प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यहोवाको डर मान्दा हाम्रै भलाइ हुन्छ
    प्रहरीधरहरा (अध्ययन संस्करण)—२०२३ | जून
    • ढोकामा उभिरहेकी एक वेश्‍या एक जना पुरुषलाई आफूकहाँ बोलाउँदै छे।

      “मूर्ख आइमाई”-को निम्तो स्विकार्ने व्यक्‍तिहरूले दुःखद नतिजा भोग्न सक्छन्‌ (अनुच्छेद ७ हेर्नुहोस्‌)

      ७. हितोपदेश ९:१३-१८ अनुसार मूर्ख आइमाईको निम्तो स्विकार्नेहरूलाई के हुन्छ? (चित्र पनि हेर्नुहोस्‌।)

      ७ “मूर्ख आइमाई”-ले दिएको निम्तोबारे विचार गरौँ। (हितोपदेश ९:१३-१८ पढ्‌नुहोस्‌।) ऊ केही अप्ठ्यारो नमानी अनुभवहीन मानिसहरूलाई आफ्नो घरमा आउन र सँगै भोज खान निम्तो दिन्छे। उसको निम्तो स्विकार्नेहरूलाई के हुन्छ? तिनीहरू ‘मृत्युको मुखमा धकेलिन्छन्‌।’ हितोपदेशको अघिल्ला अध्यायहरूमा पनि यस्तै प्रतीकात्मक शब्दहरू चलाइएका छन्‌। त्यहाँ “छाडा आइमाई” र “चरित्रहीन आइमाई”-देखि जोगिन चेतावनी दिइएको छ। साथै “त्यसको घरमा जानेहरू मृत्युको मुखमा धकेलिन्छन्‌” भनेर बताइएको छ। (हितो. २:११-१९) हितोपदेश ५:३-१० मा अर्को “छाडा आइमाई”-देखि जोगिन चेतावनी दिइएको छ, जसको “खुट्टा मृत्युको बाटोतिर लाग्छ।”

  • यहोवाको डर मान्दा हाम्रै भलाइ हुन्छ
    प्रहरीधरहरा (अध्ययन संस्करण)—२०२३ | जून
    • १० अवैध यौनसम्बन्ध राख्ने व्यक्‍तिले लज्जित र बेकार महसुस गर्न सक्छ, नचाहँदा नचाहँदै गर्भवती हुन सक्छ र परिवार टुक्रिन सक्छ। स्पष्ट छ, मूर्ख आइमाईको “घर”-मा खाना खाने निम्तोलाई तिरस्कार गर्नु बुद्धिमानी कुरा हो। अवैध यौनसम्बन्ध राख्नेहरू आध्यात्मिक रूपमा मात्र नभई विभिन्‍न यौनजन्य रोग लागेर अकालमै मर्न सक्छन्‌। (हितो. ७:२३, २६) अध्याय ९ को पद १८ यसो भन्छ: “उसका पाहुनाहरू चिहानको गहिराइमा पुगिसकेका छन्‌।” तर थुप्रै मानिस किन यस्तो निम्तो स्विकार्छन्‌?—हितो. ९:१३-१८.

  • यहोवाको डर मान्दा हाम्रै भलाइ हुन्छ
    प्रहरीधरहरा (अध्ययन संस्करण)—२०२३ | जून
    • प्राचीन इस्राएलकी एक स्त्रीले एउटा दम्पतीलाई स्वस्थवर्धक र मीठो-मीठो खानेकुरा खान आफ्नो घरमा निम्तो दिँदै छिन्‌।

      “साँचो बुद्धि”-को निम्तो स्विकार्नेहरूले अनन्त जीवन पाउनेछन्‌ (अनुच्छेद १७-१८ हेर्नुहोस्‌)

      १७-१८. “साँचो बुद्धि”-को निम्तो स्विकार्नेहरूले अहिले कस्ता आशिष्‌हरू पाइरहेका छन्‌ र भविष्यमा कस्तो आशिष्‌ पाउनेछन्‌? (चित्र पनि हेर्नुहोस्‌।)

      १७ यहोवाले हामीलाई दुई प्रतीकात्मक स्त्रीको उदाहरणमार्फत आफ्नो भविष्य कसरी सुखी बनाउन सक्छौँ भनेर सिकाउनुभएको छ। बकबक गर्ने “मूर्ख आइमाई”-को निम्तो स्विकार्नेहरू अवैध यौनसम्बन्ध राखेर आनन्दित हुन खोज्छन्‌। तर क्षणिक आनन्द पाउन खोज्दा यसले भविष्यमा कस्तो असर पार्छ भन्‍ने कुरालाई तिनीहरूले बेवास्ता गरिरहेका हुन्छन्‌। यस्तो कामले तिनीहरूलाई “चिहानको गहिराइमा” पुऱ्‍याउँछ।—हितो. ९:१३, १७, १८.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने