प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w91 १/१ p. ५
  • “सोझो ढङ्‌गमा जवाफ दिनु”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “सोझो ढङ्‌गमा जवाफ दिनु”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • मिल्दोजुल्दो सामग्री
  • ‘धार्मिकताको बाटोमा’ हिंड्‌नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • बाइबलबाट जवाफ दिनुहोस्‌
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • प्राचीनहरू, धार्मिकताका साथ न्याय गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • ‘धर्मीहरूका लागि आशिष्‌’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
w91 १/१ p. ५

“सोझो ढङ्‌गमा जवाफ दिनु”

पहाड़ी उपदेशमा, येशूले “व्यवस्था र अगमक्‍ताहरूको” चर्चा गर्नु भयो। हिब्रू शास्त्रको तेस्रो भाग, लेखहरू कहलिन्‌थिए र यसमा भजन संग्रह र हितोपदेश जस्ता काव्यमय पुस्तकहरू समावेश थिए। (मत्ती ७:१२; लूका २४:४४) यी पुस्तकहरू पनि ईश्‍वरीय बुद्धिले भरपूर थिए।

उदाहरणका लागि, प्राचीन इस्राएलका न्यायाधीशहरूको निम्ति हितोपदेशमा यो चेताउनी छ: “दोषी मानिसलाई निर्दोषी ठहराउने न्यायाधीशलाई सबै जातिहरूले सराप्छन्‌, सबै मानिसहरूले अत्यन्त घृणा गर्छन्‌। तर दोषीलाई दोषी ठहराउनेहरूका निम्ति सबै कुरा राम्रै हुन्छ, तिनीहरूको उन्‍नति भएर तिनीहरूले आशिष पाउनेछन्‌। सोझो जवाफ मित्रताको चुम्बन जस्तै असल हो।”—हितोपदेश २४:२४-२६.

न्यायाधीशले घूस अथवा नातावादको दबावमा परेर दोषीलाई धर्मी ठहराएको खण्डमा, अरूहरूको नजरमा उनी न्यायाधीश हुने अयोग्य हुन्‌ थिए। गैर यहूदी “जातिहरूका मानिसहरूले” पनि यस प्रकारको अदालती अपराधबारे सुनेमा, घृणा प्रकट गर्द थिए! तर अर्को तिर, न्यायाधीशले साहसपूर्वक दोषी मानिसलाई हप्काएर चली रहेको मुद्दाको सोझो जवाफ दिएमा, उनले मानिसहरूको श्रद्धा र प्रेम पाउने थिए। धरै मानिसहरूले उनको भलाइ चिताउँदै “आशिष” दिने थिए। र हितोपदेशले भने झैं, “सोझो जवाफ दिनेले होंठहरूमा म्वाइ खानेछ।” [NW]

यस प्रकारको चुम्बनले, सल्लाहकार र उहाँको सोझो सल्लाह पाउने व्यक्‍तिको बीच हुने पारस्परिक श्रद्धालाई बोध गराउँद थियो। शायद सुधार पाउने व्यक्‍तिले नै न्यायाधीशका लागि माया प्रकट गर्न सक्थ्यो। हितोपदेश २८:२३ एसो भन्छ: “मानिसलाई सर्काउने भन्दा मानिसलाई हकार्ने अन्तमा धन्यवादको पात्र हुन्छ।” यसकारण आज मण्डलीमा प्राचीन हुनेहरूले मित्रता अथवा पारिवारिक सम्बन्धहरूको कारण गलत न्याय गर्नु हँदैन। सोझो ढ़ङ्‌गमा आवश्‍यक सल्लाह दिएर नै प्राचीनहरूले मण्डलीको श्रद्धा पाउनेछन्‌। (w89 11/1)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने