प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • jy chap. ५० p. १२४-p. १२५ par. ५
  • खेदोको बाबजुद प्रचार गर्न तयार

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • खेदोको बाबजुद प्रचार गर्न तयार
  • येसु—बाटो, सत्य र जीवन
  • मिल्दोजुल्दो सामग्री
  • सतावट सामना गर्ने तैयारी
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९०
  • सतावटको सामना गर्ने तयारी
    सबैभन्दा महान्‌ पुरुष
  • आफ्नो प्रस्थानको निम्ति प्रेषितहरूलाई तयार पार्नुहुन्छ
    सबैभन्दा महान्‌ पुरुष
  • गालिलमा प्रचार गर्नुहुन्छ र प्रेषितहरूलाई तालिम दिनुहुन्छ
    येसु—बाटो, सत्य र जीवन
थप हेर्नुहोस्
येसु—बाटो, सत्य र जीवन
jy chap. ५० p. १२४-p. १२५ par. ५
ब्वाँसाहरूको माझमा भेडा

अध्याय ५०

खेदोको बाबजुद प्रचार गर्न तयार

मत्ति १०:१६–११:१ मर्कुस ६:१२, १३ लुका ९:६

  • येसु आफ्ना प्रेषितहरूलाई तालिम दिएर पठाउनुहुन्छ

येसुले आफ्ना प्रेषितहरूलाई दुई-दुई जना गरी प्रचार गर्न पठाउनुहुँदा कसरी प्रचार गर्ने भन्‍ने सन्दर्भमा लाभदायी निर्देशनहरू दिनुहुन्छ। तर उहाँ तिनीहरूलाई अर्को एउटा कुरा पनि बताउनुहुन्छ। उहाँ आफ्ना प्रेषितहरूलाई तिनीहरूले सामना गर्नुपर्ने विरोधबारे यस्तो चेतावनी दिनुहुन्छ: “हेर, म तिमीहरूलाई पठाउँदै छु र तिमीहरू ब्वाँसाहरूको बीचमा परेका भेडाहरूजस्तै हुनेछौ। . . . मानिसहरूदेखि तिमीहरू होसियार होओ किनभने तिनीहरूले तिमीहरूलाई अदालतमा सुम्पिनेछन्‌ अनि सभाघरहरूमा कोर्रा लगाउनेछन्‌। मेरो खातिर तिमीहरू राज्यपाल र राजाहरूसामु उभ्याइनेछौ।”—मत्ति १०:१६-१८.

हो, येसुका अनुयायीहरूले घोर विरोधको सामना गर्नुपर्ने हुन सक्छ। तैपनि उहाँ तिनीहरूलाई ढाडस दिँदै यस्तो प्रतिज्ञा गर्नुहुन्छ: “तिनीहरूले तिमीहरूलाई पक्रेर लैजाँदा कसरी बोल्ने र के बोल्ने भनी चिन्ता नगर। के बोल्ने हो, त्यो तिमीहरूले त्यतिखेरै थाह पाउनेछौ। किनकि तिमीहरू आफ्नै भरमा होइन तर तिमीहरूका बुबाको पवित्र शक्‍तिको मदत पाएर बोल्नेछौ।” येसु अझै यसो भन्‍नुहुन्छ: “दाइले भाइलाई र बुबाले छोरालाई मार्नको लागि सुम्पिनेछ अनि छोराछोरी आफ्ना आमाबुबाको विरुद्धमा उठ्‌नेछन्‌ र तिनीहरूलाई मार्न लगाउनेछन्‌। तिमीहरू मेरा चेला भएकाले सबै मानिसले तिमीहरूलाई घृणा गर्नेछन्‌। तर जसले अन्तसम्म सहन्छ, उसले उद्धार पाउनेछ।”—मत्ति १०:१९-२२.

प्रचारकार्य अत्यन्तै महत्त्वपूर्ण काम भएकोले येसु आफ्ना चेलाहरूलाई चनाखो हुन सल्लाह दिनुहुन्छ। यसो गर्दा तिनीहरू कुनै बन्देजविना यस काममा लागिरहन सक्नेछन्‌। उहाँ भन्‍नुहुन्छ: “जब तिनीहरूले तिमीहरूलाई एउटा सहरमा खेदो गर्छन्‌, तब भागेर अर्को सहरमा जाओ। म तिमीहरूलाई साँचो-साँचो भन्छु, मानिसको छोरा नआइपुगुन्जेल तिमीहरूले कुनै पनि हालतमा इस्राएलका सबै सहर अनि गाउँहरूमा प्रचार गर्न सिध्याइसकेका हुनेछैनौ।”—मत्ति १०:२३.

येसु आफ्नो १२ प्रेषितलाई कत्ति महत्त्वपूर्ण निर्देशन, चेतावनी र प्रोत्साहन दिनुहुन्छ! तर येसुले भन्‍नुभएका यी कुराहरू उहाँ मृत्युबाट जीवित हुनुभएपछि प्रचारकार्यमा भाग लिनेहरूलाई पनि लागू हुन्छ। हामी किन त्यसो भन्‍न सक्छौँ? आफ्ना चेलाहरूलाई तिनीहरूले प्रचार गरेका मानिसहरूले मात्र होइन, “सबै मानिसले . . . घृणा गर्नेछन्‌” भनी येसु भन्‍नुहुन्छ। साथै गालिलको यो छोटो प्रचार-यात्राको दौडान प्रेषितहरूलाई राज्यपाल र राजाहरूसामु उभ्याइएको अथवा तिनीहरूलाई परिवारका सदस्यहरूले मार्न लगाएको कुनै विवरण बाइबलमा पाइँदैन।

हो, येसुले आफ्ना प्रेषितहरूलाई यी कुराहरू भन्‍नुहुँदा उहाँ भविष्यबारे सोच्दै हुनुहुन्छ। “मानिसको छोरा नआइपुगुन्जेल” चेलाहरूले प्रचार गर्न सिध्याइसकेका हुनेछैनन्‌ भनी येसुले भन्‍नुभएको कुरा पनि विचार गर्नुहोस्‌। महिमित राजा येसु ख्रिष्ट परमेश्‍वरको न्यायकर्ताको रूपमा आउनुअघि चेलाहरूले परमेश्‍वरको राज्यबारे प्रचार गर्न सिध्याइसकेका हुनेछैनन्‌ भनेर येसु सङ्‌केत गर्दै हुनुहुन्छ।

प्रचारकार्यमा विरोधको सामना गर्नुपर्दा प्रेषितहरूले छक्क मान्‍नु पर्दैन किनकि येसु भन्‍नुहुन्छ: “चेला आफ्नो गुरुभन्दा श्रेष्ठ हुँदैन न त दास आफ्नो मालिकभन्दा श्रेष्ठ हुन्छ।” येसुले भन्‍न खोज्नुभएको कुरा स्पष्ट छ। परमेश्‍वरको राज्यबारे प्रचार गरेकोले मानिसहरूले उहाँलाई छिःछिः दुरदुर गर्छन्‌ र खेदो पनि गर्छन्‌ अनि चेलाहरूले पनि ती कुराहरूको सामना गर्नेछन्‌। तैपनि येसु चेलाहरूलाई यस्तो आग्रह गर्नुहुन्छ: “तिम्रो शरीर मार्न सक्ने तर तिम्रो जीवन नाश गर्न नसक्नेहरूसित नडराऊ तर तिम्रो शरीर र जीवन दुवैलाई गेहेन्‍नामा नाश गर्न सक्नेसित डराऊ।”—मत्ति १०:२४, २८.

यस सन्दर्भमा येसु आफैले राम्रो उदाहरण बसाल्नुभएको छ। उहाँले सर्वशक्‍तिमान्‌ परमेश्‍वर यहोवाप्रतिको आफ्नो वफादारीमा सम्झौता गर्नुभएन बरु निडर भई मृत्युसम्मै सहनुभयो। सर्वशक्‍तिमान्‌ परमेश्‍वर यहोवाले मात्र मानिसको “जीवन” (उसको भविष्यको आशा) नाश गर्न सक्नुहुन्छ वा उसलाई मृत्युबाट जीवित पारेर अनन्त जीवन दिन सक्नुहुन्छ। यो कुरा सुन्दा प्रेषितहरूले कत्ति धेरै सान्त्वना पाए होलान्‌!

येसुका अनुयायीहरूलाई यहोवा कत्ति धेरै माया गर्नुहुन्छ भन्‍ने कुरा बुझाउन येसु यस्तो उदाहरण दिनुहुन्छ: “के दुई वटा भँगेरा एक पैसामा बिक्दैन र? तैपनि तीमध्ये एउटा पनि तिमीहरूका बुबाले थाह नपाई भुईँमा झर्दैन। . . . त्यसैले नडराओ, तिमीहरू थुप्रै भँगेराभन्दा बहुमूल्य छौ।”—मत्ति १०:२९, ३१.

प्रथम शताब्दीका चेलाहरूले गरेको प्रचारकार्यले गर्दा परिवारमा फूट हुन्छ

येसुका चेलाहरूले सुनाउने सन्देशले परिवारमा फूट ल्याउनेछ; परिवारको कसैले सन्देश स्विकार्नेछन्‌ भने कसैले स्विकार्ने छैनन्‌। त्यसैले उहाँ भन्‍नुहुन्छ: “म पृथ्वीमा शान्ति ल्याउन आएको हुँ भनी नसम्झ।” हो, परिवारको विरुद्धमा गएर बाइबलको सत्यलाई अँगाल्न साहस नभई हुँदैन। येसु थप यसो भन्‍नुहुन्छ: “जसले आफ्नो बुबा अथवा आमालाई मलाई भन्दा धेरै माया गर्छ, ऊ मेरो चेला हुन योग्य हुँदैन र जसले आफ्नो छोरा अथवा छोरीलाई मलाई भन्दा धेरै माया गर्छ, ऊ मेरो चेला हुन योग्य हुँदैन।”—मत्ति १०:३४, ३७.

तर कसै-कसैले येसुका चेलाहरूलाई स्विकार्नेछन्‌। उहाँ भन्‍नुहुन्छ: “यदि कसैले यीमध्ये सबैभन्दा सानालाई मेरो चेला हो भनी सम्झेर एक कचौरा चिसो पानी पिउन दिन्छ भने म तिमीहरूलाई साँचो-साँचो भन्छु, उसले कुनै पनि हालतमा आफ्नो इनाम गुमाउनेछैन।”—मत्ति १०:४२.

येसुबाट यी निर्देशन, चेतावनी र प्रोत्साहन पाएर प्रचार गर्न सुसज्जित भएका यी चेलाहरू ‘एकपछि अर्को गाउँ हुँदै पूरै इलाकामा सुसमाचार सुनाउँदै र रोगबिमार निको पार्दै हिँड्‌छन्‌।’—लुका ९:६.

  • येसु आफ्ना चेलाहरूलाई कस्ता चेतावनीहरू दिनुहुन्छ?

  • उहाँ तिनीहरूलाई कस्तो प्रोत्साहन र सान्त्वना दिनुहुन्छ?

  • येसुका निर्देशनहरू आज हामीलाई पनि लागू हुन्छ भनेर किन भन्‍न सक्छौँ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने