प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • jy chap. ५९ p. १४२-p. १४३ par. ४
  • मानिसको छोरा को हो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मानिसको छोरा को हो?
  • येसु—बाटो, सत्य र जीवन
  • मिल्दोजुल्दो सामग्री
  • येशू वास्तवमा को हुनुहुन्छ?
    सबैभन्दा महान्‌ पुरुष
  • येशू वास्तवमा को हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • परीक्षा आइपर्दा तिनी वफादार रहे
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
  • तिनले आफ्नो गुरुबाट क्षमा दिन सिके
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
थप हेर्नुहोस्
येसु—बाटो, सत्य र जीवन
jy chap. ५९ p. १४२-p. १४३ par. ४
पत्रुसले येसुलाई जवाफ दिएको अरू प्रेषितहरू हेर्दै

अध्याय ५९

मानिसको छोरा को हो?

मत्ति १६:१३-२७ मर्कुस ८:२२-३८ लुका ९:१८-२६

  • येसु अन्धो मानिसलाई निको पार्नुहुन्छ

  • पत्रुसले स्वर्गको राज्यका साँचाहरू पाउने थिए

  • येसु आफ्नो मृत्यु हुने र फेरि जीवित हुने कुराको भविष्यवाणी गर्नुहुन्छ

येसु र उहाँका चेलाहरू बेथसेदा आइपुग्नुहुन्छ। मानिसहरू एक जना अन्धोलाई उहाँकहाँ ल्याउँछन्‌ र उसलाई छोएर निको पारिदिन बिन्ती गर्छन्‌।

उहाँले त्यस अन्धो मानिसको हात समाएर उसलाई गाउँबाहिर लैजानुहुन्छ। त्यसपछि उहाँले उसको आँखामा थुक्नुहुन्छ र सोध्नुहुन्छ: “के तिमी केही देख्दै छौ?” त्यो मानिस यसो भन्छ: “म मानिसहरू देख्दै छु तर तिनीहरू यताउता हिँडिरहेका रूखहरूजस्तै देखिन्छन्‌।” (मर्कुस ८:२३, २४) अनि उहाँले फेरि त्यस मानिसको आँखामा हात राख्नुहुन्छ र उसले सबै कुरा छर्लङ्‌गै देख्न थाल्छ। त्यसपछि उहाँ त्यस मानिसलाई गाउँतिर नपस्नू भन्‍ने निर्देशन दिएर घर पठाउनुहुन्छ।

त्यसपछि येसु र उहाँका चेलाहरू उत्तरतिर सिजरियाको फिलिप्पीमा जानुहुन्छ। त्यहाँ जान झन्डै ४० किलोमिटर उकालो चढ्‌नुपर्छ। त्यो गाउँ समुद्री सतहभन्दा ३५० मिटर उचाइमा छ र त्यसको उत्तर-पूर्वतिर हिउँले ढाकिएको हर्मोन डाँडा देखिन्छ। त्यहाँसम्म पुग्न सम्भवतः केही दिन लाग्छ।

यात्राको दौडान येसु एक्लै प्रार्थना गर्न जानुहुन्छ। उहाँको मृत्यु हुन अब नौ-दस महिना मात्र बाँकी छ र उहाँ चेलाहरूबारे चिन्तित हुनुहुन्छ। धेरै जना उहाँको पछि लाग्न छोडेका छन्‌ र अरू कतिपय भने अलमलमा परेका छन्‌ वा निराश भएका छन्‌। मानिसहरूले उहाँलाई राजा बनाउन खोज्दा उहाँले किन इन्कार गर्नुभयो वा आफू को हो भनेर स्पष्ट पार्ने चिन्ह किन दिनुभएन भन्‍ने तिनीहरूलाई लागेको हुन सक्छ।

उहाँ प्रार्थना गरिरहनुभएको ठाउँमा चेलाहरू आउँछन्‌ र उहाँ चेलाहरूलाई सोध्नुहुन्छ: “मानिसको छोरा को हो भन्‍नेबारे मानिसहरू के भन्दै छन्‌?” तिनीहरू भन्छन्‌: “कसैले बप्तिस्मा गराउने युहन्‍ना, कसैले एलिया अनि कसै-कसैले चाहिँ यर्मिया वा भविष्यवक्‍ताहरूमध्ये कोही एक जना हो भन्छन्‌।” हो, मानिसहरूले येसु फेरि जीवित भएका यी मानिसहरूमध्ये कोही एक जना हुनुहुन्छ भन्ठान्छन्‌। चेलाहरूको सोचाइ बुझ्न उहाँ तिनीहरूलाई यस्तो प्रश्‍न गर्नुहुन्छ: “तर तिमीहरूचाहिँ के भन्छौ, म को हुँ?” पत्रुस तुरुन्तै यसो भन्छन्‌: “तपाईँ जीवित परमेश्‍वरका छोरा, ख्रिष्ट हुनुहुन्छ।”—मत्ति १६:१३-१६.

येसु पत्रुसलाई “तिमी धन्यका हौ” भन्‍नुहुन्छ किनकि परमेश्‍वरले यो कुरा तिनलाई प्रकट गर्नुभएको छ। उहाँ अझै यसो भन्‍नुहुन्छ: “म तिमीलाई यो पनि भन्छु: तिमी पत्रुस हौ र म यस चट्टानमाथि आफ्नो मण्डली बनाउनेछु अनि चिहान त्यसमाथि विजयी हुनेछैन।” येसुले यसो भन्‍नुको अर्थ हो: उहाँ आफैले मण्डली बनाउनुहुनेछ र यसका सदस्यहरू पृथ्वीमा बाँचुन्जेल वफादार रहिरहे भने चिहानले पनि तिनीहरूलाई कैदी बनाउन सक्दैन। उहाँ पत्रुसलाई यस्तो प्रतिज्ञा गर्नुहुन्छ: “म तिमीलाई स्वर्गको राज्यका साँचाहरू दिनेछु।”—मत्ति १६:१८, १९.

येसु पत्रुसलाई अरू प्रेषितलाई भन्दा बढी महत्त्व दिनुहुन्‍न न त तिनलाई मण्डलीको जग नै बनाउनुहुन्छ। येसु आफै त्यो चट्टान हुनुहुन्छ, जसमाथि मण्डली बसालिनेछ। (१ कोरिन्थी ३:११; एफिसी २:२०) तर पत्रुसले तीन वटा साँचा पाउने थिए। एक अर्थमा भन्‍नुपर्दा विभिन्‍न समूहका मानिसहरूलाई स्वर्गको राज्यमा प्रवेश गर्नको लागि तिनले साँचाहरू खोलिदिने मौका पाउने थिए।

पश्‍चात्तापी यहुदीहरू र धर्म परिवर्तन गरेर यहुदी भएकाहरूले उद्धार पाउन के गर्नुपर्छ भनेर देखाउन तिनले इस्वी संवत्‌ ३३ को पेन्तिकोसमा पहिलो साँचो प्रयोग गर्ने थिए। तिनले दोस्रो साँचो विश्‍वासी सामरियालीहरूलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्ने मौका दिन प्रयोग गर्ने थिए। त्यसपछि तेस्रो साँचो खतना नगरेका अन्यजाति कर्नीलियस र अरू अन्यजातिलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्ने मौका दिन इस्वी संवत्‌ ३६ मा प्रयोग गर्ने थिए।—प्रेषित २:३७, ३८; ८:१४-१७; १०:४४-४८.

येसु पत्रुसतर्फ आफ्नो पीठ फर्काउनुहुन्छ

यस छलफलको दौडान उहाँले अब चाँडै यरुसलेममा भोग्नुपर्ने सास्ती र मृत्युबारे बताउनुहुँदा प्रेषितहरू निराश हुन्छन्‌। स्वर्गीय जीवनको लागि येसु फेरि जीवित हुनुहुनेछ भन्‍ने कुरा नबुझेकोले पत्रुस येसुलाई अलग्गै लगेर यसो भन्दै हप्काउँछन्‌: “प्रभु, आफ्नो विषयमा यस्तो अनिष्ट कुरा नगर्नुहोस्‌। तपाईँलाई कुनै हालतमा यस्तो हुनेछैन।” तब पत्रुसतर्फ आफ्नो पीठ फर्काएर उहाँ भन्‍नुहुन्छ: “ए सैतान, यहाँबाट गइहाल! तिमी मेरो लागि ठेस लाग्ने कारण रहेछौ किनकि तिम्रो सोचाइ परमेश्‍वरको होइन तर मानिसहरूको हो।”—मत्ति १६:२२, २३.

यसपछि येसु प्रेषितहरूबाहेक अरूलाई पनि आफूकहाँ बोलाउनुहुन्छ र उहाँको अनुयायी हुन सजिलो हुनेछैन भनेर बताउनुहुन्छ। उहाँ यसो भन्‍नुहुन्छ: “यदि कोही मेरो पछि आउन चाहन्छ भने उसले आफूलाई इन्कार गरोस्‌, आफ्नो यातनाको खम्बा उठाओस्‌ र निरन्तर मेरो पछि लागोस्‌। किनकि जसले आफ्नो ज्यान बचाउन चाहन्छ, उसले त्यो गुमाउनेछ तर जसले मेरो र सुसमाचारको खातिर आफ्नो ज्यान गुमाउँछ, उसले त्यो बचाउनेछ।”—मर्कुस ८:३४, ३५.

हो, येसुको अनुमोदन पाउन लायकको हुन उहाँका अनुयायीहरू साहसी र आत्मत्यागी हुनुपर्छ। येसु यसो भन्‍नुहुन्छ: “विश्‍वासघाती र पापी पुस्तामाझ मेरो चेला बन्‍न र मेरा वचनहरूमा विश्‍वास गर्न जसले सरम मान्छ, मानिसको छोराले पनि आफ्नो बुबाले दिनुभएको महिमासहित आफ्ना पवित्र स्वर्गदूतहरू लिएर आउँदा उसलाई स्विकार्न सरम मान्‍नेछ।” (मर्कुस ८:३८) हो, येसु आउनुहुँदा ‘उहाँले हरेकलाई आ-आफ्नो कामअनुसारको प्रतिफल दिनुहुनेछ।’—मत्ति १६:२७.

  • येसुको परिचयबारे कसै-कसैको कस्तो धारणा छ? प्रेषितहरूको नजरमा उहाँ को हुनुहुन्छ?

  • पत्रुसले कुन साँचाहरू पाउँछन्‌ र ती कसरी प्रयोग गर्नुपर्ने थियो?

  • पत्रुसलाई कुन कुराको लागि सच्याइन्छ र किन?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने