प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g19 No. १ pp. ४-५
  • समस्याको जड पत्ता लगाउने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • समस्याको जड पत्ता लगाउने
  • ब्यूँझनुहोस्‌!—२०१९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • के हामी असम्भव काम गर्न खोज्दै छौँ?
  • बाइबलमा पाइने बुद्धिमानी सल्लाहले सुरक्षा दिन्छ
  • विश्‍वास र तपाईंको भविष्य
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • साँचो बुद्धिले ठूलो स्वरले बोलाइरहेको छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • ‘परमेश्‍वरको बुद्धिको गहिराइ कत्ति अथाह छ!’
    यहोवासित नजिक हुनुहोस्‌
  • के तपाईँको जीवनमा “माथिबाट आउने बुद्धि”-ले काम गर्दै छ?
    यहोवासित नजिक हुनुहोस्‌
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१९
g19 No. १ pp. ४-५
बिरामी उपचार कक्षभन्दा बाहिर छलफल गरिरहेका दुईजना डाक्टर

समस्या सुल्झाउन त्यसको लक्षणहरू मात्र पत्ता लगाएर पुग्दैन बरु समस्याको जडलाई उखेल्नुपर्छ

चुनौती

समस्याको जड पत्ता लगाउने

शान्ति र सुरक्षा खलबल्याउने अनि हाम्रो भविष्यलाई खतरामा पार्ने समस्याहरू आज व्याप्त छन्‌। के यी समस्याहरू मानिसहरूले सुल्झाउन सक्छन्‌? समस्या सुल्झाउन त्यसका लक्षणहरू थाह पाएर मात्र पुग्दैन, त्यसको जडसम्मै पुग्नुपर्छ।

एउटा उदाहरण विचार गर्नुहोस्‌, टम नाम गरेको एक जना व्यक्‍ति बिरामी हुन्छन्‌ र तिनको मृत्यु हुन्छ। तिनको मृत्युको कारण के थियो? तिनलाई भर्ना गरिएको अस्पतालका एक जना डाक्टरले यस्तो लेखे: “रोगका लक्षणहरू देखापर्दा कसैले पनि त्यसको मुख्य कारण पत्ता लगाउने प्रयास गरेनन्‌।” यसो हेर्दा टमलाई पहिला जाँचेका डाक्टरहरूले पीडा कम गराउने औषधी मात्र दिएको जस्तो देखिन्छ।

के मानिसहरूले यस संसारको समस्या सुल्झाउन पनि त्यस्तै तरिका अपनाइरहेका छन्‌? उदाहरणको लागि, अपराध रोकथाम गर्न सरकारले कानुन बनाउँछ, ठाउँ ठाउँमा सिसी क्यामरा राख्छ र प्रहरी तैनाथ गर्छ। यस्ता प्रयासहरू केही हदसम्म प्रभावकारी साबित भएका छन्‌। तर यसले समस्याको जड भने उखेल्न सक्दैन। किनकि समस्याको जड मानिसको सोचाइ, भावना र चाहनामा हुन्छ अनि यी कुराहरू उसको व्यवहारमा झल्किन्छ।

डानियल दक्षिण अमेरिकाको एउटा देशमा बस्छन्‌। त्यहाँको अर्थतन्त्र दिनानुदिन खस्कँदै गइरहेको छ। तिनी यसो भन्छन्‌: “हामी सामान्य जीवन बिताइरहेका थियौँ। लुटपाटको कुनै डर थिएन। तर अहिले त्यस्तो कुनै गाउँ वा सहर छैन जहाँ लुटपाट हुँदैन। अर्थतन्त्र खस्कँदै गएपछि मानिसको वास्तविक स्वरूप देखिन थाल्यो। थुप्रै मानिसहरू लोभी भएका छन्‌ अनि तिनीहरूको नजरमा अरूको जीवनको कुनै मोल छैन।”

मध्य पूर्वमा बस्ने एलियसको अवस्था विचार गर्नुहोस्‌। द्वन्द्वको कारण तिनले आफ्नो घरबार छोड्‌नुपऱ्‍यो। तिनी यसो भन्छन्‌: “म बसेको ठाउँका थुप्रै युवाहरूलाई तिनीहरूको परिवार अनि राजनैतिक-धार्मिक सङ्‌गठनले युद्धमा सामेल हुन हौसला दिन्छन्‌। राष्ट्र र धर्मको लागि लड्‌ने मानिसहरू हिरो हुन्‌ भनेर तिनीहरूलाई सिकाइन्छ। विपक्षमा हुनेहरूले पनि आफ्ना मानिसहरूलाई त्यस्तै भन्‍ने गर्छन्‌।” यस्ता कुराहरू देखेर अनि बाइबल अध्ययन गरेर तिनले मानव शासकहरूमा भरोसा गर्नु व्यर्थ छ भनेर थाह पाए।

बाइबल यसो भन्छ:

  • “मानिसको हृदयको झुकाव सानैदेखि खराबी गर्नतर्फ हुन्छ।”—उत्पत्ति ८:२१.

  • “मानिसको हृदय साह्रै छली हुन्छ, त्यो अति भ्रष्ट हुन्छ। त्यसलाई कसले बुझ्न सक्छ र?”—यर्मिया १७:९.

  • “दुष्ट विचार, हत्या, . . . अवैध यौनसम्बन्ध, चोरी, झूटा साक्षी, . . . हृदयबाटै निस्कन्छ।”—मत्ति १५:१९.

मानिसहरूले आफूभित्र जरा गाडेर बसेका दुर्गुणहरू हटाउन सकेका छैनन्‌। अघिल्लो लेखमा चर्चा गरिएका समस्याहरू विचार गर्दा मानिसहरूको नैतिक स्तर झन्‌-झनै खस्कँदै गइरहेको छ भनेर प्रस्ट हुन्छ। (२ तिमोथि ३:१-५) आजको युग सूचना र प्रविधिको युग हो। त्यसैले अहिले जानकारीको छेलोखेलो नै छ अनि जानकारी आदानप्रदान गर्ने माध्यमको त कुरै नगरौँ। तैपनि समस्या भने ज्युँको त्युँ छ। मानिसहरूले किन संसारमा शान्ति र सुरक्षा कायम गर्न सकिरहेका छैनन्‌? के यो मानिसको वशमा नभएको कुरा हो वा यो असम्भव कुरा हो?

के हामी असम्भव काम गर्न खोज्दै छौँ?

कुनै चमत्कार भएर मानिसभित्र रहेका दुर्गुणहरू हटे भने पनि यो संसारलाई सुरक्षित बनाउन सकिँदैन। किन? किनकि मानिसको क्षमता सीमित छ।

हामी यो सत्यलाई नकार्न सक्दैनौँ: “आफ्नै पाइलालाई बाटो देखाउने अधिकारसमेत मानिससित छैन।” (यर्मिया १०:२३) हामी आफूले आफैलाई डोऱ्‍याउन सृष्टि गरिएका होइनौँ। जसरी हामी पानीमा बस्न बनाइएका होइनौँ त्यसैगरि एकअर्कामाथि शासन गर्न पनि बनाइएका होइनौँ।

पानीमा पौडी रहेको दुईजना मानिस

जसरी हामी पानीमा बस्न बनाइएका होइनौँ त्यसैगरि एकअर्कामाथि शासन गर्न पनि बनाइएका होइनौँ

उदाहरणको लागि, आफू सरहको व्यक्‍तिले अर्ती दिँदा के मानिसहरूलाई त्यो स्विकार्न सजिलो लाग्छ? गर्भपतन वा छोराछोरीलाई अनुशासन दिने विषयबारे अरूले ‘यसो गर उसो नगर’ भन्दा के मानिसहरूलाई मन पर्छ? एउटै कुरामा पनि फरक-फरक विचारधारा हुन्छ भनेर देखाउने यी त केही उदाहरण मात्र हुन्‌। बाइबलको कुनै-कुनै कुरा स्विकार्न गाह्रो लागे पनि यसमा भएको कुरा सही छ। हामीसित मानिसहरूमाथि शासन गर्ने न क्षमता छ न त अधिकार नै। त्यसोभए हामी कहाँ मदत पाउन सक्छौँ?

सबैभन्दा राम्रो तरिका भनेको सृष्टिकर्तासित मदत माग्नु हो। किनकि उहाँले नै हामीलाई बनाउनुभयो। कसै-कसैको विचारमा उहाँलाई हाम्रो वास्ता छैन। तर वास्तवमा उहाँ हाम्रो चासो राख्नुहुन्छ भनेर बाइबलमा बताइएको छ। बाइबल अध्ययन गरेपछि हामीले आफ्नो कमीकमजोरी र दुःखकष्ट हुनुको कारण थाह पाउन सक्छौँ। एक जना जर्मन दार्शनिकले यस्तो लेखे, “मानिस र सरकारले इतिहासबाट न केही पाठ सिकेका छन्‌ न त आफ्नो व्यवहार नै परिवर्तन गरेका छन्‌।”

बाइबलमा पाइने बुद्धिमानी सल्लाहले सुरक्षा दिन्छ

एक जना बुद्धिमान्‌ मानिसले यसो भने: “मानिसले गर्ने असल कामैले ऊ बुद्धिमान्‌ हो भनेर प्रमाणित गर्छ।” (लुका ७:३५) यसैया २:२२ मा एउटा राम्रो सल्लाह पाइन्छ: “मानिसमा भरोसा गर्न छोड अनि तिमीहरूको भलो हुनेछ।” यसले हामीलाई खोक्रा आशाहरूमा भरोसा नगर्न होसियार गराउँछ। केन्‍नेथ उत्तर अमेरिकाको एउटा सहरमा बस्छन्‌, जहाँ हत्या हिंसा दिनहुँ जसो हुन्छ। तिनी यसो भन्छन्‌: “नेताहरू विभिन्‍न प्रतिज्ञा गर्छन्‌ तर त्यो पूरा गर्न सक्दैनन्‌। यसबाट बाइबलको कुरा साँचो छ भनेर प्रस्ट हुन्छ।”

अघि उल्लेख गरिएका डानियल यसो लेख्छन्‌: “मानिसहरू शासन गर्न असक्षम छन्‌ भनेर म विश्‍वस्त भएको छु। . . . तपाईँको खातामा पैसा छ वा कतै लगानी गर्नुभएको छ भन्दैमा भविष्य सुनिश्‍चित हुन्छ भन्‍ने छैन। यस्तो कुरामा भरोसा गर्दा धेरैले दुःख पाएको देखेको छु।”

बाइबलले हामीलाई खोक्रा आशाहरूमा भरोसा नगर्न मात्र सिकाउँदैन बरु यसले हामीलाई साँचो आशा दिन्छ। यसबारे हामी यसपछिका लेखहरूमा सिक्नेछौँ।

मुख्य बुँदा

बाइबलले हामीलाई मानिसजातिको असफलता र दुःखदायी इतिहासबारे बुझ्न मदत गर्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने