प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w16 डिसेम्बर pp. २९-३१
  • कोमलता देखाउनु बुद्धिमानी हो

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • कोमलता देखाउनु बुद्धिमानी हो
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • कोमलता देखाउनु बुद्धिमानी हो
  • नम्रता—यो गुण किन महत्त्वपूर्ण छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • “तिमीहरूमा ज्ञानी र समझदार” को छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • रिसाहासित कसरी व्यवहार गर्ने?
    ब्यूँझनुहोस्‌!—२००१
  • कोमलतालाई आफ्नो बल बनाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
w16 डिसेम्बर pp. २९-३१
तालिमप्राप्त केयरगिभर रिसाहा महिलासित कुरा गर्दै

कोमलता देखाउनु बुद्धिमानी हो

टोनीले घण्टी बजाइन्‌ र ५० वर्ष जतिको महिलाले ढोका खोलिन्‌। टोनी तालिमप्राप्त केयरगिभर हुन्‌ र तिनी त्यस महिलाकी वृद्ध आमाको हेरचाह गर्न त्यहाँ गएकी थिइन्‌। तर ढिला आएको भन्दै त्यस महिलाले असाध्यै रिसाएर टोनीलाई जथाभाबी गाली गरिन्‌। तैपनि टोनी झर्किनन्‌ बरु अलि गोलमाल भएको रहेछ भन्दै ती महिलासित माफी मागिन्‌। वास्तवमा टोनी ढिला पुगेकी थिइनन्‌।

अर्को चोटि पनि ती महिलाले टोनीलाई त्यसरी नै गाली गरिन्‌। टोनीले के गरिन्‌? तिनले यसो भनिन्‌, “यसरी विनाकारण गाली खानुपर्दा सहन धेरै गाह्रो भयो।” तर टोनीले यसपालि पनि माफी मागिन्‌ र ती महिलाले भोगिरहेको गाह्रो अवस्थाप्रति सहानुभूति देखाइन्‌।

तपाईं टोनीको ठाउँमा हुनुभएको भए के गर्नुहुने थियो? के तपाईंले कोमलता देखाउन अर्थात्‌ रिसलाई काबूमा राख्न प्रयास गर्नुहुने थियो? अथवा रिस थाम्न गाह्रो पो हुने थियो कि? माथि उल्लेख गरिएको जस्तै परिस्थितिहरूमा शान्त रहन गाह्रो हुन सक्छ। हामीलाई तनाव भइरहेको बेला वा कसैले रिस उठाउँदा आफ्नो रिसलाई नियन्त्रणमा राख्न सजिलो हुँदैन।

तर बाइबलले भने खीष्टियनहरूलाई कोमल स्वभावको हुन अर्थात्‌ नम्रता देखाउन प्रोत्साहन दिएको छ। हुन पनि परमेश्‍वरको वचनले नम्रता र बुद्धि एकअर्कासित सम्बन्धित छ भनेर बताउँछ। याकूबले यस्तो लेखे, “तिमीहरूमध्ये बुद्धिमान्‌ अनि समझदार को छ? उसले बुद्धिमार्फत प्राप्त हुने नम्रताका साथ आफ्नो असल चालचलनद्वारा आफ्नो काम देखाओस्‌।” (याकू. ३:१३) कुन अर्थमा कोमल स्वभाव परमेश्‍वरबाट पाइने बुद्धि हो? अनि परमेश्‍वरलाई मन पर्ने यो गुण विकास गर्न हामीलाई कुन कुराले मदत गर्छ?

कोमलता देखाउनु बुद्धिमानी हो

कोमल स्वभावले तनाव कम गर्छ। “नम्र जवाफले क्रोधलाई शान्त पार्छ, तर कठोर वचनले रीस उठाउँछ।”—हितो. १५:१, NRV.

रिसको झोकमा जवाफ फर्काउँदा आगोमा दाउरा थपेझैं परिस्थिति झनै बिग्रन्छ। (हितो. २६:२१) तर नम्र हुँदै जवाफ दिंदा अक्सर परिस्थिति साम्य हुन सक्छ। साथै रिसले चूर भएको मानिस पनि अलि शान्त हुन सक्छ।

यो कुरा टोनीले आफ्नै अनुभवबाट बुझिन्‌। टोनीले नम्र भएर जवाफ दिएकोले ती महिलाको मन छोयो र उनले आफ्नो आँसु थाम्न सकिनन्‌। व्यक्‍तिगत र पारिवारिक समस्याले गर्दा आफूलाई तनाव भइरहेको कुरा ती महिलाले बताइन्‌। त्यसपछि टोनीले उनलाई राम्रो साक्षी दिने मौका पाइन्‌ र बाइबल अध्ययन पनि सुरु भयो। टोनी मिलनसार र नम्र भएकीले यस्तो राम्रो नतिजा भयो।

कोमल स्वभावले हामीलाई आनन्दित बनाउँछ। “आनन्दित हुन्‌ ती मानिसहरू, जो कोमल स्वभावका छन्‌, किनकि तिनीहरू पृथ्वीको उत्तराधिकारी हुनेछन्‌।”—मत्ती ५:५.

कोमल स्वभावका मानिसहरू किन आनन्दित हुन्छन्‌? कोमलता धारण गरेपछि पहिला रिसाहा स्वभावका मानिसहरू आनन्दित भएका छन्‌। तिनीहरूको जीवन राम्रो भएको छ र तिनीहरूले उज्ज्वल भविष्यको आशा पाएका छन्‌। (कल. ३:१२) यहोवाको साक्षी बन्‍नुअघि आफ्नो जीवन कस्तो थियो भनेर स्पेनका क्षेत्रीय निरीक्षक अडोल्फोले बिर्सेका छैनन्‌।

अडोल्फो यसो भन्छन्‌, “मेरो जीवनको कुनै उद्देश्‍य थिएन। म रिसको झोकमा जे पनि गर्थें। मेरो घमन्डी र रिसाहा व्यवहारले गर्दा कोही-कोही साथीहरू मसित डराउँथे। एक चोटि मेरो नराम्रो झगडा पऱ्‍यो। त्यतिखेर मेरो शरीरको छ ठाउँमा गहिरो चोट लाग्यो। धेरै रगत बगेकोले मेरो ज्यानै जान लागेको थियो। यो घटनाले मेरो होस खुल्यो।”

तर अहिले भने अडोल्फो आफ्नो बोली र व्यवहारद्वारा अरूलाई कोमल स्वभावको हुन सिकाउँछन्‌। धेरै जना तिनको न्यानो र मिलनसार स्वभाव देखेर तिनीसित नजिक भएका छन्‌। आफ्नो नराम्रो बानी सुधार्न सकेकोमा अडोल्फो खुसी छन्‌। अनि यहोवाको मदत पाएर कोमलता विकास गर्न सकेकोमा उहाँप्रति कृतज्ञ छन्‌।

कोमल स्वभावले यहोवालाई आनन्दित बनाउँछ। “हे मेरो छोरो, बुद्धिमान हो, र त्यसले मेरो हृदयलाई आनन्दित तुल्याउँछ, र मेरो आलोचना गर्नेहरूलाई म मुखभरिको जवाफ दिनसक्छु।”—हितो. २७:११.

वास्तवमा यहोवालाई उहाँको प्रमुख शत्रु दियाबलले आलोचना गरिरहेको छ। त्यसैले उहाँसित रिसाउने हर कारण छ। तर बाइबलले यहोवा “रीस गर्नमा ढीलो” हुनुहुन्छ भनेर बताउँछ। (प्रस्थ. ३४:६) परमेश्‍वरजस्तै रिस गर्नमा ढीलो र कोमल स्वभावको हुन प्रयास गऱ्‍यौं भने हामी बुद्धिको पछि लागिरहेका हुन्छौं। यसो गर्दा यहोवा खुसी हुनुहुन्छ।—एफि. ५:१.

अहिले मानिसहरू एकअर्कासित अक्सर मित्रैलो व्यवहार गर्दैनन्‌। “धाक लगाउने, अहङ्‌कारी, परमेश्‍वरको निन्दा गर्ने, . . . निन्दक, असंयमित, निष्ठुर” मानिसहरूसित हामीले उठबस गर्नुपर्ने हुन सक्छ। (२ तिमो. ३:२, ३) यसो भन्दैमा ख्रीष्टियनहरूले कोमल मनोभाव विकास गर्नु आवश्‍यक छैन भन्‍ने होइन। परमेश्‍वरको वचनले हामीलाई “माथिबाट आउने बुद्धि . . . शान्तिप्रिय, व्यावहारिक” हुन्छ भनेर सम्झाएको छ। (याकू. ३:१७) शान्तिप्रिय र व्यावहारिक हुँदा हामीले परमेश्‍वरको बुद्धि प्राप्त गरेको प्रमाण दिइरहेका हुन्छौं। यस्तो बुद्धि पाएका छौं भने कसैले हामीलाई रिस उठाए तापनि नम्र भई जवाफ दिन र बुद्धिको अथाह स्रोत यहोवासित नजिक हुन सक्नेछौं

कोमलता कसरी विकास गर्ने?

यदि कसैले तपाईंसित कठोर वा अन्यायपूर्ण व्यवहार गऱ्‍यो भने तपाईंलाई आफ्नो रिस थाम्न र यहोवालाई मन पर्ने व्यवहार गर्न केले मदत गर्नेछ? तल दिइएका बहुमूल्य सिद्धान्तहरूमा मनन गर्नुभए कसो होला?

  1. १ “संसारको मनोभाव” त्याग्नुहोस्‌।—१ कोरि. २:१२. धेरैजसो मानिस कोमल स्वभावको हुनुलाई कमजोरी ठान्छन्‌। अनि अति-विश्‍वस्त र आफ्नो कुरामा जिद्दी गर्न सक्ने मानिसलाई बहादुर ठान्छन्‌। यस्तो सोचाइले माथिबाट आउने बुद्धि होइन बरु संसारको मनोभाव झल्काउँछ। वास्तवमा, बाइबलले कोमल स्वभावको हुनु मानिसको बल हो भनेको छ। “धीरज गर्नाले राजालाई पनि मनाउन सकिन्छ, मीठो बोलीले कडा हड्डीलाई पनि गलाउन सकिन्छ।”—हितो. २५:१५.

    सोच्नुपर्ने प्रश्‍नहरू:

    कोमल स्वभावको हुनुलाई म बहादुरी ठान्छु कि कमजोरी?

    के म रिस र कलहजस्ता “शरीरका कामहरू” त्याग्न सक्दो प्रयास गर्दै छु? —गला. ५:१९, २०.

  2. २ सोचविचार गरेर बोल्नुहोस्‌। “जवाफ दिनुअघि धर्मीहरू सोच्दछन्‌, तर दुष्टले दिएको तत्काल जवाफमा दुष्ट्याइँ भरिएको हुन्छ।” (हितो. १५:२८) रिसको झोकमा बोल्यौं भने हाम्रो मुखबाट त्यस्ता शब्दहरू निस्कन सक्छन्‌, जसले गर्दा पछि पछुताउनुपर्ने हुन्छ। तर बोल्नुअघि सोचविचार गऱ्‍यौं भने शान्त रहन र नम्र भई जवाफ दिन सक्छौं। यसो गर्दा अर्को पक्षबाट सकारात्मक प्रतिक्रिया आउन सक्छ।

    सोच्नुपर्ने प्रश्‍नहरू:

    झडङ्‌ङ रिसाउँदा मेरो मुखबाट कस्तो बोली निस्कन सक्छ?

    शान्ति कायम गर्न के म अरूको दोषलाई बेवास्ता गर्न सक्छु?—हितो. १९:११.

  3. ३ धेरै चोटि प्रार्थना गर्नुहोस्‌। पवित्र शक्‍तिको लागि प्रार्थना गर्नुहोस्‌। किनभने ब्रह्‍माण्डमा यो नै सबैभन्दा शक्‍तिशाली शक्‍ति हो। (लूका ११:१३) परमेश्‍वरको पवित्र शक्‍तिको फलका पक्षहरूमा नम्रता अर्थात्‌ कोमलता र आत्मसंयम समावेश छ भन्‍ने कुरा नबिर्सनुहोस्‌। अडोल्फो यसो भन्छन्‌, “यहोवालाई प्रार्थना गरिरहँदा मैले निकै मदत पाउन सकें, विशेषगरि तनावपूर्ण अवस्थामा।” त्यसैगरि हामी पनि ‘प्रार्थनामा लागिरह्‍यौं’ भने यहोवाले हाम्रा उत्कट बिन्तीहरूको जवाफ दिनुहुनेछ।—रोमी १२:१२.

    सोच्नुपर्ने प्रश्‍नहरू:

    के म आफ्नो हृदय र मनसाय जाँच्नुहोस्‌ भनेर यहोवालाई नियमित तवरमा प्रार्थना गर्छु?

    के म उहाँको पवित्र शक्‍ति र उहाँलाई मन पर्ने तरिकामा व्यवहार गर्न सकूँ भनेर बुद्धि माग्छु?—भज. १३९:२३, २४; याकू. १:५.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने