प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lr chap. १९ pp. १०२-१०६
  • के झगडा गर्नु हुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के झगडा गर्नु हुन्छ?
  • महान्‌ शिक्षकबाट सिकौं
  • मिल्दोजुल्दो सामग्री
  • असल काम गर्नकालागि सङ्‌घर्ष
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
  • के तिमी सधैं पहिलो हुन चाहन्छौ?
    महान्‌ शिक्षकबाट सिकौं
  • “विश्‍वासको उत्तम लड़न्त लड़”
    हाम्रो राज्य सेवकाई—२०००
महान्‌ शिक्षकबाट सिकौं
lr chap. १९ pp. १०२-१०६

अध्याय १९

के झगडा गर्नु हुन्छ?

दादागिरी देखाउन खोज्ने कुनै केटाकेटीलाई तिमी चिन्छौ कि?—उनीहरूलाई साथी बनाउन के तिमीलाई मनपर्छ? अथवा दयालु र शान्ति चाहने व्यक्‍तिलाई साथी बनाउन मनपर्छ?—महान्‌ शिक्षकले भन्‍नुभयो: “आनन्दित हुन्‌ ती मानिसहरू, जसले शान्ति कायम गर्छन्‌, किनकि तिनीहरू ‘परमेश्‍वरका छोराहरू’ कहलाइनेछन्‌।”—मत्ती ५:९.

तर कहिलेकाहीं अरूले हामीलाई रिस उठाउने कामकुरा गर्छन्‌ नि, होइन त?—यस्तो बेला हाम्रो मनमा बदला लिने भाव आउन सक्छ। एक पटक येशूका चेलाहरू उहाँसित यरूशलेमतर्फ जाँदै गर्दा उनीहरूको मनमा पनि त्यस्तै विचार आएको थियो। म तिमीलाई यसबारे बताउँछु है!

केही बेर यात्रा गरिसकेपछि सामरीहरूको एउटा गाउँमा आराम गर्ने ठाउँ खोज्न येशूले आफ्ना केही चेलालाई आफूभन्दा अघि पठाउनुभयो। तर त्यहाँका गाउँलेहरूले बास दिन मानेनन्‌ किनभने सामरीहरूको छुट्टै धर्म थियो। अनि तिनीहरू यरूशलेम सहरमा उपासना गर्न जाने कसैलाई पनि मन पराउँदैनथे।

सामरीहरूसित बदला लिन याकूब र यूहन्‍ना के गर्न चाहन्थे?

तिमीलाई त्यस्तो गरेको भए, तिमी के गर्थ्यौ? तिमीलाई रिस उठ्‌थ्यो कि? बदला लिऊँ जस्तो लाग्थ्यो कि?—याकूब र यूहन्‍ना नामका चेलाहरूलाई पनि त्यस्तै लागेको थियो। उनीहरूले येशूलाई भने: “हामी आकाशबाट आगो बर्सेर तिनीहरू भस्म होऊन्‌ भनी आज्ञा गरौं?” त्यसैले त येशूले उनीहरूलाई गर्जनका छोराहरू भन्‍नु कुनै छक्कलाग्दो कुरा होइन! तर अरूसित त्यस्तो व्यवहार गर्नु ठीक होइन भनी येशूले उनीहरूलाई भन्‍नुभयो।—लूका ९:५१-५६; मर्कूस ३:१७.

हुन त हो, कहिलेकाहीं मानिसहरूले हामीसित छुच्चो व्यवहार गर्छन्‌। अरू केटाकेटीहरू हामी उनीहरूसित खेलेको चाहँदैनन्‌ होला। उनीहरू यस्तो समेत भन्लान्‌: “तिमीलाई यहाँ नआऊ भनेको होइन!” यस्तो हुँदा हामीलाई नरमाइलो लाग्छ नि, होइन र? केही न केही गरेर बदला लिऊँ जस्तो लाग्न सक्छ। तर के हामीले बदला लिनु हुन्छ?—

हामी बाइबलबाटै हेरौं है त! हितोपदेशको अध्याय २४ को पद २९ पल्टाऊ त! यहाँ यस्तो लेखिएको छ: “यसो नभन्‌, ‘त्यसले मलाई गरेझैं म पनि गर्नेछु, त्यसले मलाई गरेको साटो लिनेछु।’ ”

यसको अर्थ के हो, तिमी भन्‍न सक्छौ?—हो, हामीले बदला लिनु हुँदैन। कुनै मानिसले हामीसित छुच्चो व्यवहार गर्दा हामीले पनि ऊसित छुच्चो व्यवहार गर्नु हुँदैन। तर कसैले तिमीसित झगडा गर्न निहुँ खोज्छ भने नि? उसले तिमीलाई अनेक नाम दिएर रिस उठाउन खोज्ला। तिमी डराएका छौ भनी तिम्रो खिसी गर्ला। मानिलिऊ, तिमीलाई उसले ‘ए डरछेरुवा!’ भनेर बोलाउला। त्यतिबेला तिमीले के गर्नुपर्छ? के तिमी ऊसित झगडा गर्न अघि सर्नु हुन्छ?—

फेरि बाइबलबाटै हेरौं है! मत्ती अध्याय ५ को पद ३९ पल्टाऔं। यहाँ येशू यसो भन्‍नुहुन्छ: “दुष्टको प्रतिकार नगर तर जसले तिम्रो दाहिने गाला चड्‌काउँछ, उसलाई अर्को गाला पनि थापिदेऊ।” येशू के भन्‍न खोज्दै हुनुहुन्थ्यो? कुनै मानिसले तिम्रो गालामा मुक्का हिर्काउँछ भने अर्को गाला पनि थाप्नुपर्छ भन्‍न खोज्दै हुनुहुन्थ्यो कि?—

येशूले पक्कै पनि त्यसो भन्‍न खोज्नुभएको होइन। चड्‌कन र मुक्कामा फरक छ। चड्‌काउनु त कसैलाई धक्का दिनुझैं हो। झगडा सुरु गर्न कसैले गाला चड्‌काउन सक्छ। उसले हामीलाई रिस उठाउन खोज्छ। अनि हामी पनि रिसाएर उसलाई धक्का दिन्छौं भने के हुन्छ?—सायद ऊसँग हाम्रो झगडा सुरु हुन्छ होला।

तर येशू आफ्ना चेलाहरू अरूसित झगडा गरेको चाहनुहुन्‍न थियो। त्यसैले कसैले हामीलाई चड्‌काउँछ भने त्यसको जवाफमा उनीहरूलाई चड्‌काउनु हुन्‍न भनेर उहाँले बुझाउँदै हुनुहुन्थ्यो। रिसाएर हामी झगडामा पर्नु हुन्‍न। यदि झगडा गर्छौं भने झगडा सुरु गर्ने मानिसभन्दा हामी केही फरक छैनौं भनेर देखाइरहेका हुनेछौं।

समस्या सुरु भयो भने के गर्नु सबैभन्दा राम्रो हो जस्तो तिमीलाई लाग्छ?—हो, त्यो ठाउँबाट जानु। तर अर्को मानिसले तिमीलाई फेरि-फेरि पनि धक्का दिन सक्छ। तर त्यसपछि भने उसले त्यसो गर्न छोड्‌न सक्छ। त्यहाँबाट जानु भनेको तिमी कमजोर छौ भन्‍ने होइन। बरु सही कुराका लागि बलियो अडान लिन्छौ भन्‍ने हो।

कसैले हामीसित झगडा गर्न निहुँ खोज्छ भने हामीले के गर्नुपर्छ?

तर तिमी झगडा गर्न पछि हटेनौ र उसलाई हरायौ भने के हुन सक्छ?—कुटाइ खाएको मानिस आफ्ना केही साथी लिएर फेरि आउन सक्छ। उनीहरूले तिमीलाई डन्डा वा चक्कुले घाइतेसमेत बनाउन सक्छन्‌। येशूले हामीलाई झगडामा नपर्नू भन्‍नुभएको कारण, तिमीले अब बुझ्यौ होला!—

अरूले झगडा गरिरहेको देख्यौं भने हामीले के गर्नुपर्छ? कुनै एउटाको पक्ष पो लिने हो कि?—त्यस्तो बेला के गर्नु सही हो, बाइबलले हामीलाई बताउँछ। हितोपदेश अध्याय २६ को पद १७ मा हेर त! त्यहाँ यस्तो लेखिएको छ: “अर्कोको झगडामा हस्तक्षेप गर्ने मानिस छेउबाट जाने खिच्चा कुकुरको कान समात्ने मानिसजस्तै हो।”

अरूको झगडामा मुछिनु भनेको कुकुरको कान समात्नुझैं हो, कसरी? तिमी घाइते हुन सक्छौ, त्यसैले त्यसो नगर!

कुकुरको कान च्याप्प समात्यौ भने के हुन्छ? कुकुरलाई दुख्छ र त्यसले तिमीलाई टोक्न खोज्छ नि, होइन त? कुकुरले जति-जति आफूलाई छुटाउन खोज्छ त्यति नै तिमीले त्यसको कान बेस्सरी समात्नुपर्ने हुन्छ अनि त्यो कुकुर झनै रिसाउँछ। त्यसलाई छोडिदियौ भने त्यसले तिमीलाई नराम्ररी टोक्न सक्छ। तर के तिमीले त्यसको कान सधैंभरि त्यसरी नै समातिराख्न सक्छौ र?—

अरूको झगडामा मुछियौं भने हामी त्यस्तै खालको समस्यामा फस्नेछौं। झगडा सुरु गर्ने को हो र उनीहरू किन झगडा गर्दैछन्‌, त्यो हामीलाई थाह नहुन सक्छ। एउटा मानिसले पिटाइ खाइरहेको हुन सक्छ तर त्यसको कारण उसले अर्को मानिसको सामान चोरेकोले हुन सक्छ। पिटाइ खाइरहेकोलाई मदत गऱ्‍यौं भने हामीले एउटा चोरलाई मदत गरिरहेका हुनेछौं। त्यसो गर्नु सही होला त?

त्यसोभए अरूले झगडा गरेको देख्यौ भने तिमीले के गर्नुपर्छ?—स्कूलमा छौ भने तुरुन्तै गएर सर-मिसलाई भन्‍न सक्छौ। अनि स्कूलबाहिर छौ भने आमाबाबु अथवा प्रहरीलाई बोलाउन सक्छौ। हो, अरूले झगडा गर्न निहुँ खोजे तापनि हामीले शान्ति कायम गर्नुपर्छ।

अरूले झगडा गरिरहेको देख्यौ भने तिमीले के गर्नुपर्छ?

येशूका साँचो चेलाहरूले झगडामा नपर्न सक्दो गर्छन्‌। यसरी हामी सही कुराका लागि बलियो अडान लिन्छौं भनेर देखाउँछौं। येशूको चेलाले “झगडा गर्नु हुँदैन, बरु ऊ यस्तो मानिस हुनुपर्छ, जसले सबैसित कोमल व्यवहार गर्छ” भनी बाइबल बताउँछ।—२ तिमोथी २:२४.

झगडामा नपर्न हामीलाई मदत गर्ने अरू असल सल्लाह अब हामी रोमी १२:७-२१ अनि १ पत्रुस ३:१०, ११ मा हेरौं है!

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने