प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km00 सेप्टेम्बर p. १
  • यहोवाको आशिष्‌ले हामीलाई सम्पन्‍न तुल्याउँछ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाको आशिष्‌ले हामीलाई सम्पन्‍न तुल्याउँछ
  • हाम्रो राज्य सेवकाई—२०००
  • मिल्दोजुल्दो सामग्री
  • आध्यात्मिक तवरमा अहिलेजति राम्रो पहिले कहिल्यै थिएन!
    हाम्रो राज्य सेवकाई—१९९६
  • के तपाईं “परमेश्‍वरतर्फ धनी” हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • “पवित्र शक्‍तिको फल”-ले परमेश्‍वरको महिमा गर्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • यहोवाको आशिष्‌ले हामीलाई सम्पन्‍न बनाउँछ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२०००
km00 सेप्टेम्बर p. १

यहोवाको आशिष्‌ले हामीलाई सम्पन्‍न तुल्याउँछ

१ मानिसको सफलता प्रायः ऊसित भएको धनसम्पत्ति हेरेर निर्धारण गरिन्छ। त्यसैले, थुप्रै मानिस धेरै धनसम्पत्ति भएका मानिसहरू नै आनन्दित र सन्तुष्ट हुन्छन्‌ भन्‍ने विचार गर्छन्‌। तथापि, धनसम्पत्तिले आनन्द किन्‍न सकिन्छ भनेर सोच्ने मानिसहरू धोकामा परेका हुन्छन्‌। (उप. ५:१२) भौतिक तवरमा “धनी हुने इच्छा गर्ने” मानिसहरूले चिर आनन्द पाउँदैनन्‌। (१ तिमो. ६:९) त्यसको ठीक विपरीत, यहोवाका सेवकहरू संसारमा साँच्चै आनन्दित र सबैभन्दा सम्पन्‍न छन्‌। (हितो. १०:२२; प्रका. २:९) कसरी?

२ हाम्रो धनसम्पत्तिको प्रमाण: हामी आध्यात्मिक अन्तरदृष्टि र परमेश्‍वरको वचन बाइबलको ज्ञानले सम्पन्‍न छौं। हाम्रो अनन्त भलाइका लागि यहोवाले आफ्नो पार्थिव संगठनमार्फत आफू र आफ्नो पुत्रबारे हामीलाई सिकाइ रहनुहुन्छ। सही ज्ञानले यहोवाको नजिक हुन र उहाँसित घनिष्ठ सम्बन्धको आनन्द उठाउन सम्भव बनाएको छ। (याकू. ४:८) असल र खराब छुट्याउन सक्ने समझ र परमेश्‍वरको नियमहरूले हामीलाई केही खास रोग र खतराहरूबाट जोगाउँछ। यहोवाले हाम्रो रेखदेख गर्नुहुन्छ र त्यसबाट हामी ईश्‍वरीय सन्तुष्टि र मानसिक शान्ति पाउँछौं भनेर हामी ढुक्क छौं।—मत्ती ६:३३.

३ हामीले परमेश्‍वरको आत्माको फल फलाएको हुनाले हाम्रा आध्यात्मिक भाइबन्धुहरूमाझ शान्ति र एकता अनुभव गर्छौं। प्रेमको बलियो बन्धनमा बाँधिएको हुनाले संकटमा पर्दा हामी कहिल्यै पनि परमेश्‍वर अथवा हाम्रा भाइहरूले त्यागेको महसुस गर्नु पर्दैन।—गला. ६:१०.

४ हाम्रो जीवनको वास्तविक अर्थ र उद्देश्‍य छ। हामी, विश्‍वव्यापी सुसमाचार प्रचार कार्यमा भाग लिन पाउनु अद्‌भुत सुअवसर ठान्छौं। अरूलाई परमेश्‍वरसित घनिष्ठ हुन र शुद्ध उपासनामा भाग लिन मदत गर्दा असीम आनन्द पाउँछौं। हाम्रो अमूल्य सम्पत्ति अर्थात्‌ हाम्रो सेवकाईले यहोवाको आदर गर्छ र उहाँको नाउँको महिमा गर्न योगदान पुऱ्‍याएकोमा हामी सन्तुष्ट हुनसक्छौं। हामी हाम्रो आशा चाँडै पूरा हुनेछ भन्‍ने सकारात्मक मनोवृत्ति राख्छौं।

५ हाम्रो मूल्यांकन जाहेर गर्ने: हामीलाई यस संसारमा सबैभन्दा सम्पन्‍न व्यक्‍ति बनाउने यहोवा परमेश्‍वरको आशिष्‌को हामी सधैं मूल्यांकन गरिरहन सकौं। (हितो. २२:४) हरेक दिन, हामीले पाएको कुरा मनन गर्ने समय छुट्याउँदा यहोवाको अपार प्रेमको लागि धन्यवाद चढाउन र उहाँप्रति ऐकान्तिक भक्‍ति देखाइरहन उत्प्रेरित हुनेछौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने