प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w08 ११/१ pp. ४-६
  • मसीहबारे भविष्यवाणी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मसीहबारे भविष्यवाणी
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • भविष्यवाणी निश्‍चय नै पूरा हुन्छ
  • तिनीहरूले मसीह आउने आशा गरेका थिए
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • के मसीहसम्बन्धी भविष्यवाणीहरूले येसु नै मसीह हुनुहुन्छ भनेर प्रमाणित गर्छ?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • तिनीहरूले मसीहलाई भेट्टाए!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • येशू ख्रीष्ट—प्रतिज्ञा गरिएको मसीह
    बाइबलले वास्तवमा के सिकाउँछ?
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
w08 ११/१ pp. ४-६

मसीहबारे भविष्यवाणी

यशैया र अरू भविष्यवक्‍ताहरूले मसीहबारे लेखेको कुरा थाह भएकोले यहूदी राष्ट्र लामो समयदेखि उहाँको आगमनको पर्खाइमा थिए। वास्तवमा, येशूको दिनसम्ममा थुप्रै यहूदीहरूले मसीह तुरुन्तै देखापर्नुहुनेछ भनी “आशा गरिरहेकै थिए।” (लूका ३:१५) महत्त्वपूर्ण कुरा के हो भने, बाइबल भविष्यवाणीमा मसीहको जीवनबारे उल्लेखनीय विवरण समावेश छ। कुनै पनि मानिसले यस्तो घटनाबारे भविष्यवाणी गर्न सक्दैन न त ती कुराहरू येशूले अनुभव गरोस्‌ भनेर प्रबन्ध नै मिलाउन सक्छ।

येशूको जन्मसित सम्बन्धित विवरणहरू। यशैयाले भविष्यवाणी गरेका थिए कि मसीह अर्थात्‌ ख्रीष्टको जन्म कन्या केटीबाट हुनेछ। येशूको जन्मको चमत्कारपूर्ण परिस्थितिबारे वर्णन गरिसकेपछि प्रेरित मत्तीले यस्तो लेखे: “अगमवक्‍ताद्वारा परमप्रभुले बोल्नुभएको वचन पूरा होस्‌ भनेर यी सब हुन आएका हुन्‌, ‘हेर, कन्या गर्भवती हुनेछन्‌, र एउटा पुत्र जन्माउनेछन्‌।’ ” (मत्ती १:२२, २३; यशैया ७:१४) यशैयाले दाऊदका पिता यिशैको नाउँ तोकेरै बताउँदै ख्रीष्ट दाऊदको वंशबाट आउनुहुनेछ भनेर पनि भविष्यवाणी गरे। साँच्चै, येशू सीधै दाऊदको वंशबाटै आउनुभयो। (मत्ती १:६, १६; लूका ३:२३, ३१, ३२) त्यसकारण, येशू जन्मनुभन्दा अघि गब्रिएल स्वर्गदूतले उहाँकी आमा मरियमलाई यसो भने: “परमेश्‍वरले उहाँलाई उहाँको पुर्खा दाऊदको सिंहासन दिनुहुनेछ।”—लूका १:३२, ३३; यशैया ११:१-५, १०; रोमी १५:१२.

मसीहको जीवनबारे विवरणहरू। नासरतको सभाघरमा वयस्क येशूले ठूलो स्वरले यशैयाको भविष्यवाणी पढ्‌नुभयो जसमध्ये यो एउटा हो: “परमप्रभुको आत्मा ममाथि छ, किनभने गरीबहरूलाई सुसमाचार सुनाउनको निम्ति उहाँले मलाई नियुक्‍त गर्नुभयो।” आफूमा यो भविष्यवाणी लागू गर्नुहुँदै उहाँले यसो भन्‍नुभयो: “आजको दिन यो धर्मशास्त्र तिमीहरूको सुनाइमा पूरा भएको छ।” (लूका ४:१७-२१; यशैया ६१:१, २) निको हुन आवश्‍यक परेकाहरूप्रति येशूले दयालु, नम्र र कोमल ढंगमा गर्ने व्यवहारबारे पनि यशैयाले भविष्यवाणी गरेका थिए। मत्ती लेख्छन्‌: “धेरै जना उहाँको पछि लागे, र उहाँले ती सबैलाई निको तुल्याउनुभयो, औ उहाँलाई प्रकट नगराउनू भन्‍ने कडा आदेश तिनीहरूलाई दिनुभयो। भविष्यवक्‍ता यशैयाद्वारा बोलिएको यसो भन्‍ने वचन पूरा होस्‌ . . . ‘तिनी नता झगडा गर्नेछन्‌ न साह्रै चिच्याउनेछन्‌ . . . फुटेको निगालो पनि तिनले भाँच्नेछैनन्‌।’ ”—मत्ती ८:१६, १७; १२:१०-२१; यशैया ४२:१-४; ५३:४, ५.

मसीहको कष्टबारे विवरणहरू। मसीहलाई प्रायजसो इस्राएलीहरूले ग्रहण गर्नेछैनन्‌ बरु उहाँ तिनीहरूका निम्ति “ठेस लाग्ने ढुङ्‌गो” बन्‍नुहुनेछ भनेर यशैयाले भविष्यवाणी गरेका थिए। (१ पत्रुस २:६-८; यशैया ८:१४, १५) नभन्दै, येशूको थुप्रै चमत्कारको बाबजुद “तिनीहरूले उहाँलाई विश्‍वास गरेनन्‌। यशैया अगमवक्‍ताको [यो] वचन पूरा होस्‌ भनेर, ‘हे परमप्रभु, हाम्रो बयान कसले विश्‍वास गस्यो?’ ” (यूहन्‍ना १२:३७, ३८; यशैया ५३:१) यहूदीहरूको विश्‍वासलाई कमजोर बनाउने एउटा प्रचलित तर गलत विश्‍वास के थियो? हो, मसीहले तुरुन्तै रोमी शासनबाट मुक्‍त गर्नेछ र पृथ्वीमा स्वतन्त्र दाऊद वंशको राज्य पुनर्स्थापना गर्नेछ भन्‍ने विश्‍वास तिनीहरूले राखेका थिए। येशूले कष्ट भोग्नुभयो र मर्नुभयो, त्यसैकारण अधिकांश यहूदीहरूले उहाँलाई मसीहको रूपमा स्वीकार्न सकेनन्‌। तर, वास्तवमा भन्‍ने हो भने मसीहले राजा हुनु अगाडि कष्ट भोग्नेछ भनेर यशैयाले बताइसकेका थिए।

यशैयाको पुस्तकमा मसीहले भविष्यसूचक ढंगमा यसो भन्‍नुभयो: “मैले मेरो पीठ पिट्‌नेहरूलाई, र . . . अपमानित हुन र थुकिमाग्नबाट मैले मेरो मुख लुकाइनँ।” येशूको पुर्पक्षको समयमा के भएको थियो त्यसको विवरण मत्ती यसरी दिन्छन्‌: “तिनीहरूले उहाँको मुखमा थुकेर उहाँलाई मुक्का लगाए, औ कसैकसैले . . . लपटाले हिर्काए।” (यशैया ५०:६; मत्ती २६:६७) यशैयाले यस्तो लेखेका थिए: “उसलाई कष्ट थियो, तापनि उसले आफूलाई नम्र तुल्याएर आफ्नो मुख खोलेन।” त्यसैले यहूदीहरूले लगाएको दोषबारे पिलातसले सोध्दा येशूले “तिनलाई एक बातको पनि जवाफ दिनुभएन यहाँसम्म कि बडा हाकिम साह्रै छक्क परे।”—यशैया ५३:७; मत्ती २७:१२-१४; प्रेरित ८:२८, ३२-३५.

मसीहको मृत्युका विवरणहरू। यशैयाले गरेको भविष्यवाणी येशूलाई मारिंदा र त्यसपछि पनि पूरा भई नै रह्‍यो। यशैयाले बताएका थिए: “तिनीहरूले उसको चिहान दुष्टहरूसित बनाए, र मृत्युमा धनी उसको साथमा भयो।” (यशैया ५३:९) आपसमा बाझिएको जस्तो देखिने यो भविष्यवाणी कसरी पूरा भयो? उहाँलाई मारिंदा येशूलाई दुई डाँकूहरूको बीचमा टाँगिएको थियो। (मत्ती २७:३८) तर पछि अरिमथियाका धनी यूसुफले येशूको लाशलाई चट्टानमा बनाइएको आफ्नो चिहानमा लगेर राखे। (मत्ती २७:५७-६०) आखिर, येशूको मृत्युले यशैयाको भविष्यवाणीको एउटा अति नै महत्त्वपूर्ण अंश पूरा गऱ्‍यो। मसीहबारे यशैया भन्छन्‌: “मेरो दासले धेरैलाई धर्मीको गणनामा ल्याउनेछ, र उसले तिनीहरूका अधर्म बोक्नेछ।” साँच्चै, सबै वफादार मानिसहरूको पापको मोल तिर्न सकियोस्‌ भनेर येशूको मृत्युले छुटकाराको मोल उपलब्ध गरायो।—यशैया ५३:८, ११; रोमी ४:२५.

भविष्यवाणी निश्‍चय नै पूरा हुन्छ

धर्मशास्त्रबाट मसीहको पहिचान प्रमाणित गर्न प्रेरितहरूले र स्वयम्‌ येशूले बाइबलको अरू पुस्तकबाट भन्दा यशैयाको पुस्तकबाट धेरै पटक उद्धरण गर्नुभयो। तर भविष्यबारे बताउने यशैयाको पुस्तक मात्रै होइन। येशू, उहाँको राज्य र परमेश्‍वरको राज्यले भविष्यमा पूरा गर्ने असल कुराहरूमा बाइबलका अन्य थुप्रै हिब्रू धर्मशास्त्रका भविष्यवाणीहरू पनि पूरा हुन्छन्‌।a (प्रेरित २८:२३; प्रकाश १९:१०) यी भविष्यवाणीहरू पूरा हुनेछन्‌ भन्‍ने कुरा कत्तिको पक्का थियो? येशूले आफ्ना यहूदी श्रोताहरूलाई यसो भन्‍नुभयो: “म व्यवस्था अथवा अगमवक्‍ताहरूलाई [हिब्रू धर्मशास्त्रलाई] रद्द गर्न आएको भन्‍ने नसम्झ, रद्द गर्न होइन, तर पूरा गर्न म आएँ। किनभने म तिमीहरूलाई साँचो भन्दछु, जबसम्म स्वर्ग र पृथ्वी बितिजाँदैन, तबसम्म सबै कुरा पूरा नहोउञ्जेल कुनै किसिमले व्यवस्थाबाट एउटा मात्र वा एउटा विन्दु बितिजानेछैन।”—मत्ती ५:१७, १८.

येशूले आफूसित सम्बन्धित र पछि हुने घटनाहरूबारे बाइबलमा गरिएको भविष्यवाणीहरू पूरा हुनेछ भनेर पनि औंल्याउनुभयो। (दानियल ९:२७; मत्ती १५:७-९; २४:१५) यसका साथै येशू र उहाँका चेलाहरू स्वयम्‌ले आफ्नो समयपछि हुने घटनाहरूबारे भविष्यवाणी गरे। जसमा आज हाम्रो आँखासामु भइरहेका कतिपय कुराहरू समावेश छन्‌। यसपछिको लेखले यी र अझ भविष्यमा हुने बाइबल भविष्यवाणीको पूर्तिबारे छलफल गर्नेछ। (w08 10/1)

[फुटनोट]

a येशूमा पूरा भएका भविष्यवाणीहरूबारे थप जानकारीका लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? पुस्तकको पृष्ठ २०० हेर्नुहोस्‌।

[पृष्ठ ४-मा भएको चित्र]

“कन्या[ले] . . . एउटा पुत्र जन्माउनेछन्‌”

[पृष्ठ ५-मा भएको चित्र]

“अपमानित हुन[ बाट] . . . मैले मेरो मुख लुकाइनँ”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने