प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • jy chap. २२ p. ५८-p. ५९ par. ६
  • चार जना चेला मानिसहरूको जलारी हुन्छन्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • चार जना चेला मानिसहरूको जलारी हुन्छन्‌
  • येसु—बाटो, सत्य र जीवन
  • मिल्दोजुल्दो सामग्री
  • चार जना चेलाहरूलाई बोलावट
    सबैभन्दा महान्‌ पुरुष
  • मानिसहरू पक्रने जलारी भएर सेवा गर्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • डर र शङ्‌काविरुद्ध सङ्‌घर्ष
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
  • येसु जलारीहरूसामु देखा पर्नुहुन्छ
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
थप हेर्नुहोस्
येसु—बाटो, सत्य र जीवन
jy chap. २२ p. ५८-p. ५९ par. ६
येसु गालिल समुद्रको किनारामा पत्रुस, अन्द्रियास, याकुब र युहन्‍नासित कुरा गर्नुहुन्छ

अध्याय २२

चार जना चेला मानिसहरूको जलारी हुन्छन्‌

मत्ति ४:१३-२२ मर्कुस १:१६-२० लुका ५:१-११

  • येसु चेलाहरूलाई पूरै समय आफ्नो पछि लाग्न बोलाउनुहुन्छ

  • माछा मार्ने जलारीहरू मानिसहरूको जलारी हुन्छन्‌

नासरतका मानिसहरूले येसुको ज्यान लिने प्रयास गरेपछि उहाँ कफर्नहुम सहर जानुहुन्छ, जुन सहर “गनेसरेत ताल” पनि भनिने गालिल समुद्रनजिकै पर्छ। (लुका ५:१) यसप्रकार समुद्रनजिकै बस्ने गालिलका मानिसहरूले चहकिलो ज्योति देख्नेछन्‌ भनेर यसैयाको किताबमा गरिएको भविष्यवाणी पूरा हुन्छ।—यसैया ९:१, २.

हो, येसुले “स्वर्गको राज्य नजिकै आएको छ” भन्दै गालिलमा पनि प्रचार गर्नुहुन्छ। (मत्ति ४:१७) येसु आफ्ना चार जना चेलालाई फेरि भेट्‌नुहुन्छ। तिनीहरूले पहिला उहाँसितै यात्रा गरेका थिए। तर उहाँसँगै यहुदियाबाट फर्केपछि तिनीहरू फेरि माछा मार्ने व्यवसायमै लागेका थिए। (युहन्‍ना १:३५-४२) तर अब तिनीहरू निरन्तर येसुसँगै हुनुपर्ने समय आएको छ किनकि आफ्नो मृत्युपछि पनि तिनीहरूले प्रचारको काम गरिरहन सकून्‌ भनेर उहाँ तिनीहरूलाई तालिम दिन चाहनुहुन्छ।

येसु समुद्र किनारमा हिँडिरहनुभएको बेला उहाँले सिमोन पत्रुस, तिनका भाइ अन्द्रियास र तिनीहरूका केही साथीहरूलाई जाल धोइरहेको देख्नुहुन्छ। येसु गएर पत्रुसको डुङ्‌गामा चढ्‌नुहुन्छ र डुङ्‌गालाई अलि पर लैजान भन्‍नुहुन्छ। अलि पर पुगेपछि येसु बस्नुहुन्छ र किनारामा भेला भएको भीडलाई परमेश्‍वरको राज्यबारे सत्य कुराहरू सिकाउन थाल्नुहुन्छ।

त्यसपछि येसु पत्रुसलाई भन्‍नुहुन्छ: “डुङ्‌गालाई गहिरो ठाउँतिर लैजाऊ र माछा समात्न तिमीहरूले आ-आफ्ना जाल हान।” तर पत्रुस भन्छन्‌: “गुरुज्यू, हामीले रातभरि मेहनत गऱ्‍यौँ तर केही भेट्टाएनौँ तैपनि तपाईँले भन्‍नुभएकोले म जाल हाल्नेछु।”—लुका ५:४, ५.

अन्द्रियास, याकुब र युहन्‍ना सकिनसकी जाल तान्दै छन्‌; पत्रुस येसुसामु घुँडा टेक्छन्‌

तिनीहरू जाल हान्छन्‌। त्यसपछि त जालहरूमा यत्ति धेरै माछा पर्छ कि जाल नै फाट्‌न लाग्छ। त्यसैले तिनीहरू तुरुन्तै अर्को डुङ्‌गामा भएका साथीहरूलाई मदतको लागि इसारा गर्छन्‌। एकछिनमै दुइटै डुङ्‌गा भरिन्छ र भारले गर्दा डुङ्‌गा डुब्न खोज्छ। यो देखेर पत्रुस येसुसामु घुँडा टेक्दै यसो भन्छन्‌: “हे प्रभु, म पापी मानिस हुँ, त्यसैले मदेखि टाढा गइहाल्नुहोस्‌।” तर येसु भन्‍नुहुन्छ: “डराउन छोड। अबदेखि उसो तिमीहरूले मानिसहरूलाई जिउँदै समात्नेछौ।”—लुका ५:८, १०.

येसु पत्रुस र अन्द्रियासलाई यसो भन्‍नुहुन्छ: “मेरो पछि लाग र म तिमीहरूलाई मानिसहरूको जलारी बनाउनेछु।” (मत्ति ४:१९) उहाँले अर्को दुई जना जलारी—जब्दिका छोराहरू याकुब र युहन्‍नालाई पनि आफूसित बोलाउनुहुन्छ र उनीहरू आनाकानी नगरी येसुको पछि लाग्छन्‌। यसरी यी चार जना माछा मार्ने व्यवसाय छोडेर पूरै समय उहाँको पछि लाग्ने प्रथम चेलाहरू बन्छन्‌।

  • येसु कस्ता मानिसहरूलाई पूरै समय आफ्नो पछि लाग्ने चेला बन्‍न बोलाउनुहुन्छ र तिनीहरू को-को हुन्‌?

  • पत्रुस कुन चमत्कार देखेर डराउँछन्‌?

  • चार जना चेलाहरू अब केको जलारी हुन्छन्‌?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने