प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • jy chap. ९५ p. २२२-p. २२३ par. ९
  • सम्बन्धविच्छेदबारे र साना केटाकेटीलाई माया गर्नेबारे सिकाउनुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सम्बन्धविच्छेदबारे र साना केटाकेटीलाई माया गर्नेबारे सिकाउनुहुन्छ
  • येसु—बाटो, सत्य र जीवन
  • मिल्दोजुल्दो सामग्री
  • सम्बन्धविच्छेद र केटाकेटीलाई प्रेम गर्ने विषयमा शिक्षा
    सबैभन्दा महान्‌ पुरुष
  • परमेश्‍वरले गर्नुभएको वैवाहिक प्रबन्धको आदर गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • पाठकहरूको प्रश्‍न
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • “जसलाई परमेश्‍वरले एकसाथ जोड्‌नुभएको छ . . .”
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
येसु—बाटो, सत्य र जीवन
jy chap. ९५ p. २२२-p. २२३ par. ९
मानिसहरू आफ्ना छोराछोरीलाई येसुकहाँ ल्याउँछन्‌

अध्याय ९५

सम्बन्धविच्छेदबारे र साना केटाकेटीलाई माया गर्नेबारे सिकाउनुहुन्छ

मत्ति १९:१-१५ मर्कुस १०:१-१६ लुका १८:१५-१७

  • येसु सम्बन्धविच्छेदबारे परमेश्‍वरको दृष्टिकोण बताउनुहुन्छ

  • अविवाहित रहनु एउटा वरदान

  • साना केटाकेटीजस्तो हुनुपर्छ

येसु र उहाँका चेलाहरू गालिलबाट यर्दन नदी पार गरेर पेरिया हुँदै दक्षिणतिर लाग्नुहुन्छ। योभन्दा अघि पेरियामा हुनुहुँदा उहाँले फरिसीहरूलाई सम्बन्धविच्छेदको विषयमा परमेश्‍वरको स्तरबारे बताउनुभएको थियो। (लुका १६:१८) येसुको परीक्षा लिन तिनीहरू फेरि त्यही विषय उठाउँछन्‌।

कुनै पुरुषले आफ्नी पत्नीमा “केही खराबी” भेट्यो भने तिनले उनीसित सम्बन्धविच्छेद गर्न सक्छन्‌ भनेर मोसाले लेखेका थिए। (व्यवस्था २४:१) तर कुन-कुन कुराको आधारमा सम्बन्धविच्छेद गर्न सकिन्छ भन्‍ने विषयमा मानिसहरूको धारणा एउटै छैन। कसै-कसैको विचारमा स-सानो कुरामा पनि सम्बन्धविच्छेद गर्न सकिन्छ। त्यसैले फरिसीहरू यस्तो प्रश्‍न गर्छन्‌: “के एक जना पुरुषले जुनसुकै कारण देखाएर आफ्नी पत्नीसित सम्बन्धविच्छेद गर्नु ठीक हो?”—मत्ति १९:३.

मानिसहरूको धारणाको आधारमा जवाफ दिनुको सट्टा येसु परमेश्‍वरले कुन उद्देश्‍यले विवाहको सुरुवात गर्नुभएको थियो भन्‍नेतर्फ कौशलतापूर्वक तिनीहरूको ध्यान खिच्नुहुन्छ। “के तिमीहरूले पढेका छैनौ, जसले मानिस सृष्टि गर्नुभयो, उहाँले सुरुदेखि नै पुरुष र स्त्री बनाउनुभयो र भन्‍नुभयो: ‘यसैकारण पुरुषले आफ्ना बुबा र आमालाई छोड्‌छ अनि आफ्नी पत्नीसित बस्छ र ती दुई एउटै शरीर हुन्छन्‌’? त्यसैले अब तिनीहरू दुई होइनन्‌ तर एउटै शरीर हुन्‌। त्यसकारण जसलाई परमेश्‍वरले एकसाथ जोड्‌नुभएको छ, त्यसलाई कुनै मानिसले नछुट्ट्याओस्‌।” (मत्ति १९:४-६) परमेश्‍वरले आदम र हव्वालाई वैवाहिक बन्धनमा बाँधिदिनुहुँदा तिनीहरूले आफ्नो वैवाहिक सम्बन्ध टुङ्‌ग्याउन मिल्ने कुनै आधार दिनुभएको थिएन।

फरिसीहरू येसुलाई फेरि यस्तो प्रश्‍न गर्छन्‌: “त्यसोभए एक जना पुरुषले छोडपत्र दिएर आफ्नी पत्नीसित सम्बन्धविच्छेद गर्न सक्छ भनेर मोसाले किन भने त?” (मत्ति १९:७) येसु तिनीहरूलाई भन्‍नुहुन्छ: “तिमीहरूको हृदय कठोर भएकोले मोसाले तिमीहरूलाई पत्नीसित सम्बन्धविच्छेद गर्ने छुट दिएका हुन्‌ तर सुरुदेखि त यस्तो थिएन।” (मत्ति १९:८) येसुले यहाँ “सुरुदेखि” भन्‍नुभएर अदनको बगैँचामा परमेश्‍वरले विवाहको सुरुवात गर्नुभएको समयलाई सङ्‌केत गर्दै हुनुहुन्छ, मोसाको दिनलाई होइन।

त्यसपछि येसु एउटा महत्त्वपूर्ण सत्य बताउनुहुन्छ: “म तिमीहरूलाई भन्छु, जसले अवैध यौनसम्बन्धबाहेक [ग्रीकमा पोर्निया] अन्य कारणले आफ्नी पत्नीसित सम्बन्धविच्छेद गर्छ र अर्कीसित विवाह गर्छ, उसले व्यभिचार गरेको ठहरिन्छ।” (मत्ति १९:९) त्यसैले सम्बन्धविच्छेद गर्न सक्ने एउटै मात्र धर्मशास्त्रीय आधार अवैध यौनसम्बन्ध हो।

येसुको कुरा सुनेर चेलाहरू यसो भन्‍न उत्प्रेरित हुन्छन्‌: “पति-पत्नीको सम्बन्ध यस्तै हुने हो भने त विवाह नगर्नु नै बेस रहेछ।” (मत्ति १९:१०) स्पष्ट छ, जसले विवाह गर्ने विचार गर्दै छ, उसले यसलाई स्थायी सम्बन्धको रूपमा लिनुपर्छ।

अविवाहित रहनेबारे बताउनुहुँदा येसुले कोही जन्मजातै नपुंसक हुन्छन्‌ र तिनीहरू विवाह गर्न सक्दैनन्‌ भन्‍नुहुन्छ। अरू कतिलाई चाहिँ नपुंसक बनाइदिएका हुन्छन्‌, जसले गर्दा तिनीहरू यौनसम्बन्ध राख्न असमर्थ हुन्छन्‌। अरू कतिपयले आफ्नो यौन इच्छालाई दबाएर राख्छन्‌। राज्यसम्बन्धी काममा अझ धेरै लाग्न सकियोस्‌ भनेर तिनीहरू त्यसो गर्छन्‌। येसु आफ्नो श्रोतालाई यस्तो आग्रह गर्नुहुन्छ: “जो अविवाहित रहन सक्छ, ऊ अविवाहित नै रहोस्‌।”—मत्ति १९:१२.

अब मानिसहरू आफ्ना साना केटाकेटीलाई येसुकहाँ ल्याउन थाल्छन्‌। तर चेलाहरू मानिसहरूलाई हप्काउँछन्‌। सायद तिनीहरू येसुलाई अनावश्‍यक दुःख नहोस्‌ भन्‍ने चाहन्छन्‌। तर येसु यो देखेर रिसाउनुहुन्छ र तिनीहरूलाई यसो भन्‍नुहुन्छ: “साना केटाकेटीलाई मकहाँ आउन देओ, तिनीहरूलाई रोक्न नखोज किनकि परमेश्‍वरको राज्य यिनीहरूजस्ताकै हो। म तिमीहरूलाई साँचो-साँचो भन्छु, जसले परमेश्‍वरको राज्यलाई एउटा सानो बालकले जस्तैगरि स्विकार्दैन, ऊ कुनै पनि हालतमा त्यहाँ पस्नेछैन।”—मर्कुस १०:१४, १५; लुका १८:१५.

कत्ति राम्रो पाठ! परमेश्‍वरको राज्यमा पस्न हामी साना केटाकेटीजस्तै नम्र र सिक्न इच्छुक हुनुपर्छ। त्यसपछि येसु साना केटाकेटीलाई माया गर्दै अँगालोमा लिनुहुन्छ र तिनीहरूलाई आशिष्‌ दिनुहुन्छ। ‘परमेश्‍वरको राज्यलाई एउटा सानो बालकले जस्तैगरि स्विकार्ने’ सबैलाई उहाँ त्यस्तै कोमल माया देखाउनुहुन्छ।—लुका १८:१७.

  • सम्बन्धविच्छेदको विषयमा फरिसीहरू कसरी येसुको परीक्षा लिन खोज्छन्‌?

  • येसुले भन्‍नुभएअनुसार सम्बन्धविच्छेदबारे परमेश्‍वरको स्तर के हो?

  • कोही-कोही चेलाले किन अविवाहित रहने निर्णय गर्न सक्छन्‌?

  • येसुले साना केटाकेटीसित गर्नुभएको व्यवहारबाट कस्तो पाठ सिक्न सकिन्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने