प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • तिनले आफ्नो गल्तीबाट पाठ सिके
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
    • १२. (क) जोडसित आँधी चलिरहेको बेला योना सुत्न गए तापनि तिनलाई अरूको बेवास्ता गर्ने मानिस भन्‍न मिल्दैन, किन? (फुटनोट पनि हेर्नुहोस्‌) (ख) कसले गर्दा आपत्‌ आइलागेको हो भनेर यहोवाले कसरी देखाइदिनुभयो?

      १२ आफूले केही मदत गर्न नसक्ने भएपछि योना जहाजको तल्लो भागमा जान्छन्‌ र एकातिर ढल्किन्छन्‌। तिनी भुसुक्कै निदाउँछन्‌।b जहाजका कप्तानले योना निदाइरहेको भेट्टाउँछन्‌, तिनलाई उठाउँछन्‌ र अरूले जस्तै आफ्ना परमेश्‍वरलाई पुकार भनेर हकार्छन्‌। यो आँधी आउनुमा कुनै ईश्‍वरकै हात हुनुपर्छ भन्‍ने ती नाविकहरूलाई लाग्छ। त्यसैले कसको कारण त्यस्तो आपत्‌ आइलागेको हो भनेर पत्ता लगाउन तिनीहरू एकआपसमा चिट्ठा हाल्छन्‌। एकपछि अर्को गर्दै मानिसहरू निर्दोष ठहरिंदै जाँदा योनाको मुटुको धड्‌कन कत्ति बढ्यो होला! दोषी को रहेछ, आखिर पत्ता लागिछाड्यो। योनाकै कारणले गर्दा यहोवाले त्यो आँधी चलाउनुभएको थियो। चिट्ठा तिनको नाममा पार्ने पनि यहोवा नै हुनुहुन्थ्यो।—योना १:५-७ पढ्‌नुहोस्‌।

  • तिनले आफ्नो गल्तीबाट पाठ सिके
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
    • b सेप्टुआजिन्ट अनुवादमा हेर्ने हो भने योना घुरिरहेका थिए भनेर बताइएको छ। तिनको निद्रा गहिरो थियो भनेर यसबाट बुझिन्छ। त्यसैले योनालाई अरूको वास्तै थिएन भन्‍ने निष्कर्षमा हामी पुगिहाल्नु हुँदैन। किनभने निराशाले घेर्दा कहिलेकाहीं मानिसहरूलाई निद्राले झपक्क छोप्ने गर्छ। जस्तै, गेत्समनीको बगैंचाका पीडाजनक अन्तिम घडीमा येशूले आफ्ना चेलाहरू पत्रुस, याकूब र यूहन्‍नालाई “सुर्ताले क्लान्त भई निदाइरहेको” भेट्टाउनुभयो।—लूका २२:४५.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने