प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • be study १८ p. १४३-p. १४४ par. ४
  • बाइबलबाट जवाफ दिनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बाइबलबाट जवाफ दिनुहोस्‌
  • ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • मिल्दोजुल्दो सामग्री
  • बाइबल पदको उपयोगिता बताउनुहोस्‌
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • परमेश्‍वरको वचन प्रयोग गरेर मदत पाउनुहोस्‌ र मदत दिनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • “परमेश्‍वरको वचन . . . प्रबल छ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • मनासिब तर्क प्रस्तुत गर्नुहोस्‌
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
थप हेर्नुहोस्
ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
be study १८ p. १४३-p. १४४ par. ४

अध्याय १८

बाइबलबाट जवाफ दिनुहोस्‌

तपाईंले के गर्नुपर्छ?

व्यक्‍तिगत विचार बताउनुभन्दा सोधिएका प्रश्‍नहरूको जवाफ बाइबलबाटै दिनुपर्छ।

यसो गर्नु किन महत्त्वपूर्ण छ?

हाम्रो जिम्मेवारी “वचन प्रचार” गर्नु हो। यस सम्बन्धमा उदाहरण बसाल्दै येशूले यसो भन्‍नुभयो: “म तिमीहरूलाई जे भन्छु, आफ्नै तर्फबाट भन्दिनँ।”—२ तिमो. ४:२; यूह. १४:१०.

कसैले हामीलाई हाम्रो धार्मिक आस्था, हाम्रो जीवनशैली, अहिले भइरहेका घटनाहरूप्रति हाम्रो दृष्टिकोण, भविष्यप्रतिको हाम्रो आशाबारे सोध्दा हामी बाइबलबाटै जवाफ दिने कोसिस गर्छौं। किन? किनकि बाइबल परमेश्‍वरको वचन हो। हाम्रो धार्मिक आस्थाको आधार नै बाइबल हो। हामी बाइबल शिक्षाअनुसार जीवन बिताउँछौं। विश्‍वमा अहिले भइरहेका घटनाप्रति हामीले राख्ने दृष्टिकोणलाई बाइबलले असर गर्छ। हामीले भविष्यप्रति राख्ने आशा परमेश्‍वरले गरेका प्रतिज्ञाहरूमा आधारित छन्‌।—२ तिमो. ३:१६, १७.

हामी यहोवाका साक्षीहरू हौं। (यशै. ४३:१२) यस नामसँगसँगै आउने जिम्मेवारीबारे हामी सजग छौं। त्यसैकारण प्रश्‍नको जवाफ दिंदा हामी मानव दर्शनको आधारमा होइन तर यहोवाले आफ्नो प्रेरित वचनमा भनेको कुराको आधारमा दिन्छौं। हुन त, विभिन्‍न विषयमा हाम्रो आ-आफ्नै धारणा छ तर हामी आफ्नो दृष्टिकोणलाई परमेश्‍वरको वचन अनुरूप ढाल्छौं किनभने परमेश्‍वरको वचन नै सत्य हो भनेर हामी एकदमै विश्‍वस्त छौं। बाइबलले हामीलाई व्यक्‍तिगत छनौटको सन्दर्भमा स्वतन्त्रता दिएको छ। अरूलाई हाम्रो इच्छाअनुसार गर्न लगाउनुको सट्टा हामी बाइबलमा लेखिएका सिद्धान्त सिकाउन चाहन्छौं। हामी आफैले अनुभव गरेको जस्तै छनौट गर्ने स्वतन्त्रता पाउन श्रोतालाई हामी मदत दिन्छौं। प्रेषित पावलले जस्तै हामी पनि ‘विश्‍वास देखाएर आज्ञाकारी बन्‍ने’ कुरालाई बढवा दिन चाहन्छौं।—रोमी १६:२६.

प्रकाश ३:१४ ले येशू ख्रीष्टलाई “विश्‍वासी अनि साँचो साक्षी” भनेर बताएको छ। उहाँसामु तेर्स्याइएका प्रश्‍नको उहाँले कसरी जवाफ दिनुभयो र उहाँमाथि लादिएका परिस्थिति उहाँले कसरी सँभाल्नुभयो? कहिलेकाहीं उहाँ मानिसहरूलाई सोच्न लगाउने उदाहरण बताउनुहुन्थ्यो भने अन्य बेला प्रश्‍न सोध्नेलाई नै तिनले बाइबल पद कसरी बुझेका छन्‌, त्यसबारे प्रश्‍न सोध्नुहुन्थ्यो। कहिले पदहरू उद्धरण गर्नुहुन्थ्यो, कहिले अर्कै शब्दमा वा अर्कै तरिकामा व्यक्‍त गर्नुहुन्थ्यो वा कहिले बाइबल पदतर्फ सङ्‌केत गर्नुहुन्थ्यो। (मत्ती ४:३-१०; १२:१-८; लूका १०:२५-२८; १७:३२) प्रथम शताब्दीमा धर्मशास्त्रका मुठा साधारणतया सभाघरमा राख्ने गरिन्थ्यो। येशूसित यस्ता मुठा थिए भन्‍ने प्रमाण त छैन तर उहाँलाई धर्मशास्त्रको कुरा राम्ररी थाह थियो र अरूलाई सिकाउँदा उहाँ बारम्बार धर्मशास्त्रबाट उल्लेख गर्नुहुन्थ्यो। (लूका २४:२७, ४४-४७) आफूले सिकाएका कुरा आफ्नै तर्फबाट होइन भनी उहाँ निर्धक्कसित भन्‍न सक्नुहुन्थ्यो। उहाँ बुबाबाट सुनेको कुरा मात्र भन्‍नुहुन्थ्यो।—यूह. ८:२६.

हामी येशूको उदाहरण अनुकरण गर्न चाहन्छौं। परमेश्‍वर बोलेको येशूले सुन्‍नुभयो तर हामीले सुनेका छैनौं। तैपनि हामीसित परमेश्‍वरको वचन बाइबल छ। त्यसैले हामी बाइबलआधारित जवाफ दिन्छौं भने मानिसहरूको ध्यान आफूतिर खिचिरहेका हुँदैनौं। त्रुटिपूर्ण मानिसको विचारधारा व्यक्‍त गर्नुको सट्टा सत्य के हो भन्‍ने विषयमा हामी परमेश्‍वरलाई बोल्न दिन दृढ छौं।—यूह. ७:१८; रोमी ३:४.

बाइबल प्रयोग गर्ने मात्र होइन, श्रोताले भरपूर फाइदा उठाउन सक्नेगरि बाइबलमा लेखिएका कुरा हामी प्रस्तुत गर्न चाहन्छौं। श्रोताले कुनै पूर्वाग्रह नराखी हाम्रो कुरा सुनेको चाहन्छौं। श्रोताको प्रतिक्रियाअनुसार तपाईं यस्तै केही भन्दै बाइबल निकालेर देखाउन सक्नुहुन्छ: “यस सम्बन्धमा सृष्टिकर्ताले भनेको कुरामा ध्यान दिनु महत्त्वपूर्ण छ जस्तो तपाईंलाई लाग्दैन?” अथवा यस्तै केही भन्‍न सक्नुहुन्छ: “बाइबलमा यही प्रश्‍नको जवाफ दिइएको छ भनेर के तपाईंलाई थाह थियो?” बाइबलको आदर नगर्ने मानिससित कुरा गर्दै हुनुहुन्छ भने बाइबल निकालेर देखाउनुअघि अलि बेग्लै किसिमले कुरा गर्नुपर्ने हुन्छ। तपाईं यसो भन्‍न सक्नुहुन्छ: “धेरैअघि गरिएको भविष्यवाणी देखाऊँ है।” अथवा यसो भन्‍न सक्नुहुन्छ: “अहिलेसम्ममा सबैभन्दा धेरै वितरण गरिएको किताबमा यसो भनिएको छ: . . . ।”

कहिलेकाहीं पदको कुरा आफ्नै शब्दमा व्यक्‍त गर्न चाहनुहोला। तर बाइबल पल्टाएर देखाउन मिल्छ भने बाइबलबाटै पढेर सुनाउनु ठीक हो। मिल्छ भने चासो दिने व्यक्‍तिलाई तिनको आफ्नै बाइबलबाट पद देखाउनुहोस्‌। यसरी सीधै बाइबलबाट देखाउँदा तिनमा जोडदार प्रभाव पर्छ।—हिब्रू ४:१२.

ख्रीष्टियन एल्डरहरूले बाइबलबाटै जवाफ दिनुपर्छ। यो उनीहरूको जिम्मेवारी नै हो। हुन पनि कुनै भाइ एल्डरको रूपमा सेवा गर्न चाहन्छन्‌ भने तिनी “आफ्नो शिक्षणकलाको सन्दर्भमा विश्‍वासयोग्य वचनलाई दह्रोसित पक्रिराख्ने” व्यक्‍ति हुनुपर्छ। (ती. १:९) एल्डरले सल्लाह दिएपछि मण्डलीको कुनै भाइ वा बहिनीले आफ्नो जीवनलाई असर गर्ने गम्भीर निर्णय गर्न सक्छन्‌। त्यसैले तिनले दिने सल्लाह बाइबलआधारित हुनु अत्यन्त महत्त्वपूर्ण छ। एल्डरले बसालेको यस्तो उदाहरणले अरू थुप्रै भाइबहिनीको सिकाउने तरिकामा प्रभाव पार्छ।

कसरी अझै सिपालु हुन सकिन्छ?

  • दिनदिनै बाइबल पढ्‌नुहोस्‌। व्यक्‍तिगत अध्ययन गर्ने राम्रो तालिका बनाउनुहोस्‌।

  • सभामा टिप्पणी दिंदा पदमा भएको कुरा समावेश गर्ने बानी गर्नुहोस्‌।

  • कुनै प्रश्‍नको जवाफ दिनुअघि वा कुनै परिस्थितिमा निर्णय गर्नुअघि आफैलाई यस्तो प्रश्‍न सोध्ने गर्नुहोस्‌: ‘यस विषयमा बाइबल के भन्छ?’

  • कुनै विषयमा बाइबल के भन्छ, थाह छैन भने अनुमानको भरमा वा आफ्नै विचारमा आधारित जवाफ नदिनुहोस्‌। अनुसन्धान गरेर बताउने गर्नुहोस्‌।

अभ्यास गर्नुहोस्‌:- (१) प्रचारमा, (२) हालै भएको कुनै घटनाबारे र (३) एउटा लोकप्रिय क्रियाकलापको विषयमा तपाईंलाई मानिसहरूले सोधेका एक/दुइटा प्रश्‍न लेख्नुहोस्‌। प्रत्येक प्रश्‍नको जवाफ दिंदा कम्तीमा पनि एउटा-एउटा उपयुक्‍त पद देखाउनुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने