प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • jy chap. ३३ p. ८०-p. ८१ par. १
  • यसैयाको भविष्यवाणी पूरा गर्नुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यसैयाको भविष्यवाणी पूरा गर्नुहुन्छ
  • येसु—बाटो, सत्य र जीवन
  • मिल्दोजुल्दो सामग्री
  • यशैयाको भविष्यवाणीको पूर्ति
    सबैभन्दा महान्‌ पुरुष
  • निभ्नै लागेको सलेदोलाई के तपाईं निभाउनुहुनेछ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • यहोवा धार्मिकता र न्यायको प्रेमी
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • यहोवा—साँचो न्याय र धार्मिकताका स्रोत
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
थप हेर्नुहोस्
येसु—बाटो, सत्य र जीवन
jy chap. ३३ p. ८०-p. ८१ par. १
येसु सानो डुङ्‌गामा बसेर किनारामा भएको भीडलाई सिकाउनुहुन्छ

अध्याय ३३

यसैयाको भविष्यवाणी पूरा गर्नुहुन्छ

मत्ति १२:१५-२१ मर्कुस ३:७-१२

  • भीड ठेलमठेल गर्दै येसुकहाँ आउँछ

  • उहाँ यसैयाको भविष्यवाणी पूरा गर्नुहुन्छ

फरिसीहरू र हेरोदवादीहरूले आफूलाई मार्ने योजना बनाइरहेका छन्‌ भन्‍ने कुरा थाह पाएर येसु र उहाँका चेलाहरू गालिल समुद्रतर्फ जानुहुन्छ। चारैतिरबाट आएको भीड उहाँको पछि लाग्छ। त्यो भीड गालिलबाट, समुद्री तटमा पर्ने टायर र सिदोनबाट, यर्दन नदीको पूर्वबाट, यरुसलेमबाट र सुदूर दक्षिणमा पर्ने इदुमिआबाट आएको छ। येसु धेरैलाई निको पार्नुहुन्छ। त्यसैले गम्भीर रोग लागेका मानिसहरू भीडलाई पेल्दै अघि बढ्‌छन्‌। येसुले तिनीहरूलाई छुनुभन्दा अघि नै तिनीहरू उहाँलाई छुन उत्सुक छन्‌।—मर्कुस ३:९, १०.

भीड अत्यन्तै ठूलो छ। त्यसैले येसु चेलाहरूलाई एउटा सानो डुङ्‌गा तयार पार्न लगाउनुहुन्छ। यसो गर्दा उहाँ किनाराबाट अलि पर जान सक्नुहुनेछ र भीडले उहाँलाई पेल्न पाउने छैन। साथै उहाँले तिनीहरूलाई डुङ्‌गाबाटै शिक्षा दिन सक्नुहुनेछ अथवा किनार-किनार हुँदै यात्रा गरेर अरू ठाउँका मानिसहरूलाई पनि मदत गर्न सक्नुहुनेछ।

येसुको गतिविधिले ‘यसैया भविष्यवक्‍ताद्वारा भनिएको वचन’ पूरा गर्छ भनी चेला मत्ति बताउँछन्‌। (मत्ति १२:१७) यतिबेला येसु कुन भविष्यवाणी पूरा गर्दै हुनुहुन्छ?

“हेर! मेरो सेवक, जसलाई मैले रोजेँ; मेरो प्रिय, जसलाई मैले स्विकारेको छु। म तिनीमाथि आफ्नो पवित्र शक्‍ति खन्याउनेछु अनि न्याय के हो, तिनले जातिजातिका मानिसहरूलाई सिकाउनेछन्‌। तिनले झगडा गर्नेछैनन्‌, तिनी चिच्याउनेछैनन्‌ अनि कसैले मूलबाटोमा तिनको स्वर सुन्‍नेछैन। तिनले फुटेको नर्कट भाँच्नेछैनन्‌, धिपधिप बलिरहेको सलेदो निभाउनेछैनन्‌ अनि तिनले पूर्णतया न्याय स्थापित गर्नेछन्‌। जातिजातिका मानिसहरूले तिनकै नाममा आशा राख्नेछन्‌।”—मत्ति १२:१८-२१; यसैया ४२:१-४.

येसु पक्कै पनि परमेश्‍वरको अनुमोदन पाउनुभएको उहाँको प्रिय सेवक हुनुहुन्छ। येसु साँचो न्याय के हो भनेर स्पष्ट पार्नुहुन्छ, जसलाई झूटो धर्मका परम्पराहरूले धमिलो पारिरहेको छ। परमेश्‍वरको नियमलाई आफ्नै तरिकामा व्याख्या गर्दै फरिसीहरू विश्रामदिनमा बिरामी मानिसलाई मदत गर्नसमेत अग्रसर हुँदैनन्‌। परमेश्‍वरको न्यायलाई स्पष्ट पार्दै र आफूमाथि परमेश्‍वरको पवित्र शक्‍ति भएको कुरा देखाउँदै येसु मानिसहरूलाई अनुचित परम्पराहरूको बोझबाट मुक्‍त गर्नुहुन्छ। त्यसैले धर्मगुरुहरू उहाँलाई मार्न खोज्छन्‌। कत्ति दुःखलाग्दो कुरा!

“तिनले झगडा गर्नेछैनन्‌, तिनी चिच्याउनेछैनन्‌ अनि कसैले मूलबाटोमा तिनको स्वर सुन्‍नेछैन” भन्‍ने भविष्यवाणीको अर्थ के हो? मानिसहरूलाई निको पार्नुहुँदा येसु तिनीहरूलाई वा प्रेतहरूलाई “उहाँ को हुनुहुन्छ भनेर कसैलाई नभन्‍नू” भनी आज्ञा दिनुहुन्छ। (मर्कुस ३:१२) उहाँ गल्लीहरूमा हल्ला मच्चाएर उहाँबारे प्रचार गरिएको चाहनुहुन्‍न, न त मानिसहरूले जोसमा आएर बङ्‌गाएको खबर एउटाले अर्कोलाई सुनाएको नै चाहनुहुन्छ।

साथै येसु फुटेको नर्कटजस्तै अवस्थामा भएका अर्थात्‌ झुकेका र कुल्चीमिल्चीमा परेका मानिसहरूलाई सान्त्वनादायी सन्देश सुनाउनुहुन्छ। एक अर्थमा तिनीहरू धिपधिप बलिरहेको सलेदोजस्तै छन्‌, जसको जीवन अन्त्य हुनै लागेको छ। येसु त्यो फुटेको नर्कटलाई भाँच्नुहुन्‍न, न त धिपधिप बलिरहेको सलेदोलाई निभाउनु नै हुन्छ। बरु उहाँ कोमलतासाथ र माया देखाउँदै कमजोरहरूलाई उठाउनुहुन्छ। हो, जातिजातिका मानिसहरूले आशा राख्न सक्ने व्यक्‍ति येसु नै हुनुहुन्छ।

  • झगडा नगरी वा मूलबाटोमा आफ्नो स्वर नसुनाई येसु कसरी न्याय स्थापित गर्नुहुन्छ?

  • फुटेको नर्कटजस्तै र धिपधिप बलिरहेको सलेदोजस्तै अवस्थामा भएकाहरू को हुन्‌? येसु तिनीहरूसित कस्तो व्यवहार गर्नुहुन्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने