प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w12 १०/१ p. ८
  • आज पनि व्यावहारिक

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आज पनि व्यावहारिक
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • मिल्दोजुल्दो सामग्री
  • ब्यूँझनुहोस्‌! पत्रिकाको यस अङ्‌कमा: दैनिक जीवनमा उपयोगी हुने किताब
    ब्यूँझनुहोस्‌!—२०१९
  • वर्तमान समयका लागि व्यवहारिक किताब
    सबैका लागि उपयोगी किताब
  • परमेश्‍वरको वचनले तपाईंका पाइलाहरू डोऱ्‍याओस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • मिलेर बस्नु के व्यावहारिक छ?
    ब्यूँझनुहोस्‌!—२००६
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
w12 १०/१ p. ८

आज पनि व्यावहारिक

“तपाईंको वचन मेरो खुट्टाको निम्ति बत्ती र मेरो बाटोको निम्ति उज्यालो छ।”—भजन ११९:१०५.

बाइबल किन भिन्‍न? केही किताबलाई राम्रो कृति मान्‍न सकिन्छ तर त्यसलाई जीवनको मार्गदर्शक भने मान्‍न सकिंदैन। आजकलका निर्देशनसम्बन्धी पुस्तकहरू समय-समयमा संशोधन भइरहन्छन्‌। तर बाइबल यस्तो दाबी गर्छ, “पहिले लेखिएका सबै कुरा हाम्रो शिक्षाका लागि लेखिएका हुन्‌।”—रोमी १५:४.

एउटा उदाहरण: बाइबल स्वास्थ्यसम्बन्धी किताब नभए तापनि यसमा भावनात्मक तथा शारीरिक रूपमा स्वस्थ रहन चाहिने व्यावहारिक सुझावहरू पाउन सकिन्छ। जस्तै:- हितोपदेश १४:३० यसो भन्छ, “शान्त मनले मानिसलाई स्वास्थ्य बनाउँछ।” बाइबलमा यस्तो चेतावनी पनि दिइएको छ: “अलग्गै बस्ने मानिसले आफ्नै स्वार्थ मात्र खोज्छ र व्यावहारिक बुद्धिका कुराहरूलाई कुनै वास्ता गर्दैन।” (हितोपदेश १८:१, NW) साथै बाइबल यसो भन्छ, “लिनुमा भन्दा दिनुमा धेरै आनन्द छ।”—प्रेषित २०:३५.

अनुसन्धानले के देखाएको छ? शान्ति, बलियो मित्रता र उदारभावले तपाईंको स्वास्थ्य राम्रो बनाउँछ। अमेरिकी चिकित्सा सङ्‌घको पत्रिका यस्तो रिपोर्ट गर्छ: “आफ्नो रिसलाई वशमा राख्नेहरूलाई भन्दा एक्कासि रिसाइहाल्ने मानिसहरूलाई मस्तिष्कघात हुने खतरा दोब्बर हुन्छ।” अस्ट्रेलियामा दस वर्षसम्म गरिएको एउटा अध्ययनअनुसार “साथीहरूलाई भेटेर आफ्नो दुःख-सुखको कुरा पोख्न सक्ने” वृद्धहरू धेरै बाँच्ने सम्भावना हुन्छ। अनि सन्‌ २००८ मा क्यानाडा र अमेरिकाका अनुसन्धानकर्ताहरूले पत्ता लगाएअनुसार “आफ्नै लागि मात्र पैसा खर्च गर्ने मानिसहरूभन्दा अरूको लागि खर्च गर्नेहरू अझ आनन्दित हुन्छन्‌।”

तपाईंलाई कस्तो लाग्यो? स्वास्थ्यसम्बन्धी सुझाव लिनुपऱ्‍यो भने के तपाईं आजभन्दा लगभग २,००० वर्षअघि लेखिएका किताबमा भर पर्न सक्नुहुन्छ? अथवा बाइबल नै उत्कृष्ट छ? (w12-E 06/01)

[पृष्ठ ८-मा भएको ठूलो अक्षरको क्याप्सन]

“मलाई बाइबल एकदमै मन पर्छ . . . किनभने यसमा स्वास्थ्यसम्बन्धी निकै राम्रा सुझाव छन्‌।”—हाउवार्ड केली, एम. डी., जोन्स हप्किन्स चिकित्सा विश्‍वविद्यालयका संस्थापक सदस्य

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने