प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w93 ४/१ pp. १४-१७
  • ज्योति वाहकहरू—के उद्देश्‍यका लागि

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ज्योति वाहकहरू—के उद्देश्‍यका लागि
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • मानवजातिका निम्ति कहिलेदेखिन्‌ ‘ज्योति निभ्यो’
  • “अन्यजातिहरूलाई प्रकाशको निम्ति” दिइनु भएको उहाँ
  • “तिमीहरू जगत्‌का ज्योति हौ”
  • हामीहरूको अगुवाइ गर्ने परमेश्‍वरको ज्योति र सत्यता
  • परमेश्‍वरको महिमा चम्केको छ
  • संसारको ज्योतिलाई पछ्याउनुहोस्‌
    सन्‌ १९९३ को अंग्रेजी प्रहरीधरहरा-बाट अध्ययन लेखहरू
  • ईश्‍वरीय ज्योतिले अन्धकार हटाउँछ!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • संसारको ज्योतिलाई कसले पछ्याइरहेका छन्‌?
    सन्‌ १९९३ को अंग्रेजी प्रहरीधरहरा-बाट अध्ययन लेखहरू
  • “तिमीहरूको ज्योति . . . चम्कोस्‌”
    हाम्रो राज्य सेवकाई—२००१
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
w93 ४/१ pp. १४-१७

ज्योति वाहकहरू—के उद्देश्‍यका लागि

“मैले तिमीलाई अन्यजातिहरूका ज्योतिका निम्ति ठहराएको छु।”—प्रेरित १३:४७.

१. प्रेरित १३:४७-मा औंल्याइएको आज्ञाबाट प्रेरित पावल कसरी प्रभावित भएका थिए?

पावलले भने: “यसो भनेरनै प्रभुले [यहोवाले, न्यु व०] हामीलाई अह्राउनुभएको छ, ‘मैले तिमीलाई अन्यजातिहरूका ज्योतिको निम्ति ठहराएको छु, र तिमी पृथ्वीको अन्तसम्म मुक्‍तिको लागि खड़ा होऊ।’” (प्रेरित १३:४७) तिनले यो कुरा भनेका मात्र होइनन्‌ तर त्यसको गम्भीरता समेतलाई बुझे। मसीही भएपछि पावलले यो आज्ञा पालन गर्नमा आफ्नो सारा जीवन लगाए। (प्रेरित २६:१४-२०) के त्यो आज्ञा हामीमाथि पनि लागुहुन्छ? हुन्छ भने, हाम्रो समयका लागि यो किन महत्त्वपूर्ण छ?

मानवजातिका निम्ति कहिलेदेखिन्‌ ‘ज्योति निभ्यो’

२. (क) संसार जसै आफ्नो अन्तको समयमा प्रवेश गऱ्‍यो, के कारणले गर्दा त्यसका आत्मिक र नैतिक प्रवृत्तिहरूमा यत्तिका प्रभाव पर्नगयो? (ख) अगस्त १९१४-मा घटिरहेको घटनालाई देखेर एक जना ब्रिटिश राजनीतिज्ञले के भने?

२ आज बाँचिरहेका मानिसहरूमध्ये धेरै जनाको जन्म हुनुभन्दा पहिले नै यो संसार अन्तको समयमा प्रवेश गरिसकेको थियो। ठूला ठूला घटनाहरू एकपछि एक हुँदै गए। आत्मिक र नैतिक अन्धकारको मुख्य पोषक, शैतान अर्थात्‌ दियाबललाई पृथ्वीमा फ्याँकियो। (एफिसी ६:१२; प्रकाश १२:७-१२) मानवजाति प्रथम विश्‍व-युद्धमा हुत्ति सकेको थियो। अगस्त १९१४-को सुरुमा युद्ध हुने पक्कै जस्तो भएपछि ब्रिटिश सरकारका परराष्ट्र मन्त्री, सर एडवर्ड ग्रेले लन्दनको आफ्नो आफिसमा उभिएर बाहिर हेर्दै यसो भने: “सारा युरोपभरिको बत्ती निभ्‌दै छ। हामीले आफ्नो जीवनमा फेरि त्यो बत्ती बलेको देख्ने छैनौं।”

३. मानवजातिको भविष्य उज्ज्वल सम्भव पार्ने प्रयासमा सांसारिक नेताहरू कतिको सफल भएका छन्‌?

३ त्यो बत्तीलाई फेरि बाल्ने प्रयासमा, १९२०-मा लीग आफ नेशन्स भन्‍ने संस्था खडा गरियो। तर बत्ती धिपधिप गर्दै पनि बलेन। दोस्रो विश्‍व-युद्धको अन्तमा संसारका नेताहरूले फेरि प्रयास गरे, यस पटक संयुक्‍त राष्ट्र संघको नाउँ राखेर। फेरि पनि बत्ती उज्यालो भएर बलेन। तथापि, हाल-सालका घटनाहरूको सन्दर्भलाई हेरेर संसारका नेताहरूले “एउटा नयाँ विश्‍व-व्यवस्था” बारे कुरा गर्दैछन्‌। तर तिनीहरूले बनाएको कुनै पनि “नयाँ विश्‍वले” कहिले पनि साँचो शान्ति र सुरक्षा दिन सकेको छ भन्‍न गाह्रै होला। बरु, हतियारबन्द सङ्‌घर्ष, जातीय दङ्‌गा, अपराध, बेरोजगारी, गरीबी, प्रदूषित वातावरण, र बिमारीहरूले अझै मानिसको जीवनको आनन्दमा बाधा पुऱ्‍याउदैछन्‌।

४, ५. (क) मानव परिवारलाई कुन बेला र कसरी अँध्यारोले ढाक्यो? (ख) उद्धार पाउनका निम्ति के को आवश्‍यकता छ?

४ यथार्थमा, १९१४ भन्दा धेरै नै अघि मावनजातिका निम्ति ज्योति निभिसकेको थियो। यो कुरा अदनमा केही ६,००० वर्ष अघि घटेको थियो, जब हाम्रा प्रथम माता-पिताले परमेश्‍वरले जाहेर गर्नु भएको इच्छा विपरीत आफ्नै इच्छाअनुसार गर्ने निर्णय लिए। त्यस बेलादेखि मानवजातिले अनुभव गरिरहेका दुःखद्‌ अनुभवहरू बाइबलमा भनिएको “अन्धकारको शक्‍ति” ले गराएका प्रसङ्‌गहरू मात्र हुन्‌। (कलस्सी १:१३) शैतान अर्थात्‌ दियाबलको प्रभावमा परेर प्रथम मानव, आदमले संसारलाई पापमा चुर्लुम्म डुबायो; र आदमको पाप र मृत्यु सारा मानवजातिमा फैलियो। (उत्पत्ति ३:१-६; रोमी ५:१२) यस प्रकार मानवजातिले ज्योति र जीवनको स्रोत, यहोवाको अनुमोदन गुमायो—भजन ३६:९.

५ अब मानवजातिका सृष्टिकर्त्ता, यहोवा परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सकेको खण्डमा मात्र मानवजातिका निम्ति फेरिदेखिन्‌ ज्योति चम्किन सक्‍तछ। अनि, “मानिसहरूमाथि परेको पर्दा,” अर्थात्‌ पापद्वारा आएको दोष हटाउन सकिन्छ। यो कसरी सम्भव हुनेछ?—यशैया २५:७.

“अन्यजातिहरूलाई प्रकाशको निम्ति” दिइनु भएको उहाँ

६. येशू ख्रीष्ट मार्फत यहोवाले हाम्रो निम्ति के महान सम्भावनाहरू सम्भव पारिदिनु भएको छ?

६ आदम र हव्वालाई प्रमोदवनबाट निष्कासित गर्नुभन्दा पहिले नै यहोवाले धार्मिकताका प्रेमीहरूको उद्धारक हुने एउटा ”सन्तान” बारे अग्रिमवाणी गर्नु भएको थियो। (उत्पत्ति ३:१५) प्रतिज्ञा गरिएको त्यस सन्तानले मानव रूपमा जन्म लिएपछि, त्यो सन्तान नै “अन्यजातिहरूलाई प्रकाशको निम्ति” हो भनी चिनाउन यहोवाले यरूशलेमको मन्दिरमा वृद्ध शिमियोन नाउँ भएको एउटा मानिसलाई प्रयोग गर्नुभयो। (लूका २:२९-३२) येशूको सिद्ध मानव जीवनको बलिदानमाथि विश्‍वास गरेर मानिसहरू जन्मजात पापको दोषबाट छुटकारा पाउन सक्‍तछन्‌। (यूहन्‍ना ३:३६) यहोवाको इच्छा अनुरूप तिनीहरूले या त स्वर्गीय राज्यको एउटा भागीदार भएर वा पार्थिव प्रमोदवनमा त्यसको प्रजा भएर अनन्त जीवन पाउने आशा राख्न सक्छन्‌। यो एउटा कस्तो अद्‌भुत प्रबन्ध हो!

७. यशैया ४२:१-४ मा भएका दुवै प्रतिज्ञाहरू र प्रथम शताब्दीमा तिनीहरूको पूर्तिले हामीलाई कसरी आशान्वित पार्दछ?

७ येशू ख्रीष्ट स्वयं नै यी महान सम्भावनाहरूको पूर्तिका निम्ति ग्यारेन्टी हुनुहुन्छ। येशूले पीडित व्यक्‍तिहरूको दुःखलाई निवारण गर्नु भएको सम्बन्धमा यशैया ४२:१-४ मा लेखिएका वचनहरूलाई प्रेरित मत्तीले प्रयोग गरेका छन्‌। त्यस शास्त्र पदको केही अंश यस प्रकार छ: “मेरो दासलाई हेर, जसलाई म सम्हाल्दछु, मेरो चुनिएको, जसमा मेरो प्राण प्रसन्‍न हुन्छ। तिनमा मैले आफ्नो प्राण हालेको छु। तिनले जाति जातिहरूका बीचमा न्याय ल्याउनेछन्‌।” र सारा जातिका मानिसहरूले चाहेको कुरा पनि त्यही होइन र? भविष्यवाणी अगाडि भन्दछ: “तिनी नता झगड़ा गर्नेछन्‌ न साह्रै चिच्याउनेछन्‌। नता कसैले तिनको सोर गल्लीहरूमा सुन्‍नेछ। फुटेको निगालो पनि तिनले भाँच्नेछैनन्‌, र धुँवा निस्किरहेको सलेतो तिनले निभाउने छैनन्‌।” यो वचन अनुरूप येशूले दुःखित मानिसहरूसङ्‌ग दुर्व्यवहार गर्नु भएन। उहाँले तिनीहरू प्रति दया देखाउनु भयो, यहोवाका उद्देश्‍यहरूबारे सिकाउनु भयो, र तिनीहरूलाई निको पार्नुभयो।—मत्ती १२:१५-२१.

८. कुन अर्थमा यहोवाले येशूलाई “जाति जातिहरूका निम्ति करार” र “जाति जातिहरूको ज्योति”-को रूपमा दिनु भएको छ?

८ यस भविष्यवाणीका दाता स्वयंले नै आफ्ना दास, येशूलाई यसो भन्‍नुहुन्छ: “म, परमप्रभुले तिमीलाई मेरो धार्मिकताअनुसार बोलाएको छु। र तिम्रो हात समातेको छु, र तिम्रो रक्षा गरेको छु। तिमीलाई नै मैले जाति जातिहरूका निम्ति करार र जातिहरूको ज्योतिको निम्ति दिएको छु। अन्धाहरूका आँखा खोल्नलाई, कैदीहरूलाई कैदबाट, अन्धकारमा बस्नेहरूलाई झ्यालखानबाट निकाल्नलाई।” (यशैया ४२:६, ७) हो, यहोवाले येशूलाई एउटा वाचा, एउटा पक्का पवित्र प्रतिज्ञाको रूपमा दिनु भएको छ। यो कस्तो उत्साहप्रद कुरा हो! आफू पृथ्वीमा हुँदा येशूले मानवजातिप्रति साँचो चासो देखाउनु भयो। उहाँले मानवजातिका निम्ति आफ्नो जीवनसमेत दिनुभयो। यहोवाले उहाँलाई जातिहरूको ज्योति भन्‍नुभएकोमा कुनै आश्‍चर्य छैन। येशूले आफ्नोबारेमा भन्‍नुभयो: “म संसारको ज्योति हुँ।”—यूहन्‍ना ८:१२.

९. त्यस बेलाको रीतिरिवाजलाई सुधार्न येशूले किन आफ्नो समय लगाउनु भएन?

९ कुन उद्देश्‍यका निम्ति येशूले संसारको ज्योति भएर सेवा गर्नुभयो? निश्‍चय पनि यो कुनै सांसारिक वा भौतिक उद्देश्‍यका लागि थिएन। त्यस बेला चलिरहेको राजनैतिक व्यवस्थालाई ठीक पार्ने कोशिश गर्न उहाँले इन्कार गर्नुभयो र यस संसारको शासक, शैतान अथवा जनताबाट दिइने राजत्वलाई स्वीकार गर्नु भएन। (लूका ४:५-८; यूहन्‍ना ६:१५; १४:३०) पीडितहरूका निम्ति उहाँले ठूलो अनुकम्पा देखाउनु भयो र अरूले दिन नसक्ने किसिमको आराम तिनीहरूलाई उहाँले पुऱ्‍याउनु भयो। तर जन्मजात पाप र अदृश्‍य दुष्टात्माहरूद्वारा सञ्चालित भएको हुनाले परमेश्‍वरद्वारा दोषी ठहराइएको मानव समाजभित्र स्थायी उद्धार सम्भव छैन भन्‍ने कुरा उहाँलाई थाहा थियो। ईश्‍वरीय अन्तर्दृष्टिका साथ येशूले आफ्नो सारा जीवन परमेश्‍वरको इच्छा गर्नमा नै केन्द्रित गर्नुभयो।—हिब्रू १०:७.

१०. कुन तरिकाहरूमा र के उद्देश्‍यका लागि येशूले संसारको ज्योतिजस्तो भएर सेवा गर्नुभयो?

१० उसो भए कुन तरिकाहरूद्वारा र के उद्देश्‍यका लागि येशूले संसारको ज्योति भएर सेवा गर्नुभयो? परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्नमा उहाँले आफूलाई संलग्न गराउनु भयो। (लूका ४:४३; यूहन्‍ना १८:३७) यहोवाको उद्देश्‍यको सत्यताबारे गवाही दिएर येशूले आफ्नो स्वर्गमा हुनुहुने पिताको नाउँलाई पनि महिमित पार्नुभयो। (यूहन्‍ना १७:४, ६) साथै, संसारको ज्योतिको हैसियतमा येशूले धार्मिक झूटलाई उदाङ्‌ग पारिदिनु भयो र यसप्रकार धार्मिक बन्धनमा परेकाहरूलाई आत्मिक स्वतन्त्रता प्रदान गर्नुभयो। उहाँले अदृश्‍य रूपमा सञ्चालन गरेर अरूहरूलाई आफ्नो हातको खेलौना बनाउने शैतानलाई उदाङ्‌ग पारिदिनु भयो। येशूले स्पष्ट रूपमा अन्धकारको कामलाई पनि चिनाइदिनु भयो। (मत्ती १५:३-९; यूहन्‍ना ३:१९-२१; ८:४४) सबैभन्दा मुख्य काम, एउटा छुडौतिको रूपमा आफ्नो सिद्ध मानव जीवन बलिदान दिनु भएर उहाँले आफूलाई संसारको ज्योति प्रमाणित गर्नुभयो। यसप्रकार आफ्नो पापको क्षमा, परमेश्‍वरसित एउटा अनुमोदित सम्बन्ध, र यहोवाको विश्‍वव्यापी परिवारको अङ्‌ग भएर अनन्त जीवनको आशा पाउन सकिने यस प्रबन्धमा विश्‍वास राख्नेहरूका लागि बाटो खोलिदिनु भयो। (मत्ती २०:२८; यूहन्‍ना ३:१६) र अन्तिम, आफ्नो जीवनभरी पूर्ण ईश्‍वरीय भक्‍ति कायम राख्नु भएर येशूले यहोवाको सार्वभौमिकतालाई समर्थन गर्नुभयो र दियाबललाई झुट्टा प्रमाणित गर्नुभयो। यसप्रकार धार्मिकताका प्रेमीहरूका निम्ति अनन्त लाभहरू प्राप्त हुन सम्भव पारिदिनु भयो। तर के येशू मात्र ज्योति वाहक हुनुहुने थियो र?

“तिमीहरू जगत्‌का ज्योति हौ”

११. आफू ज्योति वाहकहरू हुनका निम्ति येशूका चेलाहरूले के गर्नुपर्ने थियो?

११ मत्ती ५:१४-मा येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो: “तिमीहरू जगत्‌का ज्योति हौ।” तिनीहरूले उहाँको पदचिन्हलाई अनुसरण गर्नु पर्ने थियो। आफ्नो जीवनशैली र प्रचार दुवै कार्यहरूद्वारा अरूहरूलाई यहोवातर्फ डोऱ्‍याउनु परेको थियो किनकि उहाँ नै साँचो ज्ञानको स्रोत हुनुहुन्छ। येशूको अनुकरण गर्दै तिनीहरूले परमेश्‍वरको नाउँ र उहाँको सार्वभौमिकतालाई पुष्टि गर्नु परेको थियो। येशूले गर्नु भएजस्तै तिनीहरूले पनि परमेश्‍वरको राज्य मात्र मानवजातिको एकमात्र आशा हो भनी घोषणा गर्नु परेको थियो। तिनीहरूले धार्मिक झूटहरू, अन्धकारका कामहरू, र यी कुराहरूको पछाडि रहेको त्यस दुष्टलाई उदाङ्‌ग पार्नु परेको थियो। येशू ख्रीष्टद्वारा प्राप्त हुने मुक्‍तिको यहोवाले गर्नु भएको मायालु प्रबन्धबारे सारा ठाउँहरूमा मानिसहरूलाई भन्‍नु परेको थियो। यस कामलाई पहिलेका मसीहीहरूले बडो उत्साहका साथ गरेका थिए। येशूको आज्ञाअनुसार तिनीहरूले पहिले यो काम यरूशलेम र यहूदामा, र त्यसपछि सामरियामा गरे!—प्रेरित १:८.

१२. (क) आत्मिक ज्योति कति टाढासम्म फैलिनु थियो? (ख) यशैया ४२:६ बारे बुझ्नका निम्ति यहोवाको आत्माले पावललाई कुन हद्‌सम्म मदत गऱ्‍यो, र त्यो भविष्यवाणीले हाम्रो जीवनमा कसरी प्रभाव पार्नु पर्ने हो?

१२ तथापि, सुसमाचारको प्रचार त्यस क्षेत्रमा मात्र सीमित गरिनु थिएन। येशूले आफ्ना चेलाहरूलाई “सारा जातिहरूलाई चेला बनाओं” भनी अह्राउनु भयो। (मत्ती २८:१९) शावलले (जो पछि प्रेरित पावल भए) यहूदीहरूलाई मात्र प्रचार नगरेर अन्यजातिलाई पनि प्रचार गर्नेछन्‌ भनी प्रभुले टार्ससका शावलको धर्म परिवर्तन हुने बेलामा नै निर्दिष्ट रूपमा सङ्‌केत गर्नु भएको थियो। (प्रेरित ९:१५) त्यसमा के कुरा विथोलित छ भन्‍ने कुरा पावलले पवित्र आत्माको मदतले बुझ्न सकेका थिए। त्यसैले यशैया ४२:६, जसको पूर्ति सोझै येशू ख्रीष्टमा भएको छ, त्यो भविष्यवाणी ख्रीष्टमा विश्‍वास राख्ने सबैका लागि प्रयोग हुँदछ भन्‍ने कुरा पनि तिनले ठम्याउन सके। त्यसकारण, यशैयालाई उद्धृत गर्दै पावलले प्रेरित १३:४७-मा भने: “यसो भनेरनै प्रभुले हामीलाई अह्राउनुभएको छ, ‘मैले तिमीलाई अन्यजातिहरूका ज्योतिको निम्ति ठहराएको छु, र तिमी पृथ्वीको अन्तसम्म मुक्‍तिको लागि खड़ा होऊ।’” तपाईंको सम्बन्धमा के भन्‍न सकिन्छ? एउटा ज्योति वाहक हुने जिम्मेवारी उठाउने कुरालाई के तपाईंले राम्ररी विचार गर्नु भएको छ? येशू र पावलले जस्तै के तपाईं पनि आफ्नो जीवनलाई परमेश्‍वरको इच्छाअनुसार सञ्चालन गर्नुहुन्छ?

हामीहरूको अगुवाइ गर्ने परमेश्‍वरको ज्योति र सत्यता

१३. भजनसंग्रह ४३:३ अनुरूप हाम्रो उत्कट प्रार्थना के हुनुपर्छ, र यसले हामीलाई के कुराबाट जोगाउँछ?

१३ मानवजातिको भविष्य उज्यालो पार्नका निम्ति ‘ज्योतिलाई फेरिदेखिन्‌ चम्काउने’ प्रयास हामीले आफ्नै ढङ्‌गले गर्ने हो भने हामीले परमेश्‍वरको वचनको अर्थ नै गम्भीर रूपमा नबुझिरहेको हुनेछ। संसारले साधारणतया जे गरे तापनि असली मसीहीहरू ज्योतिको साँचो स्रोत यहोवालाई नै मान्दछन्‌। तिनीहरूको प्रार्थना भजनसंग्रह ४३:३-मा भनिएको जस्तै छ, जहाँ यसो भनिएको छ: “तपाईंको ज्योति र तपाईंको सत्यता पठाउनुहोस्‌, र तिनैले मलाई डोर्‌याऊन्‌, तिनलेनै मलाई तपाईंको पवित्र डाँड़ा र तपाईंका बासस्थानमा पुऱ्‍याउन्‌।”

१४, १५. (क) यहोवाले अहिले कुन तरिकाहरूद्वारा आफ्नो ज्योति र सत्यतालाई पठाउँदै हुनुहुन्छ? (ख) परमेश्‍वरको ज्योति र सत्यताले हामीहरूको अगुवाइ गरिरहेको छ भनी हामी कसरी देखाउन सक्‍तछौं?

१४ आफ्ना वफादार सेवकहरूको त्यस प्रार्थनाको उत्तर यहोवा अझै दिंदै हुनुहुन्छ। आफ्नो उद्देश्‍यको घोषणा गर्दै यहोवाले ज्योति पठाउनुहुन्छ ताकि उहाँका सेवकहरूले त्यसलाई बुझ्न सकून्‌ र जुन कुरा उहाँले घोषणा गर्नु भएको छ त्यसलाई पूरा गर्न सकून्‌। जब हामी परमेश्‍वरलाई प्रार्थना गर्दछौं, यो एउटा लोकाचार मात्र होइन। हामी पवित्र छौं भनी देखाउनका लागि मात्र होइन। भजनका रचयिताले भनेको जस्तै हाम्रो पनि उत्कट इच्छा छ कि परमेश्‍वरबाट आउने ज्योतिले हाम्रो अगुवाइ गरोस्‌। परमेश्‍वरले प्रदान गर्नुभएको ज्योति सँगसँगै आउने जिम्मेवारीसमेत हामी स्वीकार गर्दछौं। यहोवाको वचनमाथि विश्‍वास गरेर त्यसलाई पालन गर्नेहरू सबैका निम्ति त्यस वचनमा एउटा आज्ञा सम्मिलित छ भन्‍ने कुरा प्रेरित पावलले जस्तै हामीले पनि बुझेका छौं। अरूहरूलाई सुनाउनु भनी परमेश्‍वरले दिनु भएको सुसमाचार तिनीहरूलाई नसुनाउञ्जेल अर्काको कर्जा खाएजस्तै हामीलाई लाग्दछ।—रोमी १:१४, १५.

१५ येशू ख्रीष्ट आफ्नो स्वर्गीय सिंहासनबाट सक्रिय रूपले शासन गर्दै हुनुहुन्छ भन्‍ने कुराको जानकारी हाम्रो समयमा यहोवाले पठाउनु भएको ज्योति र सत्यताले जाहेर गर्दछ। (भजनसंग्रह २:६-८; प्रकाश ११:१५) उहाँको उपस्थितिको समयमा राज्यको यो सुसमाचार सारा संसारमा साक्षीका निम्ति प्रचार गरिने छ भनी येशूले अग्रिमवाणी गर्नुभयो। (मत्ती २४:३, १४) सो काम अहिले विश्‍वव्यापी रूपमा बडो जोडतोडका साथ भइरहेछ। यदि त्यस कामलाई हामीले आफ्नो जीवनमा एउटा महत्त्वपूर्ण काम कुरा बनाएका छौं भने भजनका रचयिताले भनेको जस्तै परमेश्‍वरको ज्योति र सत्यताले हामीलाई डोऱ्‍याइ रहेको हुनेछ।

परमेश्‍वरको महिमा चम्केको छ

१६, १७. यहोवाले आफ्नी स्त्री समान सङ्‌गठनमाथि १९१४ देखिन्‌ आफ्नो महिमा कसरी चम्काउनु भएको छ, र उहाँले तिनलाई के आज्ञा दिनु भएको छ?

१६ त्यो ईश्‍वरीय ज्योति कुन तरिकाले सबै ठाउँका मानिसहरूमा फैलिएको छ त्यसको वर्णन शास्त्रपदहरूले आत्मोद्दीपक भाषामा गरेको छ। यहोवाकी “स्त्री,” अर्थात्‌ उहाँका वफादार सेवकहरूको स्वर्गीय सङ्‌गठनलाई सम्बोधन गर्दै यशैया ६०:१-३ ले भन्दछ: “उठ्‌, प्रकाशमान हो, किनकि तेरो ज्योति आएको छ, परमप्रभुको महिमा तँमाथि उदाएको छ। किनभने हेर, अँध्यारोले पृथ्वीलाई, र निष्पट्ट अँध्यारोले मानिसहरूलाई ढाक्नेछ। तर तँमाथि परमप्रभु प्रकाश हुनुहुने छ, र उहाँको महिमा तँमाथि प्रकट हुनेछ। जाति जातिहरू तेरो ज्योतिमा र राजाहरू तेरो उदयको प्रकाशमा आउनेछन्‌।”

१७ यहोवाको महिमा उहाँको स्वर्गीय स्त्री समान सङ्‌गठनमाथि १९१४-मा चम्क्यो। त्यसै बेला धेरै प्रतिक्षापछि त्यसले मसीही राज्यलाई जन्म दिई जसको राजा येशू ख्रीष्ट हुनुभयो। (प्रकाश १२:१-५) सारा पृथ्वीको त्यो मात्र यथोचित सरकार हो भनी अनुमोदन गर्दै यहोवाको महिमित ज्योति त्यस सरकारमाथि चम्किन्छ।

१८. (क) यशैया ६०:२-मा भनिएअनुसार पृथ्वीलाई अन्धकारले किन ढाक्दछ? (ख) पृथ्वीको अन्धकारबाट व्यक्‍ति-व्यक्‍तिलाई कसरी बाहिर निकाल्न सकिन्छ?

१८ त्यसको विपरीत, अँध्यारोले पृथ्वीलाई र निष्पट्ट अँध्यारोले मानिसहरूलाई ढाक्दछ। किन? किनभने ती राष्ट्रहरूले मानवीय शासनलाई मन पराउँदै परमेश्‍वरका प्यारा पुत्रको सरकारलाई इन्कार गर्दछन्‌। तिनीहरू सोच्दछन्‌ कि एक प्रकारको सरकारलाई हटाएर अर्को सरकार ल्याएमा त्यसले तिनीहरूका समस्याहरूको समाधान गरिदिनेछन्‌। तर त्यस सरकारले पनि तिनीहरूले आशा गरेको समाधान ल्याउन सक्‍तैन। अदृश्‍य रूपमा आत्मिक दुनियाबाट कसले तिनीहरूलाई सञ्चालन गरिरहेको छ भन्‍ने कुरा तिनीहरू बुझ्न असमर्थ छन्‌। (२ कोरिन्थी ४:४) तिनीहरूले ज्योतिको साँचो स्रोतलाई इन्कार गरेको हुनाले तिनीहरू अन्धकारमा छन्‌। (एफिसी ६:१२) तथापि, राष्ट्रहरूले जे गरे तापनि अलग अलग व्यक्‍तिहरू चाहिं त्यस अन्धकारबाट छुटकारा पाउने छन्‌। कसरी? परमेश्‍वरको राज्यमाथि पूर्ण विश्‍वास राखेर र त्यसको अधीनता स्वीकार गरेर।

१९, २०. (क) येशूका अभिषिक्‍त चेलाहरूमाथि किन र कसरी यहोवाको महिमा चम्किएको छ? (ख) के कारणका लागि यहोवाले आफ्ना अभिषिक्‍त जनहरूलाई ज्योति वाहकहरू बनाउनु भएको छ? (ग) अग्रिमवाणी गरिएअनुसार, “राजाहरू” र “राष्ट्रहरू” ईश्‍वर-प्रदत्त ज्योतितर्फ कसरी आकर्षित भएका छन्‌?

१९ मसीहीजगतले न परमेश्‍वरको राज्यमाथि विश्‍वास राख्छ नता त्यसको अधीनता नै स्वीकार्दछ। तर येशूका अभिषिक्‍त अनुयायीहरूले चाहिं गर्दछन्‌। परिणामस्वरूप ईश्‍वरीय अनुमोदनको रूपमा यहोवाको ज्योति उहाँको स्वर्गीय स्त्रीका दृश्‍य प्रतिनिधिहरूमाथि चम्किएको छ, र उहाँको महिमा तिनीहरूमाथि प्रकट भएको छ। (यशैया ६०:१९-२१) तिनीहरूले आनन्द उठाइ रहेको आत्मिक ज्योतिलाई संसारको बदलिंदो राजनैतिक अथवा आर्थिक दृश्‍यले हरेर लैजान सक्‍तैन। यहोवाद्वारा महान्‌ बेबिलोनबाट छुटकारा पाएको कुराको अनुभव तिनीहरूले गरेका छन्‌। (प्रकाश १८:४) तिनीहरू उहाँको अनुमोदनको मुस्कानको आनन्द उठाउँदछन्‌ किनभने तिनीहरूले उहाँको अनुशासनलाई स्वीकारेका छन्‌ र उहाँको सार्वभौमिकतालाई समर्थन गरेका छन्‌। तिनीहरूको भविष्य उज्ज्वल छ, र उहाँले तिनीहरूका सामू राखिदिनु भएको आशामा तिनीहरू आनन्दित हुन्छन्‌।

२० तर कुन उद्देश्‍यका लागि यहोवाले तिनीहरूसित यस प्रकारले व्यवहार गर्नु भएको? उहाँ “महिमित” हुन सक्नुहोस्‌, उहाँको नाउँ प्रतिष्ठित हुन सकोस्‌ र उहाँ एक मात्र साँचो परमेश्‍वर हुनुहुन्छ भनी अरूहरू उहाँतिर आकर्षित हुन सकून्‌—र तिनीहरूले सदाकालका लागि लाभ उठाउन सकून्‌ भनेर नै उहाँले यसो गर्नु भएको हो भन्‍ने कुरा उहाँ स्वयंले यशैया ६०:२१-मा भन्‍नु भएको छ। यसै अनुरूप १९३१ मा साँचो परमेश्‍वरका यी उपासकहरूले यहोवाका साक्षीहरू भन्‍ने उपाधि धारण गरे। यशैयाले अग्रिमवाणी गरेअनुसार, साक्षीहरूले साक्षी दिएको फलःस्वरूप प्रतिबिम्बित भएको ज्योतितर्फ के “राजाहरू” आकर्षित भए त? हो, भए! संसारका राजनैतिक शासकहरू चाहिं होइनन्‌, तर ख्रीष्टको स्वर्गीय राज्यमा उहाँसित राजा भएर शासन गर्न पाउने शेष अभिषिक्‍त जनहरू तानिए। (प्रकाश १:५, ६; २१:२४) तर “जाति जातिहरू” बारे के नि? के तिनीहरू यस ज्योतितर्फ आकर्षित भएका छन्‌? जरूर पनि भएका छन्‌! खास कुनै एउटा राजनैतिक राष्ट्र आकर्षित भएको होइन, तर सारा राष्ट्रहरूबाट मानिसहरूको एउटा ठूलो भीडले परमेश्‍वरको राज्यको पक्षमा आफूहरूलाई उभ्याएका छन्‌, र परमेश्‍वरको नयाँ संसारमा उद्धार पाउने आशा बडो उत्सुकताका साथ तिनीहरूले गरिरहेका छन्‌। साँच्चै नै त्यो एउटा नयाँ संसार हुनेछ जहाँ धार्मिकताले बास गर्नेछ।—२ पत्रुस ३:१३; प्रकाश ७:९, १०.

२१. यहोवाको इच्छा बुझ्ने समझ हामीलाई दिएर जुन अनुकम्पा उहाँले देखाउनु भयो त्यसको उद्देश्‍य हामीले बिर्सेका छैनौं भनी हामीले कसरी प्रदर्शित गर्न सक्छौं?

२१ के तपाईं पनि वृद्धि भइरहेको ज्योति वाहकहरूको त्यस जमातमध्येको एक जना हुनुहुन्छ? येशूजस्तै हामीहरू पनि ज्योति वाहकहरू हुन सकौं भनेर यहोवाले हामीलाई उहाँको इच्छा बुझ्न सक्ने समझशक्‍ति दिनु भएको छ। हाम्रो समयमा आफ्ना सेवकहरूलाई जिम्मा दिनु भएको कामप्रति हामी उत्साह देखाऔं। परमेश्‍वरले हामीप्रति देखाउनु भएको अनुकम्पाको उद्देश्‍यलाई हामीले बिर्सेका छैनौं भनी हामी सबैले प्रदर्शित गर्न सकौं। (२ कोरिन्थी ६:१, २) हाम्रो समयमा योभन्दा महत्त्वपूर्ण अरू कुनै काम छैन। र यहोवाबाट आउने ज्योतिलाई अरूहरूका सामू प्रतिबिम्बित गरेर उहाँलाई महिमित पार्ने सौभाग्यभन्दा बढी अरू केही हुन सक्‍तैन। (w93 1/15)

तपाईं कसरी उत्तर दिनुहुन्छ?

▫ मानवजातिको दुःखद्‌ समस्याहरूका मूल कारणहरू के हुन्‌?

▫ येशू र उहाँका अनुयायीहरू दुवै नै कुन तरिकामा “जगत्‌का ज्योति’ हुन्‌?

▫ यहोवाको ज्योति र सत्यताले हामीलाई कसरी डोऱ्‍याइ रहेको छ?

▫ आफ्नो सङ्‌गठनमाथि यहोवाले आफ्नो महिमा कसरी चम्काइ रहनु भएको छ?

▫ के उद्देश्‍यका लागि यहोवाले आफ्ना जनहरूलाई ज्योति वाहकहरू बनाउनु भएको हो?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने