प्रतिज्ञाको देशका केही दृश्यहरू
“धिक्कार तँलाई, ए कोराजिन!”–किन?
तपाईं परमेश्वरले धिक्कारनु भएको अवश्य पनि चाहनु हुँदैन होला। यस कारण एसो सोंच्नु होस्, गालीलका तीन शहरहरूका यहूदीहरूलाई कस्तो लाग्यो होला, जब परमेश्वरका पुत्र र न्यायाधीशले तिनीहरूलाई एसो भन्नुभयो:
“धिक्कार तँलाई, ए कोराजिन! धिक्कार तँलाई ए बेथसेदा! किनकि तिमीहरूमा भएका शक्तिशाली कामहरू टायर र सायडनमा भएदेखि तिनीहरूले उहिलेनै भाङ्रा र खरानी लाएर पश्चाताप गरिसक्नेथिए। तापनि म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा तिमीहरूको भन्दा ता टायर र सायडनको हालत बढ़ता सहनसक्ने हुनेछ। औ ए कफर्नहुम,. . .नरकसम्म [हेडिस, दी न्यु वर्ल्ड ट्रान्सलेशन्मा] तँ झारिनेछस्।”—मत्ती ११:२१-२३
माथि उल्लेखित् नक्सा, ती तीन शहरहरू मध्य एउटा शहर अर्थात्, कोराजिनको हो। यो नक्सा, यहोवाको साक्षीहरूका १९८९ का तारिख-सूचीको जुलाई/अगस्तको पानामा पनि देख्न सक्नुहुन्छ। चासोको कुरा के हो भने, मत्ती ११:२१-२३ मा उल्लेखित् येशूका शब्दहरू, अगस्त महिनामै यहोवाका साक्षीहरूका बाइबल अध्ययनको कार्यक्रममा परेको छ। यस कारण, कोराजिनको विषयमा हामीलाई के थाहा हुनुपर्ने हो?
सबैभन्दा पहिला, कोराजिनको ठाँउ पत्ता लगाउँ। माथिको नक्सामा, सामुन्ने तर्फ त्यस्को भग्नावशेषहरू देखिन्छ। अब, गालीलको समुद्रको उत्तरी किनारमा भएका रूखहरू हेर्नुहोस्। कफर्नहुम त्यहाँ देखिन् प्राय दुइ माइल टाढ़ा थियो। आकाश बाट लिएको यो नक्सामा, भूखण्ड समतल देखिएता पनि, कोराजिन वास्तवमा समुद्रको किनार देखिन् लगभग ८८५ फिट माथि, पहाड़हरूमा बसेको छ।
कफर्नहुम देखिन् झण्डै त्यती नै टाढ़ा, समुद्रको किनारमै, बेथसेदा थियो भनेर थाहा हुनु उपयोगी हुनेछ। यस कारण, ती तीन शहरहरूलाई धिक्कारनु हुँदा, येशूले उहाँ काम गर्नुहुने गालीलको इलाकाको एउटा सानो क्षेत्रमा विषेश ध्यान दिनु हुँदै थियो। (मत्ती ४:१३; मर्कूस २:१; लूका ४:३१) येशूले तिनीहरूलाई किन धिक्कारनु भयो त?
येशूले यो इलाकामा आफ्ना चेलाहरू सँग धेरै समय बिताउनु भयो र यहाँ थुप्रै शक्तिशालीकामहरू पनि गर्नु भयो। बेथसेदाको नजिक मै, उहाँले ५,००० मानिसहरूलाई खुवाउने चमत्कार गर्नुभयो, र एक जना अन्धोलाई पनि निको पार्नु भयेको थियो। (मर्कूस ८:२२-२५; लूका ९:१०-१७) कफर्नहुममा अथवा कफर्नहुमको छेउछाउमै, येशूले एक जना युवकलाई टाढ़ै बाट निको पार्नु भयो, भूतलागेको मानिसबाट भूत धपाइ दिनु भयो, पक्षवात भएको रोगीलाई हिड़ने पारी दिनु भयो र सभा घरको एक जना हाकिमको छोरीको पुनरूत्थान गराउनुभयो। (मर्कूस २:१-१२; ५:२१-४३; लूका ४:३१-३७; यूहन्ना ४:४६-५४) कोराजिनमा गर्नु भएका “शक्तिशाली कामहरू”, बाइबलमा किटेर नदिएको भएता पनि, येशूले त्यहाँ अथवा त्यो ठाउँको छेउछाउमा चमत्कारहरू गर्नु भएको थियो भनेर मत्ती ११:२१ ले सङ्केत गर्दछ। तापनि, मानिसहरूले पश्चाताप गरेनन्। येशू, परमेश्वरको समर्थन पाउनुभएको मसीह हुनुहुन्छ भनेर विस्वास गरेनन्।
येशूले ती शक्तिशाली कामहरू गर्नुभएको यो नक्सा हेर्दा, तपाईंको मनमा यो प्रश्न उठनु सक्छ: ‘कोराजिनका मानिसहरू यति कठोर कसरी हुनुसके होलान्? यस्को रहस्य शायद कोराजिनका भग्नावशेषहरूमा पुरातत्ववेत्ताहरूले पाएका कालो ढुङ्गाहरूले बताउनु सक्ला। कोराजिनका ती भग्नावशेषहरू प्राय ई. स. तेस्रो शताब्दीका हुन्। त्यहाँ फेला पारेका कुराहरू मध्य शहरको बीचमा एउटा सभाघर छ, जस्को नजीकमा मानिसहरूका व्यक्तिगत घरहरू छन्। सभाघरका केही ढुङ्गाहरूमा अनौठो प्रकारका आकारहरू खोपिएको देखिन्छ। ती के का आकारहरू हुन्? यूनानी पौराणिक कथामा उल्लेखित्, कपालको सट्टामा सर्पै-सर्प भएको देवी मेडुसा, र आधा मान्छे र आधा घोड़ाको शरीर भएको प्राणीका आकारहरू थिए। यहूदीहरूको धर्मले मूर्तिपूजा सँग सम्बन्धित यस प्रकारका शिल्प-कलाको कड़ा विरोध गर्नु पर्ने ठाँउमा, कोराजिनका यहूदी गुरूहरूले आफ्नो सभाघरमा यस प्रकारका शिल्प-कलालाई किन स्थान दिए?
एउटा मत अनुसार, “त्यो इलाकामा परम्परागत् स्वतन्त्र विचार प्रचलित” भएको हुनाकारण, येशूले त्यहाँका मानिसहरू बाट राम्रो प्रतिक्रिया पाउने आशा गर्नु भएको हुनुसक्छ।a तर सभाघरको कार्निस मनिका आकारहरूले दिएको सङ्केत अनुसार साँचने हो भने, येशूका दिनमा, “पितालाई आत्मा र सत्यतामा पुज्न” कोराजिनका धेरै जसो मानिसहरूलाई चासो थिएन जस्तो देखिन्छ। (यूहन्ना ४:२३) चमत्कारी कार्यहरू गर्ने मसीहालाई अस्वीकार गरेर, तिनीहरूले आफ्नो यो विचार व्यक्त गरे।
येशूले ७० जना चेलाहरूलाई पठाउनुहुँदा, फेरी कोराजिन, बेथसेदा र कर्फनहुमको कठोरता बारे अत्युक्ति प्रयोग गर्नु भयो। कोराजिनमा बसोबास गर्ने, येशूका गालीली सह-बासीहरूले, उहाँका शक्तिशाली कार्यहरू देखेर पनि विश्वास गरेनन् भने, येशूका चेलाहरू गएर प्रचार गर्ने अरू शहरहरूले तिनीहरूलाई स्वीकार नगरेमा आश्चर्य मान्नु पर्ने कारण थिएन।—लूका १०:१०-१५
यस प्रकार, कोराजिनका कालो निर्जीव भग्नावशेषहरू माथि विचार गर्दा, येशूको “धिक्कारमा” गुन्जने चेताउनीलाई हृदयमा साँचेर राख्नु उचित हुनेछ। पश्चाताप गरेनौं र परमेश्वरका मानिसहरू द्वारा गरिएको ईश्वरीय काम प्रति असल प्रतिक्रिया व्यक्त गरेनौं भने उजाड़ भविष्य र अवज्ञा तर्फ जान सक्छौं (w89 7/1)
[फुटनोट]
a एडुकेश्नल हेरिटेज इनक., न्यु योर्क, १९५९, मा प्रकाशित, दी वर्ड अफ दी बाइबल, भोल्युम ५, पाना ४४।
[नक्सा]
कोराजिन
बेथसेदा
कफर्नहुम
गालीलको समुद्र
टायबीरियस