-
“हामीलाई भन्नुहोस्, यी कुराहरू कहिले हुनेछन्?”प्रहरीधरहरा—१९९४ | फेब्रुअरी १
-
-
११ प्रेरित २:१-४ र १४-२१ मा वर्णन गरिएअनुसार सा०यु० ३३ पेन्तिकोसको दिनमा पुरुष र स्त्री गरी जम्मा १२० जनामाथि परमेश्वरले पवित्र आत्मा खन्याउनुभयो। योएलले भविष्यवाणी गरेको यही नै थियो भनी प्रेरित पत्रुसले प्रष्ट पारे। तर ‘सूर्य अँध्यारो हुने र चन्द्रमा रगतमा परिणत हुने र ताराहरूले आफ्नो चमक दिन छाड्ने सम्बन्धमा’ योएलका शब्दहरूबारे के भन्न सकिन्छ? यसको पूर्ति सा०यु० ३३-मा अथवा यहूदी रीतिरिवाजको अन्तिम ३० वर्षभित्र भयो भन्ने कुनै सङ्केत पाईंदैन।
१२ स्पष्टतया योएलको भविष्यवाणीको पछिल्लो भाग “यहोवाको महान तथा भयङ्कर दिन” अर्थात् यरूशलेमको विनाशसित निकटतम् सम्बन्धित थियो। नोभेम्बर १५, १९६६-को द वाचटावर-ले सा०यु० ७०-मा यरूशलेममाथि आइपरेको सङ्कष्टबारे स्पष्टसित यसो भन्यो: “यरूशलेम र उनको सन्तानहरूलाई ध्यानमा राख्दा त्यो साँच्चै नै ‘यहोवाको दिन’ थियो। अनि त्यस दिनसित प्रशस्त ‘रगत, आगो र धूवाँको मुस्लो सम्बन्धित थियो।’ दिनमा छाएको अँध्यारोलाई सूर्यले हटाएन र शान्त जूनेली रातको सट्टा चन्द्रमाले बगाइएको रगत स्मरण गरायो।”c
१३ हो, हामीले अरू भविष्यवाणीहरूमा पनि देखेझैं योएलले भविष्यवाणी गरेका यी आकाशीय अद्भुत घटनाहरू यहोवाले न्यायदण्ड दिनुहुँदा हुनु पर्ने थियो। यहूदी रीतिरिवाजको अन्त नभएसम्मै यस्ता घटनाहरू भइरहनुको सट्टा यरूशलेमको विरूद्ध न्यायिक शक्तिहरू जाइलाग्दा मात्र सूर्य, चन्द्र र ताराहरू अँध्यारो भए। वर्तमान रीतिरिवाजमाथि यहोवाले न्याय गर्न थाल्नु हुँदा योएलको यस भविष्यवाणीको महान पूर्ति हुनेछ भन्ने आशा गर्नु तर्कसङ्गत छ।
-
-
“हामीलाई भन्नुहोस्, यी कुराहरू कहिले हुनेछन्?”प्रहरीधरहरा—१९९४ | फेब्रुअरी १
-
-
c रोमीहरूले (सा०यु० ६६) यरूशलेममाथि गरेको पहिलो आक्रमण र त्यसको विनाशबीच घटेका घटनाहरूलाई जोसेफस यसरी लेख्छन्: “त्यस रात ध्वंसात्मक हुरी चल्यो; तूफान आयो, मुसलधारे वर्षा भयो, बिजुली चम्किनै रह्यो र मेघको गर्जन भयावह थियो, कानै थर्काउने आवाजले पृथ्वी हल्लियो। यी सब कुराहरूको उथलपुथलले सारा मानवजातिमाथि आइपर्न लागेको विपत्तिको पूर्वाभास दियो र यी कुलक्षणहरूले एउटा अतुलनीय विध्वंस चित्रित गर्दैथिए भन्ने विषयमा पनि कसैको दुई मत थिएन।”
-