प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lr chap. २० pp. १०७-१११
  • के तिमी सधैं पहिलो हुन चाहन्छौ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तिमी सधैं पहिलो हुन चाहन्छौ?
  • महान्‌ शिक्षकबाट सिकौं
  • मिल्दोजुल्दो सामग्री
  • एक जना फरिसीले उहाँको आतिथ्य गर्छ
    सबैभन्दा महान्‌ पुरुष
  • रात्रिभोजको निम्तो—परमेश्‍वर कसलाई निम्तो दिनुहुन्छ?
    येसु—बाटो, सत्य र जीवन
  • येशू किन महान्‌ शिक्षक हुनुहुन्थ्यो?
    महान्‌ शिक्षकबाट सिकौं
  • महान्‌ शिक्षकले अरूको सेवा गर्नुभयो
    महान्‌ शिक्षकबाट सिकौं
थप हेर्नुहोस्
महान्‌ शिक्षकबाट सिकौं
lr chap. २० pp. १०७-१११

अध्याय २०

के तिमी सधैं पहिलो हुन चाहन्छौ?

सधैं पहिलो हुन चाहने कुनै व्यक्‍तिलाई के तिमी चिन्छौ?—उसले लाइनमा पहिलो हुन अरूलाई धकेल्छ होला। के तिमीले त्यसो गरेको देखेका छौ?—ठूला मानिसहरूले समेत पहिलो अथवा सबैभन्दा महत्त्वपूर्ण ठाउँ पाउन खोजेको महान्‌ शिक्षकले देख्नुभयो। अनि यो उहाँलाई मन परेन। के भएको थियो, अब हामी हेरौं है!

कुनै मानिस पहिलो हुन खोजेको के तिमीले देखेका छौ?

एक जना फरिसी अर्थात्‌ एक शक्‍तिशाली धर्मगुरुले येशूलाई भोजको लागि आफ्नो घरमा बोलाएको थियो भनी बाइबल बताउँछ। त्यहाँ पुग्नुभएपछि येशूले अरू पाहुनाहरूले सबैभन्दा राम्रा सिट रोजिरहेको याद गर्नुभयो। त्यसैले पाहुनाहरूलाई उहाँले एउटा कथा भन्‍नुभयो। त्यो कथा तिमी सुन्‍न चाहन्छौ?—

येशूले भन्‍नुभयो: ‘कसैले तिमीलाई विवाह-भोजमा बोलाउँदा गएर सबैभन्दा राम्रो वा महत्त्वपूर्ण ठाउँ नरोज।’ येशूले किन त्यसो भन्‍नुभयो, तिमीलाई थाह छ?—त्यो भोजमा सुरुको पाहुनाभन्दा पनि अझै आदरणीय पाहुनालाई बोलाइएको हुन सक्छ भनी उहाँले भन्‍नुभयो। त्यसैले चित्रमा देखाइएझैं भोज बोलाउने मानिस आएर सुरुको पाहुनालाई यसो भन्छन्‌: “उहाँलाई यो ठाउँ छोडिदिनुहोस्‌।” त्यो सुरुको पाहुनालाई कस्तो लाग्छ होला?—उसलाई एकदमै लाज लाग्न सक्छ किनभने अरू सबै पाहुनाले ऊ कम महत्त्वपूर्ण ठाउँमा गएर बसेको देख्ने थिए।

सबैभन्दा राम्रो ठाउँ चाहनु उचित होइन भनी येशू बताउँदै हुनुहुन्थ्यो। त्यसैले उहाँले भन्‍नुभयो: ‘तिमीलाई विवाह-भोजमा बोलाइँदा गएर सबैभन्दा पछाडि बस। अनि तिमीलाई बोलाउने मानिस आएर तिमीलाई यसो भन्‍न सक्छन्‌: “मित्र, गएर अगाडि बस्नुहोस्‌।” तब त्यहाँ भएका सबै पाहुनाले तिमी अगाडि गएर बसेको देख्दा तिम्रो इज्जत हुनेछ।’—लूका १४:१, ७-११.

सबैभन्दा राम्रो वा अगाडिको सिट रोज्नेहरूबारे बताउनुहुँदा येशूले के पाठ सिकाउँदै हुनुहुन्थ्यो?

येशूले भनेको यो कथाबाट तिमीले के पाठ सिक्यौ?—सिक्यौ कि सिकेनौ, त्यो बुझ्न एउटा उदाहरण विचार गरौं है त! कल्पना गर, तिमी मानिसहरू खचाखच भएको बसमा चढ्‌दै छौ। आफूभन्दा ठूलो मानिसलाई बस्न नदिई हतार-हतार आफू बस्न खोज्नु राम्रो होला त?—तिमीले त्यसो गरेको येशूलाई मनपर्छ होला र?—

हामीले जे गरे पनि येशूलाई केही फरक पर्दैन भनी कोही-कोहीले भन्लान्‌। तर के तिमी त्यो कुरा पत्याउँछौ?—फरिसीको घरमा ठूलो भोज हुँदा मानिसहरूले आ-आफ्नो लागि सिटहरू रोजेको येशूले याद गर्नुभयो। हामीले अहिले गर्ने कार्यहरूमा पनि उहाँ उत्तिकै चासो लिनुहुन्छ जस्तो तिमीलाई लाग्दैन र?—अहिले येशू स्वर्गमा हुनुभएकोले त्यहाँबाट उहाँ हामीलाई अझ राम्ररी देख्न सक्नुहुन्छ।

कुनै मानिस पहिलो हुन खोज्दा समस्या आइपर्न सक्छ। धेरैजसो अवस्थामा भनाभन हुन्छ र मानिसहरू रिसाउँछन्‌। केटाकेटीहरू बसमा चढ्‌दा कहिलेकाहीं यस्तै हुन्छ। बसको ढोका खोल्नेबित्तिकै केटाकेटीहरू पहिलो हुन हुर्रिन्छन्‌। तिनीहरू राम्रा सिट अर्थात्‌ झ्याल नजिकका सिटहरू चाहन्छन्‌। त्यतिबेला के हुन सक्छ?—हो, तिनीहरू एकअर्कासित रिसाउन सक्छन्‌।

पहिलो हुन खोज्दा धेरै समस्या हुन सक्छ। यसले गर्दा येशूका प्रेषितहरूमाझ समेत समस्या भयो। यो किताबको अध्याय ६ मा सिकेझैं आफूमध्ये सबैभन्दा ठूलो को हो भन्‍ने विषयमा तिनीहरूको झगडा परेको थियो। त्यतिबेला येशूले के गर्नुभयो?—हो, उहाँले तिनीहरूलाई सच्चाउनुभयो। तर पछि तिनीहरूको फेरि झगडा पऱ्‍यो। त्यो झगडा कसरी सुरु भयो, हामी हेरौं है!

प्रेषितहरू र अरू केही मानिस येशू सँगसँगै अन्तिम चोटि यरूशलेमतिर जाँदैछन्‌। येशूले तिनीहरूलाई आफ्नो राज्यबारे बताउँदै हुनुहुन्छ। त्यसैले याकूब र यूहन्‍ना उहाँसँगै राजाको रूपमा शासन गर्नेबारे सोचिरहेका छन्‌। तिनीहरूले यसबारे आफ्नी आमा सलोमीसित समेत कुरा गरेका छन्‌। (मत्ती २७:५६; मर्कूस १५:४०) त्यसैले यरूशलेम जाँदै गर्दा सलोमी येशूकहाँ आएर घोप्टो पर्छिन्‌ र एउटा उपकार गरिदिन भन्छिन्‌।

येशूले सोध्नुहुन्छ: “तिमी के चाहन्छ्यौ?” आफ्ना दुई छोराहरू एक जना उहाँको दाहिने हाततिर र अर्को देब्रे हाततिर बस्न पाऊन्‌ भनी तिनी बिन्ती गर्छिन्‌। याकूब र यूहन्‍नाले आफ्नी आमालाई यो कुरा माग्न लगाएको अरू दस जना प्रेषितले थाह पाएपछि तिनीहरूलाई कस्तो लाग्यो होला?—

सलोमीले येशूलाई के गर्न आग्रह गरिन्‌ यसको परिणाम के भयो?

हो, तिनीहरू ती दुई दाजुभाइसित असाध्यै रिसाउँछन्‌। त्यसैले येशू आफ्ना सबै प्रेषितलाई केही असल सल्लाह दिनुहुन्छ। संसारका शासकहरूलाई शक्‍तिशाली र महत्त्वपूर्ण हुन मनपर्छ भनी येशू भन्‍नुहुन्छ। उनीहरू सबै, अरूले आज्ञा मान्‍ने खालको उच्च ओहदा पाउन चाहन्छन्‌। तर आफ्ना चेलाहरूबीच यस्तो हुनु हुँदैन भनी येशू भन्‍नुहुन्छ। बरु, उहाँ यसो भन्‍नुहुन्छ: “तिमीहरूमाझ जो ठूलो हुन चाहन्छ, ऊ तिमीहरूको सेवक हुनुपर्छ।” यसबारे सोच त!—मत्ती २०:२०-२८.

सेवकले के गर्छ, तिमीलाई थाह छ?—अरूले आफ्नो सेवा गरोस्‌ भन्‍ने आस नगरी उसले अरूको सेवा गर्छ। ऊ सबैभन्दा पछाडि बस्छ, अगाडि होइन। उसले सबैभन्दा तल्लो मानिसको रूपमा व्यवहार गर्छ, सबैभन्दा महत्त्वपूर्ण मानिसको रूपमाहोइन। अनि सम्झ त, येशूले ठूलो हुन चाहने मानिस अरूको सेवक हुनुपर्छ भन्‍नुभयो।

त्यसोभए यसको अर्थ के हो?—के कुनै सेवकले आफ्नो मालिकसित सबैभन्दा राम्रो सिट कसले पाउने भनेर झगडा गर्छ र? अथवा कसले पहिले खाना खाने भनेर झगडा गर्छ कि? तिमीलाई कस्तो लाग्छ?—सेवकले सधैं आफ्नो मालिकलाई अगाडि राख्छ भनी येशूले भन्‍नुभयो।—लूका १७:७-१०.

त्यसोभए पहिलो हुन खोज्नुको सट्टा हामीले के गर्नुपर्छ?—हो, हामी अरूको लागि सेवकजस्तै हुनुपर्छ। अनि यसको अर्थ हामीले अरूलाई आफूभन्दा ठूलो सम्झनु हो। साथै अरूलाई आफूभन्दा महत्त्वपूर्ण ठान्‍नु हो। अरूलाई अगाडि राख्न सक्ने केही तरिकाबारे तिमी सोच्न सक्छौ कि?—पृष्ठ ४० र ४१ मा फेरि हेर त, त्यहाँ अरूको सेवा गरेर हामी उनीहरूलाई कसरी महत्त्व दिन सक्छौं, केही तरिका दिइएका छन्‌।

तिमीलाई सम्झना छ नि, महान्‌ शिक्षकले आफूलाई भन्दा अरूलाई महत्त्व दिनुभयो। आफ्ना प्रेषितहरूसित बिताएको अन्तिम रात येशूले तिनीहरूको खुट्टासमेत धोइदिनुभयो। हामीले पनि अरूको सेवा गरेर उनीहरूलाई महत्त्व दिन्छौं भने महान्‌ शिक्षक र हाम्रा बुबा यहोवा परमेश्‍वर दुवैलाई खुसी पारिरहेका हुनेछौं।

आफूलाई भन्दा अरूलाई महत्त्व दिन प्रोत्साहित गर्ने अझै अरू बाइबल पदहरू अब हामी पढौं: लूका ९:४८; रोमी १२:३ अनि फिलिप्पी २:३, ४.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने