प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g19 No. ३ pp. १२-१३
  • आध्यात्मिकता

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आध्यात्मिकता
  • ब्यूँझनुहोस्‌!—२०१९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • आशा
  • जीवनका महत्त्वपूर्ण प्रश्‍नहरूको जवाफ
  • बाइबलका अरू सिद्धान्तहरू
  • जीवनसित सम्बन्धित महत्त्वपूर्ण प्रश्‍नहरूको जवाफ केले दिन्छ?
    जीवनका महत्त्वपूर्ण प्रश्‍नहरूको जवाफ कहाँ पाइन्छ?
  • परिवारको लागि थप मदत
    ब्यूँझनुहोस्‌!—२०१८
  • आमाबुबाको लागि थप मदत
    ब्यूँझनुहोस्‌!—२०१९
  • आध्यात्मिक व्यक्‍तिको रूपमा अघि बढ्‌नुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१९
g19 No. ३ pp. १२-१३
एउटी युवती पार्कमा बसेर केही सोच्दै

आध्यात्मिकता

यस पत्रिकाको सुरुको लेखमा बताइएझैँ धेरै मानिस बाइबललाई धर्मको एउटा किताबको रूपमा लिन्छन्‌। यो किताब पढ्‌दा अनि त्यसमा भएका सल्लाहहरूलाई जीवनमा लागू गर्दा तिनीहरू ईश्‍वरसित अझ नजिक हुन सकेको अनि जीवनको उद्देश्‍यबारे पनि बुझ्न सकेको अनुभव गर्छन्‌।

बाइबलमा बताइएको “आध्यात्मिकता” भन्‍ने शब्दले मनोवृत्ति वा जीवनप्रतिको धारणालाई बुझाउँछ। (यहुदा १८, १९) ईश्‍वरको डोऱ्‍याइ नस्विकार्ने मानिसहरू आफ्नै सोचाइमा भर पर्छन्‌ तर आध्यात्मिक मानिसहरू भने ईश्‍वरको स्तरअनुसार चल्छन्‌।—एफिसी ५:१.

आशा

बाइबलको सिद्धान्त: “विपत्‌को दिनमा तिमी निराश भयौ भने तिम्रो बल घट्‌नेछ।”—हितोपदेश २४:१०.

यसको अर्थ के हो? निराशाले जीवनका समस्याहरूसित लड्‌न सक्ने हाम्रो बल घटाउँदै लान सक्छ। तर आशाले हामीलाई आवश्‍यक बल दिन्छ। आशावादी भयौँ भने हामीलाई आफ्ना समस्याहरू क्षणिक लाग्नेछ। साथै त्यस्ता तीता-मीठा अनुभवबाट हामीले केही पाठ पनि सिक्न सक्छौँ।

तपाईँ के गर्न सक्नुहुन्छ? भविष्यप्रति सकारात्मक हुनुहोस्‌। अब के होला भनेर चिन्ता गर्नुको सट्टा वा परिस्थिति राम्रो होला कि भनेर कुरेर बस्नुको सट्टा आफ्नो लक्ष्यअनुसार कदम चाल्नुहोस्‌। हुनत हो कहिलेकाहीँ आफूले “नचिताएको घटना” पनि घट्‌न सक्छ। (उपदेशक ९:११) तर प्रायजसो अवस्थामा भने हामीले सोचेको भन्दा राम्रो परिणाम आउन सक्छ। त्यसैले बाइबलमा यस्तो एउटा राम्रो उदाहरण बताइएको छ: “बिहान सबेरै बिउ छर्न थाल र साँझसम्मै छरिरह। किनकि तिमीले छरेको कुनचाहिँ बिउ उम्रन्छ अनि कुनचाहिँ उम्रँदैन अथवा सबै पो उम्रने हुन्‌ कि, तिमी जान्दैनौ।”—उपदेशक ११:६.

जीवनका महत्त्वपूर्ण प्रश्‍नहरूको जवाफ

बाइबलको सिद्धान्त: “मलाई समझ दिनुहोस्‌ . . . सत्य नै तपाईँको वचनको सार हो।”—भजन ११९:१४४, १६०.

यसको अर्थ के हो? प्रायः सबैको मनमा आउने प्रश्‍नहरूको जवाफ बाइबलले दिन्छ। उदाहरणको लागि बाइबलमा यी प्रश्‍नहरूको जवाफ पाइन्छ:

  • हामी कहाँबाट आयौँ?

  • हामी यहाँ किन छौँ?

  • मानिस मरेपछि के हुन्छ?

  • के जीवन यति नै हो?

संसारभरिका लाखौँ मानिसहरूले बाइबलबाट यी र अन्य थुप्रै प्रश्‍नको जवाफ थाह पाएका छन्‌। यसले गर्दा उनीहरूले सुखमय जीवन बिताउन सकेका छन्‌।

तपाईँ के गर्न सक्नुहुन्छ? बाइबलले के सिकाउँछ, त्यसबारे आफैले जाँच्नुहोस्‌। बाइबलको कुरा बुझ्न कोही एक जना यहोवाको साक्षीसित मदत माग्नुहोस्‌। हाम्रो वेबसाइट jw.org/ne हेर्नुहोस्‌ वा हाम्रो कुनै सभामा जानुहोस्‌। हाम्रा सभाहरूमा कुनै शुल्क उठाइँदैन र त्यहाँ जो-कोही पनि उपस्थित हुन सक्छन्‌।

बाइबलका अरू सिद्धान्तहरू

एउटी युवती jw.org/ne मा बाइबल किन पढ्‌नुपर्छ? भन्‍ने भिडियो हेर्दै

jw.org/ne मा बाइबल किन पढ्‌नुपर्छ? भन्‍ने भिडियो हेर्नुहोस्‌। यो ८८० भन्दा धेरै भाषामा उपलब्ध छ

आफ्नो आध्यात्मिक आवश्‍यकताबारे सचेत हुनुहोस्‌।

“आनन्दित हुन्‌ ती मानिसहरू, जो आफ्नो आध्यात्मिक आवश्‍यकताबारे सचेत हुन्छन्‌।”—मत्ति ५:३.

बाइबलको ईश्‍वरबारे अझ धेरै सिक्नुहोस्‌।

“तिनीहरूले परमेश्‍वरलाई खोजून्‌ . . . उहाँलाई भेट्टाऊन्‌ . . . उहाँ हामीमध्ये कसैबाट पनि टाढा हुनुहुन्‍न।”—प्रेषित १७:२७.

बाइबलको सन्देश पढ्‌नुहोस्‌ र मनन गर्नुहोस्‌।

“यहोवाकोa व्यवस्थामा ऊ प्रसन्‍न रहन्छ र दिनरात उहाँको व्यवस्थामा मनन गर्छ। . . . उसले जे गर्छ, त्यसमा ऊ सफल हुन्छ।”—भजन १:२, ३, फुटनोट।

a बाइबलमा ईश्‍वरको नाम यहोवा हो भनी बताइएको छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने