के तपाईंलाई सम्झना छ?
के तपाईंले प्रहरीधरहरा पत्रिकाका हालैका अंकहरू पढेर आनन्द उठाउनुभयो? उसोभए, तपाईं निम्न प्रश्नहरूको जवाफ दिन सक्नुहुन्छ कि:
• मीकाको पुस्तकमा कतिवटा अध्याय छन्, यो कहिले लेखियो अनि त्यसबेला कस्तो परिस्थिति थियो?
मीकाको पुस्तकमा सातवटा अध्याय छन्। अगमवक्ता मीकाले सा.यु.पू. आठौं शताब्दीमा यो पुस्तक लेखे जुन बेला परमेश्वरले करार बाँध्नुभएको जाति—इस्राएल र यहूदा—दुई राष्ट्रमा विभाजित थियो।—८/१५, पृष्ठ ९.
• मीका ६:८ अनुसार परमेश्वर हामीबाट के चाहनुहुन्छ?
हामीले “न्याय गर्नू” आवश्यक छ। कामकुरा गर्ने परमेश्वरको तौरतरिका नै न्यायको स्तर हो, त्यसकारण हामीले इमानदारी र निष्ठासम्बन्धी उहाँका सिद्धान्तहरू पालन गर्नै पर्छ। उहाँ हामीलाई “दयालाई प्रेम गर्नू,” भन्नुहुन्छ। अरूका आवश्यकताहरू पूरा गर्ने सन्दर्भमा मसीहीहरूले प्रेम देखाएका छन्, जस्तै विपत्तिहरू पश्चात्। हामी यहोवासित “नम्र भएर हिंड्न” आफ्ना सीमितताहरू बुझ्नै पर्छ अनि उहाँमा भरोसा राख्नै पर्छ।—८/१५, पृष्ठहरू २०-२.
• जागिर गुमाउनुपर्दा एक जना मसीहीले के गर्न सक्छन्?
आफ्नो जीवन शैलीलाई पुनः केलाउनु बुद्धिमानी हुन सक्छ। सानो ठाउँमा सरेर वा अनावश्यक भौतिक चीजबीजहरू हटाएर आफ्नो जीवन सरल बनाउन सम्भव हुन सक्छ। निस्सन्देह, कुनै न कुनै तरिकामा परमेश्वरले हाम्रा आवश्यकताहरू पूरा गर्न प्रबन्ध मिलाउनुहुनेछ भनी परमेश्वरमा भरोसा राख्दै दैनिक आवश्यकताहरूबारे चिन्तित नहुनु महत्त्वपूर्ण छ। (मत्ती ६:३३, ३४)—९/१, पृष्ठ १४-१५.
• विवाहमा उपहारहरू दिंदा वा प्राप्त गर्दा हामीले कुन कुरा सम्झनुपर्छ?
महंगा उपहारहरू दिनु आवश्यक छैन न त यस्ता कुराहरू पाउने आशा नै राख्नुहुन्छ। दिने व्यक्तिको हृदयको मनोवृत्ति सबैभन्दा मूल्यवान् कुरा हो। (लूका २१:१-४) उपहार दिने व्यक्तिहरूको नाउँ सबैले सुन्नेगरी घोषणा गर्नु त्यति उचित हुँदैन। यसो गर्दा त्यस व्यक्तिलाई अप्ठ्यारो वा लाजमर्दो महसुस हुन सक्छ। (मत्ती ६:३)—९/१, पृष्ठ २९.
• हामीले किन निरन्तर प्रार्थना गर्नुपर्छ?
नियमित तवरमा गरिएको प्रार्थनाले परमेश्वरसितको हाम्रो सम्बन्धलाई बलियो बनाउन मदत गर्नुका साथै विभिन्न परीक्षाहरू सहन सुसज्जित पार्न सक्छ। परिस्थिति अनि आवश्यकता अनुसार हाम्रा प्रार्थनाहरू छोटा अथवा लामा हुन सक्छन्। प्रार्थनाले विश्वास बलियो बनाउँछ अनि समस्याहरूको समाधन गर्न मदत दिन्छ।—९/१५, पृष्ठहरू १५-१८.
• कुनै-कुनै संस्करणहरूमा “मरेकाहरूका निम्ति बप्तिस्मा लिनेहरू” भनेर अनुवाद गरिएको १ कोरिन्थी १५:२९ लाई हामीले कसरी बुझ्नुपर्छ?
पावलले भन्न खोजिरहेको कुरा के थियो भने, अभिषिक्त मसीहीहरू ख्रीष्टको जस्तै मृत्युसम्मै निष्ठावान् रहने जीवनको लागि बप्तिस्मा लिन्छन् वा पानीमा चुर्लुम्म डुब्छन्। त्यसपछि, ख्रीष्टजस्तै तिनीहरू पनि आत्मिक जीवनमा ब्यूँताइनेछन्।—१०/१, पृष्ठ २९.
• मसीही बन्न १ कोरिन्थी ६:९-११ मा उल्लिखित गलत कुराहरूबाट मात्र अलग बसेर पुग्दैन भनेर हामी कसरी थाह पाउन सक्छौं?
प्रेरित पावलले मसीहीहरू व्यभिचार, मूर्तिपूजा अनि मतवालीपनबाट मात्र अलग बस्नुपर्छ भनेर उल्लेख गरेनन्। थप परिवर्तनहरू गर्नु पर्ने हुन सक्छ भन्दै तिनले अर्को पदमा यसो भने: “सबै कुरा मेरो निम्ति न्यायसंगत छन्, तर सबै कुरा फायदाका छैनन्।”—१०/१५, पृष्ठहरू १८-१९.
• परमेश्वरको हृदयलाई आनन्दित तुल्याएका पुरातन समयका केही स्त्रीहरू को-को थिए?
तिनीहरूमा सुँडेनी शिप्रा र पूआ पनि पर्छन् जसले फिरऊनको आज्ञाबमोजिम गरेनन् र नवजात शिशुहरूलाई मारेनन्। (प्रस्थान १:१५-२०) कनानी वेश्या राहाबले दुई जना इस्राएली जासुसहरूलाई बचाई। (यहोशू २:१-१३; ६:२२, २३) विवेकी हुँदै अबिगेलले ज्यान बचाउनुका साथै दाऊदलाई रक्तदोषी हुनबाट जोगिन मदत गरिन्। (१ शमूएल २५:२-३५) यिनीहरू आजका स्त्रीहरूको लागि उदाहरण हुन्।—११/१, पृष्ठहरू ८-११.
• न्यायकर्त्ता ५:२० मा बताएअनुसार, सीसराविरुद्ध कसरी “ताराहरूले पनि आकाशदेखि लड़ाइँ गरे”?
कसै-कसैले यस भनाइलाई ईश्वरीय मदतको संकेत ठान्छन्। अन्य कतिपयले चाहिं यस भनाइलाई उल्का वर्षाउन स्वर्गदूतले गरेको मदत अथवा ज्योतिष भविष्यवाणीमाथि सीसराको निर्भरता झूटा प्रमाणित भएको संकेत ठान्छन्। बाइबलले यस सन्दर्भमा कुनै व्याख्या नगरेकोले हामीले यस भनाइलाई इस्राएली फौजहरूको खातिर परमेश्वरले गर्नुभएको हस्तक्षेपको संकेतको रूपमा लिन सक्छौं।—११/१५, पृष्ठ ३०.
• धर्मप्रति भावशून्यता अनि उदासीनता व्याप्त भए तापनि किन यति धेरै मानिसहरूले अझै परमेश्वरमा विश्वास रहेको दाबी गर्छन्?
कोही-कोही मनोशान्तिको खोजीमा चर्च जान्छन्। अरू कतिपयले मृत्युपछि अनन्त जीवन वा स्वास्थ्य, धनसम्पत्ति र सफलताको आशा राख्छन्। कुनै इलाकाहरूमा मानिसहरू पूँजीवादप्रतिको आकर्षणले कम्युनिष्ट विचारधारा विस्थापित हुँदा उत्पन्न आध्यात्मिक शून्यतालाई पुर्न चाहन्छन्। यस्ता कारणहरू बुझ्नाले मसीहीहरूलाई अर्थपूर्ण वार्तालाप सुरु गर्न मदत मिल्छ।—१२/१, पृष्ठ ३.