शान्ति एउटा वास्तविकता
संयुक्त राष्ट्र सङ्घ द्वारा शान्ति स्थापित गर्ने प्रयत्नको आदर्शलाई थोरैले मात्र आलोचना गर्लान्। “द वर्ल्ड बुक इन्साइकोपिडिया” भन्दछ, “‘हामीहरू आफ्ना आफ्ना तरवार पिटेर हलोको फाली बनाउँ’ भन्ने वाक्यले संयुक्त राष्ट्र सङ्घको विश्व शान्ति सम्बन्धी उद्देश्यलाई जाहेर गर्दछ,” र अगाड़ि भन्दछ, “संयुक्त राष्ट्र सङ्घको दुईवटा उद्देश्य छ: शान्ति र मानव मर्यादा।”
यहाँ देखाइएको मूर्तिमनि अङ्कित गरिएको अक्षर यशैयाको दोस्रो अध्यायको चौथो पदमा भएको बाइबलको भविष्यवाणीका शब्दहरूलाई शब्दान्तरकरण गरिएको हो। आधुनिक अनुवाद अनुसार, त्यसलाई यसरी पढ़न सक्छौं:
“तिनीहरूले आफ्ना आफ्ना तरवार पिटेर हलोको फाली र भाला चाहिं हँसिया बनाउँनेछन्।”
यी गौरवशाली शब्दहरूले संयुक्त राष्ट्र सङ्घका सदस्यहरूलाई स्थायी शान्ति र निरस्त्रीकरण प्राप्त गर्न निश्चय पनि प्रोत्साहित गरेको होला। तर, दु:खको कुरा हो, १९४५ मा दोस्रो विश्वयुद्धको अन्त पछि शुरू भए देखिन्, यसको इतिहासले अन्यथा कुरा जाहेर गर्दछ। किन? किनभने मूलत: यशैयाबाट उद्धृत गरिएका माथिका ती शब्दहरूलाई मानव सरकारहरूले गरिरहेको जस्तै विच्छेद रूपमा प्रयोग गर्न सकिंदैन। शब्दहरूको वाक्य-प्रसङ्ग सारै महत्वपूर्ण हुन्छ। किन भनेर विचार गर्नुंहोस्।
यशैयाको सन्देश
यशैया एउटा अगमवक्ता थिए। तिनले सबै मानव जातिकालागि शान्ति र सामञ्जस्यवारे एउटा गौरवपूर्ण दर्शनको कुरा गर्छन्। यो दर्शन वास्तविकतामा परिणत हुन, मानिसहरूले केही गर्नु पर्दछ। के गर्नु पर्दछ? २ र ३ पदहरूको अभिप्रायलाई विचार गर्नुहोस् जसै तिनीहरू ४ पदसँग सम्बन्ध स्थापित गर्दछन्।
“[२] पछिल्ला दिनमा परमप्रभुको (यहोवाको न्यू. व) भवन बसालिएको पर्वत सबै पर्वतहरू भन्दा उच्च पारिनेछ। डाँड़ाहरू भन्दा माथि त्यो उच्च उठाइनेछ। सबै जातिहरू त्यहीतर्फ ओइरिएर आउनेछन्। [३] जाति जातिका धेरै मानिसहरू त्यहाँ गएर भन्नेछन्, ‘आऊ हामी परमप्रभुको (यहोवाको न्यू. व) पर्वतमा उक्लेर याकूबका पमेश्वरको भवनमा जाऔं। उहाँले हामीलाई आफ्नो मार्ग देखाउनु हुनेछ, र हामी उहाँको बाटोमा हिंड़नेछौं’। किनकि शिक्षा चाहिं सियोनबाट, र परमप्रभुको (यहोवाको न्यू. व) वचन यरूशलेमबाटनै निस्कनेछन्। [४] उहाँले जातिहरूको इन्साफ गर्नु हुनेछ, र उहाँलेनै जाति जातिहरूका मानिसहरूका बीचमा निर्णय गर्नु हुनेछ। तिनीहरूले आफ्ना आफ्ना तरवार पिटेर हलोको फाली र भाला चाहिं हँसिया बनाउनेछन्। एउटाजातिले अर्को जातिको विरुद्धमा तरवार उठाउनेछैन, औ तिनीहरूले अब उप्रान्त युद्ध गर्न सिक्नेछैनन्।”
प्रथमत:, हाम्रा सृष्टिकर्ता, यहोवाले “उहाँको बाटो”, जसवारे यशैयाले पछि उल्लेखित गरे अनुसार, “हाम्रो विचार भन्दा अल्गो” छ, हामीलाई सिकाउने उहाँको अधिकार छ भनेर स्वीकार गर्नु पर्दछ। (यशैया ५५:९) धेरै मानिसहरू, खासगरी आफूलाई महत्व दिने सांसारिक नेताहरूलाई यो कुरा स्वीकार गर्न गाह्रो पर्दछ। तिनीहरूको नजरमा तिनीहरूको बाटोनै सही देख्छन्। तरपनि, तिनीहरूको बाटोले विश्व-शान्ति र निरस्त्रीकरण तर्फ डोऱ्याउन नसकेको तथ्यले निश्चयनै देखाउँछ कि त्यस प्रकारको बाटो पहिलाउनु निरर्थक हो।
दोस्रो, हरेक व्यक्तिमा परमेश्वरको नियम अनुसार हिड़ने आन्तरिक इच्छा हुनु पर्ने आवश्यकतावारे ध्यान दिनुहोस्: “हामी उहाँको बाटोमा हिंड़नेछौं” त्यस आधारमा मात्र विश्वव्यापी स्तरमा तरवार हलोको फालीमा पिटिनेछन् र भाला चाहिं हँसिया बनाइनेछन्। धेरै समय देखि आशा गरिएको यो लक्ष कसरी प्राप्त हुने हो?
दैवी शिक्षा
यहोवाको शिक्षा भएको पुस्तक, बाइबल धेरै जनासँग छ, तर पुस्तक भएर मात्र पुग्दैन। त्यो भन्दा बढ़ीको आवश्यकता छ। यहोवाका नियम र शब्दहरू “यरूशलेम” बाट निस्किन्छ भनेर यशैयाले भन्दछन्। त्यसको के अर्थ हो? यशैयाको समयमा, एउटा साँच्चैकै शहर राजकीय प्रभुत्वको श्रोत थियो र सबै विश्वासी इस्राएलीहरू त्यसै तर्फ निगाह लगाइ रहन्थ्ये। (यशैया ६०:१४) पछि, येशू ख्रीष्टका प्रेरितहरूका समयमा, यरूशलेम अझै शिक्षाको केन्द्र थियो। त्यस शहरमा रहेका मसीहीहरूको सञ्चालक समितिबाट तिनीहरूले शिक्षा प्राप्त गर्थिए।—प्रेरित १५:२; १६:४.
आज नि? यशैयाले आफ्नो सन्देशको भूमिकामा भनेको यो वक्तव्यलाई ध्यान दिनुहोस्: “पछिल्ला दिनहरूमा यो हुनेछ।” अरू अनुवादमा यसो भनिएको छ: “पछिल्ला दिनहरूमा” (न्यु इन्टरन्याशनल वर्सन) १९१४ देखिन् हामीहरू वर्त्तमान संसारको पछिल्ला दिनमा बाँची रहेकाछौं भनेर वरावर यस पत्रिका मार्फत हामीले प्रमाण प्रस्तुत गर्दै आएकाछौं। अत:, ३ र ४ पदहरू अनुसार हामीले के देख्ने आशा गर्नु पर्दछ?
युद्ध गर्न नसिक्नेहरू र “तरवार पिटेर हलोको फाली” बनाइ सकेका मानिसहरूको एउटा ठूलो भीड़। जरूर पनि हामी तिनीहरूलाई देखि रहेकाछौं! २०० भन्दा बढ़ी देशहरूका सबै जातिबाट आएका ४० लाख भन्दा बढ़ी पुरूष, स्त्री, र वच्चाहरू, एक अर्कासँग शान्तिका साथ बसेर र बाइबलको शान्तिको सन्देश आफ्ना छिमेकीहरूलाई प्रचार गर्दै, एकनासका भएका छन्। सारा संसार भरी तिनीहरू यहोवाका साक्षीहरू भनेर परिचित छन्।
पृथ्वीका विभिन्न भागबाट आएका पाको मसीहीहरू द्वारा गठित तिनीहरूको एउटा आधुनिक संचालक समिति छ, जसले परमेश्वरका जनहरूको विश्वव्यापी गतिविधिको आवश्यक हेरविचार गर्दछ। प्रथम शता- ब्दीका प्रेरितहरू र यरूशलेममा हुने प्राचीनहरू जस्तै, यिनीहरू पनि विश्वासी र बुद्धिमान दास वर्गका अभिषिक्त सदस्यहरू हुन्, जसलाई येशूले पृथ्वीमा आफ्नो राज्यको हितलाई हेरचाह गर्न खटाउनु भएको थियो। तिनीहरू पवित्र आत्माको निर्देशनलाई अनुसरण गर्दछन् र परमेश्वरको बगाललाई विशुद्ध शान्तिको बाटोको शिक्षा दिंदा मानवीय बुद्धिमा भर पर्दैनन् भन्ने कुरामा हामी विश्वस्त हुन सक्दछौं भनेर इतिहासले प्रमाणित गरेकोछ।—मत्ती २४:४५-४७; १ पत्रुस ५:१-४.
साँचो उपासना
शान्तिका साथ बस्नुमा मस्तिष्कमा भएको बुद्धि वा दैवी शिक्षाहरू अनुसार बाँच्ने इच्छा हुनु भन्दा बढ़ी कुरा बिथोलित छ। हाम्रो सृष्टिकर्ता, यहोवाको हृदयबाट भक्ति र उपासना गर्नु आवश्यक छ। यशैयाले पनि यसलाई स्पष्ट पारेका छन्।
अगमवक्ता भन्दछन्: “यहोवाको भवन बसालिएको पर्वत सबै पर्वतहरू भन्दा उच्च पारिनेछ” र “डाँड़ाहरूभन्दा माथि उच्च उठाइनेछ।” प्राचीन समयमा, कुनै कुनै पर्वत र डाँड़ाहरू मूर्तिपूजा गर्ने ठाउँ र झूटा ईश्वरहरूकालागि शरणास्थान पनि हुन्थियो। राजा दाऊदले पवित्र करारको सन्दुक, लगभग २,५०० फिट उँचाई भएको सयोन पर्वतमा (यरूशलेममा) खड़ा गरेको पालमा ल्याउँदा, तिनी स्पष्टतया दैवी निर्देशन अनुसारनै गर्दै थिए। पछि, यहोवाको महान मन्दिर मोरियाह डाँड़ामा बनाइयो, “सियोन” भन्ने नाउँ मन्दिरको जग्गालाई भनिन थालियो। अत: मन्दिर भएको ठाउँ त्यहाँ नजिकमा भएका झूटा धर्मका ठाउँहरू भन्दा उँचाईमा थियो। यरूशलेम उहाँको “पवित्र पर्वत” भनेर पनि कहलिएको थियो। यसप्रकार, यहोवाको उपासना एउटा उच्च स्थानमा रह्यो।—यशैया ८:१८; ६६:२०.
अत: आज, यहोवा परमेश्वरको उपासना लाक्षणिक पर्वत जस्तै उच्च भएको छ। यसको उत्कृष्टता सबैलेनै देख्न सक्छन्, किनकि यसले यस्ता केही कुरा गरेको छ जुन अरू कुनै धर्मले गर्न सकेको छैन। त्यो के हो? यसले सबैनै उपासकहरूलाई संयुक्त पारेकोछ। तिनीहरूले खुशीसाथ आफ्ना आफ्ना तरवार पिटेर हलोको फाली बनाएका छन् र अब उप्रान्त युद्ध गर्न सिक्नेछैनन्। राष्ट्रिय र जातीय सीमाले तिनीहरूलाई अब उप्रान्त विभाजित गर्न सक्दैन। संसारका विभिन्न राष्ट्रहरूमा छरिएर बसेता पनि, तिनीहरू एउटा संयुक्त जन, एउटा भ्रातृत्व भावका साथ बस्दछन्।—भजनसंग्रह ३३:१२.
निर्णय लिने समय
यो सबैले तपाईंमाथि कस्तो असर पार्दछ? अर्का हिब्रू अगमवक्ताका शब्दहरू धेरैनै उपयुक्त छन्: “फैसला गरिने बेंसीमा धुइरोको धुइरो छ, किनभने फैसला गरिने बेंसीमा परमप्रभुको (यहोवाको न्यू. व) दिन नजीक आएको छ।” (योएल ३:१४) परमेश्वरको हाथबाट साँचो शान्तिको बाटोहरू सिक्ने हो वा चाँड़ैनै नष्ट हुने हतियारमय जीवनलाई समर्थन दिइ रहने हो, सो फैसला गर्न सबै मानवजातिकालागि यो अत्यावश्यक समय हो।
हाम्रो समयमा प्रचारको एउटा महान कार्य सम्पन्न हुनेछ भनेर येशूले अगमवाणी गर्नु भएको थियो। परमेश्वरको राज्यले यो युद्ध द्वारा विभाजित् पृथ्वीमा शान्ति ल्याउनेछ भन्ने “सुसमाचार” प्रचारको विषय हो। (मत्ती २४:१४) बितेको सालमा, विश्वभरि, यहोवाका साक्षीहरूले, नियमित रूपमा, विभिन्न मानिसहरूको घरमा, ३६ लाख भन्दा बढ़ी बाइबल अध्ययनहरू गरे। यस्ता धेरै जसो अध्ययनहरू परिवारहरूसँग बसेर गरिए तर केही चाहिं व्यक्तिहरूसँग पनि गरिए। यस प्रकार, लाखौं बच्चाहरूले भविष्यका लागि एउटा निश्चित आशा पाइरहेका छन् र तिनीहरूका आमा-बाबुहरू पनि आफ्नो आँखाले देखेका अथवा भाग लिएका जस्ता युद्धहरू अब यहोवा परमेश्वरले सृजनु हुने नया संसारमा हुने छैन भनेर निश्चित भइरहेकाछन्।
त्यो संसार वास्तवमा परस्पर शान्ति र विश्वासले भरिपूर्ण हुनेछ! निरस्त्रीकारणबारे चिन्ता गर्ने फेरि कारण हुनेछैन किनभने युद्धका हतियारहरू त्यहाँ रहने छैन। यी सबै कुराका लागि “शान्ति दिने परमेश्वर” यहोवालाई धन्यबाद दिनु पर्छ किनभने उहाँको धार्मिकताको राज्यमा हामीले परिपूर्णता साथ जीवन बिताउने तयारी गर्न सम्भव होस् भनेर उहाँले हामीलाई प्रेम साथ प्रशिक्षण दिनु हुँदैछ।—रोमी १५:३३. (w89 12/15)