प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w00 २/१ pp. ३०-३१
  • आमाको बुद्धिमानी सल्लाह

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आमाको बुद्धिमानी सल्लाह
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • राजाका लागि उपयुक्‍त सल्लाह
  • सुयोग्य पत्नी
  • सुयोग्य पति
  • बाइबलले सुयोग्य पत्नीबारे बताउँछ
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • ‘तिनका पति सहरको मूल-ढोकामा लोकप्रिय हुन्छन्‌’
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • आमाको सम्मानित भूमिका
    ब्यूँझनुहोस्‌!—२००५
  • तपाईँ आफ्नो परिवारको आनन्द बढाउन सक्नुहुन्छ
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
w00 २/१ pp. ३०-३१

आमाको बुद्धिमानी सल्लाह

“हे मेरो छोरो, आफ्ना बाबुको शिक्षा ध्यानसित सुन्‌ र आफ्नी आमाको अर्ती इन्कार नगर्‌।”—हितोपदेश १:८.

हाम्रा आमाबाबु प्रोत्साहन, सहयोग र सल्लाहको बहुमूल्य स्रोत हुनसक्छन्‌। बाइबलको पुस्तक हितोपदेशले आफ्नी आमाबाट “सुधारका” “प्रभावशाली वचन” पाउने जवान राजा लमूएलबारे बताउँछ। ती शब्दहरू हितोपदेश अध्याय ३१ मा रेकर्ड गरिएका छन्‌ र हामीले पनि उक्‍त आमाको बुद्धिमानी सल्लाहबाट फाइदा उठाउन सक्छौं।—हितोपदेश ३१:१, NW.

राजाका लागि उपयुक्‍त सल्लाह

हाम्रो चासो जगाउने खालका थुप्रै प्रश्‍नहरू गरेर लमूएलकी आमा आफ्नो कुरा थाल्छिन्‌: “हे मेरो छोरो, म तँलाई के भनूँ? तँ मेरो गर्भको छोरो, मेरो प्रार्थनाको जवाफ!” तिनले यसरी लगातार तीनपल्ट आग्रह गर्नुले छोराले आफ्नो कुरामा ध्यान दिऊन्‌ भन्‍ने तिनी चाहन्छिन्‌ भनेर देखाउँछ। (हितोपदेश ३१:२) आफ्नो सन्तानको आध्यात्मिक हितप्रति तिनले राखेको चासो आज मसीही आमाबाबुहरूका लागि असल उदाहरण हो।

आफ्नो छोराको हित चाहने आमालाई मद्य, आइमाई र गीतजस्ता लोकप्रिय कुराहरूमा पाइने अत्यधिक मोजमज्जा अनि अश्‍लीलताले भन्दा अरू कुन कुराले चिन्तित बनाउला र? त्यसैले त लमूएलकी आमा यसो भन्छिन्‌: “तेरो बल स्त्रीलाई नदे।” छाडा जीवनशैलीले “राजाहरूलाई नाश पार्दछ” भनेर तिनी बताउँछिन्‌।—हितोपदेश ३१:३.

अत्यधिक मद्यपानलाई हल्कासित लिनुहुँदैन। तिनी चेताउनी दिन्छिन्‌, “हे लमूएल, राजाहरूले मद्य पिउनु असल होइन।” मद्यपान गरेर सधैं लट्ठ भयो भने राजाले कसरी सही तथा उचित न्याय गर्न अनि “उचित ऐन-कानून र नीतिहरूलाई [नबिर्सन] र दुःखीहरूको निसाफलाई उल्टो [नपार्न]” सक्छन्‌ र?—हितोपदेश ३१:४-७.

यसको विपरीत, यस्ता दुर्गुणहरूबाट अलग बसेर राजाले ‘ठीक न्याय गर्नलाई बोल्न र दुःखी र दरिद्रको पक्षमा ठीक न्याय गर्न’ सक्नेछन्‌।—हितोपदेश ३१:८, ९.

आजका जवान मसीहीहरू “राजा” नहोलान्‌ तापनि लमूएलकी आमाको बुद्धिमानी सल्लाह तिनीहरूका लागि एकदमै उपयुक्‍त छ। अचेल जवानहरूबीच मद्यपानको दुर्व्यसन, सुर्तीको प्रयोग र यौन अनैतिकताको बिगबिगी छ। तसर्थ, आफ्ना आमाबाबुले भनेका ‘प्रभावशाली वचनमा’ जवान मसीहीहरूले ध्यान दिनु अत्यावश्‍यक छ।

सुयोग्य पत्नी

आमाहरूले जवान हुँदै गरेका छोराहरूको विवाहबारे सोच्नु एकदमै उचित हो। अब लमूएलकी आमा आदर्श पत्नीका गुणहरू बताउँछिन्‌। निस्सन्देह, विवाहको महत्त्वपूर्ण विषयबारे स्त्रीको दृष्टिकोण विचार गर्नु जवान मानिसका लागि फाइदाजनक हुन्छ।

पद १० मा “सुयोग्य पत्नी[लाई]” उत्कृष्ट र बहुमूल्य मूगा-मोतीसित तुलना गरिएको छ। बाइबलकालीन समयमा मूगा-मोतीहरू प्राप्त गर्न निकै प्रयास गर्नुपर्थ्यो। त्यसै गरी, सुयोग्य पत्नी प्राप्त गर्न पनि प्रयास गर्नुपर्छ। जवान मानिसले विवाह बन्धनमा बाँधिन हतारिनुको सट्टा समय लगाएर राम्ररी छनौट गर्नु बेस हुन्छ। तब तिनले प्राप्त गरेको बहुमूल्य चीजको कदर गर्नसक्छन्‌।

सुयोग्य पत्नीबारे लमूएललाई यसो भनियो: “तिनका पतिले तिनलाई पूरा भरोसा गर्छन्‌।” (पद ११) अर्को शब्दमा भन्‍ने हो भने, पत्नीले हरेक कुरामा आफ्नो अनुमति लिनुपर्छ भनेर पतिले जिद्दी गर्नुहुँदैन। निस्सन्देह, महँगा सरसामानहरू किन्‍ने वा छोराछोरीलाई हुर्काउनेजस्ता महत्त्वपूर्ण निर्णय गर्नुअघि पतिपत्नीले सल्लाह गर्नुपर्छ। यस्ता निर्णयहरू गर्दा एकअर्कासित कुराकानी गर्नाले तिनीहरू घनिष्ठ हुनसक्छन्‌।

निस्सन्देह, सुयोग्य पत्नीले गर्नुपर्ने कामकुराहरू यति मात्र होइन। पद १३ देखि २७ मा उल्लिखित सल्लाह र सिद्धान्तहरू जुनै पनि जमानाका पत्नीहरूले आफ्नो परिवारको हितको लागि प्रयोग गर्नसक्छन्‌। उदाहरणका लागि, आफ्नो परिवारका लागि पुग्दो र सुहाउँदो पोसाक होस्‌ भनेर लुगाफाटा तथा अन्य सरसामानहरूको महँगीलाई ध्यानमा राख्दै सुयोग्य पत्नी व्यवहारिक हुनुका साथै मितव्ययी हुन्छिन्‌। (पद १३, १९, २१, २२) परिवारको खानामा लाग्ने खर्च कम गर्न तिनले बारीमा फलफूल लगाउनुका साथै होसियारीसाथ किनमेल गर्छिन्‌।—पद १४, १६.

स्पष्टतया, यस आइमाईले “परिश्रम विनाको कमाइ खाँदिनन्‌।” तिनी कडा मेहनत गर्छिन्‌ अनि आफ्नो घरधन्दा कुशलतासित गर्छिन्‌। (पद २७) तिनी “कम्मर कस्छिन्‌” अर्थात्‌ कडा मेहनत गर्न तयार हुन्छिन्‌। (पद १७) सूर्योदय हुनुअघि उठेर तिनी आफ्नो काम थाल्छिन्‌ अनि रात परुञ्जेल कडा परिश्रम गर्छिन्‌। मानौं तिनको काम कहिल्यै सकिंदैन।—पद १५, १८.

सबैभन्दा मुख्य कुरा, सुयोग्य पत्नी आध्यात्मिक हुन्छिन्‌। तिनी परमेश्‍वरको भय राख्छिन्‌ अनि असाध्यै श्रद्धा तथा गहिरो आदरसाथ उहाँको उपासना गर्छिन्‌। (पद ३०) साथै आफ्ना छोराछोरीले पनि त्यसै गर्ने प्रशिक्षण दिन आफ्नो पतिलाई सहयोग गर्छिन्‌। पद २६ यसो भन्छ: तिनी आफ्ना छोराछोरीलाई “बुद्धिका कुरा” सिकाउँछिन्‌ अनि “तिनको शिक्षाको सार दयाले भरिएको हुन्छ।”

सुयोग्य पति

सुयोग्य पत्नीलाई आकर्षित गर्न लमूएलले एउटा सुयोग्य पतिले पूरा गर्नुपर्ने जिम्मेवारीहरू पूरा गर्नुपर्थ्यो। यसबारे लमूएलकी आमा तिनलाई थुप्रै कुराहरू सिकाउँछिन्‌।

सुयोग्य पतिले “शहरका बूढ़ा-प्रधानहरू[बाट]” सुनाम पाउँछन्‌। (हितोपदेश ३१:२३) यसको मतलब, तिनी सुयोग्य, ईमान्दार, भरोसायोग्य र ईश्‍वरीय भय राख्ने हुन्छन्‌। (प्रस्थान १८:२१; व्यवस्था १६:१८-२०) फलस्वरूप, शहरका मामिलाहरू छलफल गर्न विशिष्ट पुरुषहरू भेला हुने “मूल-ढोकामा” तिनी “लोकप्रिय” हुन्छन्‌। ईश्‍वरीय भय राख्ने व्यक्‍तिको रूपमा “लोकप्रिय” हुन तिनी व्यवहारिक हुनुपर्छ अनि “शहर” अर्थात्‌ जिल्ला वा क्षेत्रका प्राचीनहरूसँग मिलेर काम गर्नुपर्छ।

निस्सन्देह, व्यक्‍तिगत अनुभवको आधारमा लमूएलकी आमाले तिनलाई आफ्नी सम्भाव्य पत्नीको मूल्यांकन गर्नु महत्त्वपूर्ण छ भनेर बताइन्‌। तिनको लागि आफ्नी पत्नी नै संसारको सबैभन्दा प्रिय व्यक्‍ति हुनुपर्थ्यो। तसर्थ, तिनले सबैको सामु यसरी स्वीकार्दा तिनको आवाजमा कति गहिरो भावना झल्कन्थ्यो होला, कल्पना गर्नुहोस्‌ त: “धेरै स्त्रीहरूले आफ्नो योग्यता देखाउँछन्‌, तर तिमीनै तिनीहरू सबैभन्दा श्रेष्ठ छौ।”—हितोपदेश ३१:२९.

स्पष्टतया, लमूएलले आफ्नी आमाको बुद्धिमानी सल्लाहको मूल्यांकन गरे। उदाहरणका लागि, पद १ मा तिनले आफ्नी आमाको वचनलाई आफ्नै वचनजस्तो गरी व्यक्‍त गरेको हामीले थाह पाइसक्यौं। तसर्थ, तिनले आफ्नी आमाको “सुधार” मनमा लिए अनि आमाको सल्लाहबाट फाइदा उठाए। हामी पनि यो “प्रभावशाली वचन[का]” सिद्धान्तहरू व्यवहारमा उतारेर फाइदा उठाउनसकौं।

[पृष्ठ ३१-मा भएका चित्रहरू]

सुयोग्य पत्नीले “परिश्रम विनाको कमाइ खाँदिनन्‌”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने