प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km94 अप्रिल p. ३
  • कुनै अलमलविना यहोवाको सेवा गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • कुनै अलमलविना यहोवाको सेवा गर्नुहोस्‌
  • हाम्रो राज्य सेवकाई—१९९४
  • मिल्दोजुल्दो सामग्री
  • एकचित्तको भएर यहोवाको सेवा गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • अलमल्याउने कुराहरूलाई पन्छाउँदै के हामी जागा भएर बसेका छौं?
    हाम्रो राज्य सेवकाई—१९९५
  • “तिमीहरू पनि तयार रहो”
    हाम्रो राज्य सेवकाई—२००३
  • ‘पहिले राज्यको खोजी गर’
    एक मात्र साँचो परमेश्‍वरको उपासनामा एकताबद्ध
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९४
km94 अप्रिल p. ३

कुनै अलमलविना यहोवाको सेवा गर्नुहोस्‌

१ “ती मानिसहरू सुखी हुन्छन्‌, जसका परमेश्‍वर [यहोवा नै] हुनुहुन्छ।” (भजन. १४४:१५) राजा दाऊदका यी शब्दहरू अहिलेको दुष्ट दिनहरूमा पनि के अझै सत्य छन्‌? (एफि. ५:१६) छन्‌! यहोवाको सेवा गर्न पाएकोमा आज पनि मसीहीहरू आनन्दित छन्‌। परिस्थिति सधैं सजिलो हुँदैन। यी “डरलाग्दो समयमा” शैतानले कठिनाइहरू ल्याइदिन्छ तरै पनि हामी निराश भएका छैनौं। (२ तिमो. ३:१, २) परमेश्‍वरको राज्यद्वारा यस पतित पुरानो संसारलाई नामेट गरी त्यसको ठाउँमा एउटा स्वच्छ नयाँ संसारले प्रतिस्थापन गर्ने समय नजिकै छ भनेर अहिले विद्यमान बिग्रँदो परिस्थितिहरूले थप प्रमाण दिन्छ। (२ पत्रु. ३:१३) यस संसारको अन्धकारले हाम्रो आनन्दित आशाको ज्वालालाई मधुरो बनाउन वा निभाउन सक्दैन; बरु हाम्रो राज्य आशा अझ जाज्वल्यमान भएर चम्कन्छ। यस अन्धकारमय संसारमा ज्योतिझैं यहोवाको सेवा गरिरहनु भएकोमा के तपाईं खुशी हुनुहुन्‍न र?—फिलि. २:१५.

२ व्यक्‍तिगत तवरमा हामी प्रत्येकले यहोवाको कसरी सेवा गरिरहेका छौं भनी सधैं सतर्क हुनुपर्छ। किन? किनभने शैतान महान अलमलकर्त्ता हो। एउटा शब्दकोशमा “अलमल” शब्दलाई “अलग्गिनु,” “उत्तिनैखेर एउटा बेग्लै वस्तु वा अर्कै दिशातिर (एक जना व्यक्‍तिको ध्यान) खिंच्नु वा केन्द्रित गर्नु,” र “विरोधाभासपूर्ण भावना वा प्रवृत्तिहरू उस्काउनु वा गोलमाल गर्नु” भनी परिभाषित गरिएको छ। यस पृथ्वीमा फ्याँकिएदेखि मानवजातिलाई “ठग्न” शैतान सफल भएको छ। हाम्रो समयका वास्तविक विषयहरूबाट ध्यान भङ्‌ग गर्न त्यसले थुप्रै दाउपेचहरू चलाउँछ। (प्रका. १२:९) गत सय वर्षदेखि यहोवाका साक्षीहरू राज्य प्रचार गर्न जोडतोडका साथ लागिरहेका छन्‌। तर परमेश्‍वरको राज्यद्वारा उहाँको नाउँको पवित्रीकरण र उहाँको सार्वभौमिकताको महिमा जस्ता अति महत्त्वपूर्ण विषयहरूप्रति कति व्यक्‍तिहरूले मूल्याङ्‌कन गर्छन्‌? निकै थोरैले मात्र। (१ यूह. ५:१९) यस पृथ्वीका करोडौं मानिसहरूलाई शैतानले अलमलाउन सक्छ भने हामीलाई पनि अलमलाउने वा यहोवाको सेवा गर्नदेखि वञ्चित गर्न हाम्रो ध्यान उसको मुठीमा पार्न सक्ने खतरा हामीलाई सधैं छ। दुःखको कुरा, हाम्रा केही भाइहरू शैतानका अलमलहरूमा अलमलिएका छन्‌। तिनीहरूले आफ्नो मनलाई बेग्लै दिशातर्फ केन्द्रित हुन दिएका छन्‌। आज थुप्रै प्रकारका अलमलहरू छन्‌। तीमध्ये केहीलाई मात्र ध्यान दिनुहोस्‌।

३ आर्थिक समस्याहरू र भौतिक चीजबीजहरूको प्रेम: संसारको अधिकांश मुलुकहरूमा बेरोजगारी र सामान्य जीवन गुजार्न पनि महँङ्‌गो पर्ने हुनाले चिन्ताहरू पैदा हुन्छन्‌। हो, हामीले आफू र आफ्नो परिवारको निम्ति भोजन, वस्त्र तथा आवासको प्रबन्ध गर्नुपर्छ। तर जीवनका आवश्‍यकताहरूप्रति ज्यादै नै चिन्तित हुन थाल्यौं भने ती चिन्ताहरूले हाम्रो सोचाइमाथि प्रभुता जमाउनेछ। उहाँको राज्यलाई समर्थन दिनुको सट्टा हाम्रो शारीरिक बचावट नै जीवनमा सबैभन्दा महत्त्वपूर्ण विषय हुन सक्छ। यस विषयमा प्रेरित पावलले हिब्रू १३:५, ६ मा सल्लाह दिए। राज्यलाई प्रथम स्थान दिएर त्यसको खोजी गर्नेहरू चिन्तित हुनु पर्दैन भनी येशू ख्रीष्टले हामीलाई आश्‍वासन दिनुहुन्छ; हाम्रा वास्तविक आवश्‍यकताहरू यहोवाले प्रबन्ध गरिदिनुहुन्छ। (मत्ती ६:२५-३४) यो कुराको सत्यतालाई संसारभरिका अग्रगामीहरू र अन्य पूर्ण समय सेवकहरूले पुष्टि दिन सक्छन्‌।

४ शैतानको संसारले भौतिक चीजबीजको प्रेमलाई बढावा दिन्छ। बढी धनसम्पत्ति आर्जन गर्नु अथवा त्यसको सुरक्षा गर्नु नै लाखौंको जीवनको प्रेरक शक्‍ति भएको छ। त्यसप्रकारका अलमलहरू येशूको समयमा पनि थिए। अनन्त जीवन प्राप्त गर्न के गर्नुपर्छ भनी एक जना जवान धनी शासकले येशूलाई सोधे। येशूले जवाफ दिनुभयो: “तिमी सिद्ध [अथवा, पूर्ण] हुने इच्छा गर्छौ भने गएर तिमीसित जो छ, सबै बेचेर दरिद्रहरूलाई देऊ, औ तिमीलाई स्वर्गमा धन मिल्नेछ र आएर मेरोपछि लाग।” (मत्ती १९:१६-२३) स्पष्ट छ, उसित भएका थुप्रै भौतिक सम्पत्तिहरूले यस जवान मानिसलाई सम्पूर्ण मनतनले परमेश्‍वरको सेवा गर्न अलमलाइरहेको थियो। आफ्ना धन-सम्पत्तितिर उसको ध्यान केन्द्रित थियो। यी अलमलहरूबाट आफूलाई बोझमुक्‍त गरेमा यस जवान मानिसले लाभ उठाउनेछ भनी येशूलाई थाहा थियो। ती सम्पत्तिहरूले उसलाई परमेश्‍वरप्रति पूर्ण भक्‍ति दिन रोकिरहेको थियो। तपाईंलाई नि? आफूलाई बानी लागिसकेको जीवन-शैली कायम गर्न के तपाईं सांसारिक कामकुराहरूमा बढी समय बिताइरहनु भएको छ? के यसले यहोवाप्रति तपाईंको सेवालाई बाधा पुऱ्‍याइरहेको छ? के तपाईंका भौतिक सम्पत्तिहरूले गर्दा राज्यसम्बन्धी काम गर्न बेफुर्सदी भइरहनुभएको छ? (मत्ती ६:२४) आध्यात्मिक कामकुराहरूमा बढी समय बिताउन के तपाईं आफ्नो जीवनलाई सरल बनाउन सक्नुहुन्छ?

५ दैनिक जीवनका सामान्य कामकुराहरू: हामी होशियार भएनौं भने जीवनको सामान्य कामकुराहरूमा हामी पूर्णतया डुब्न सक्छौं र फलस्वरूप आध्यात्मिक आवश्‍यकताहरूलाई बेवास्ता गर्न थाल्छौं। नूहको दिनका मानिसहरूलाई सम्झनुहोस्‌। तिनीहरू सामाजिक कामकुराहरू, खानपिन, विवाहवारी र आफ्ना छोराछोरीहरूको विवाह गरिदिन पूर्णतया व्यस्त थिए। त्यसकारण आउँदै गरेको जलप्रलयबारे नूहको चेताउनीमूलक समाचारलाई तिनीहरूले वास्तै गरेनन्‌। तिनीहरूको होश ठाउँमा आउनुअघि जलप्रलयले तिनीहरूलाई स्वात्तै बगाएर लग्यो। अलमलहरूको अर्थ तिनीहरूको निम्ति विनाश थियो। येशूले भन्‍नुभयो: “उस्तैगरी मानिसको पुत्रको आगमन हुनेछ।” (मत्ती २४:३७-३९) त्यस्तैगरि आज पनि थुप्रै मानिसहरू आफ्नै जीवनको कामकुरामा चुर्लुम्मै डुबेका छन्‌ र हामीले तिनीहरूलाई सुनाउने चेताउनीमूलक समाचारप्रति ध्यानै दिंदैनन्‌। तिनीहरू आध्यात्मिक कुराहरूप्रति भयङ्‌कर बेवास्ता देखाउँछन्‌।

६ के तपाईंको जीवनमा पनि सामाजिक क्रियाकलापहरूले प्रभुता जमाइरहेको छ जसको फलस्वरूप आध्यात्मिक कामकुराहरूमा न्युनतम ध्यान गइरहेको छ? एक पटक, मार्था र मरियमको घरमा येशूलाई निम्त्याइएको थियो। उहाँले भन्‍नुभएका कुराहरूलाई मरियमले ध्यान दिएर सुनिरहेकी थिइन्‌। तर अर्कोतिर, मार्था भने “सेवामा ज्यादै व्यस्त थिइन्‌।” असल मेजबान हुन मार्था असाध्यै चिन्तित थिइन्‌। समय निकालेर येशूका कुराहरू सुन्‍नु पर्ने आवश्‍यकता उनले बुझिनन्‌। भव्य खानपिन आवश्‍यक छैन भनी उहाँले मार्थालाई नम्रतापूर्वक सम्झाउनुभयो; आध्यात्मिक विषयहरूमा बढ्‌ता ध्यान दिनुपर्छ। के तपाईंले पनि त्यो सल्लाह पालन गर्नु परेको छ? (लूका १०:३८-४२) हाम्रा चेतनाहरू नै बोधो हुने गरी घिचुवा र मतवाला हुनदेखि सतर्क हुनुपर्छ भनी येशूले चेताउनी दिनुभयो। मानव इतिहासको यो कठिन घडीमा हामी पूर्णतया सचेत हुनुपर्छ।—लूका २१:३४-३६.

७ सुखविलासको खोज: राज्यको खोजी गर्नबाट ध्यान भङ्‌ग गराउने दियाबलका अलमलहरूमध्ये सबैभन्दा ठूलो, सुखविलासको खोज पनि एक हो। मसीहीजगतका लाखौं व्यक्‍तिहरूले परमेश्‍वरको ठाउँमा सुखविलासलाई राखेका छन्‌। तिनीहरू परमेश्‍वरको वचनमा गम्भीर चासो राख्नुभन्दा अन्य उल्झनहरूमा भुल्न चाहन्छन्‌। (२ तिमो. ३:४) हो, स्वस्थकर मनोरञ्जन र आमोदप्रमोद गलत कुराहरू होइनन्‌। तर प्रत्येक हप्ता टेलिभिजन, सिनेमा, भिडियो, खेलकुद, सांसारिक पुस्तक पढ्‌न अथवा सौखहरूमा अचाक्ली समय बिताउनाले हाम्रो हृदय छली भई हामीलाई यहोवाको सेवाबाट तर्काउन सक्छ। (यर्मि. १७:९; हिब्रू ३:१२) त्यो कसरी हुन सक्छ? मसीही सभाहरू भइरहेको बेला तपाईंको मन यताउता डुलिरहेको हुनसक्छ; सभा छिट्टै अन्त होस्‌ र आफ्नो सुख विलासमा लाग्न सकूँ भन्‍ने चाह पनि गर्नु होला। थोरै समयपछि त, सभामा उपस्थित हुन या क्षेत्र सेवकाईमा भाग लिनुको सट्टा घरमै बस्ने बहाना खोजिरहनु भएको हुन सक्छ। यी खोजहरू तपाईंको जीवनमा अलमलका विषय भएका छन्‌ कि छैनन्‌ भनी गम्भीरतापूर्वक सोचविचार गर्ने समय अहिले नै हो। (लूका ८:१४) मनोरञ्जनको निम्ति खर्च भएका ती मूल्यवान समयमध्ये केही घण्टा आध्यात्मिक प्रगतिको लागि प्रयोग गर्न सकिंदैन र?

८ समय खाने अन्य विषयहरू: आधुनिक समाजमा साधारण समस्याहरू सुल्झाउन खोज्ने प्रयासमा केही व्यक्‍तिहरू अलमलिएका छन्‌। कहिल्यै टुङ्‌गो नलाग्ने संसारका सामाजिक विवादहरू अथवा अन्यायहरू सुधार्ने निरर्थक सङ्‌घर्षहरूमा मुछिनदेखि मसीहीहरू अलग बस्नु पर्छ। (यूह. १७:१६) यी सबै बाइबलका सल्लाहहरूबाट हाम्रो ध्यान भङ्‌ग गर्ने शैतानका चालहरू मात्र हुन्‌। परमेश्‍वरको राज्य मात्र एउटा चिरस्थायी समाधान हो भन्‍ने आधारभूत तथ्यलाई हामीले कहिल्यै भुल्नु हुँदैन। हामीले व्यक्‍तिगत तवरमा आघात वा अन्याय भोगेका छौं भने आक्रोशित भएर वा भावनात्मक तवरमा विह्वल भई हामी यहोवाका साक्षी हौं भन्‍ने कुरालाई बिर्सनदेखि सतर्क हुनुपर्छ। सबैभन्दा महत्त्वपूर्ण, दोष लगाएको त यहोवालाई हो। त्यसकारण हामीले उहाँको नाउँ महिमित गर्नुपर्छ।—यशै. ४३:१०-१२; मत्ती ६:९.

९ हामी सबै जना आफ्नो सुस्वास्थको चाह गर्छौं तर कहिल्यै नसकिने सिद्धान्तहरू र उपचारहरूप्रति अनावश्‍यक ध्यान दिनाले तपाईं स्वास्थ्य सम्बन्धी मामिलाहरूमा चुर्लुम्म डुब्न सक्नुहुन्छ। शारीरिक तथा भावनात्मक समस्याहरूका निम्ति विभिन्‍न प्रकारका भोजन तालिकाहरू, उपचारविधि र चिकित्साप्रविधिहरू बताउने व्यक्‍तिहरू थुप्रै हुन्छन्‌। तर यी विधिहरू परस्पर विरोधाभासपूर्ण छन्‌। बाइबलका सिद्धान्तहरूको विरूद्धमा नभएसम्म एक जना व्यक्‍तिले स्वास्थ्य सम्बन्धी जे जति गर्छ त्यो उसको व्यक्‍तिगत निर्णय हो। मानवजातिका सबै समस्याहरूको एक मात्र साँचो समाधान, परमेश्‍वरको राज्यमा हामी सदैव आफ्नो पूर्ण भरोसा राखौं।—यशै. ३३:२४; प्रका. २१:३, ४.

१० दृढ तथा स्थिर बन्‍नुहोस्‌: जसै अन्त नजिक आउँछ यहोवाको सेवाबाट अलमलाउन शैतानले अझ बढी प्रयास गर्नेछ। “तिमीहरू आफ्नो विश्‍वासमा दह्रो भएर . . . त्यसको विरोध गर।” (१ पत्रु. ५:९) कसरी? परमेश्‍वरका विचारहरूद्वारा तपाईं पोषित हुनुपर्छ। (मत्ती ४:४) परमेश्‍वरको वचनमा ध्यान दिन र मनन गर्न तपाईं तथा तपाईंको परिवारलाई चाहिने समयलाई यस संसारका अलमलहरूले नखोसोस्‌। सपरिवार सङ्‌गै बसेर भोजन खाँदा प्रोत्साहनवर्धक अनुभवहरू र अन्य आध्यात्मिक विषयवस्तुहरू छलफल गर्नुहोस्‌। व्यक्‍तिगत अध्ययन र सभाहरूको लागि तयारी गर्ने आफ्नो तालिका अटुट रूपमा पालन गर्नुहोस्‌।

११ फिक्रीहरूले तपाईंको मनलाई खलबलाउन खोज्दा प्रार्थनामा आफ्ना सारा बोझहरू यहोवामा सुम्पनुहोस्‌। उहाँले तपाईंको हेरचाह गर्नुहुन्छ भनी ढुक्क हुनुहोस्‌। (१ पत्रु. ५:७) परमेश्‍वरको शान्तिले तपाईंको हृदय र मानसिक शक्‍तिहरूलाई जोगाइराखोस्‌। (फिलि. ४:६, ७) अलमलहरूले तपाईंको आध्यात्मिक दृष्टिलाई धमिल्याउन नदिनुहोस्‌। येशूले गर्नुभएझैं सदैव यहोवालाई आफ्नो अगाडि राख्नुहोस्‌। (प्रे. २:२५) हितोपदेश ४:२५-२७ मा प्रोत्साहन दिइएझैं तपाईंको लक्ष्यमा आफ्नो दृष्टि केन्द्रित गर्नुहोस्‌। त्यहाँ यसो भनिएको छ: “तेरो आँखाले तेरो अगि सीधा हेरोस्‌, सामनेतिर के छ सो तेरो आँखाले एक टक लाएर हेरोस्‌। तैंले हिंड़नुपर्ने बाटोको खोजिगर्‌, र तेरो मार्ग सुरक्षित रहनेछ। दाहिने देब्रेतिर नलाग्‌, र सबै खराब कुराबाट अलग बस्‌।”

१२ सबै सभाहरूमा लगातार उपस्थित हुनुहोस्‌ र परमेश्‍वरको वचनबाट आउने सल्लाहलाई गम्भीरतापूर्वक ध्यान दिन आफूलाई अनुशासित गर्नुहोस्‌। (हिब्रू २:१; १०:२४, २५) यस पतित संसारले प्रदान गर्ने सुखविलासहरू पछ्याउनुको सट्टा फलदायी सेवकाई कायम गर्ने आफ्नो लक्ष्य बनाउनुहोस्‌। यसले नै अनन्त आनन्द र सन्तुष्टि ल्याउँछ। (१ थिस्स. २:१९, २०) अन्तमा, तपाईंको पवित्र सेवाबाट कुनै कुरा वा कसैले तपाईंलाई नअलमलाओस्‌। “सधैं प्रभुको काममा प्रशस्त हुँदै जाओ। किनकि तिमीहरू जान्दछौ, कि तिमीहरूको परिश्रम प्रभुमा व्यर्थ हुँदैन।”—१ कोरि. १५:५८.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने