प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km00 अगस्त p. १
  • “विश्‍वासको उत्तम लड़न्त लड़”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “विश्‍वासको उत्तम लड़न्त लड़”
  • हाम्रो राज्य सेवकाई—२०००
  • मिल्दोजुल्दो सामग्री
  • असल काम गर्नकालागि सङ्‌घर्ष
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
  • सुसमाचार प्रचार गर्ने तरिकाहरू
    यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित
  • ‘असल काममा धनवान्‌ हुनुहोस्‌’
    हाम्रो राज्य सेवकाई—२००२
  • के झगडा गर्नु हुन्छ?
    महान्‌ शिक्षकबाट सिकौं
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२०००
km00 अगस्त p. १

“विश्‍वासको उत्तम लड़न्त लड़”

१ प्रेरित पावलले तिमोथीलाई यस्तो सल्लाह दिए, “विश्‍वासको उत्तम लड़न्त लड़।” (१ तिमो. ६:१२) पावल आफै पनि उक्‍त शब्द अनुरूपै जिए। जीवनको अन्तिम घडीमा उनले आत्माविश्‍वास सहित यसो भने, “मैले उत्तम लड़न्त लड़ेको छु।” (२ तिमो. ४:६-८) हर घडी, साहस, जोस, र सहनशीलता सहित उनी सेवकाईमा लागिरहे। प्रेरित पावलको अनुकरण गऱ्‍यौं भने, आफूले सकेजति मसीही विश्‍वासको उत्तम लडन्त लडिरहेका छौं भन्‍ने अन्तर्निहित आत्मविश्‍वास हामीसित पनि हुनसक्छ।

२ आवश्‍यकता अनुरूप यत्न गर्ने: पावलले सेवकाईमा परिश्रम गरे। (१ कोरि. १५:१०) हाम्रो क्षेत्रमा को योग्य छन्‌ भनेर खोज्न हामी पनि त्यसै गर्छौं। (मत्ती १०:११) त्यसको मतलब केही योग्य व्यक्‍तिकहाँ पुग्न जस्तै, बटुवाहरूलाई साक्षी दिन हामी सबेरै उठ्‌नुपर्ला वा दिन ढल्केपछि वा साँझपख त्यस्ता व्यक्‍तिहरू घर फर्किसकेपछि सेवामा जानुपर्ने हुनसक्छ।

३ आफ्नो मण्डली पुस्तक अध्ययन समूहले प्रबन्ध गरेको क्षेत्र सेवकाईमा सधैं ठीक समयमा पुग्न आत्मअनुशासन र राम्रो तालिका चाहिन्छ। उदाहरणको लागि, बेथेल परिवारका केही सदस्यहरू आफूलाई खटाइएको मण्डलीले प्रबन्ध गरेको सेवकाईमा भाग लिन हरेक सप्ताहन्त ६० मिनेट वा योभन्दा बढी यात्रा गर्छन्‌। त्यस्तै प्रकारले हाम्रै मण्डलीमा पनि धेरै लामो यात्रा गरेर पनि सधैं समयमै आउने केही प्रकाशक तथा परिवारहरू हुनसक्छन्‌। तिनीहरू प्रशंसाका योग्य छन्‌। लगनशीलता र व्यक्‍तिगत सुव्यवस्थाका यस्ता उदाहरणहरू अनुकरण गर्न लायकका छन्‌।

४ आफूले भेटेका सबै इच्छुक व्यक्‍तिकहाँ फेरि फेरि जान हामी उत्प्रेरित हुनुपर्छ। बाटोमा पत्रिका वितरण कार्य गर्दा होस्‌ वा अनौपचारिक प्रचार गर्दा, मानिसहरूको ठेगाना या टेलिफोन नम्बर टिप्न प्रयास गर्नु आवश्‍यक छ। त्यसपछि, ती व्यक्‍तिहरूको चासो जगाउन र बाइबल अध्ययन सुरु गर्न पुनःभेट गर्नुपर्छ।

५ सेवकाईमा नियमित हुनुहोस्‌: पावल प्रचारकार्यमा लगातार लागिरहे। (रोमी १५:१९) तपाईं नि? के तपाईं नियमित तवरमा सेवकाईमा भाग लिनुहुन्छ? के तपाईंले यो महिना क्षेत्र सेवकाईमा भाग लिनु भयो? मण्डली पुस्तक अध्ययनका संचालकहरू यो अगस्त महिनाको दौडान आफ्नो समूहमा भएका सबै भाइबहिनीहरू क्षेत्र सेवकाईमा भाग लिएको हेर्न इच्छुक छन्‌। तिनीहरूले त्यसो गर्न तपाईंलाई मदत गर्नेछन्‌।

६ पावलले क्षेत्र सेवकाईलाई दिएको पूर्ण समर्थनको उदाहरण अनुकरण गर्दै, हामी लगातार “विश्‍वासको उत्तम लड़न्त लडिरहन” सकौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने