थाह छ। उहाँ हामीलाई नैतिक रूपमा कसरी स्वच्छ रहन सकिन्छ र त्यसो गर्दा के-के फाइदा हुन्छ भनेर बताउनुहुन्छ। हितोपदेश ७:७-२७ पढ्‌नुहोस्‌ अथवा भिडियो हेर्नुहोस्‌। त्यसपछि तल दिइएका प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

भिडियो: मूर्खताले निम्त्याउने परिणाम (९:३१)

  • बाइबल विवरणमा उल्लेख गरिएको केटा कसरी प्रलोभनमा फस्ने बाटोतिर लाग्यो?—हितोपदेश ७:८, ९ हेर्नुहोस्‌।

  • हितोपदेश ७:२३, २६ अनुसार अवैध यौनसम्बन्ध राख्दा दुःखद परिणाम भोग्नुपर्छ। हामी नैतिक रूपमा स्वच्छ रह्‍यौँ भने कस्ता समस्याबाट जोगिन सक्छौँ?

  • हामी नैतिक रूपमा स्वच्छ रहँदा कसरी सधैँभरि जीवनको आनन्द उठाउन सक्छौँ?

कसै-कसैलाई समलिङ्‌गी यौनसम्बन्धप्रति बाइबलको दृष्टिकोण असाध्यै कठोर छ जस्तो लाग्छ। तर यहोवा प्रेमको परमेश्‍वर हुनुहुन्छ र सबै मानिसले सधैँभरि जीवनको आनन्द उठाएको चाहनुहुन्छ। यसको लागि योग्य हुन हामीले उहाँका स्तरहरूअनुरूप जीवन बिताउनुपर्छ। पहिलो कोरिन्थी ६:९-११ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • के परमेश्‍वरको नजरमा समलिङ्‌गी यौनसम्बन्ध राख्ने चाहना मात्रै अनुचित चाहना हो?

परमेश्‍वरलाई खुसी बनाउन हामी सबैले जीवनमा परिवर्तनहरू गर्नुपर्छ। के त्यस्तो प्रयास गर्दा साँच्चै हाम्रो फाइदा हुन्छ? भजन १९:८, ११ पढ्‌नुहोस्‌ अनि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  • के तपाईँलाई यहोवाले तोक्नुभएका नैतिक स्तरहरू व्यावहारिक लाग्छ? तपाईँलाई किन त्यस्तो लाग्छ?

चित्रहरूको सँगालो: १. निन्याउरो अनुहार लगाएकी एउटी युवती आफ्नो ब्वाईफ्रेन्डको छेउमा बस्छिन्‌। तिनी रात्रि क्लब साथीहरूसित रक्सी पिउँछिन्‌ र चुरोट खान्छिन्‌। २. उक्‍त युवती सभाभवनमा बहिनीहरूसित खुसी भई कुरा गर्छिन्‌।

यहोवाले धेरै जनालाई उहाँका नैतिक स्तरहरूअनुरूप जीवन बिताउन मदत गर्नुभएको छ। उहाँले तपाईँलाई पनि मदत गर्न सक्नुहुन्छ

कोही-कोही भन्छन्‌: “यदि दुवै जना सहमत छन्‌ भने यौनसम्बन्ध राख्नु गलत होइन।”

  • तपाईँ के भन्‍नुहुन्छ?

सारांश

यौन यहोवाले पति र पत्नीको आनन्दको लागि दिनुभएको उपहार हो।

तपाईँले के सिक्नुभयो?

  • अवैध यौनसम्बन्धमा के-के पर्छ?

  • हामीलाई अवैध यौनसम्बन्धदेखि अलग रहन कुन कुराले मदत गर्नेछ?

  • यहोवाले तोक्नुभएका नैतिक स्तरहरू पालन गर्दा कसरी हाम्रो हित हुन्छ?

लक्ष्य

अझ धेरै जान्‍नुहोस्‌

पुरुष र स्त्री विवाह नगरी सँगै बस्नुलाई परमेश्‍वर कस्तो ठान्‍नुहुन्छ, बुझ्नुहोस्‌।

“बाइबलले विवाह नगरी सँगै बस्नेबारे के भन्छ?” (jw.org को लेख)

समलिङ्‌गी यौनसम्बन्ध गलत हो भन्‍ने बाइबलको शिक्षाले किन समलिङ्‌गीहरूलाई घृणा गर्न सिकाउँदैन, बुझ्नुहोस्‌।

“के समलिङ्‌गी यौनसम्बन्ध गलत हो?” (jw.org को लेख)

सबै किसिमका यौन क्रियाकलापबारे परमेश्‍वरको नियम पालन गर्दा कसरी हाम्रो सुरक्षा हुन्छ, बुझ्नुहोस्‌।

“के मुख-मैथुन गर्नु पनि यौनसम्बन्ध राख्नु हो?” (jw.org को लेख)

परमेश्‍वरलाई खुसी बनाउनको लागि एक जना समलिङ्‌गीलाई जीवन परिवर्तन गर्न कुन कुराले मदत गऱ्‍यो भनेर थाह पाउन “तिनीहरूले मसित मर्यादापूर्ण व्यवहार गरे” अनुभव पढ्‌नुहोस्‌।

“बाइबलले जीवनलाई नयाँ मोड दिन्छ” (प्रहरीधरहरा, अप्रिल १, २०११)

a यस्तो अनुचित सम्बन्धमा विभिन्‍न किसिमका क्रियाकलाप समावेश छन्‌। जस्तै: सम्भोग, मुख-मैथुन, मलद्वार-मैथुन र अर्को व्यक्‍तिको गुप्ताङ्‌ग खेलाउनु।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने