ख्रीष्टियन जीवन
प्रचार गर्नु अनि सिकाउनु—चेला बनाउनको लागि महत्त्वपूर्ण
येशूले आफ्ना अनुयायीहरूलाई ‘जाओ र चेला बनाओ’ भनेर आज्ञा दिनुभयो। (मत्ती २८:१९) यसमा मानिसहरूलाई प्रचार गर्नु अनि सिकाउनु समावेश छ। हामीले बेला-बेलामा आफैलाई यो प्रश्न सोध्नुपर्छ, ‘चेला बनाउने कामका यी महत्त्वपूर्ण पक्षहरूमा म कसरी प्रगति गर्न सक्छु?’
प्रचार गर्नु
मानिसहरू हामीकहाँ आऊन् भनेर पर्खनुको साटो हामी आफैले सक्रिय हुँदै “योग्य” व्यक्तिहरूलाई खोज्नुपर्छ। (मत्ती १०:११) प्रचारकार्यमा भाग लिँदा के हामी “ज-जसलाई भेटिन्छ,” तिनीहरूसित कुराकानी गर्ने मौका खोज्छौँ? (प्रे १७:१७) प्रेषित पावलले लगनशील भई प्रचार गरेकोले लिडिया चेला बनिन्।—प्रे १६:१३-१५.
“बिहान समयमा नै बीउ छर्, र बेलुकी साँझसम्म आफ्नो काम गर्न नछोड्” (उप ११:६)
प्रचार गर्न ‘बन्द नगर्नुहोस्’—अनौपचारिक साक्षी र घरघरको प्रचार भन्ने भिडियो हेर्नुहोस् अनि निम्न प्रश्नहरूको जवाफ दिनुहोस्:
शमूएलले आफू सत्यको बिउ छर्ने काममा सक्रिय भएको कुरा आफ्नो दिनचर्यामा कसरी देखाए?
हामीले किन प्रचारकार्यको सबै पक्षमा भाग लिन कोसिस गर्नुपर्छ?
तपाईँ आफ्नो दिनचर्यामा क-कसलाई राज्यको सन्देश सुनाउन सक्नुहुन्छ?
सिकाउनु
चेला बनाउने हो भने मानिसहरूलाई प्रकाशनहरू दिएर मात्र पुग्दैन। तिनीहरूलाई आध्यात्मिक तवरमा प्रगति गर्न मदत दिनको लागि हामीले पुनःभेट गर्नुपर्छ अनि बाइबल अध्ययन सञ्चालन गर्नुपर्छ। (१को ३:६-९) तर हामीले कुनै व्यक्तिलाई राज्य सन्देश सुनाउन जति नै प्रयास गर्दा पनि राम्रो नतिजा निस्केन भने नि? (मत्ती १३:१९-२२) हामीले “असल माटो”-जस्तो हृदय भएका व्यक्तिहरूलाई खोज्न प्रयास गरिरहनुपर्छ।—मत्ती १३:२३; प्रे १३:४८.
“मैले रोपें, अपोल्लसले पानी हाले तर परमेश्वरले त्यसलाई हुर्काउनुभयो” (१को ३:६)
प्रचार गर्न ‘बन्द नगर्नुहोस्’—सार्वजनिक साक्षी र चेला बनाउने भन्ने भिडियो हेर्नुहोस् अनि निम्न प्रश्नहरूको जवाफ दिनुहोस्:
सोलोमन र म्यारीले इजकिएल र अबीगेलको मनमा रोपिएको सत्यको बिउमा कसरी पानी हाले?
सार्वजनिक साक्षीकार्यमा होस् वा प्रचारको अरू जुनसुकै पक्षमा भाग लिँदा, हाम्रो लक्ष्य के हुनुपर्छ?
अरूलाई सत्य सिकाउने काममा अझै जोड दिन हामी के गर्न सक्छौँ?