प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w91 ६/१ pp. ८-९
  • येशू वास्तवमा को हुनुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येशू वास्तवमा को हुनुहुन्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • मिल्दोजुल्दो सामग्री
  • येशू वास्तवमा को हुनुहुन्छ?
    सबैभन्दा महान्‌ पुरुष
  • मानिसको छोरा को हो?
    येसु—बाटो, सत्य र जीवन
  • परीक्षा आइपर्दा तिनी वफादार रहे
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
  • तिनले आफ्नो गुरुबाट क्षमा दिन सिके
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
w91 ६/१ pp. ८-९

येशूको जीवन र सेवकाई

येशू वास्तवमा को हुनुहुन्छ?

येशू र उहाँका चेलाहरू चढ़ेको डुङ्‌गा बेत्सैदामा आइ पुगे पछि, मानिसहरूले एउटा अन्धा मानिसलाई उहाँकहाँ ल्याउँछन्‌ र त्यसलाई छोइदिएर निको पारिदिन भनी बिन्ती गर्छन्‌। येशूले त्यस मानिसलाई हात समातेर गाउँबाट बाहिर लानुहुन्छ र त्यसको आँखामा थुकेर त्यसलाई सोध्नुहुन्छ: “के तिमी केही देख्तछौ?”

त्यस मानिसले जवाफ दिन्छ: “म मानिसहरू देख्तछु जो हेर्नमा रूखहरू जस्ता छन्‌ तर तिनीहरू यता-उता हिंड़िरहेका छन्‌।” त्यस मानिसको आँखामा आफ्नो हात राखेर, येशूले त्यसलाई सफासित हेर्न सक्ने पारि दिनुहुन्छ। शहरमा प्रवेश नगर्नु भन्‍ने निर्देश दिएर त्यस मानिसलाई येशूले घरमा पठाइ दिनुहुन्छ।

अब येशू आफ्ना चेलाहरू सहित पलिस्तिनको एकदमै उत्तर, सिजरिया फिलिप्पीको गाउँ तर्फ जानुहुन्छ। सिजरिया फिलिप्पीको सुन्दर स्थल पुग्न करिब ३० मील लामो उकालो बाटो हिंड़नु पर्छ। यो ठाउँ समुद्रको सतह भन्दा केही १,५०० फीटको उचाइमा छ। यो निकै दिनको यात्रा हो।

बाटोमा, येशू आफै एक्लै प्रार्थना गर्न अलग्ग जानुहुन्छ। उहाँको मृत्यु हुन अब करिब नौ वा दस महिना जति बाँकी छ, र उहाँ आफ्ना चेलाहरूवारे चिन्तित हुनुहुन्छ। धेरैले उहाँको पछि लाग्न छाड़ि सकेकाछन्‌। अरूहरू अलमलमा पर्नुको साथै निराश भएकाछन्‌ किनभने मानिसहरूले उहाँलाई राजा बनाउने प्रयास गर्दा, उहाँले इनकार गर्नुभयो र उहाँका शत्रुहरूले उहाँसँग जोरी खोज्दा, उहाँले आफ्नो राज्याधिकारको प्रमाणमा स्वर्गबाट चिन्ह देखाउनु भएन। उहाँका प्रेरितहरूले उहाँलाई को ठानेका छन्‌? उहाँ प्रार्थना गरिरहनु भएको ठाउँमा तिनीहरू आए पछि, येशूले सोध्नुहुन्छ: “मानिसहरूले म को हुँ भनी भन्दछन्‌?”

तिनीहरूले जवाफ दिन्छन्‌: “कसैले बप्तिस्मा दिने यूहन्‍ना, कसैले एलिया, र अरूहरूले यर्मिया कि अगमवक्‍तहरूमध्ये कुनै एक भनी भन्दछन्‌।” हो, ती मरेका मानिसहरूमध्येबाट बिउँताइएको एकजना मानिस येशू हुनुहुन्छ भनी मानिसहरू ठान्दछन्‌!

येशूले तिनीहरूलाई सोध्नुहुन्छ: “तिमीहरू चाहिं म को हुँ भनी भन्दछौ?”

पत्रुस झट्ट जवाफ दिन्छन्‌: “तपाईं जीवित परमेश्‍वरका पुत्र ख्रीष्ट हुनुहुन्छ।”

पत्रुसको जवाफ स्वीकार गर्नु हुँदै, येशू भन्‍नुहुन्छ: “म पनि तिमीलाई भन्दछु, कि तिमी पत्रुस हौ। म यस पत्थरमाथि आफ्नो मण्डली स्थापित गर्नेछु, र मृत्यु त्यसमाथि विजयी हुनेछैन।” यहाँ प्रथम पटक उहाँले घोषणा गर्नुहुन्छ कि उहाँले एउटा मण्डली खड़ा गर्नुहुनेछ र त्यसका सदस्यहरूले आफ्नो विश्‍वासी जीवन पृथ्वीमा बिताइ सकेपछि तिनीहरूमाथि मृत्युको पनि कुनै अधिकार हुनेछैन। अनि उहाँ पत्रुसलाई भन्‍नुहुन्छ: “म तिमीलाई स्वर्गको राज्यका साँचाहरू दिनेछु।”

यस प्रकार पत्रुसले केही विशेषाधिकारहरू पाउनेछन्‌ भनी येशूले प्रकट गर्नु हुन्छ। होइन, पत्रुसलाई प्रेरितमध्ये प्रथम स्थान दिइएको होइन, नता तिनलाई मण्डलीको जगनै बनाइएको हो। येशू आफैनै चट्टान हुनुहुन्छ जसमाथि उहाँको मण्डली खड़ा हुनेछ। तर पत्रुसलाई तीनवटा साँचाहरू दिइनेछ, जसद्वारा मानिसहरूका विभिन्‍न समूहहरूका निम्ति स्वर्गको राज्यमा प्रवेश गर्ने मौका खोलिनेछन्‌।

बाँच्नकालागि पश्‍चाताप गर्ने यहूदीहरूले के गर्नु पर्ने छ भनी देखाउँदा, पेन्तिकोश सा. यु. ३३ मा पत्रुसले प्रथम साँचोको प्रयोग गरे। त्यस पछि, विश्‍वासी सामरीहरूलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्ने मौका दिनकालागि तिनले दोस्रो साँचो प्रयोग गरे। अनि, सा. यु. ३६ मा खतना नगरिएका अन्य-जातिहरू अर्थात्‌ कार्नेलिएस र उनका साथीहरूका निम्ति त्यही मौका खोलि दिंदा, पत्रुसले तेस्रो साँचो प्रयोग गरे।

येशू आफ्ना प्रेरितहरूसित आफ्नो छलफल जारी राख्नुहुन्छ। उहाँले अब चाँड़ैनै यरूशलेममा दु:ख पाउनु हुनेछ र मृत्यु समेत भोगनु हुनेछ भन्‍नु हुँदा, उहाँका प्रेरितहरू निराश हुन्छन्‌। स्वर्गीय जीवन पाउन येशूको पुनरुत्थान हुनेछ भन्‍ने कुरा न बुझेर, पत्रुसले येशूलाई एक छेउमा लगेर भन्छन्‌: “परमेश्‍वरको कृपा रहोस्‌, प्रभु, यस्तो कुरा तपाईंमाथि कदापि परि आउने छैन।” फर्केर येशू जवाफ दिनुहुन्छ: “ए शैतान, मेरो सामनेबाट हटिजा, तँ मरो निम्ति ठेस लाग्ने कारण रहेछस्‌। किनभने तँ परमेश्‍वरका होइन, तर मानिसहरूका कुराहरूमा ध्यान दिन्छस्‌।”

प्रत्यक्षत:, प्रेरितहरू बाहेक अरूहरू पनि येशूसित यात्रा गरिरहेकाछन्‌। त्यसकारण, तिनीहरूलाई आफ्नो नजिक बोलाउनु हुन्छ र उहाँको चेलाहुन तिनीहरूलाई सजिलो हुनेछैन भनी व्याख्या गर्नुहुन्छ: “कोही मेरो पछि आउने इच्छा गर्दछ भने उसले आफूलाई इन्कार गरोस्‌ र आफ्नो [कष्टको काठ न्यु.व.] उठाएर मेरो पछि लागोस्‌। किनकि जसले आफ्नो प्राण जोगाउने इच्छा गर्ला, उसले त्यो गुमाउनेछ, तर जसले आफ्नो प्राण मेरो निम्ति गुमाउला, उसले त्यो पाउनेछ।”

हो, येशूको कृपा पाउने योग्यको आफूलाई प्रमाणित गर्ने हो भने, येशूका अनुयायीहरूमा साहस र स्वार्थ-त्यागको भावना हुनु पर्दछ। उहाँ भन्‍नुहुन्छ: “किनकि यस व्यभिचारी र पापी पुस्तामा जो म र मेरा वचनदेखि शर्माउछ, मानिसको पुत्र पनि आफ्ना पिताको ऐश्‍वर्यमा पवित्र दूतगणसित आउँदा त्यस देखि शर्माउनेछ।” मर्कूस ८:२२-३८; मत्ती १६:१३-२८; लूका ९:८-२७.

◆ आफ्ना चेलाहरूका निम्ति येशू किन चिन्तित हुनुहुन्छ?

◆ येशू को हुनुहुन्छ भन्‍ने कुरामा मानिसहरूको के विचार छ?

◆ पत्रुसलाई के साँचाहरू दिइन्छ र त्यसको प्रयोग कसरी गरिन्छ?

◆ पत्रुसले के सुधार पाउँछन्‌ र किन? (w87 12/15)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने