प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ijwbq article २५
  • पृथ्वीमा शान्ति कसरी छाउनेछ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पृथ्वीमा शान्ति कसरी छाउनेछ?
  • बाइबल प्रश्‍नहरूको जवाफ
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बाइबलको जवाफ
  • युद्धको अन्त
    ब्यूँझनुहोस्‌!—१९९९
  • मानवजातिलाई शान्ति तर्फ कसले डोऱ्‍याउनेछ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • “परमेश्‍वरको शान्तिले” तपाईंको हृदयलाई सुरक्षित राखून्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • साँचो शान्ति—कुन स्रोतबाट?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
थप हेर्नुहोस्
बाइबल प्रश्‍नहरूको जवाफ
ijwbq article २५
विभिन्‍न जातिका मानिसहरू

पृथ्वीमा शान्ति कसरी छाउनेछ?

बाइबलको जवाफ

कुनै मानिसले पृथ्वीमा शान्ति ल्याउन सक्दैन। तर परमेश्‍वरको राज्यले सक्छ। यो राज्य स्वर्गमा स्थापित सरकार हो र यसको राजा येशू ख्रीष्ट हुनुहुन्छ। पृथ्वीमा शान्ति छाउने सुन्दर आशाबारे बाइबलमा के बताइएको छ, विचार गर्नुहोस्‌।

  1. १.परमेश्‍वरले ‘पृथ्वीको अन्तसम्मै युद्धहरू रोक्नुहुन्छ’ र “पृथ्वीमा उहाँको निगाह पाएका मानिसहरूलाई शान्ति” दिने आफ्नो प्रतिज्ञा पूरा गर्नुहुनेछ।—भजन ४६:९; लूका २:१४.

  2. २.परमेश्‍वरको राज्यले स्वर्गबाट पूरै पृथ्वीमा शासन गर्नेछ। (दानियल ७:१४) सारा संसारभरि एउटै सरकार हुनेछ र यसले युद्धहरूको जड राष्ट्रवादलाई नामेट पारिदिनेछ।

  3. ३.परमेश्‍वरको राज्यको राजा येशूलाई “शान्तिका राजकुमार” भनिएको छ। उहाँको शासनमा “शान्तिको वृद्धिको अन्तचाहिं कहिल्यै हुनेछैन।”—यशैया ९:६, ७.

  4. ४.लडाइँ-झगडा गर्ने मानिसहरूको लागि त्यस राज्यमा कुनै ठाउँ हुनेछैन। किनभने “अत्याचार निको मान्‍नेलाई [परमेश्‍वरको] आत्माले घृणा गर्छ।”—भजन ११:५; हितोपदेश २:२२.

  5. ५.परमेश्‍वरले आफ्नो प्रजालाई शान्तिमा रहन सिकाउनुहुन्छ। यसले गर्दा हासिल हुने राम्रो नतिजाबारे बाइबल यसो भन्छ, “तिनीहरूले आफ्ना-आफ्ना तरवार पिटेर हलोको फाली र भालाचाहिं हँसिया बनाउनेछन्‌। एउटा जातिले अर्को जातिको विरुद्धमा तरवार उठाउनेछैन, औ तिनीहरूले अबउप्रान्त युद्ध गर्न सिक्नेछैनन्‌।”—यशैया २:३, ४.

विश्‍वभरका लाखौं यहोवाका साक्षीले कसरी शान्ति कायम गर्ने भनेर परमेश्‍वरबाट सिकिरहेका छन्‌। (मत्ती ५:९) हामी २३० भन्दा धेरै मुलुकका अनि विभिन्‍न जातिका भए तापनि अरू मानिसहरूको विरुद्धमा हतियार उठाउँदैनौं।

यहोवाका साक्षीहरू एक-आपसमा शान्ति कायम गर्न सिक्दै छन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने