प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • तपाईँ यहोवाको साथी बन्‍न सक्नुहुन्छ
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
    • ६. यहोवाले आफ्ना साथीहरूको लागि गर्नुहुने कुराहरू

      यहोवा आफ्ना साथीहरूलाई समस्याहरूसित जुझ्न मदत गर्नुहुन्छ। भिडियो हेर्नुहोस्‌ अनि तल दिइएको प्रश्‍न छलफल गर्नुहोस्‌:

      भिडियो: यहोवाले मेरो लागि थुप्रै कुरा गर्नुभएको छ (३:२०)

      • यस भिडियोमा देखाइएकी स्त्रीलाई नकारात्मक सोचाइ र भावना हटाउन यहोवाले कसरी मदत गर्नुभएको छ?

      यसैया ४१:१०, १३ पढ्‌नुहोस्‌ अनि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

      • यहोवाले आफ्ना सबै साथीको लागि के गरिदिने प्रतिज्ञा गर्नुभएको छ?

      • के तपाईँको विचारमा यहोवा तपाईँको असल साथी बन्‍न सक्नुहुन्छ? किन?

      चित्रहरूको सँगालो: घनिष्ठ साथीहरू एकअर्कालाई मदत गर्दै छन्‌। १. एक जना मानिस अर्को मानिसलाई एउटा ठूलो टेबुल सार्न मदत गर्छन्‌। २. एउटी स्त्री अर्की स्त्रीलाई आफ्नो मनको कुरा बताउँछिन्‌। ३. वैशाखीको सहारा लिएर हिँड्‌ने एक जना मानिसलाई अर्को मानिसले मदत गर्छन्‌।

      घनिष्ठ साथीहरूले तपाईँलाई चाहिएको बेला मदत दिन्छन्‌। त्यसरी नै यहोवाले पनि तपाईँलाई मदत दिनुहुनेछ

  • तपाईँ यहोवाको साथी बन्‍न सक्नुहुन्छ
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • हामी कसरी परमेश्‍वरको नजरमा स्वच्छ रहन सक्छौँ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
    • कल्पना गर्नुहोस्‌, एउटी मायालु आमाले आफ्नो सानो छोरालाई स्कुल पठाउन तयार पार्दै छिन्‌। तिनी छोरालाई नुहाइदिन्छिन्‌ र सफा लुगा लगाइदिन्छिन्‌। यसरी सरसफाइमा ध्यान दिँदा छोरा स्वस्थ रहन्छ अनि अरूले पनि आमाबुबाले उसको राम्रो ख्याल राखेको याद गर्छन्‌। त्यसैगरि हाम्रो मायालु बुबा यहोवा हामी शारीरिक र नैतिक रूपमा स्वच्छ भएको चाहनुहुन्छ। हामी स्वच्छ रहँदा हाम्रै फाइदा हुन्छ अनि यहोवाको महिमा हुन्छ।

      १. हामी कसरी शारीरिक रूपमा स्वच्छ हुन सक्छौँ?

      यहोवा हामीलाई यसो भन्‍नुहुन्छ: “तिमीहरू पवित्र हुनै पर्छ।” (१ पत्रुस १:१६) पवित्र हुनुमा शारीरिक र नैतिक रूपमा स्वच्छ हुनु समावेश छ। हामी नियमित रूपमा नुहाइधुवाइ गर्नुका साथै आफ्नो लुगाफाटा, घरआँगन अनि सवारीसाधन सफा र चिटिक्क राखेर शारीरिक रूपमा स्वच्छ रहन सक्छौँ। हामी सभाभवनको सरसफाइमा पनि सघाउन सक्छौँ। हामी शारीरिक रूपमा स्वच्छ रहँदा यहोवाको महिमा हुन्छ।—२ कोरिन्थी ६:३, ४.

      २. स्वच्छ रहन हामीले कस्ता अशुद्ध आनीबानी हटाउनुपर्छ?

      बाइबलले हामीलाई ‘तन र मनलाई अशुद्ध पार्ने हरकिसिमका कुराबाट अलग रहेर आफूलाई शुद्ध पार्न’ आग्रह गर्छ। (२ कोरिन्थी ७:१) त्यसैले हाम्रो शरीर वा दिमागलाई हानि पुऱ्‍याउने कुराहरूबाट अलग्गै बस्नुपर्छ। हाम्रा विचारहरू पनि यहोवालाई प्रसन्‍न तुल्याउने किसिमको हुनुपर्छ। (भजन १०४:३४) त्यसैले हामी खराब सोचाइलाई तिरस्कार गर्न हरप्रयास गर्छौँ। साथै हाम्रो बोलीवचन राम्रो हुनुपर्छ।—कलस्सी ३:८ पढ्‌नुहोस्‌।

      हामीलाई शारीरिक वा नैतिक रूपमा अशुद्ध बनाउने अरू कुरा के-के हुन्‌? सुर्ती, सुपारी, कोकाको पात र लागूपदार्थको सेवनले हाम्रो शरीरलाई अशुद्ध बनाउँछ। त्यसैले हामी यी कुराहरूबाट अलग रहन्छौँ। यसो गऱ्‍यौँ भने हाम्रो स्वास्थ्य राम्रो हुन्छ अनि उपहारस्वरूप पाएको जीवनप्रति आदर देखाइरहेका हुन्छौँ। साथै हस्तमैथुन गर्ने र अश्‍लील सामग्री हेर्ने अशुद्ध बानीहरूविरुद्ध सङ्‌घर्ष गरेर हामी नैतिक रूपमा स्वच्छ रहन हरप्रयास गर्छौँ। (भजन ११९:३७; एफिसी ५:५) यस्ता बानीहरू त्याग्न गाह्रो हुन सक्छ तर यहोवाले हामीलाई मदत गर्नुहुन्छ।—यसैया ४१:१३ पढ्‌नुहोस्‌।

      अझ खोतल्नुहोस्‌

      हामी शारीरिक रूपमा स्वच्छ रहँदा कसरी यहोवाको महिमा हुन्छ, विचार गर्नुहोस्‌। साथै अशुद्ध आनीबानी कसरी त्याग्न सकिन्छ, बुझ्नुहोस्‌।

      ३. शारीरिक रूपमा स्वच्छ रहँदा यहोवाको महिमा हुन्छ

      यहोवाले प्राचीन इस्राएल राष्ट्रलाई दिनुभएका आज्ञाहरू केलायौँ भने उहाँले स्वच्छतालाई कत्तिको महत्त्वपूर्ण ठान्‍नुहुन्छ भनेर बुझ्न सक्छौँ। प्रस्थान १९:१० र ३०:१७-१९ पढ्‌नुहोस्‌ अनि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

      • यी पदहरूबाट शारीरिक स्वच्छताप्रति यहोवाको दृष्टिकोणबारे के थाह पाउन सकिन्छ?

      • तपाईँलाई शारीरिक रूपमा स्वच्छ रहन कस्ता असल बानीले मदत गर्छ?

      शारीरिक रूपमा स्वच्छ रहन समय र शक्‍ति खर्च गर्नुपर्छ। हामी जहाँ बसे तापनि वा हाम्रो आर्थिक अवस्था जस्तोसुकै भए तापनि हामी शारीरिक रूपमा स्वच्छ रहन सक्छौँ। भिडियो हेर्नुहोस्‌ अनि तल दिइएको प्रश्‍न छलफल गर्नुहोस्‌:

      भिडियो: यहोवा स्वच्छ मानिसहरू मन पराउनुहुन्छ (४:१०)

      • हामीले सुसमाचार सुनाउँदा प्रयोग गर्ने सरसामान सफा र चिटिक्क छन्‌ भने कसरी यहोवाको महिमा हुन्छ?

      ४. कुलत त्याग्नुहोस्‌

      एक जना पुरुष डस्टबिनमा चुरोट फ्याँक्दै छन्‌।

      यहोवाले हामीलाई जुनसुकै कुलत त्याग्न मदत गर्न सक्नुहुन्छ

      यदि तपाईँ धूम्रपान गर्नुहुन्छ अथवा लागूपदार्थ सेवन गर्नुहुन्छ भने त्यस्तो कुलत त्याग्न निकै गाह्रो हुन्छ भनेर तपाईँलाई थाह होला। तपाईँ कसरी कुलत त्याग्न सक्नुहुन्छ? कुलतले तपाईँमा कस्तो असर पार्छ, विचार गर्नुहोस्‌। मत्ति २२:३७-३९ पढ्‌नुहोस्‌। त्यसपछि यी क्षेत्रहरूमा सुर्ती वा लागूपदार्थले कस्तो असर पुऱ्‍याउँछ भन्‍ने विषयमा छलफल गर्नुहोस्‌:

      • यहोवासितको मित्रतामा।

      • परिवार र वरपरका मानिसहरूमा।

      एउटा कुलत त्याग्न के-कस्ता कदम चाल्न सक्नुहुन्छ, योजना बनाउनुहोस्‌।a भिडियो हेर्नुहोस्‌।

      भिडियो: आत्मसंयम देखाउनुहोस्‌ (२:४७)

      फिलिप्पी ४:१३ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

      • प्रार्थना गर्ने, बाइबल अध्ययन गर्ने अनि सभामा उपस्थित हुने बानी बसाल्दा कसरी कुलत हटाउने बल पाउन सकिन्छ?

      ५. अशुद्ध विचार र आनीबानी त्याग्न सङ्‌घर्ष गर्नुहोस्‌

      कलस्सी ३:५ पढ्‌नुहोस्‌ अनि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

      • अश्‍लील सामग्री हेर्नु, सेक्सटिङ गर्नु (कम्प्युटर, मोबाइल वा यस्तै कुनै साधनमार्फत अश्‍लील मेसेज, फोटो वा भिडियो पठाउनु) अनि हस्तमैथुन गर्नु यहोवाको नजरमा अशुद्ध छ भनेर हामी किन भन्‍न सक्छौँ?

      • के तपाईँको विचारमा यहोवाले हामी नैतिक रूपमा स्वच्छ भएको चाहनु व्यावहारिक छ? किन?

      अशुद्ध विचार त्याग्न कसरी सङ्‌घर्ष गर्न सकिन्छ भनेर बुझ्नुहोस्‌। भिडियो हेर्नुहोस्‌।

      भिडियो: शुद्ध रहन कदम चाल्नुहोस्‌ (१:५१)

      नैतिक रूपमा स्वच्छ रहनको लागि हामीले ठोस कदम चाल्नुपर्छ भनेर बुझाउन येसुले एउटा उदाहरण बताउनुभयो। मत्ति ५:२९, ३० पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

      • हुनत येसुले आफ्नो शरीरलाई हानि पुऱ्‍याउनुपर्छ भन्‍न खोजिरहनुभएको थिएन तर हामीले ठोस कदम चाल्नुपर्छ भनेर सङ्‌केत गर्दै हुनुहुन्थ्यो। अशुद्ध विचार त्याग्न कस्तो ठोस कदम चाल्नुपर्छ?b

      तपाईँ अशुद्ध विचारहरू त्याग्न सङ्‌घर्ष गर्दै हुनुहुन्छ भने यहोवा तपाईँको प्रयासको कदर गर्नुहुन्छ। भजन १०३:१३, १४ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

      • यदि तपाईँ कुनै अशुद्ध बानी त्याग्न सङ्‌घर्ष गर्दै हुनुहुन्छ भने हरेस नखान यस बाइबल पदबाट कस्तो प्रोत्साहन पाउनुभयो?

      हार नमान्‍नुहोस्‌!

      हाम्रो मनमा सजिलै यस्तो सोचाइ आउन सक्छ, ‘म चुकेँ, त्यसैले अब प्रयास गर्नु बेकार छ।’ तर यो कुरा विचार गर्नुहोस्‌: एक जना धावक दौडँदै गर्दा लड्यो भने त्यसको अर्थ उसले दौड हाऱ्‍यो भन्‍ने होइन। ऊ फेरि सुरुदेखि दौडन थाल्नु पनि पर्दैन। त्यसैगरि तपाईँ चुक्नुको अर्थ कुलत त्याग्न गरिरहनुभएको लडाइँ हार्नुभयो भन्‍ने होइन। साथै तपाईँले अहिलेसम्म गर्नुभएको उन्‍नति खेर गयो भन्ठान्‍नु पनि पर्दैन। प्रयास गर्दागर्दै पनि चुक्नु सामान्य कुरा हो। त्यसैले हार नमान्‍नुहोस्‌! तपाईँ यहोवाको मदतले कुलत त्याग्न सक्नुहुन्छ।

      एक जना धावक लडेपछि उठ्‌दै छन्‌।

      कोही-कोही भन्छन्‌: “म कुलतमा फसिसकेँ। अब यसबाट निस्कन सक्दिनँ।”

      • त्यस्तो व्यक्‍तिलाई यहोवाको मदतले कुलत त्याग्न सकिन्छ भनेर बुझाउन तपाईँ कुन बाइबल पद देखाउन सक्नुहुन्छ?

      सारांश

      हामी आफ्नो शरीर, दिमाग र आचरणलाई स्वच्छ राखेर यहोवालाई खुसी बनाउँछौँ।

      तपाईँले के सिक्नुभयो?

      • स्वच्छ रहनु किन धेरै महत्त्वपूर्ण छ?

      • तपाईँ शारीरिक रूपमा कसरी स्वच्छ रहन सक्नुहुन्छ?

      • तपाईँ आफ्नो विचार र आचरण कसरी स्वच्छ राख्न सक्नुहुन्छ?

      लक्ष्य

      अझ धेरै जान्‍नुहोस्‌

      तपाईँसित प्रशस्त भौतिक कुरा छैन भने पनि शारीरिक रूपमा स्वच्छ रहन के गर्न सक्नुहुन्छ?

      स्वास्थ्य र सरसफाइ—हात धुने (३:०१)

      तपाईँ धूम्रपान छोड्‌न कस्ता व्यावहारिक कदम चाल्न सक्नुहुन्छ, थाह पाउनुहोस्‌।

      “धूम्रपान कसरी छोड्‌न सकिन्छ?” (ब्यूँझनुहोस्‌!, मे २०१०)

      अश्‍लील सामग्री हेर्नुका असरहरूबारे केलाउनुहोस्‌।

      “के अश्‍लील सामग्री हानिकारक छ?” (प्रहरीधरहरा, अगस्त १, २०१३)

      एक जना मानिसले अश्‍लील सामग्री हेर्ने कुलत कसरी त्यागे, पढ्‌नुहोस्‌।

      “म धेरै पटक चुकेपछि बल्ल सफल भएँ” (प्रहरीधरहरा सङ्‌ख्या ४ २०१६)

      a यस पाठको “अझ धेरै जान्‍नुहोस्‌” भागमा भएको “धूम्रपान कसरी छोड्‌न सकिन्छ?” लेखमा यो कुलत त्याग्न चाल्न सकिने व्यावहारिक कदमहरूबारे बताइएको छ।

      b हस्तमैथुन गर्ने बानी त्याग्न उपयोगी जानकारीको लागि युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ किताबको खण्ड १, अध्याय २५ को “म हस्तमैथुन गर्ने बानी कसरी त्याग्न सक्छु?” लेख हेर्नुहोस्‌।

  • के तपाईँ बप्तिस्मा गर्न तयार हुनुहुन्छ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
    • ६. यहोवाको मदतमा भर पर्नुहोस्‌

      ती युवती एक जना वृद्धालाई सुसमाचार सुनाउँछिन्‌। तिनकी बाइबल अध्ययन सञ्चालक पनि सँगै छिन्‌।

      यहोवालाई खुसी बनाउन उहाँले तपाईँलाई मदत गर्नुहुनेछ। भिडियो हेर्नुहोस्‌ अनि तल दिइएका प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

      भिडियो: यहोवाले तपाईँलाई मदत गर्नुहुनेछ (२:५०)

      • भिडियोमा देखाइएका बाइबल विद्यार्थीलाई बप्तिस्मा गर्नदेखि कुन कुराले रोकेको थियो?

      • तिनले सिकेको कुन कुराले यहोवामाथिको तिनको भरोसा बलियो बनाउन मदत गऱ्‍यो?

      यसैया ४१:१०, १३ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

      • समर्पणको वाचा पूरा गर्न सक्छु भनेर तपाईँ किन विश्‍वस्त हुन सक्नुहुन्छ?

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने